ग्लोबल आइएमई बैंकको नाफा २ अर्ब १४ करोड, स्प्रेड दर ५ प्रतिशतभन्दा माथि
काठमाडौं । ग्लोबल आईएमई बैंकले चालु आर्थिक वर्षको ६ महिना अर्थात पुस मसान्तसम्ममा २ अर्ब १४ करोड रूपैयाँ नाफा गरेको छ । उक्त नाफामा साविकको जनता बैंक नेपालको २०७६ मंसिर १९ सम्मको मुनाफा समेत समावेश भएको कम्पनीले जानकारी गराएकाे छ । ग्लोबल आईएमई बैंककाे १ अर्ब ६८ करोड ५९ लाख रुपैयाँ र जनता बैंककाे ४५ कराेड १३ लाख रूपैयाँ गरी बैंककाे खुद मुनाफा २ अर्ब १४ करोड रूपैयाँ नाघेकाे हाे । गत वर्षको सोही अवधिमा ग्लोबल आईएमईले १ अर्ब २२ करोड ९३ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकले गत पुस मसान्तसम्ममा १ खर्ब ९० अर्ब ५२ करोड ६५ लाख रुपैयाँ सर्वसाधारणमा कर्जा तथा लगानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ खर्ब ८ अर्ब ९७ करोड ७६ लाख रुपैयाँ कर्जा तथा लगानी गरेको थियो । बैंकमा सर्वसाधारणको १ खर्ब ९७ अर्ब ४१ करोड १३ लाख रुपैयाँ सर्वसाधारणको निक्षेप संकलन गरेको छ । गत वर्षको ६ महिनामा बैंकले १ खर्ब २० अर्ब ८ करोड ८४ लाख रुपैयाँ निक्षेप संकलन गरेको थियो । ६ महिनाको अवधिमा बैंकले ८ अर्ब ६३ करोड १५ लाख रुपैयाँ व्याज आम्दानी गरेको छ भने ५ अर्ब ८ करोड २८ लाख रुपैयाँ व्याज खर्च गरेको छ । गत वर्षको ६ महिनामा बैंकले ६ अर्ब ४३ करोड ६४ लाख रुपैयाँ व्याज आम्दानी गरी ४ अर्ब ५ करोड ५३ लाख रुपैयाँ व्याज खर्च गरेको थियो । गत आवको ६ महिनामा २ अर्ब ३८ करोड १० लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकले चालु आवको सोही अवधिमा ३ अर्ब ५४ करोड ८६ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । बैंकको खराब कर्जा अनुपात केही बढेको छ । यद्यपि नियामकीय प्रावधानभन्दा कम नै छ । गत आवको पुस मसान्तमा ०.७५ प्रतिशत रहेको बैंकको खराब कर्जा अनुपात चालु आवको सोही अवधिमा १.२० प्रतिशत पुगेको छ । बैंकको कष्ट अफ फण्ड घटेको छ । गत आवको पुस मसान्तसम्ममा ७.५७ प्रतिशत रहेको कष्ट अफ फण्ड चालु आवको सोही अवधिसम्ममा ६.७९ प्रतिशत छ । बैंकलाई थप कर्जा प्रवाह गर्ने सुविधा कम छ । गत आवको पुस मसान्तसम्ममा ७९.०६ रहेको कर्जा निक्षेप अनुपात चालु आवको सोही अवधिसम्ममा ७८.९८ प्रतिशत छ । कर्जा निक्षेप अनुपात ८० प्रतिशतसम्म पुर्याउन पाइन्छ । बैंकको आधारदर एकल अंकमा आएको छ । गत वर्षको पुस मसान्तसम्ममा १०.०९ प्रतिशत रहेको आधार दर चालु आवको सोही अवधिसम्ममा ९.६४ प्रतिशतमा झरेको छ । आधार दर कम हुँदा कर्जाको व्याज सस्तो पर्छ । बैंकको व्याज अन्तर (स्प्रेड) दर भने निकै बढेको छ । गत आवको पुस मसान्तसम्ममा ३.८१ प्रतिशत रहेको व्याज अन्तर चालु आवको सोही अवधिमा ५.३१ प्रतिशत छ । नेपाल राष्ट्र बैंकले बैंकहरुलाई चालु आवको अन्त्यसम्ममा व्याज अन्तर ४.४ प्रतिशतमा ल्याइसक्न निर्देशन दिएको छ ।
