सिद्धार्थ बैक र यूकेएडबीच सम्झौता, साना तथा लघु उद्यमीलाई प्रवद्र्धन गर्ने

काठमाडौ । लघु तथा साना उद्यमीहरुलाई प्रवद्र्धन गर्ने उदेश्यका साथ सिद्धार्थ बैक र यूकेएड सक्षम ‘एक्सेस टु फाइनान्स’ बिच शुक्रबार राजधानीमा सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौता गर्ने क्रममा सिद्धार्थ बैकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) शम्भुनाथ गौतम र सक्षम टोलीका प्रमुख निर्मल दाहालले सम्झौता पत्रमा हस्ताक्षर गरे । सक्षम एक्सेस टु फाइनान्स यूकेएडबाट वित्तीय सहयोग प्राप्त कार्यक्रम हो । सो कार्यक्रमलाई नेपाल सरकार र संयुक्त अधिराज्य बिचको सम्झौतको एक हिस्साको रुपमा लिन सकिन्छ । नेपालमा स्थानिय तथा अन्र्तराष्ट्रिय संस्थाहरुसँगको साझेदारीमा डिएफआईडी नेपालका लागि लुइस बर्जरले कार्यान्वयन गरिरहेको पाईन्छ । वि.सं. २०५९ मा स्थापित बैकले ग्राहलाई बैकिङ् सेवा प्रदान गर्दै आएको छ । बैकले हाल १ सय १९ अर्ब रुपैयाँ बराबरको निक्षेप परिचालन गरिरहेको छ । यस्तै, १ सय ७ अर्ब रुपैयाँ बराबरको ऋण प्रवाह गरेको छ । मुलक भरी बैकका १ सय ५६ शाखा, सय शाखा रहित बैकिङ् सेवा १७२ एटिएम तथा १४ सय ५० भन्दाबढी बिक्री बिन्दु रहेका छन् । ‘सम्बन्ध सधैं भरीलाई’ भन्ने बैकको मूल नारा रहेको पाईन्छ । सोही कार्यक्रमको अवसरमा सिद्धार्थ बैकका प्रमुख कार्यकारी अधिकृत सिईओ शम्भुनाथ गौतमले भने–‘हामीले पहिले देखी नै मझौला क्षेत्रमा काम गर्ने उदेश्य बोकेर हिडेका थियौ, सो उदेश्यले अब पूर्णता पाउँने बेला आएको छ ।’ नेपालमा कृषी पछाडीको अधिकांश हिस्सा साना तथा मझौला उद्योगमा रहेकाले यसमा समेत विकासको क्षमता रहेको उनले बताए । यस्तै, पहिले शाखा बिस्तारमा ध्यान केन्दीत गर्दै आएको सिद्धार्थ बैकले अबको दिनमा भने सेवा तथा व्यापारमा बिस्तारमा समेत जोड दिने कार्यक्रममा बताइएको छ । सक्षम टोलीका प्रमुख निर्मल दाहालले भने-‘नेपालमा हामीले ग्रामीण क्षेत्रमा काम गर्ने उदेश्य राखेका छौँ, सो उदेश्यकालागी प्राविधिक विकासलाई जोड दिने छौँ ।’ सोही कार्यक्रममा प्राईभेट सेक्टर डेभलपमेण्ट एडभाईजर डिएफआईडीका रवि रायमाझी र एसएमई प्रमुख अर्जुनभद्र खनाल लगाएतको कार्यक्रममा सहभागीता रहेको थियो ।

