सानिमा बैंक र फ्युचर वर्ल्डबीच छुटसम्बन्धी सम्झौता
काठमाडौं । सानिमा बैंक र आस्ट्रल कम्प्युटर्स नेपाल (फ्युचर वर्ल्ड) बीच छुटसम्बन्धी सम्झौता भएको छ । यस बैंकका ग्राहकलाई एपलका प्रडक्ट जस्तैः आइफोन, आइप्याड, म्याकबुक तथा अन्य एशेसरिजमा विशेष छुट दिनेसम्बन्धी सम्झौता भएको हो । सम्झौतापत्रमा बैंकको डिजिटल बैंकिङ्ग विभागका प्रमुख विक्रम श्रेष्ठ र आस्ट्रल कम्प्युटर्स नेपालका महाप्रबन्धक नवीन जोशीले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार सानिमा बैंकका ग्राहकहरुले डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी काठमाडौंको सुनधारास्थित सिभिल मल अवस्थित फ्युचर वर्ल्डमा एपलका प्रोडक्ट खरिद गर्दा ६ हजार रुपैयाँसम्म नगद तथा ७ हजार रुपैयाँसम्मका एशेसरिज पाउने छन् । साथै, बैंकका ग्राहकहरुले क्रेडिट कार्डमार्फत १८ महिनाको मासिक किस्ता भुक्तानी गर्न सक्ने छन् ।
एनआईसी एशियाका ग्राहकलाई वाल क्लाइम्बिङमा ३० प्रतिशत छुट
काठमाडौं । एनआइसी एशियाका ग्राहकले वाल क्लाइम्बिङमा ३० प्रतिशत छुट पाउने भएका छन् । यस बैंकका ग्राहकलाई सो कम्पनीले दिने सेवामा विशेष छुट उपलब्ध गराउनेसम्बन्धी समझदारी भएको छ । उक्त समझदारीपत्रमा बैंकको वागमती प्रदेश डिजिटल सेल्स प्रमुख श्याम लामिछाने र कम्पनीका महाप्रबन्धक कमल घले गुरुङले हस्ताक्षर गरेका हुन् । उक्त समझदारी अनुसार यस बैंकका ग्राहकले बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग सेवा प्रयोग गरी ठमेलमा रहेको वाल क्लाइम्बिङ कम्पनीले उपलब्ध गराउने सेवा प्रयोग गर्दा लाग्ने शुल्कमा ३० प्रतिशत छुट हुनेछ । साथै, बैंकका कर्मचारी तथा कर्मचारीका परिवारलाई यसै समझदारीअनुसार ५० प्रतिशत छुट हुनेछ । उक्त छुट सुविधा १ वर्षसम्म लागू हुनेछ बैंकले कार्ड तथा मोबाइल बैंकिङ्गबाट गरिने विद्युतीय भुक्तानीलाई प्रवद्र्धन गर्दै आइरहेकोमा बैंकका ग्राहकको अधिकतम लाभका लागि यो योजना ल्याइएको हो । बैंकले डेबिट÷क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग सेवाग्राहीहरूले यस बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गका माध्यमहरूबाट विभिन्न सामान तथा सेवा खरिद गर्दा देशभर २,२०० वटा भन्दा बढी मर्चेन्टहरूबाट आकर्षक छुट प्राप्त गर्न सक्ने छन् । उक्त छुट देशभर रहेको विभिन्न ख्यातिप्राप्त अस्पतालहरू, होटल, रिसोर्ट, रेष्टुराँ तथा विभिन्न सेवा तथा सामान विक्री गर्ने स्थानहरूबाट ग्राहक महानुभावहरूले सजिलै प्राप्त गर्न सकिनेछ
प्रभु बैंकले ल्यायो गुडलक सेभिङ निक्षेप योजना
काठमाडौं । प्रभु बैंकले गुडलक सेभिङ निक्षेप योजना सञ्चालनमा ल्याएको छ । बैंकले विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीहरु तथा कर्मचारीहरुलाई लक्षित गर्दै आकर्षक सेवा सुविधा सहित उक्त योजना ल्याएको हो । शुन्य मौजदातमा खाता खोल्न सकिने प्रभु गुडलक सेभिङ खाता खोल्नासाथै उक्त खातामा बैंकको तर्पmबाट १ सय रुपैयाँ जम्मा गरिदिने व्यवस्था मिलाईएको छ । यस योजना अन्तर्गत खाता खोल्ने खाता धनीहरुलाई वार्षिक ६.५ प्रतिशत ब्याज, डिम्याट खाता, मेरो शेयर अनलाइन सेवा, डेबिट कार्ड, अन्तरशाखा कारोबार, इन्टरनेट बैंकिङ्ग, मोवाइल बैकिङ्ग लगायतका सेवाहरु निःशुल्क रुपमा उपलब्ध हुनेछन् । खाता धनीहरुलाई बैंकले आफ्नो सहायक कम्पनी प्रभु क्यापिटलसँगको आवश्यक समन्वय तथा सहकार्यमा सम्बन्धित कलेज तथा विश्वविद्यालयहरु मै गएर पूँजीबजारसँग सम्बन्धित लगानीका अवसरहरु जस्तै आइपिओएस, एफपिओएस, क्यापिटल मार्केट आदिको बारेमा व्यवहारिक ज्ञान तथा यथार्थपरक परामर्श प्रदान गर्ने व्यवस्था रहेको छ ।