ललिता निवासको जग्गा धितोमा ऋणः अख्तियारले भने झै बैंकबाट अर्बाैं कर्जा प्रवाह भएको छैन
काठमाडौं । बालुवाटारको सरकारी जमिन ललिता निवास कम्पाउन्ड भित्रको जग्गा व्यक्तिको नाममा दर्ता गरी हिनामिना गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत बुधबार (२२ माघ) १ सय ७५ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गर्यो । सरकारी जमिन व्यक्तिको नाममा दर्ता गरी अनियमितता गर्ने प्रक्रियामा सहभागीको भएको आरोपमा पूर्वमन्त्रीहरु विजयकुमार गच्छेदार, डम्बर श्रेष्ठ र चन्द्रदेव जोशी विरुद्ध पनि मुद्दा दर्ता भयो । यस्तै, पूर्व सचिव तथा अख्तियारकै पूर्व प्रमुख आयुक्त दीप बस्न्यात, पूर्व सचिवहरु दिनेशहरि अधिकारी र छबिराज पन्तविरुद्ध पनि अभियोग दर्ता भएको छ । अख्तियारले सो जग्गा धितोमा विभिन्न बैंक वित्तीय संस्थाबाट अर्बाैं रुपैयाँ बराबरको कर्जा प्रवाह भएको र सर्वसाधारणको अर्बाैंको निक्षेप जोखिममा पर्न सक्ने भन्दै सुरक्षण गर्न राष्ट्र बैंकलाई पनि पत्र पठाउने निर्णय गर्यो । ‘प्रस्तुत मुद्दासँग सम्बन्धित ललिता निवास क्याम्पभित्रका सरकारी, सार्वजनिक जग्गाहरु व्यक्तिविशेषको नामबाछ रु. २ अर्ब ४१ करोड ६९ लाख ३६ हजार १ सय २५ रुपैयाँभन्दा बढीको धितो पारित भई विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट अरबौंको कर्जा प्रवाह भएको देखिएको अवस्थामा सम्बन्धित बैंक तथा वित्तीय संस्थामा रहेको सर्वसाधारणको अरबौंको निक्षेप सुरक्षण गर्ने समेतको प्रयोजनको लागि कानूनबमोजिम आवश्यक कारबाही गर्नको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २८ को उपदफा (१) को खण्ड (ख) बमोजिम नेपाल राष्ट्र बैंकलाई सुझाव लेखी पठाउने,’ मुद्दा दर्ता गरेपछि अख्तियारले जारी गरेको प्रेश विज्ञप्तिमा उल्लेख गरिएको छ । अख्तियारले भनेका अर्बाै रुपैयाँ दिने र त्यसरी ऋण लिएर बैंकमा रहेको सर्वसाधारणको अर्बाैंको निक्षेप जोखिममा पार्ने व्यक्तिहरु यी हुन्ः – आईएमई फाइनान्स इन्स्टिच्युसनले उमाकुमार ढकालको नाममा ७२ लाख ५८ हजार । माधवी सुवेदीको नाममा १ करोड ९० लाख रुपैयाँ –नेपाल बैंकले भारती पाण्डेको नाममा १ करोड रुपैयाँ –यति डेभलपमेन्ट बैंकले नवीन पौडेलको नाममा ४९ लाख रुपैयाँ – नेपाल इन्भेष्टमेन्ट बैंकले पुरुषोत्तम पौडेलको नाममा एउटा किस्तामा २६ करोड र अर्काे किस्तामा १ करोड रुपैयाँ –युनिक फाइनान्सले मन्ती गोर्खालीको नाममा २ करोड रुपैयाँ –ग्लोबल आईएमई बैंकले शोभाकान्त र उमाकुमारीको नाममा ३ करोड ७५ लाख –लक्ष्मी बैंकले कामना गुरुङको नाममा १४ करोड ३५ लाख रुपैयाँ –लक्ष्मी बैंक सरला गुरुङको नाममा १८ करोड ३५ लाख रुपैयाँ –हिमालयन बैंकले संगिता कोठारी राखेचाको नाममा ३ करोड ३१ लाख –लक्ष्मी बैंकले कल्याण