कुमारीले प्राप्ति गरेको देवः विकास बैंकको ८.५५ प्रतिशत बोनस सेयर पारित

<p>काठमाडौं । कुमारी बैंकले प्राप्ति गरेको देवः विकास बैंकको ८.५५ प्रतिशत बोनस सेयर पारित भएको छ । जेठ १९ गते(सोमबार) सम्पन्न देवः विकास बैंकको १३औं वार्षिक साधारण सभाले सेयरधनीलाई आर्थिक वर्ष २०७५/७६ को वितरण गर्न योग्य नाफाबाट चुक्ता पुँजीको सो मात्राको बोनस वितरण गर्ने प्रस्ताव सर्वसम्मतीबाट पारित गरेको हो । विशेष प्रस्ताव अन्तर्गत यस बैंकलाई [&hellip;]</p>


काठमाडौं । कुमारी बैंकले प्राप्ति गरेको देवः विकास बैंकको ८.५५ प्रतिशत बोनस सेयर पारित भएको छ । जेठ १९ गते(सोमबार) सम्पन्न देवः विकास बैंकको १३औं वार्षिक साधारण सभाले सेयरधनीलाई आर्थिक वर्ष २०७५/७६ को वितरण गर्न योग्य नाफाबाट चुक्ता पुँजीको सो मात्राको बोनस वितरण गर्ने प्रस्ताव सर्वसम्मतीबाट पारित गरेको हो ।

विशेष प्रस्ताव अन्तर्गत यस बैंकलाई कुमारी बैंकले प्राप्ति गर्ने प्रस्ताव पारित भएको छ । सो प्रयोजनका लागि सम्पत्ति दायित्व मूल्याकन प्रतिवेदन समेतका आधारमा यस बैंकको १ (एक) कित्ता सेयर बराबर कुमारी बैंकको ०.८६ (शुन्य दशमलब आठ छ) कित्ता सेयर दिने गरी सेयर आदान प्रदान अनुपात कायम गर्ने प्रस्ताव लगायत प्राप्तिसँग सम्बन्धित स्वीकृतीका लागि पेश गरिएको प्रस्ताव सर्वसम्मतिबाट पारित भएको संस्थाले जनाएको छ ।

उक्त सभा संचालक समितिका अध्यक्ष उपरथी बज्र गुरुङ्ग (अ.प्रा.)को अध्यक्षतामा काठमाडौमा सम्पन्न भएको छ । कोभिड १९ को महामारीको अवस्थालाई मध्यनजर गरी बैंकको साधारण सभामा सम्पूर्ण आवश्यक प्रक्रिया पूरा गरी बैकका सेयरधनीहरु अनलाइन मार्फत भरच्यूअली सभामा सहभागी भएका थिए ।

साथै, सभाले संचालक समितिको वार्षिक प्रतिवेदन, वाहृय लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७५/७६ आषाढ मसान्तसम्मको वासलात तथा सोही मितिसम्मको नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायत आर्थिक विवरणहरुसमेत सर्वसम्मतिबाट पारित गरेको छ ।

Share News