मुक्तिनाथ विकास बैंकको १३ औं वार्षिक उत्सव, डिजिटल माध्यमद्धारा १८ वटा शाखा उद्घाटन

काठमाडौं । मुक्तिनाथ विकास बैंकले १३ औं वर्ष पार गरी १४ औं वर्षमा प्रवेश गरेको अवसरमा १८ वटा शाखा विस्तार गरेको छ । वार्षिक उत्सवको अवसरमा बैंकले डिजिटल माध्यमद्धारा एकैसाथ १८ वटा शाखाको केन्द्रीय कार्यालयबाटै उद्घाटन गरेको हो । काठमाडौंको बत्तिसपुतली, ललितपुरको भैंसेपाटी, नुवाकोटको बट्टार, कास्कीको नदीपुर र बेगनासताल, तनँहुको आँबुखैरेनी, लमजुङ्गको बेसीशहर, चितवनको टाँडी, नवलपुरको गैंडाकोट,पाल्पाको रामपुर, दाङ्गको लमही, बाँकेको कोहलपुर, कैलालीको लम्की र धनगढी,झापाको काँकरभिट्टा, ईलामको इलाम, धनकुटाको धनकुटा, सुनसरीको दुहवीमाऔपचारीक रुपमा शाखा उद्घाटन गरेको हो । उक्त समारोहको समुद्घाटन बैंकका अध्यक्ष भरतराज ढकालले बताए । अध्यक्ष ढकालले सदैव गुणस्तरीय सेवा प्रदान गर्दै अगाडी बढ्ने र विभिन्न वित्तीय तथा गैर वित्तीय सेवाको माध्यमद्धारा देशको अर्थतन्त्र र आवश्यकतामा बैंकले पनि योगदान दिने प्रतिबद्धता व्यक्त गरे । उक्त उद्घाटन समारोहमा बैंकका पूर्व सञ्चालक, वर्तमान सञ्चालक, संस्थापक सेयरधनी तथा बैंकका उच्चपदाधिकारीहरुको उपस्थिति रहेको थियो । बैंकले देशका सातै प्रदेशका क्षेत्रीय तथा शाखाहरुमा विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रमहरु गरेको छ, जसमध्ये, विभिन्न विद्यालयका जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण, विद्यालयमा स्टेशनरीका सामाग्रीहरु तथा फर्निचर वितरण, विभिन्न अनाथलय तथा वृद्धा श्रममा खाद्यान्न तथा लत्ताकपडा वितरण, चेपाङ्ग संरक्षण समितिलाई खाद्यान्न वितरण, विभिन्न ठाउँहरुमा डस्वीन वितरण, तराईका शीतलहरबाट प्रभावित क्षेत्रहरुमा कम्बल वितरण, एम्बुलेन्सलाई आवश्यक मर्मत सम्भार, अस्पतालमा विरामी कुरुवा बस्ने कुर्सी सहयोग गरेको छ । यसैगरी बैंकले वाग्मती सरसफाई, गोदावरी सरसफाइ तथा पोखरा उपत्यका सरसफाई अभियानका सहयोग पुराएको छ । यसै अन्तर्गत बैंकका क्षेत्रीय÷शाखा कार्यालयहरुले वृहत रक्तदान कार्यक्रम सञ्चालनमा ल्याएको थियो । बैंकले काठमाडौको कमलादी, काभ्रेको बनेपा, धादिङ्गको धादिङ्ग बेशी, रुपन्देहीको बुटवल, धनुषाको जनकपुर र कास्कीको नदीपुर शाखा कार्यालयहरुमा वृहत रक्तदान कार्यक्रम पनि सञ्चालन गरेका हो । बैंकले रक्तदान कार्यक्रमबाट कुल ४ सय ३० पोका रगत संकलन गर्याे । बैंकले यस वार्षिक उत्सवको अवसरमा गरेका माथि उल्लेखित सामाजिक उत्तर दायित्व कार्यक्रमहरुका लागि कुल ८ लाख बराबरको खर्च गरेको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङ्गले बताए । मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १ सय ३४ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गरेको छ । साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्गलगायतका सेवा प्रदान गर्दै आएको छ ।

राष्ट्रिय वाणिज्य बैंकको कर्णाली प्रादेशिक कार्यालय सुर्खेतमा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले कर्णाली प्रादेशिक कार्यालय सुर्खेतमा सञ्चालन गरेकाे छ । उक्त कार्यालयको उद्घाटन शुक्रबार कर्णाली प्रदेशका माननीय मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले   गरेका हुन् । उक्त अवसरमा कर्णाली प्रदेशका माननीय मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ‘बैंक खाता छोरीको, सुरक्षा जीवन भरीको’ प्रदेश सरकारको कार्यक्रम रा.वा.बैंकको शाखा कार्यालय मान्माबाट केही दिन अगाडि शुरु गरेका थिए । कर्णाली प्रदेशका आर्थिक मामिला मन्त्री माननीय प्रकाश ज्वालाले बैंकहरुले सरकारी नीति नियमलाई प्राथमिकताका साथ लागु गर्नुपर्ने बताए । कार्यक्रममा बैंक संचालक समितिका अध्यक्ष निर्मलहरि अधिकारीले तीनै तहका सरकारलाई बैकले प्राथमिकताका साथ वित्तीय सेवा दिईरहेको समेत जानकारी गराए । बैकको कर्णाली प्रदेश कार्यालयका प्रादेशिक प्रबन्धक रामकुमार थापाको अध्यक्षतामा भएको कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारीले स्वागत मन्तब्य तथा ब्रान्च अपरेशन विभागका विभागीय प्रमुख सरोज बस्नेतले कार्यक्रम संचालन गरेका थिए ।

नयाँ वर्षसँगै सिटिजन्स बैंकले शुरु गर्यो एटिएममा मास्टरकार्ड सेवा

काठमाडौं । सिटिजन्स बैंकले आफ्नो एटिएममा मास्टरकार्ड सेवा शुरुवात गरेको छ । भ्रमण वर्ष २०२० को शुरुवातसँगै विशेषगरी नेपाल भ्रमणमा आउने पर्यटकलाई लक्षित गरी बैंकले उक्त योजना ल्याएको हो । यो सेवाको सुरुवातसँगै मास्टरकार्ड, मेइस्टो तथा सर्रस ब्राण्डका कुनै पनि कार्ड यस बैंकको एटिएममा चल्ने छन् । नेपालमा मास्टरकार्ड ब्राण्डका कार्डवाहकलाई बैंकले यस अघि नै भिसा तथा युनियन पेसँग सहकार्य गरी ती ब्राण्डका कार्डमार्फत कारोबार गर्दै आएको छ । “योर पार्टनर फर प्रोग्रेस” भन्ने नारालाई आत्मसाथ गरी सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८५ वटा शाखा, ८५ वटा एटिएम. र १ सय २ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।