इनरुवामा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर
काठमाडौं । प्रभु बैंकले सेवा विस्तार गर्ने क्रममा सुनसरी जिल्लाको इनरुवा नगरपालिकास्थित जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । उक्त काउण्टरको उद्घाटन सुनसरीका प्रमुख जिल्ला अधिकृत राजेश पौडेलले गरेका हुन् । बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यलयको काम गर्न सहज र सरल हुने भएको छ । प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ । प्रभु बैंकले २ सय २ वटा शाखा कार्यालय, १ सय ५२ वटा एटिएम, ४० वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्पmत् बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।
सिद्धार्थ बैंकको नयाँ शाखा हरिवन र न्यूरोड नेपालगञ्जमा
काठमाडौं । सिद्धार्थ बैंकले बुधबारदेखि सर्लाहीको हरिवन र बाँकेको न्यूरोड नेपालगञ्जमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको हो । उक्त शाखा विस्तार पश्चात् सिद्धार्थ बैंकको कुल शाखा सञ्जाल संख्या १ सय ७८ (४ एक्स्टेन्सन् काउन्टर सहित) पुगेको छ । बैंकले १ सय १ शाखारहित बैंकिङ्ग सेवा, १ सय ९७ एटिएम र १ हजार ६ सय भन्दा बढी पिओएस मेसिनका साथै बैंकले निक्षेप तथा कर्जा सुविधा, घरमै बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिटेन्स सेवा, भिजा एटिएम कार्ड सेवाका मार्फत् उच्चस्तरिय बंैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
कृषि विकास बैंकद्वारा विद्यालयलाई शैक्षिक सामाग्री हस्तान्तरण
काठमाडौं । कृषि विकास बैंकले जनकल्याण माध्यमिक विद्यालयलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ । सामाजिक सामुदायिक कार्यक्रम अन्र्तगत बैंकले चन्द्रागिरीस्थित सो विद्यालयलाई सामाग्री वितरण गरेको हो । कार्यक्रमका प्रमुख अतिथी तथा हस्तान्त्रण कार्यक्रमका अध्यक्ष कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले उपलव्ध गराएको ३ थान ल्यापटप, १ थान प्रोजेक्टर र १ थान साउण्ड सिस्टम चन्द्र्रागिरि नगरिपालिकाका मेयर तथा कार्यक्रमका प्रमुख अतिथि घनश्याम गीरी, उपमेयर लिसा नकर्मी समेतको उपस्थितीमा विद्यालयका प्रधानअध्यापक गौतम नकर्मिलाई हस्तान्तरण गरेका हुन् । समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी तथा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले बैंकले नेपाली जनताको आर्थिक स्तर उकास्न तथा देशमा आर्थिक समृद्धी ल्याउन खेलेको भूमिका बारे चर्चा गरेका थिए । साथै, बैंकले दुरदराजमा रहेका आम किसानहरुलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको तथा उनीहरुको क्षमता वृद्धि का लागि बिभिन्न वित्तीय साक्षरता एवम् तालिमहरुका साथसाथै यस्तै प्रकृतिका सेवामुलक कार्यहरु पनि निरन्तर रुपमा गर्दै आईरहेको समेत बताए ।