सिटिजन्स बैंकको १०३औं शाखा रहित बैंकिङ्ग सेवा रौतहटमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले शाखा रहित बैंकिङ्ग सेवा रौतहटको सन्तपुर दोस्तियामा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन शुक्रबार फतुवा बिजयपुर नगरपालिकाकी उप–मेयर श्रीमती कान्ती देवी महतोले गरेकी हुन् । यस शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रति उल्लेखिय विश्वास एंव बैंकिङ्ग सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ । यस बैंकले ८५ वटा शाखा, ८५ वटा एटिएम. र १ सय ३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट सेवा दिंदै आएको छ ।

अब ग्राहकले खातामै एक सय रुपैयाँ बराबरको इन्सेन्टिभ पाउने, चार बैंकले शुरु गरे नयाँ अभियान

काठमाडौं । अब ग्राहकले आफ्नो खातामै एक सय रुपैयाँ बराबरको इन्सेन्टिभ पाउने भएका छन् । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)को सहकार्यमा विभिन्न चार बैंकले उक्त नयाँ अभियान शुरु गरेसँगै ग्राहकले सो मात्राको इन्सेन्टिभ पाउने पाएका हुन् । यससँगै हाल लक्ष्मी बैंक, सिटिजन बैंक इन्टरनेशनल, नबिल बैंक र नेपाल बैंकले ग्राहकहरुलाई एक सय रुपैयाँ बराबरको इन्सेन्टिभ उपलब्ध गराएकाे छ । एनसीएचएलले बैंक खातामा आधारित डिजिटल कारोबारलाई कनेक्ट आईपीएस ई-पेमेन्ट प्रणालीमार्फत प्रबद्र्धन गर्न नेपालका अग्रणी बैंकहरुसँग संयुक्त प्रबद्र्धन अभियान शुरु गरेको हो । बैंकका ग्राहकहरुले आफ्नो बैंक खातालाई कनेक्ट आईपीएसमा लिंक र भेरिफाई गरेपछि प्रबद्र्धन अवधिभित्र सम्बन्धित बैंकले उनीहरुको खातामा एक सय रुपैयाँ जम्मा गरिदिनेछ । ग्राहकहरुले www.connectips.com, यसको मोबाइल एप वा बैंकको आफ्नै मोबाइल बैकिंग प्रयोग गरेर सिधैं आफ्नो बैंक खाताबाट भुक्तानी कारोबार गर्न सक्छन् । कनेक्टआईपीएस इ-पेमेन्ट प्रणाली अनलाइन भुक्तानीको एकिकृत प्ल्याटर्फम हो जसमा अनलाइन फण्ड ट्रान्सफर, पेमेन्ट प्रोसेसर (गेटवे), क्रेडिट कार्ड/बिलभुक्तानी सुविधा उपलब्ध रहेका छन् । यो प्ल्याटर्फममा सदस्य बैंकहरुको अन्य सेवाहरुमा सरकारको राजस्व भुक्तानी, लोकसेवा आयोग आवेदन शुल्क भुक्तानी, कम्पनी रजिष्ट्रार कार्यालयको भुक्तानी, राहदानी शुल्क भुक्तानी, नागरिक लगानी कोषको भुक्तानी, सामाजिक सुरक्षा कोष सम्बन्धीभुक्तानी, मोबाईल वालेटमा फण्ड लोड, नेप्से अनलाईन ट्रेडिङ्ग तथा सेयर ब्रोकरलाई भुक्तानी, ट्राभल एजेन्सी भुक्तानी, स्कुल/कलेज, इन्स्युरेन्स भुक्तानी लगायतका सेवाहरु उपलब्ध रहेका छन् । यसबैंक खातामा आधारित डिजिटल कारोबारहरुलाई प्रबद्र्धन गर्ने पहललाई थप प्रोत्साहन गर्न यस संयुक्त अभियानले मद्दत गर्ने कम्पनी र बैंक वित्तीय संस्थाहरुको विश्वास छ ।

सेञ्चुरी कमर्सियल बैंक र नेपाल मेडिसिटी हस्पिटलबीच छुटसम्बन्धी सम्झौता

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र नेपाल मेडिसिटी हस्पिटलबीच विभिन्न सेवा सुविधामा दिइने छुटसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका बजार प्रबन्धक शेखर राज बस्ताकोटी र नेपाल मेडिसिटी हस्पिटलका महाप्रबन्धक बिजय रिमालले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार बैंकको क्रेडिट र डेबिट कार्ड ग्राहकहरुले अस्पतालको विभिन्न सेवामा ७ प्रतिशतसम्म छुट पाउनेछन् ।