ग्लोबल आइएमई बैंकद्वारा ट्राफिक प्रहरीलाई ट्राफिक पोल हस्तान्तरण
काठमाडाैं । ग्लोबल आइएमई बैंकले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ट्राफिक प्रहरीलाई काठमाडाैं उपत्यका भित्रका सडकहरुमा ट्राफिक जनचेतनाका लागि उपयोगी हुने ट्राफिक पोलहरु हस्तान्तरण गरेको छ । यस अघि पनि बैशाख ३१ मा ग्लोबल आइएमई बैंकले ट्राफिक जनचेतनाकम निम्ति ट्राफिक पोलहरु हस्तान्तरण गरेको थियो । बैंकले प्रदान गरेको ट्राफिक पोलहरुले जनचेतना फैलाउने, ट्राफिक नियमको पालना गर्न सहयोग पु¥याउने र ट्राफिक जाम तथा दुर्घटना न्यूनीकरण गर्न सहयोग पु¥याउने बताउँदै यस्तो समाजोपयोगी कार्यमा सहयोग पु¥याएकोमा महानगरीय ट्राफिक महाशाखाले बैंकलाई धन्यवाद दिएको छ । बैंकले स्थापनाकाल देखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आएको छ ।
प्याब्सन र एनप्याब्सनमा आवद्ध विद्यालयलाई मेगा बैंकले एक करोड रुपैयाँसम्म कर्जा दिने
काठमाडौं । मेगा बैंक नेपालले प्याब्सन र एनप्याब्सनमा आवद्ध विद्यालयलाई एक करोड रुपैयाँसम्म कर्जा दिने भएको छ । बैंकले प्याब्सन वा एनप्याब्सनको सिफारिसपत्रका साथ आवश्यक कागजपत्र जुटाएको केही दिनमै निजी विद्यालयलाई अत्यन्तै सस्तो ब्याजदरमा सो मात्राको कर्जा दिने भएको हो । मेगा बैंकले प्याब्सन र एनप्याब्सनसँग सम्झौता गरी उक्त संस्थामा आवद्ध निजी विद्यालयहरुलाई आकर्षक कर्जा सुविधा प्रदान गर्ने भएको भएको हो । सम्झौता अनुसार, प्याब्सन र एनप्याब्सनमा आबद्ध विद्यालय, शिक्षक र अभिभावकहरुले समेत विभिन्न सुविधा पाउन सक्नेछन् । यसका साथै सम्बद्ध विद्यालयमा कार्यरत शिक्षकहरुलाई पनि मेगा बैंकले प्रोफेशनल लोन (व्यावसायिक कर्जा) प्रदान गरिने सम्झौता भएको छ । यसैगरी, अभिभावकहरुलाई पनि विशेष बचत खाता सुविधा प्रदान गरिने मेगा बैंकले जनाएको छ । कोभिड-१९ को समस्यासँग जुधिरहेका निजी विद्यालयलाई पूर्ववत रुपमा संचालन गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले मेगा बैंकले यो विशेष अफर ल्याएको हो । विद्यालय संचालक, शिक्षक र अभिभावकलाई समेत लाभ पुग्ने भएकाले यो सुविधाले अहिलेको विषय परिस्थतिमा निजी विद्यालयलाई राहत पुग्ने मेगा बैंकको विश्वास छ ।
एक सातामा वाणिज्य बैंकः २२ अर्ब रुपैयाँ संकलन, २५ अर्ब कर्जा लगानी
काठमाडौं । २७ वटा वाणिज्य बैंकहरुले असोज पहिलो सातामा २२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् भने २५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । योसँगै वाणिज्य बैंकहरुको कुल निक्षेप संकलन ३५ खर्ब ३२ अर्ब पुगेको छ भने २९ खर्ब २९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । बैंकर्स संघका अनुसार भदौ मसान्तसम्म वाणिजय बैंकहरुले ३४ खर्ब ९५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए भने २९ खर्ब ४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।