गुरुङको नाममा १४ करोड ३५ लाख रुपैयाँ –आर्यातारा बचत तथा ऋण सहकारी संस्थाले केशव तुलाधरको नाममा २ करोड रुपैयाँ –युनिक फाइनान्सले बन्द्रीलक्ष्मी श्रेष्ठको नाममा १ करोड रुपैयाँ –बैंक अफ एसियाले प्रविण ताम्राकारको नाममा ७५ लाख ७८ हजार रुपैयाँ –नेपाल इन्भेष्टमेन्ट बैंकले विवेक कुमार सुवेदीकाे नाममा १० करोड रुपैयाँ –एनआईडीसी डेभलपमेन्ट बैंकले डीएलएफ डेभलपर्सलाई १५ करोड रुपैयाँ –काष्ठमण्डप डेभलपमेन्ट बैंकले नितु गुरुङको नाममा १ करोड ४० लाख रुपैयाँ –एनडीईपी बैंकले नुतन श्रेष्ठकाे नाममा २० लाख रुपैयाँ –प्राइम कमर्सियल बैंकले सन्ध्या शाक्यकाे नाममा ७ करोड ८२ लाख –किष्ट बैंकले सरस्वती घले र सरला गुरुङको नाममा १० करोड रुपैयाँ –नेपाल इन्भेष्टमेन्ट बैंकले इन्दु शर्माको नाममा ६९ करोड १० लाख रुपैयाँ –यति डेभलपमेन्ट बैंकले सन्दीप ढकालको नाममा ४९ लाख रुपैयाँ त्रुटीपूर्ण तथ्यांक अख्तियारले विशेष अदालतमा मुद्दा दायर गर्दा पेश गरेको यो तथ्य नै गलत छ । पहिलो कुरा त २ अर्ब ४१ करोड रुपैयाँको धितो पारित हुँदा अर्बाैंको कर्जा प्रवाह हुनै सक्दैन । दोस्रो कुरा, अहिले बैंकिङ क्षेत्रमा ३० खर्ब रुपैयाँभन्दा बढीको निक्षेप छ । यति धेरै निक्षेप भएको बैंकिङ प्रणालीमा २ अर्ब ४१ करोड रुपैयाँ कर्जा विग्रदैमा ‘सम्बन्धित बैंक तथा वित्तीय संस्थामा रहेको सर्वसाधारणको अरबौंको निक्षेप सुरक्षणमा चुनौति’ देखिदैन । नेकपा महासचिव विष्णु पौडेलका छोरा नवीन पौडेलले यति डेभलपमेन्ट बैंकबाट लिएको ४९ लाख रुपैयाँ सन् २०१५ मा नै तिरिसकेका छन् । ऋण लिएको २ वर्षभित्र उनको ऋण चुक्ता भएको हो । उनले तिर्न बाँकी रहेको १ हजार रुपैयाँ भने सन् २०१७ मा तिरेका छन् । विषय अरु पनि छन् । जस्तो कि नेकपा महासचिव विष्णु पौडेलका छोरा नवीन पौडेलले यति डेभलपमेन्ट बैंकबाट लिएको ४९ लाख रुपैयाँ सन् २०१५ मा नै तिरिसकेका छन् । ऋण लिएको २ वर्षभित्र उनको ऋण चुक्ता भएको हो । उनले तिर्न बाँकी रहेको १ हजार रुपैयाँ भने सन् २०१७ मा तिरेका छन् । यस्तै, यति डेभलपमेन्ट बैंकबाट सन्दीप ढकालले लिएको कर्जा पनि चुक्ता भइसकेको स्रोतले जानकारी दियो । तत्कालिन यति डेभलपमेन्ट बैंक अहिले महालक्ष्मी विकास बैंक बनेको छ । तत्कालिन एनडीईपी विकास बैंकले ललिता निवासको जग्गा धितो राखेर नुतन श्रेष्ठलाई २० लाख रुपैयाँ ऋण दिएको थियो । यो ऋण पनि चुक्ता भइसकेको र ललिता निवासको जग्गा धितोमा कर्जा बाँकी नहेको बैंक स्रोतले जानकारी दिएको छ । तत्कालिन एनडीईपी बैंक अहिले देबः विकास बैंकको नामबाट कारोबार गरिरहेको छ । ग्लोबल आईएमई बैंकले शोभाकान्त ढकाल र उमाकुमारी ढकाललाई ललिता निवासको जग्गा धितोमा ३ करोड ७५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । एनडीईपी विकास बैंकले ललिता निवासको जग्गा