यसकारण परिवर्तन भयो प्रभु बैंकको खाता नम्बर, नयाँ लिन ग्राहकलाई आग्रह
काठमाडौं । प्रभु बैंकका ग्राहकहरुको खाता नम्बर परिवर्तन भएको छ । बैंकको बैंकिङ्ग सफ्टवेयर प्रतिस्थापन(कोर बैंकिङ्ग सिष्टम माइग्रेशन) को काम सम्पन्न भएकाले उनीहरुको हालको खाता नम्बर परिवर्तन भएको बैंकले जानकारी गराएको छ । त्यसैले, बैंकले सम्पूर्ण ग्राहकहरूलाई नयाँ खाता नम्बर लिन आग्रह गरेको छ । जसका लागि बैंकका ग्राहकहरुले आफुलाई पायक पर्ने शाखा कार्यालयमा सम्पर्क गर्न सक्ने छन् । ‘हाल प्रयाेगमा आएकाे कोर बैंकिङ्ग सिष्टम माइग्रेशन भएकाले खाता नम्बर परिवर्तन गर्नुपर्ने भएको हो । चेकहरु भने पुरानै चल्ने छ । साथै, यससम्बन्धी जानकारी हामीले एसएमएस मार्फत पनि गराउने छौं ।’ बैंकले एक सूचना मार्फत जनाएको छ । उक्त सिष्टम माईग्रेसन गर्नको लागि कम्पनीले दिँदै आएको सबै सेवाहरु जेठ १५ गते बिहीबार अपरान्ह ५ बजेदेखि जेठ १८ गते आइतबार बिहान ९ बजेसम्म बन्द भएकाे थियाे ।
सनराइज बैंकले सबै कर्मचारीको गरायो कोरोना बीमा
काठमाडौं । सनराइज बैंकले कम्पनीमा कार्यरत सबै कर्मचारीको कोरोना भाइरस(कोभिड-१९) बीमा गराएको छ । बैंकले कोरोना भाईरसले देशव्यापी माहामारीको रुप लिईरहेको अवस्थामा आफ्नो कर्मचारीहरुको सुरक्षालाई मध्यनजर गर्दै सबैको बीमा गराएको हो । बैंकमा कार्यरत सम्पूर्ण स्थायी, करार, प्रशिक्षार्थी, सवारी चालक, कार्यलय सहयोगी, सुरक्षा गार्ड लगायत कर्मचारीहरुको कोभिड-१९ बीमा गराएको छ । बैंकले लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी मार्फत प्रत्येक कर्मचारीहरुको १ लाख रुपैयाँ बराबरको सामुहिक बीमा गराएको छ । बीमा लेख सम्झौता अनुसार बैंकको कर्मचारीहरुमा कोभिड-१९ पोजिटिभ देखिई संक्रमण भएमा बीमा कम्पनीबाट बीमा दाबी गर्न सकिनेछ । यस बीमा सम्झौताले आफ्ना कर्मचारीहरुको मनोबल उच्च रहने र संकटको बेलामा कर्मचारीहरुलाई आर्थिक राहत मिल्ने बैंकको बिश्वास छ । बैंकले कोरोना भाईरस (कोभिड-१९) को संक्रमणबाट सुरक्षित रहन आफ्ना सम्पूर्ण कर्मचारीहरुलाई मास्क, पञ्जा, सेनिटाइजर जस्ता अति आवश्यक सुरक्षा सामाग्रीहरु समेत उपलब्ध गराउँदै आएको छ ।
आयोजना बैंक अनलाइनबाटै सञ्चालन गरिने
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आयोजना बैंक अनलाइनबाटै सञ्चालन गरिने बताएका छन् । संघीय सदनको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै उनले सो बताएका हुन् । उनले आयोजना बैंक विध्युतीय माध्यमबाट सञ्चालन गरी संघीय स्तरमा सञ्चालन हुने आयोजनाको पहिचान, मूल्याङ्कन, छनोट र प्राथमिकीकरण गरिने बताएका छन्।