सिद्धार्थ बैंकको न्यूरोड नेपालगञ्ज र बीपी चोक शाखाको औपचारिक उद्घाटन

काठमाडौं । सिद्धार्थ बैंकले मंगलबार बाँकेस्थित न्यूरोड नेपालगञ्ज शाखा र बीपी चोक शाखाको औपचारिक उद्घाटन गरेको छ । बैंकको न्यूरोड नेपालगञ्ज शाखाको उद्घाटन नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर सुश्री उमा थापा मगर र नेपाल राष्ट्र बैंक नेपालगञ्ज शाखाका निर्देशक मुक्तिनाथ सापकोटाले गरेका हुन् । त्यस्तै, बीपी चोक शाखाको उद्घाटन नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवल शमशेर राणा र नेपाल राष्ट्र बैंक नेपालगञ्ज शाखाका निर्देशक मुक्तिनाथ सापकोटाबाट संयुक्त रुपमा गरेका थिए । बैंकले न्यूरोड नेपालगञ्ज शाखा पुस १६ गते र बीपी चोक शाखा भदौ ९ गतेदेखि नै सञ्चालन गरी कारोबार गर्दै आएको थियो । सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले देशभर १८० वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखा रहित बैंकिङ्ग सेवा, २०३ एटिएम र १ हजार ६ सय भन्दा बढी पिओएस मेसिन मार्फत् बैैकिङ्ग सेवा दिंदै आएको छ ।

सिभिल बैंकको थप नयाँ शाखा गोरखाको धार्चेमा

काठमाडौं । सिभिल बैंकले शाखा विस्तार गर्ने क्रममा गोरखाको धार्चेमा नयाँ शाखा स्थापना गरेको छ । उक्त धार्चे शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले गरेका हुन् । उद्घाटनमामा गभर्नर डा. नेपालले मुलुकका सबै ठाउँमा बैंकको उपस्थिति विना संघीय नेपालको समृद्धि हुन नसक्ने उल्लेख गर्दै मुलुकका दुर्गम स्थानसम्म वित्तीय पहुँच पुर्याउने लक्ष्यलाई सहयोग पुग्ने गरी राष्ट्र बैंकले नीतिगत व्यवस्था गरेको जानकारी दिए । मुलुकका ७५३ वटै स्थानीय तहमा वित्तीय पहुँच पुर्याउने राष्ट्र बैंकको नीतिगत अभियानमा सिभिल बैंकको धार्चे शाखाले अर्को ईंटा थपेको बताए । समारोहमा धार्चे गाउँपालिकाका अध्यक्ष सन्तबहादुर गुरुङले धार्चे जस्तो दुर्गम ठाउँमा सिभिल बैंकले शाखा स्थापना गरेकोमा खुशी व्यक्त गर्दै उक्त शाखाले धार्चे गाउँपालिकाका जनताको घरदैलोसम्म वित्तीय सेवा उपलब्ध गराइ स्थानीय जनतामा उद्यमशीलताको विकास र जीवनस्तर उकास्नमा महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरे । यसैगरी, सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले धार्चे शाखाले यस क्षेत्रमा प्रभावकारी र गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराई उद्यम, व्यवसायको विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै, उनले ग्रामीण अर्थतन्त्र उकास्नका निम्ति कृषि, पशुपालन, पर्यटन लगायतका क्षेत्रमा लगानी बढाउँदै ‘समृद्घ धार्चे’ को सपना साकार बनाउने लक्ष्यका साथ सहकार्य गरेर अघि बढ्ने भाव व्यक्त गरे । सिभिल बैंकमा हालसम्म ४ लाख १५ हजारभन्दा बढी ग्राहकहरु आबद्ध छन् । यस बैंकले रु.५२ अर्बभन्दा बढी निक्षेप परिचालन गरी रु.५० अर्ब भन्दा बढी कर्जा लगानी गरेको छ । धार्चे शाखाको स्थापना सँगै सिभिल बैंकको गण्डकी प्रदेशमा १२ सहित नेपाल भर कुल शाखा संख्या १०३ पुगेकोे छ ।

एनबी बैंकको नाफा ८० करोड, निक्षेप करिब ५ अर्बले बढ्यो

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा नेपाल बंगलादेश (एनबी) बैंकले ८० करोड ७७ लाख रुपैयाँ नाफा गरेको छ । गत वर्षको सोही अवधिमा ७९ करोड ३३ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणका अनुसार बैंकको नाफा गत वर्षको तुलनामा १ करोड ४४ लाख रुपैयाँ नाफा बढेको छ । एनबी बैंकले सर्वसाधारणलाई ५७ अर्ब ९३ करोड ४६ लाख रुपैयाँ कर्जा तथा लगानी गरेको छ । गत वर्षको पुस मसान्तसम्ममा बैंकले ५२ अर्ब ५१ करोड ९१ लाख रुपैयाँ कर्जा तथा लगानी गरेको थियो । गत पुस मसान्तसम्ममा बैंकमा सर्वसाधारणको ६३ अर्ब १२ करोड ४३ लाख रुपैयाँ निक्षेप छ । गत वर्षको सोही अवधिमा बैंकसँग सर्वसाधारणको ५९ अर्ब ७६ करोड ४७ लाख रुपैयाँ निक्षेप थियो । गत पुस मसान्तसम्मा एनबी बैंकले ३ अर्ब ६५ करोड ९५ लाख रुपैयाँ व्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ३ अर्ब २४ करोड १४ लाख रुपैयाँ व्याज आम्दानी गरेको थियो । चालु आर्थिक वर्षको पुस मसान्तसम्मा बैंकले २ अर्ब ३० करोड ४३ लाख रुपैयाँ व्याज खर्च गरेको छ । गत वर्षको सोही अवधिमा यस्तो खर्च १ अर्ब ८४ करोड ४८ लाख रुपैयाँ थियो । गत वर्षको पुस मसान्तसम्ममा १ अर्ब ३९ करोड ६५ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको एनबी बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ३५ करोड ५२ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । बैंकको खराब कर्जा अनुपात १.९२ प्रतिशत छ । गत वर्षको पुस मसान्तसम्ममा खराब कर्जा अनुपात १.७८ प्रतिशत थियो । कष्ट अफ फण्ड ७.३६ प्रतिशत छ । गत वर्षको पुस मसान्तमा कष्ट अफ फण्ड ७.५८ प्रतिशत थियो । एनबीको कर्जा निक्षेप अनुपात ७२.९५ प्रतिशत छ । गत वर्षको पुस मसान्तसम्ममा ७७.२९ प्रतिशत थियो । कर्जा निक्षेप अनुपात ८० प्रतिशतसम्म पुर्याउन पाइन्छ । बैंकको आधार दर ९.९२ प्रतिशत छ । गत वर्षको पुस मसान्तमा यस्तो अनुपात १०.८२ प्रतिशत थियो । यस्तै, व्याज अन्तर (स्प्रेड) दर ४.८ प्रतिशत छ । गत वर्षको पुस मसान्तमा व्याज अन्तर दर ५.१ प्रतिशत थियो । व्याज अन्तर कम भएको कारण बैंकको खुद व्याज आम्दानी घटेको छ भने नाफा पनि १ करोड ४४ लाख रुपैयाँ मात्रै बढेको छ ।