तस्बिरमा हेर्नूहोस् नाडा अटो शोका झलकहरू

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को आयोजनामा मंगलबारदेखि राजधानीमा नाडा अटो शो सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले १७ औं संस्करणको नाडा अटो शोको उद्घाटन गरे । नाडाका अध्यक्ष करण चौधरीले नाडा अटो शो केवल सवारीसाधनको प्रदर्शनी नभई समग्र अटोमोबाइल क्षेत्रको एक प्रमुख व्यावसायिक थलो भएको बताए ।  यो क्षेत्रले १० लाखभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको र ३ हजारभन्दा बढी व्यवसायीलाई संगठित गरेको उनको दाबी छ । नेपालमै बनेका हेल्मेट, लुब्रिकेन्ट्स, ब्याट्री र तीन पाङ्ग्रे सवारी साधन पनि प्रदर्शनीमा राखिएका छन् । नाडा अटो शो भाद्र ८ गतेसम्म आयोजना हुनेछ । शोको सबैभन्दा ठूलो आकर्षण फ्लाइङ कार र ह्युमनोइड रोबोट रहेको छ । नाडा अटो शोमा १९ चारपाँग्रे, १३ लाइट कमर्शियल र ४ दुईपाङ्ग्रे सवारी ब्राण्डले सहभागिता जनाउने छन् । त्यस्तै, ३५ बढी लुब्रिकेन्ट, टायर, स्पेयर पार्टस, ब्याट्री, बैंक तथा वित्तीय संस्थाको स्टल रहेका छन् । नाडा अटो शो करिब डेढ दर्जन ९चारपाङ्ग्रेरदुईपाङ्ग्रे० नयाँ सवारी मोडल सार्वजनिक भएका छन् । यस्तै मिडिया, ट्राफिक सूचना डेस्कको पनि व्यवस्था गरिएको छ । अटो शोमा सवारी साधन प्रदर्शनीसँगै सेमिनार, कार्यशाला, अन्तरक्रिया लगायत कार्यक्रम आयोजना गरिने नाडाको भनाइ छ । तस्बिरहरू :

नाडा अटो शोमा नामी भिगो ई–टू एसयुभी सार्वजनिक, सुरुवाती मूल्य ३७ लाख ९९ हजार

काठमाडौं । एमएडब्लु वृद्धिले नाडा अटो शो २०२५ मा आफ्नो नयाँ इलेक्ट्रिक एसयुभी नामी भिगो ई-टू  र नामी भिगो ई-टू प्लस सार्वजनिक गरेको छ । कम्पनीले नाडा अफरअन्तर्गत भिगो ई-टूको सुरुवाती मूल्य ३७ लाख ९९ हजार रुपैयाँ तोकेको छ । गत वर्ष ह्याचब्याक सेग्मेन्टमा प्रवेश गरेको नामीले यस वर्ष कम्प्याक्ट एसयुभी बजारमा प्रतिस्पर्धा गर्न नयाँ मोडलहरू ल्याएको हो ।  एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु कुमार अग्रवाल, प्रबन्ध निर्देशक विवेक सिकरिया, सीईओ प्रशन्न पन्त लगायतको उपस्थितिमा गाडी सार्वजनिक गरिएको थियो । कम्पनीले नाडा अटो शोको अवसरमा दुवै मोडलमा विशेष छुटसहित मूल्य सार्वजनिक गरेको छ ।  जसमा नामी भिगो ई-टूको नियमित मूल्य ३८ लाख ९९ हजार नाडा अफर मूल्य ३७ लाख ९९ हजार तोकिएको छ । यस्तै, नामी भिगो ई-टू प्लसको नियमित मूल्य ४१ लाख ९९ हजार नाडा अफर मूल्य ४० लाख ९९ हजार तोकिएको छ । एमएडब्लु वृद्धिका सीईओ प्रशन्न पन्तले नामी भिगो ई-टू नेपाली सडकका लागि उपयुक्त एसयुभी भएको बताए ।   उनका अनुसार  यसमा ३(सी फास्ट चार्जिङ प्रविधि रहेको छ, जसले ब्याट्रीलाई ३० देखि ८० प्रतिशतसम्म चार्ज हुन केवल १८ मिनेट लाग्छ । गाडीमा १९० एमएमको उच्च ग्राउन्ड क्लियरेन्स रहेको छ, जसले खराब सडकमा पनि सहज यात्रा सुनिश्चित गर्छ ।   यस्तै यसमा एक्सटेरियर स्पिकर, म्युजिकसँग सिंक हुने ३६० डिग्री लाइट, वेलकम मेमोरी सिट र मल्टी(स्टेरिङ मोड जस्ता आफ्नो सेग्मेन्टमै पहिलो पटक उपलब्ध फिचरहरू छन्। यो गाडी ुम्याजिक क्युबु प्लाटफर्ममा निर्माण गरिएको हो। सीईओ पन्तले गत वर्ष मात्रै सार्वजनिक भएको नामीले छोटो समयमै ९०० भन्दा बढी ग्राहकको विश्वास जित्न सफल भएको र नेपालमा सबैभन्दा छिटो गरिरहेको ब्रान्ड बनेको जानकारी दिए ।  उनले ग्राहकहरूलाई नाडा अटो शोमा रहेको स्टलमा आएर नयाँ एसयुभी अवलोकन गर्न र विशेष अफरको लाभ लिन आग्रह गरे ।