सनराइज बैंकको शाखा रहित बैंकिङ्ग सेवा तनहुँको सम्जुरमा

काठमाडौं । तनहुँ जिल्लाको सम्जुरमा सनराइज बैंकको शाखा रहित बैंकिङ्ग सेवा विस्तार भएको छ । आफ्नो ३७ औँ शाखारहित बैंकिङ्ग सेवा तनहुँको भानु नगरपालिका वडा नं १३, सम्जुरमा शुरू गरेको हो । उक्त शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन भानु नगरपालिका वडा नं १३ का अध्यक्ष रामबहादुर बानियाले गरेका हुन् । सो अवसरमा सनराइज बैंकका गण्डकी प्रदेशका प्रमुख रबिन्द्र के.सी साथै बैंकका अन्य उच्च पदाधिकारीहरुको पनि उपस्थिती रहेको थियो । शाखारहित बैंकिङ्ग सेवाको एजेन्ट/प्रतिनिधि अजिज मियालाई पोइन्ट अफ सेल मेसिन अध्यक्ष रामबहादुर बानिया र सनराइज बैंकका गण्डकी प्रदेशका प्रमुख रबिन्द्र के.सीले संयुक्त रूपमा हस्तान्तरण गरेका थिए । उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखा रहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएका छ । हालसम्म बैंकको १ सय १२ वटा शाखा रहेको छ । बैंकिङ्ग सेवा नपुगेका ग्रामीण क्षेत्रका जनतालाई शाखारहित बैंकिङ्ग सेवा मार्फत उपलब्ध गराउँदै जाने लक्ष्य बैंकले लिएको जानकारी गराएको छ ।

लुम्बिनी बैंक र खल्ती डिजिटल वालेटबीच भुक्तानीका लागि सम्झौता

काठमाडौं । ‘लुम्बिनी विकास बैंक’ र ‘खल्ती डिजिटल वालेट’ बिच डिजिटल भुक्तानी सेवा प्रदानगर्नका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । लुम्बिनी विकास बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र खल्तीका तर्फबाट निर्देशक ध्रुब अधिकारीले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । यस सम्झौता अनुसार लुम्बिनी विकास बैंकका ग्राहकहरुले उक्त बैंकको मोबाईल बैंकिङ सेवा प्रयोग गरी तथा बैंकका ६५ वटै शाखाहरुमा उपलब्ध डिपोजिट भौचर मार्फत ‘खल्ती’मा सजिलै पैसा लोड गर्न र विभिन्न वस्तु तथा सेवाहरुको भुक्तानी गर्न सक्नेछ । उक्त सम्झौताको बारेमा बोल्दै लुम्बिनी विकास बैंकका नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीले भने, “हामी प्रविधिको प्रयोग गरेर मानिसहरुका विभिन्न बैंकिङ्ग तथा वित्तिय समस्याहरु समाधान गर्न खोजि राखेका छौँ, जसको माध्यमबाट ग्राहकहरुले मोबाईलबाटै सबै किसिमका सेवाहरु प्राप्त गर्न सकिन्छ । खल्तीवालेटसँग सहकार्य गरी ग्राहकहरुमाझ खल्तीको सजिलो मोबाईल भुक्तानी सेवा उपलब्ध गराउन पाउँदा खुसी छौं, दैनिक कारोबारलाई डिजिटल बनाउन एक कदम अगाडि बढेको महसुस गरेका छौँ ।” त्यसै गरी खल्तीका निर्देशक ध्रुब अधिकारीले भने,“लुम्बिनी विकास बैंकसँग यो सम्झौता गर्न पाउँदा उत्साहित छौँ । बैंकका ग्राहकहरुले बैंकबाट नगद झिकिराख्ने झन्झट गर्नुपर्दैन । बैंकबाट सिधै ‘खल्ती’मा पैसा लोड गरी वस्तु तथा सेवाको भुक्तानी गर्न सक्ने तथा नगद पैसा बिनाको सरल भुक्तानीको यो एउटा सुरुवात हो ।” मोबाइल एप डाउनलोड गर्न ‘लुम्बिनी विकास बैंक’ को मोबाईल बैङ्किङ एपयो लिङ्कबाट साथै यस्तै, ‘खल्ती डिजिटल वालेट’ को मोबाईल एपयो लिङ्कबाट डाउनलोड गर्न सकिन्छ ।