धितो राखेर नुतन श्रेष्ठलाई २० लाख रुपैयाँ ऋण दिएको थियो । यो ऋण पनि चुक्ता भइसकेको र ललिता निवासको जग्गा धितोमा कर्जा बाँकी नहेको बैंक स्रोतले जानकारी दिएको छ यस्तै तत्कालिन आईएमई फाइनान्स र अहिलेको ग्लोबल आईएमई बैंकले उमाकुमारी ढकाललाई ७२ लाख ५८ हजार रुपैयाँ तथा माधवी सुवेदीलाई १ करोड ९० लाख रुपैयाँ ऋण लिएको अख्तियारको भनाइ छ । तर, यस्तो कर्जा पनि धेरै घटेको र थप धितो पनि लिइसकिएको बैंक स्रोतले जानकारी दियो । यस्तै, सो जग्गा प्रकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका भनिएका शोभाकान्त ढकाल कुमारी बैंकको यसअघिका संचालक पनि हुन् । उनीसँग कुमारी बैंकको प्रमोटर सेयर पनि छ । कुमारी बैंकको प्रमोटर सेयर थप धितो दिने प्रतिवद्धता ढकालले जनाएका बैंक स्रोतले जानकारी दियो । यद्यपि ढकाल अहिले फरार रहेका बताइन्छ । काष्ठमण्डप डेभलपमेन्ट बैंक कुमारी बैंकसँग मर्ज भएको छ । तर, ललिता विनासको जग्गा धितोमा बैंकले दिएको ऋण बाँकी नरहेको कुमारी बैंक स्रोतले जानकारी दियो ललिता निवासको जग्गा धितो राखेर तत्कालिन काष्ठमण्डप डेभलपमेन्ट बैंकले नितु गुरुङलाई १ करोड ४० लाख रुपैयाँ ऋण दिएको अख्तियारको भनाइ छ । काष्ठमण्डप डेभलपमेन्ट बैंक कुमारी बैंकसँग मर्ज भएको छ । तर, ललिता विनासको जग्गा धितोमा बैंकले दिएको ऋण बाँकी नरहेको कुमारी बैंक स्रोतले जानकारी दियो । किष्ट बैंकले ललिता निवासको जग्गा धितोमा सरस्वती घले र सरला गुरुङको नाममा १० करोड रुपैयाँ कर्जा प्रवाह गरेको अख्तियार स्रोतले जानकारी दिएको छ । किष्ट बैंक अहिले प्रभु बैंकको नाममा कारोबार गरिरहेको छ । घले र गुरुङको नामको जग्गा धितो राखेर भाटभटेनी सुपरमार्केटले वर्किङ क्यापिटल कर्जा लिएको थियो । प्रभु बैंकले सो कर्जा वापत चितवनको जग्गा थप धितो पनि लिएको छ । यस्तै, सो कर्जा पनि अहिले करिब ३ करोड रुपैयाँ जति मात्रै बाँकी रहेको बैंक स्रोतले जानकारी दियो प्रभु बैंकले सो कर्जा वापत चितवनको जग्गा थप धितो पनि लिएको छ । यस्तै, सो कर्जा पनि अहिले करिब ३ करोड रुपैयाँ जति मात्रै बाँकी रहेको बैंक स्रोतले जानकारी दियो । यस्तै, ललिता निवासको जग्गा धितो राखेर विवेककुमार सुवेदीले नेपाल इन्भेष्टमेन्ट बैंकबाट लिएको १० करोड रुपैयाँ कर्जा चुक्ता भइसकेको अख्तियारले नै उल्लेख गरेको छ । इन्भेष्टमेन्ट बैंकबाट लिएको अन्य कर्जाको बारेमा भने केही खुलेको छैन । किन मिलेन अख्तियारको तथ्य ? अख्तियारले विशेष अदालतमा पेश गरेको तथ्य र बैंक वा वित्तीय संस्थामा अहिले बाँकी रहेको कर्जाको अंक मिल्दैन । यस्तो हुनुका पछाडि अख्तियारको कमजोरी देखिन्छ । आफूहरुले सरकारी निकायबाट प्राप्त सुचना र जानकारीको आधारमा कर्जाको विवरण तयार पारेकोले केही फरक पर्न सक्ने अख्तियार स्रोतले बतायो । ‘हामीले