नागरिक लगानी कोषको ‘पेन्सन योजना’ एनआईसी एशिया बैंकबाट मात्र
काठमाडौं । लगानी कोषको ‘नागरिक पेन्सन योजना’ को कारोबार एनआईसी एशिया बैंकबाट मात्र हुने भएको छ । कोषले एक्स्क्लुसिभ बैंकिङ पार्टनरमा एनआईसी एशिया बैंकलाई नियुक्त गर्ने सम्बन्धि समझदारीपत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल शुक्रबार हस्तारक्षर गरेका छन् । देशको अग्रणी सार्वजनिक वित्तीय संस्था नागरिक लगानी कोषसँग हातेमालो गरी पेन्सन योजनाको एक्स्क्लुसिभ बैंकिङ पार्टनर हुन साझेदारीले आम सर्वसाधरण नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याउने विश्वास बैंकले लिएको छ । नागरिक पेन्सन योजना सम्बन्धि काराेबार एनआईसी एशिया बैंकसँग मात्र गर्ने सर्तसहित समझदारी भएकाेले अरू बैंकबाट याे बाराेबार नहुने बैंक स्राेतले बतायाे । यस पेन्सन योजना अन्तर्गत आय आर्जन गर्ने, प्रचलित कानून बमोजिम स्थापना भएका संघ, संस्था एवं प्रतिष्ठानमा कार्यरत श्रमिक÷कर्मचारी, स्वरोजगारमा रहेका सर्वसाधारण र गैर आवासीय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरू सहभागी हुन सक्नेछन् । ‘जवानीमा कमाऔं, जमाऔं र बुढेसकालमा रमाऔं’ भन्ने नाराको साथ ल्याईएको उक्त योजनामा सम्पूर्ण नेपाली नागरिकहरू सहभागी हुन सक्नुहुनेछ । यस योजनाका सहभागीहरूले न्यूनतम मासिक रू. ५०० देखि अधिकतम आम्दानीको क्षमता अनुसार १० ले भाग जाने संख्यामा मासिक किस्ता रकम जम्मा गर्न सक्ने प्रावधान रहेको छ । पेन्सन योजनामा सहभागी हुनेले एनआईसी एशिया बैंमा रहेको कोषको खाता नम्बर ०५४४१५१०३५२१७०१२ मा किस्ता रकम जम्मा गर्न सक्नेछन् । बैंकले निकट भविष्यमा कोषसँगको सहकार्यमा विद्युतीय भुक्तानी सेवामार्फत नागरिक पेन्सन योजनाका सहभागीहरूले बैंक नै नगई जुनसुकै स्थानबाट जुनसुकै समयमा अनलाइन माध्यमबाट किस्ता रकम भुक्तानी गर्न मिल्ने तयारी गरिरहेको जनाएको छ ।
साउनमा रेमिट्यान्स २३ प्रतिशतले बढ्यो
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउनमा रेमिट्यान्समा २३ प्रतिशतको सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार देशको वर्तमान वित्तीय अवस्था सार्वजनिक गर्दै विप्रेषणमा २३ प्रतिशतको सुधार आएको देखाएको हो । राष्ट्र बैंकको तथ्यांकले समीक्षा अवधिमा विप्रेषण आप्रवाह २३.० प्रतिशतले वृद्धि भई रु.९२ अर्ब ७१ करोड पुगेको देखाएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २.० प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४.५ प्रतिशतले बढेको छ । घिल्लो वर्ष यस्तो आप्रवाह ०.७ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ९९.२ प्रतिशतले घटेको जनाएको छ । यस्तै, आर्थिक वर्ष २०७७/७८ को पहिलो महिनामा कुल वस्तु व्यापार घाटा २२.२ प्रतिशतले घटी रु.७६ अर्ब १९ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १३.९ प्रतिशतले ह्रास आएको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ११.२ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.३ प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०७७/७८ को पहिलो महिनामा कुल वस्तु निर्यात ८.९ प्रतिशतले वृद्धि भई रु.९ अर्ब ६२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २७.७ प्रतिशतले वृद्धि भएको थियो ।
एभरेष्ट बैंकका ग्राहकहरूले होटल एलोफ्टमा १५ प्रतिशत छुट पाउने
काठमाडाैं । एभरेष्ट बैंकले होटल एलोफ्ट ठमेलसँग आफ्ना ग्राहकहरुलाई छुट प्रदान गर्नको लागि सहकार्य गरेको छ । होटल एलोफ्ट,ठमेलमा भएकाे एक पाँच तारे होटल हो जुन आफ्नो होटलको सुन्दर इन्टेरियर डिजाईनका साथै आफ्नो समृद्ध इतिहासको लागि प्रख्यात रहेको छ । यस सहकार्य अन्तर्गत एभरेष्ट बैंकका ग्राहकहरुले फुड, बेभरेज र बेकरी सपमा होटेलले तोकेको स्ट्याण्डर्ड मुल्यमा १५ प्रतिशत छुट पाउनेछन् । हालको महामारीको स्थितिका कारण यो अफर टेक(अवे सेवामा मात्र उपलब्ध रहेको छ र अवस्था सहज भए लगतै यो अफर होटेल सेवामा पनि उपलब्ध हुनेछ । यस सम्झौता अन्तर्गत एभरेष्ट बैंकका ग्राहकहरुले आफ्नो एटएिम वा क्रेडिट कार्ड देखाएमा यो छुट पाउनेछन् । एभरेष्ट बैंकले सधैं ‘सर्भिस विथ स्माइल’ को भावना बोकी आफ्ना ग्राहकहरुको फाइदा र सन्तुष्टिमा आफ्नो ध्यान केन्द्रित गर्दै आएको छ । स्थापना कालदेखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म ११ लाख भन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् । एभरेष्ट बैंकलाई सर्वश्रेष्ठ व्यवस्थित वाणिज्य बैंक, २०१९ बाट पुरस्कृत गरिएको थियो । हालसम्म बैंकको ९५ शाखाहरु, ३१ राज्वस्व सङ्गकलन काउन्टरहरु र १२३ स्थानमा एटीएम रहेका छन् । आफ्नो फराकिलो विश्वव्यापी नेटवर्क र घरेलु नेटवर्क मार्फत एभरेष्ट बैंकले पेशेवर दक्ष बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आइरहेको छ