नाडा अटो शोमा बिवाइडी एटो टू सार्वजनिक, मूल्य ४३ लाख ९९ हजार

काठमाडौं । विद्युतीय सवारी साधन निर्माता बिवाइडीले नाडा अटो शो २०२४ मा आफ्नो नयाँ कम्प्याक्ट एसयुभी एटो टू सार्वजनिक गरेको छ । कम्पनीले यस गाडीको सुरुवाती मूल्य ४३ लाख ९९ हजार रुपैयाँ तोकेको छ । बीवाइडीकी प्रबन्ध निर्देश्क यमुना श्रेष्ठका अनुसार एटो टूलाई कम्पनीको लोकप्रिय मोडल डल्फिन र एटो थ्रीको बिचको सेग्मेन्टमा राखिएको छ ।  'यो गाडी कम्प्याक्ट एसयुभी सेग्मेन्टमा पर्छ, जुन एटो थ्रीभन्दा सानो तर भित्री डिजाइन र अनुभवमा एसयुभीको विशेषता बोकेको छ,'  उनले भनिन् । मुख्य विशेषता र रेन्ज एटो टूमा १०० किलोवाट क्षमताको मोटर र ५१.१३ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ ।  कम्पनीका अनुसार, एक पटकको फुल चार्जमा यसले ३४५ किलोमिटर (डब्लुएलटिपी) को रेन्ज दिन्छ । शाक्यले नेपालको सडक अवस्था र ट्राफिकका कारण वास्तविक रेन्जमा १०(२० किलोमिटरको सामान्य घटबढ हुन सक्ने बताए । सबै बिवाइडी गाडीहरूमा जस्तै यसमा पनि विश्वकै सबैभन्दा सुरक्षित मानिने 'ब्लेड ब्याट्री' प्रविधिको प्रयोग गरिएको छ । नाडा अटो शोमा किने १० वर्षको वारेन्टी नाडा अटो शोलाई लक्षित गर्दै कम्पनीले विशेष अफर सार्वजनिक गरेको छ । यद्यपि यसमा नगद छुटको व्यवस्था छैन, तर ग्राहकहरूले गाडीको मोटर र ब्याट्रीमा १० वर्षको विस्तारित वारेन्टी पाउनेछन् । सामान्यतया कम्पनीले ८ वर्षको वारेन्टी प्रदान गर्दै आएको छ । फाइनान्स सुविधा गाडी खरिद गर्न चाहने ग्राहकहरूका लागि कम्पनीले नबिल बैंकसँग सहकार्य गरेको छ । नबिल बैंकमार्फत गाडी खरिद गर्दा ७ वर्षको लागि ८.२५ प्रतिशतको स्थिर ब्याजदरमा ऋण सुविधा उपलब्ध हुनेछ । अटो शोमा बिवाइडीले एटो टूका साथै सिल र एटो वान (डल्फिन) पनि प्रदर्शनमा राखेको छ ।  कम्पनीले अवलोकनकर्ताहरूलाई बिवाइडीको स्टलमा आएर नयाँ प्रविधि र गाडीहरू अवलोकन गर्न तथा हालको अफरको लाभ उठाउन आग्रह गरेको छ ।