काठमाडौं । कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारण सभाले सेयरधनीलाई करसहित २.१०५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
बैंकको साधारण सभा बुधबार काठमाडौंस्थित सुवर्णशमशेर सडकमा रहेको सिल्भर ओक ब्याङ्क्वेट एन्ड इभेन्ट्समा सम्पन्न भएको हो ।
सभाले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई कुल २.१०५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको बैंकले जनाएको छ ।
त्यस्तै, सभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा गत असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाबलगायत वित्तीय विवरणसमेत पारित गरेको छ ।
२५ वर्षदेखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले देशभरका २७९ शाखा, २९४ एटीएम, ४१ विस्तारित काउन्टर र ४० शाखारहित बैंकिङ इकाइमार्फत ग्राहकलाई सेवा दिँदै आएको छ ।
बैंकले आगामी दिनमा पनि ग्राहकलाई सरल, सुलभ र उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्न विभिन्न सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।