एटीएम ह्याक सम्बन्धमा फरेन्सिक एक्सपोर्ट पनि अन्योलमा, वास्तविक रिपोर्ट ल्याव टेष्टपछि

काठमाडौं । एटीएम ह्याकका सम्बन्धमा अनुसन्धान गर्न आएको फरेन्सिक एक्सपोर्टले वास्तविक प्रतिवेदन आउन अझै तीन महिना लाग्ने जानकारी राष्ट्र बैंकलाई गराएको छ । प्राविधिक विषय भएकोले प्रारम्भिक रिपोर्टका आधारमात्रै केही भन्न सक्ने अवस्था नरहेको भन्दै फरेन्सिकले राष्ट्र बैंकले यस्तो जानकारी दिएको हो । नेपाल राष्ट्र बैंकले सोमबार आयोजना गरेको साइबर सेक्युरिटी सम्बन्धि कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृतहरूलाई उक्त विषयको जानकारी गराइएको हो । ह्याकिङको वास्तविक रिपोर्ट ल्याव टेष्टपछिमात्र आउने जानकारी राष्ट्र बैंकले दिएको छ । प्रारम्भिक रिपोर्टले प्रर्याप्त जानकारी दिन नसकेपछि ७ दिनभित्र हालको सिष्टम परिवर्तन गरेर सुरक्षित सेवा संचालन गर्न राष्ट्र बैंकले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिष्टम (नेप्स) लाई निर्देशन दिएको छ । ह्याकरहरूले अरु डाटा चोरेको हुन सक्ने र यदि यस्तो गरिएको रहेछ भने अझ ठूलो क्षति हुन सक्ने अनुमान गर्दै राष्ट्र बैंकले हालको नेप्सको सिष्टम परिवर्तन गर्न भनेको हो । एटीएम ह्याक प्रकरणपछि राष्ट्र बैंकले बैकका प्रमुख कार्यकारी अधिकृतसँग छलफल यस विषयमा छलफल गरेको हो ।

एनसीसीले पारित गर्यो १५.८९ प्रतिशत बोनस

काठमाडौ । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैकले सेयर लगानीकर्तालाई हाल कायम चुक्ता पूँजीको १५.८९ प्रतिशत बोनस सेयर तथा ०.८३ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो । बैकको चुक्ता पूँजी हाल ७ अर्ब १ करोड ८५ लाख रुपैयाँ कायम छ । बोनस सेयर सम्बन्धि निर्णय बैकले आफ्नो २० औं र २१ औं वार्षिक साधारण सभा (एजिएम) मार्फत गरेको हो । के भन्छन् त सेयर लगानीकर्ता ? कार्यक्रममा बोल्दै लगानीकर्ता अमृत नाथ रेग्मीले भने–‘वित्तीय क्षेत्रमा सुधार ल्याउँन बैकहले आफ्नो सँगै अन्य बैकको सूचक समेत हेर्ने बानी बसाउन आवश्यक रहेको छ ।’ उनले सो कुरा अपनाउने सकेमा भविष्यमा वित्तीय क्षेत्रमा थप सुधार हुने सुझाव दिएका छन् । यस्तै, लगानीकर्ता अशोक उप्रेतीले भने–‘बैकले लगानीकर्तालाई आव २०७५/७६ बाट कस्तो लाभांस दिन्छ भन्ने कुराले लागानीकर्ताको मनोविज्ञानसँग प्रत्यक्ष सरोकार राख्ने बताए । उनले सोही आधारमा बैकको भविष्यमा समेत प्रभाव पर्ने जनाए । मेजर कुबेर श्रेष्ठका अनुसार– ‘राजधानी केन्द्रित कार्यक्रम एनसीसी बैकले पहिले पटक गरेको छ, आगामी दिनमा समेत सो कुरालाई निरन्तरता दिन आवश्यक छ ।’ राजधानी केन्द्रित कार्यक्रममा बैकको इज्जत रहनेमा जोड दिए । भक्ती प्रसाद उप्रेतीले भने– ‘कम्पनीले दिने लाभांसमा सरकारको गिद्धे नजर पर्न भएन् ।’ उनले आइसीयूमा पुगेको एनसीसी बैक हाल स्वथ्य अवस्थामा रहेको बताएका छन् । व्यास कुमार शर्माका अनुसार –‘कम्पनीको वित्तीय सूचकको अवस्था राम्रो छ, कम्पनीले खराब कर्जा व्यवस्थापन गरेको कुरालाई राम्रो पक्षको रुपमा लिनु पर्छ ।’ उनले निष्कृय कर्जा ७ वाट ३ मा ल्याउँन सफल भएको बैकलाई उनले शुभकामना दिएका थिए । कार्यक्रममा बैकका संचालक समिति अध्यक्ष उपेन्द्र केशरी न्यौपाने प्रमुख कार्यकारी अधिकृत (सिईओ) रमेश राज अर्याल, पूर्व संचार मंन्त्री मोहन बस्नेत लगायतको उपस्थिती रहेको थियो ।

राष्ट्र बैंकको नियम: कर्जाको ब्याजदर घटाउन पाउने, बढाउन नपाउने !

काठमाडौं । नेपाल राष्ट्र बैंकले अब ६ महिना अगावै कर्जाको ब्याजदर घटाउन पाउने बढाउन नपाउने सुविधा दिएको छ । बैकले एकीकृत निर्देशन जारी गर्ने क्रममा जारी गरेको निर्देशनमा यदि बैंक तथा वित्तीय संस्थाले प्रदान गरेको कर्जाको ब्याजदर घटाउनु पर्ने अवस्था आएमा प्रिमियम दर घटाउन सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ । बैंकले यस्तो प्रिमियम दर ६ महिनाभन्दा कम समयमा परिर्वतन गर्न सक्ने बाटो खुला गरिदिएको हो । बैंकहरूले कर्जाको प्रकार तथा भुक्तानी अवधिका आधारमा छुट्टाछुट्टै प्रिमियम दर तय गरी त्रैमासिक कर्जा तथा सापटको ब्यादजर निर्धारण तथा प्रकाशन गर्नुपर्ने व्यवस्था छ । यसरी ब्याजदर प्रकाशन गर्दा कर्जा शीर्षकअनुसार आधार दरमा थप गरिने प्रिमियम दर स्पष्ट रुपमा उल्लेख गर्नुपर्नेछ ।