‘उड्ने कार’ मा चढे प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजधानीको भृकुटीमण्डपमा जारी ‘नाडा अटो शो २०२५’ को अवलोकन गर्दै नेपालको अटो क्षेत्रको नवीन यात्रालाई समर्थन जनाएका छन् । देशकै सबैभन्दा ठूलो मानिएको यो अटोमोबाइल प्रदर्शनीमा अध्यक्ष प्रचण्डले विशेष आकर्षणका रूपमा प्रस्तुत गरिएको ‘उड्ने कार’ को प्रत्यक्ष अनुभव लिएका छन् । एमएडब्लुका प्रबन्ध निर्देशक बिष्णु अग्रवालको साथमा दुई सिटे उड्ने कारमा चढेर प्रदर्शनी हेरेका प्रचण्डलाई उपस्थित दर्शकले उत्साहपूर्वक स्वागत गरेका थिए । ​​​​​​​ नाडाका अध्यक्ष करण चौधरीले प्रचण्डलाई प्रदर्शनीको बारेमा विस्तृत जानकारी गराएका थिए। प्रविधिमा विशेष जोड दिइएको सो प्रदर्शनीमा एक रोबोटले प्रचण्डलाई स्वागत गर्दा कार्यक्रममा प्रविधिक नवीनता झल्किएको देखिन्थ्यो । यसपटकको नाडा अटो शोमा २ करोड २० लाख रुपैयाँसम्मका लक्जरी गाडीहरू, आधुनिक इलेक्ट्रिक सवारी, र उड्ने कारजस्ता भविष्यमुखी प्रविधिहरू प्रदर्शनमा राखिएको छ । प्रदर्शनीमा विभिन्न अन्तर्राष्ट्रिय तथा राष्ट्रिय ब्रान्डका सवारी साधन र पार्टपुर्जाहरू समावेश गरिएका छन् । राष्ट्रिय सभाका अध्यक्षको पनि उपस्थिति प्रदर्शनीको अवलोकनमा राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालको पनि उपस्थिति रह्यो । उनीहरूका साथमा उद्योगी, व्यवसायी, र प्रविधिमा रुचि राख्ने हजारौं दर्शकहरूको घुइँचो लागेको देखिन्थ्यो । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले आयोजना गरेको यो शोले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि नेपालको अटोमोबाइल क्षेत्रको विकास, लगानी, तथा प्रविधि हस्तान्तरणमा सशक्त सन्देश दिएको छ । उड्ने कारको उपस्थितिले विशेष आकर्षण पैदा गर्दा, उद्योग क्षेत्रको सम्भावना र नयाँ सोचप्रतिको जनचासो थपिएको छ ।

सिप्रदी ट्रेडिङले नाडा अटो शोमा गर्याे एक्प्रेस-टी ईभी फ्लिट पार्टनरलाई सम्मान

काठमाडौं । नेपालमा विद्युतीय सवारी साधन प्रयोगलाई नयाँ उचाइमा पु¥याउँदै आएको सिप्रदी ट्रेडिङ प्रालिले एक्प्रेस-टी ईभीका प्रमुख फ्लिट पार्टनरहरूलाई विशेष सम्मान प्रदान गरेको छ । टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदीले यस वर्षको नाडा अटो शो २०२५ मा लोकप्रिय विद्युतीय ट्याक्सी मोडल एक्प्रेस–टी ईभीका प्रमुख फ्लिट पार्टनरलाई विशेष सम्मान प्रदान गरेको हो । कार्यक्रममा तोयानाथ पोखरेल, जनार्दन फुयाल, बिजय श्रेष्ठ, राजु घिमिरे, कबिराज श्रेष्ठ र राजकुमार अरनलाई सम्मान गरिएको कम्पनीले जनाएको छ । उनीहरुको निरन्तर योगदान, यात्रु सेवामा विद्युतीय सवारीलाई लोकप्रिय बनाउन देखाएको मेहनत र साथका लागि सम्मान गरिएको जनाएको छ । एक्प्रेस–टी ईभी विशेष रूपमा यात्रु सेवाका लागि डिजाइन गरिएको विद्युतीय मोडल हो । स्वरोजगारी प्रवद्र्धन साथै सञ्चालन खर्च निकै कम हुने र ईन्धनमा विदेशी निर्भरता घटाउन मद्दत गर्ने भएकाले यो सवारी अहिलेको आवश्यकताअनुसार उपयुक्त विकल्प मानिएको छ । नाडा अटो शो २०२५ भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुँदैछ । टाटा मोटर्सका नयाँ मोडलहरू अवलोकन गर्न र सीमित अवधिका विशेष अफरहरूको लाभ उठाउन कम्पनीले आग्रह गरेको छ । 