मालपोत कार्यालयमा रहेको जग्गाको दृष्टिबन्धक कागजका आधारमा कर्जा रकम पत्ता लगाएका हौं, हामीले विवरण संकलन गरेपछि केही कर्जा चुक्ता भएका होलान्, केही ऋणीले कर्जा तिरिसकेपनि त्यस्तो विवरण मालपोत कार्यालयहरुलाई दिएर जग्गा फुकुवा गरिनसकेका होलान्, त्यसैकारण फरक परेको हुन सक्छ,’ अख्तियार स्रोतले भन्यो । प्रवक्ता भन्छन्: २ अर्ब ४१ करोड ऋण छ अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइराला भने ललिता निवासको जग्गा धितो राखेर बैंक तथा वित्तीय संस्थाहरुले २ अर्ब ४१ करोड ६९ लाख ३६ हजार १ सय २५ रुपैयाँ नै कर्जा प्रवाह भएको दाबी गर्छन् । ‘हामीले जारी गरेको प्रेस विज्ञप्तिमा ललिता निवासको जग्गा धितो राखेर २ अर्ब ४१ करोड ६९ लाख ३६ हजार १ सय २५ रुपैयाँ कर्जा प्रवाह भएको उल्लेख गरेका छौं, अख्तियारको प्रवक्ताको हैसियतमा मैले पाएको जानकारी पनि यही नै हो, कसको कुन बैंकबाट कसले कुन मितिमा कति ऋण लिएको छ भनेर प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छैन, त्यसैले यो विषयमा म थप बताउँन सक्दिनँ,’ प्रवक्ता कोइरालाले भने । राष्ट्र बैंक पुग्यो अख्तियारको पत्र अख्तियारले ललिता निवासको जग्गा धितो राखेर कर्जा प्रवाह गरेका बैंकमा सर्वसाधारणको निक्षेप जोखिममा पर्ने चिन्ता गरेको छ । सो जग्गा धितोमा कर्जा प्रवाह गर्ने बैंकहरुमाथि कानुन बमोजिम कारबाही गर्न र सर्वसाधारणको निक्षेप सुरक्षा गर्न आवश्यक कामकारबाही गर्न अख्तियारले राष्ट्र बैंकलाई पत्राचार गरिसकेको छ । अख्तियारले पठाएको पत्र शुक्रबार अपरान्ह प्राप्त भएको राष्ट्र बैंक स्रोतले जानकारी दियो । यद्यपि अख्तियारको पत्र नआउँदै राष्ट्र बैंकले बिहीबार (हिजो) नै बैंक वित्तीय संस्थालाई ललिता निवासको जग्गा धितामा प्रवाह भएको कर्जाको यकिन विवरण दिन निर्देशन दिइसकेको थियो । अब के गर्छ राष्ट्र बैंक ? ललिता निवासको जग्गा धितो राखेर कुन बैंकले कति ऋण दिएका छन् भन्ने विवरण राष्ट्र बैंकले संकलन गरिरहेको छ । अख्तियारले प्रेस विज्ञप्तिमा उल्लेख गरे अनुसारको कर्जा प्रवाह भए नभएको बारेमा आफूलाई यकिन जानकारी नभएकोले बैंक वा वित्तीय संस्थाबाट यकिन तथ्यांक संकलन गर्न लागिएको राष्ट्र बैंकको भनाइ छ । ललिता निवासको जग्गा धितो राखेर बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गरेका भए त्यस्तो कर्जाको लागि थप धितो माग्न लगाउने र थप धितो लिन नसके बैंकहरुलाई सो कर्जाको अवस्था हेरी २५ प्रतिशतदेखि शतप्रतिशतसम्म प्रोभिजनिङ गर्न लगाउने राष्ट्र बैंकको तयारी छ ‘अख्तियारले ललिता निवासको जग्गा धितो राखेर २ अर्ब ४१ करोड रुपैयाँ जति कर्जा प्रवाह भएको र त्यस्तो कर्जाको कारण निक्षेपकर्ताको निक्षेप संकटमा पर्ने हो कि भन्ने आशयको पत्र पठाएको