नेपाली एटीएम कार्ड भारत लिएर जानेलाई राष्ट्र बैंकको नयाँ व्यवस्था
काठमाडौं । भारतका कुनैपनि शहरमा नेपाली डेबिट, क्रेडिट वा प्रिपेड कार्ड बोकेर गएका, तर एटीएम ह्याक भएका कारण पैसा निकाल्न नपाएका नेपालीलाई खुसीको खबर छ । नेपाल राष्ट्र बैंकले सो ह्याकिङ हुनुअघिको समयमा सम्बन्धित ग्राहकको बैंक खातामा भएको रकम बराबरको भुक्तानी वैकल्पिक माध्यमबाट पठाउँदा इलेक्ट्रोनिक माध्यमबाट रकम निकाल्न लाग्नेभन्दा बढी शुल्क नलाग्ने र त्यस्तो भुक्तानी भारतीय परिवत्र्य मुद्रामा प्राप्त गर्नसक्ने व्यवस्था गरेको हो । नेपाल राष्ट्र बैंक विदेशी विनिमय विभागले कार्डबाट भुक्तानी नहुने उक्त रकम विप्रेषणको माध्यमबाट पठाउन वा सम्बन्धित व्यक्तिको भारतीय बैंकको खातामा रकमान्तर गर्नसक्ने व्यवस्था गर्न नेप्स स्वीचिङ सिस्टमसँग आवद्ध बैंक तथा वित्तीय संस्थाहरुलाई भनेको हो । एटीएम ह्याकिङमार्फत् करोडौैं रुपैंया लुटिएको खबरपछि हाल नेपाली डेबिट कार्डहरु भारतीय इलेक्ट्रोनिक मेसिनमा प्रयोग गरेर रकम भुक्तानी लिन बन्देज गरिएको छ । यसबाट पर्ने असुविधालाई ध्यानमा राखी राष्ट्र बैंकले त्यस्तो व्यवस्था गरेको हो । साथै तयसरी हुने भुक्तानीको विवरण प्रत्येक साता राष्ट्र बैंकलाई दिन पनि बैंकहरुलाई निर्देशन दिइएको छ । [pdf id=170934]
एनआईसी एशियाको सञ्चालकमा निकुञ्ज अग्रवाल नियुक्त, जगदीश बाहिरिए
काठमाडौँ । एनआईसी एशिया बैंकको सञ्चालकमा निकुञ्ज अग्रवाल नियुक्त भएका छन् । विहीबार सम्पन्न सञ्चालक समितिको बैठकले अग्रवाललाई सञ्चालकमा नियुक्त गरेको हो । २०७४ भदौ ३० गते सम्पन्न वीसौँ साधारण सभाबाट ४ वर्षका लागि सञ्चालक नियुक्त भएका जगदीशप्रसाद अग्रवालको सट्टा निजको बाँकी कार्याकालका लागि निकुञ्ज अग्रवाल सञ्चालक चयन भएका हुन् । राष्ट्र बैंकको निर्देशनको पालना गर्दै जगदीश सञ्चालकबाट बाहिरिएको कम्पनी सचिव दिपेन कार्कीले जनाएका छन् ।
५० र २० दरका नौ लाखभन्दा बढी नयाँ नोट सिरिज बजारमा
काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारदेखि बजारमा नयाँ सिरिजका नोट बजारमा पठाएको छ । बैंकले ९ लाख ९९ हजार ९ सय ९९ वटा ५० र २० दरका नयाँ नोट बजारमा पठाएको हो । राष्ट्र बैंक ३ वर्ष अघि अर्थात २०१६ मा छापिएका २० दरका नोट बजारमा चलचल्तीका लागि पठाएको छ भने २०१५ मा छापिएको ५० दर सिरिजको नोट पठाएको छ । राष्ट्र बैंकले बजारमा २० दरकै जतिकै संख्या (नौ लाख ९९ हजार ९ सय ९९वटा) मा नोट बजारमा पठाएको हो । राष्ट्र बैंकले २० दरका सिरिजमा ञ/४१ ०००००१ देखि ञ/४१ ९९९९९सम्म अंक अंकित गरिएको छ । ५० दर सिरिजका ज/०००००१ देखि ज/९९९९९ सम्मका नोटमा बजारमा आएको हो ।