ग्लोबल आइएमई र जनता बैंकको सेयर कारोबार रोक्का
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जमा कारोबार भईरहेको ग्लोबल आइएमई बैंकको सेयर कारोबार रोक्का भएको छ । बैंकको यही असार २० गतेको निर्णय अनुसार ग्लोबल आइएई बैंक र जनता बैंकका बीचमा गाभिने सहमति भएकाले मर्जर कार्य सम्पन्न नहुँदासम्म कारोबार रोक्का गरिएको छ । मर्जरका लागि दुई वटै बैंकले नेपल राष्ट्र बैंक समक्ष संयुक्त निवेदन दिएका छन् । यस्तै जनता बैंकको समेत सेयर कारोबार रोक्का भएको छ । यता, कैलाश विकास बैंकको पनि आजदेखि शेयर कारोबार रोक्का भएको छ । गत शुक्रबार प्राइम बैंकले कैलाश विकास बैंकलाई प्राप्ति गर्ने सम्झौता गरेको थियो । यी बैंकहरुको मर्जर तथा एक्विजिशन प्रक्रिया पूरा भएर एकिकृत कारोबार भएपछि नयाँ बन्ने बैंकको नाममा सेयर कारोबार खुला हुने नेप्सेले जनाएको छ ।
एनसीसी बैंकले १५.८९ प्रतिशत बोनस सेयर दिने
काठमाडौँ । एनसीसी बैंकले आफ्ना शेयरधनीलाई १५.८९ प्रतिशत सेयर लाभांश दिने भएको छ । त्यस्तै उक्त लाभांशमा लाग्ने कर प्रयोजनाका लागि ०.८३ प्रतिशत नगद लाभांश दिने भएको हो । बैंकको आज बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७४/७५ को लेखा परिक्षण प्रतिवेदनमा उल्लेख भएको नाफाबाट सेयरधनीलाई उक्त परिमाणमा लाभांश दिने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकको स्वीकृत तथा बैंकको वार्षिक साधारणसभाले पारित गरेपछि उक्त लाभांश वितरण हुने बैंकका कम्पनी सचिव कपिल ज्ञवालीले जानकारी दिए ।
सिटिजन्स बैंकले सहयोगीलाई प्राप्ति गर्ने, चुक्तापूँजी ८ अर्ब ८७ करोड पुग्ने
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसेनल लिमिटेडले नेपाल राष्ट्र बैंकबाट ख वर्गको इजाजत प्राप्त सहयोगी विकाश बैंक लिमिटेडलाई प्राप्ति गर्ने भएको छ । गरी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेको छ । बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने(मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली २०७३ बमोजिम असार २२ गते समझदारी पत्रमा हस्ताक्षर भएको हो । बैंकको मुख्य कार्यालय नारायणहिटीपथमा आयोजित कार्यक्रममा बैंकको तर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक पवित्रकुमार कार्की र सहयोगी विकाश बैंक लिमिटेडका तर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक डिल्लीप्रकाश घिमिरेले हस्ताक्षर गरेका छन् । २०७६ असार २१ गते सम्मको तथ्यांकको आधारमा सिटिजन्स बैंकले सहयोगी विकास बैंकलाई प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप ७५ अर्ब ६८ करोड रुपैयाँ पुग्ने छ भने सर्वसाधारणमा दिएको ऋण लगानी ६८ अर्ब ४७ करोड रुपैयाँ पुग्ने छ । हालको सिटिजन्स बैंकको चुक्तापूँजी ८ अर्ब ३७ करोड रुपैयाँ रहेको छ भने सहयोगी विकास बैंकको चुक्तापूँजी ५० करोड ९६ लाख रुपैयाँ रहेको छ । प्रारम्भिक सहमति अनुसार सहयोगी विकास बैंकले एक कित्ता बराबर ९० रुपैयाँ पाउने छ तथा वास्तविक शेयर स्वाप रेसियो विस्तृत मूल्यांकन प्रतिवेदन (डीडीए)द्वारा सिफारिस भए बमोजिम निर्धारण गर्ने सहमति भएको छ । धनुषा, महोत्तरी र सिन्धुली जिल्ला कार्यक्षेत्र भएको सहयोगी विकास बैंकले १४ वटा शाखाहरू बाट बैंकिंग सेवाहरू प्रदा नगर्दै आएको छ । यी तीन जिल्लामा हाल सिटिजन्स बैंकको ९ वटा शाखाहरू संचालनमा रहेकोमा सहयोगको प्राप्तिसंगै २३ वटा शाखाहरू संचालनमा आउने जनाइएको छ ।