छ, बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कर्जाको विषय सार्वजनिक हुने वित्तिकै हामीले विवरण माग गरेका छौं, यो विवरण प्राप्त भएपछि कुन बैंकले कति रकम कर्जा प्रवाह गरेका रहेछन्, सो कर्जाको अवस्था के कस्तो रहेछ भन्ने जस्ता जानकारी प्राप्त हुन्छ, अनि त्यसै अनुसारको कदम चालिन्छ,’ राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक मुकुन्द क्षेत्रीले भने । लालिता निवासको जग्गा धितो नमान्ने राष्ट्र बैंकले संकेत गरेको छ । ललिता निवासको जग्गा धितो राखेर बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गरेका भए त्यस्तो कर्जाको लागि थप धितो माग्न लगाउने र थप धितो लिन नसके बैंकहरुलाई सो कर्जाको अवस्था हेरी २५ प्रतिशतदेखि शतप्रतिशतसम्म प्रोभिजनिङ गर्न लगाउने राष्ट्र बैंकको तयारी छ । सम्बन्धित सामग्री ललिता निवास जग्गा प्रकरणः अख्तियारले पेश गरेका तथ्य नै असान्दर्भिक ललिता निवासको जग्गा धितोमा साढे २ अर्ब कर्जा, ऋण दिने बैंकलाई कारबाही गर्न अख्तियारको पत्र अख्तियारले यसकारण विष्णु पौडेल विरुद्ध मुद्दा दायर गरेन ललिता निवास जग्गा प्रकरणः पूर्वमन्त्रीसहित १७५ जना विरुद्ध मुद्दा
सहुलियत कर्जा दिन एनएमबि बैंकले गर्याे तीन उद्यमी संघसँग सम्झौता
काठमाडौं । एनएमबि बैंक र नेपाल हाते कागज उद्यमी संघ, राष्ट्रिय अल्लो उद्यमी संघ तथा नेपाल उद्यमशील महिला महासंघ बीच द्धिपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी बैंक तथा उद्यम संघका सदस्यहरुको क्षमता अभिवृद्धि, वित्तीय परामर्श, खाता संचालन तथा कर्जा सहुलियतको विभिन्न क्षेत्रमा साझेदारी स्थापना गर्ने उदेश्यका साथ गरिएको हो । सो समझदारी पत्रमा बैकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल के.सी तथा नेपाल हाते कागज उद्यमी संघका अध्यक्ष नरेन्द्र बहादुर साउद, राष्ट्रिय अल्लो उद्यमी संघका तर्फबाट अध्यक्ष पुर्जा मगर, नेपाल उद्यमशील महिला संघका तर्फबाट अध्यक्ष देविका बुढाथोकीले काठमाडौंमा आयोजित एक पत्रकार सम्मेलनमा हस्ताक्षर गरेका हुन् । ‘पराम्परागत बैकिङ्ग भन्दा केही पृथक भएर देशको अर्थतन्त्रमा योगदान दिन हामीले आफ्नो स्रोत र साधनको परिचालन गर्दै आएका छाैं, साना तथा मझौला कर्जा, कृषि कर्जा, जलश्रोत कर्जा, उद्यमशिल विकास प्रवर्धन गर्न सहुलियतपूर्ण कर्जामा समेत हाम्रो ध्यान केन्द्रीत नै छ ’- एनएमबि बैकका सीईओ के.सी.ले भने । ‘आन्तरिक उत्पादन तथा रोजगारी सिर्जनालाई प्रवद्र्धन गर्दै आन्तरिक निर्यात क्षमतालाई अभिवृद्धि गर्न हामीले बैकको मुल्य मान्यता तथा दिगो बैकिङ्गको सिद्धान्तमा रहेर काम गर्दै आएका छौँ’ – एनएमबि बैकका अध्यक्ष पवन गोल्याणले भने । साथै, नेपाल सरकारको समृद्ध नेपाल बनाउने लक्ष्यलाई साकार पार्न उक्त समझदारी कोशेढुङ्गा सवित हुने उनले दिए ।