नाडा अटो शो : टाटाको स्टलमा झुम्मिए अवलोकनकर्ता, के के छन् अफर ?

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी नाडा अटो शो- २०२५ मा टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले आफ्ना नयाँ तथा पुराना मोडलहरूले अवलोकनकर्ताको ध्यान खिचिरहेको छ । टाटाको स्टलमा अवलोकनकर्ता झुम्मिएका छन् । जहाँ थेग्न नसकिने भीड लागेको छ ।  टाटाले नाडा अटो शोको अवसर पारेर ‘अल न्यु टाटा सफारी’ डिजेल इन्जिन र टियागो ईभीमा ‘एरिजोना ब्लू’ नामक नयाँ रङ प्रदर्शनमा राखेको छ । नाडा अटो शोमा गत साउनमा भएको नाइमा मोबिलिटी एक्स्पोमा जस्तो छुट नभए पनि बिक्रेताहरूले विभिन्न आकर्षक अफर भने ल्याएका छन् । अटो शोमा बिक्रेताले आफ्नो गाडीको बिक्री बढाउँछन् भने क्रेताले आकर्षक मूल्यमा गाडी किन्न पाउँछन् । नाइमामा एउटै गाडीमा २० लाख रुपैयाँसम्म छुट दिइएको थियो। सिप्रदी ट्रेडिङका सेल्स निरज डाँगीले भर्खरै सार्वजनिक गरिएको ‘अल न्यु टाटा सफारी’ कर्पोरेट र ठूला व्यवसायीहरूलाई लक्षित गरी बनाइएको बताए । उनका अनुसार यो सेभेन-सिटर गाडी हो ।  यो नेपाली बजारमा पहिलेदेखि नै रुचाइएको सफारीको नयाँ र परिष्कृत भर्सन हो । यसका साथै टियागो ईभीमा थपिएको नयाँ ‘एरिजोना ब्लू’ रङले ग्राहकलाई थप विकल्प दिएकोे छ । नाडा अटो शोमा टाटाले आफ्ना लोकप्रिय ईभी मोडलहरूलाई प्राथमिकताका साथ प्रदर्शनमा राखेको छ । स्टलमा पन्च ईभी, नेक्सन केथ्री र कुपे डिजाइनको प्रिमियम गाडी कर्भ ईभी आकर्षणको केन्द्र बनेका छन् ।  कर्भ ईभीमा ५५ किलोवाट आवरको ब्याट्री र ९८ किलोवाटको मोटर जडित यो गाडीले एक पटकको फुल चार्जमा ३७५ किलोमिटरको रेन्ज दिने कम्पनीको दाबी छ । हालै मात्र यो गाडीले काठमाडौंदेखि भारतको कन्याकुमारीसम्मको सफल यात्रा गरेको थियो । यसको मूल्य ५६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यस्तै, नेक्सन केथ्रीमा ४५ किलोवाट आवरको ब्याट्री र ९८ किलोवाटको मोटर रहेको यो गाडीले ३२५ किलोमिटरको रेन्ज प्रदान गर्ने कम्पनीको दावी छ । यसको मूल्य ४८ लाख ९९ हजार रुपैयाँ रहेको छ । पन्च ईभीमा ३५ किलोवाट आवरको ब्याट्री र ९० किलोवाटको मोटर रहेको पन्च ईभीले २७० किलोमिटरको माइलेज दिन्छ । यसको मूल्य ३९ लाख ९९ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ । टिआगो ईभीको मूल्य २९ लाख ९९ हजार रुपैयाँबाट सुरु रहेको छ ।  नाडालाई लक्षित गर्दै सिप्रदीले ईभी गाडी खरिदमा विशेष अफर ल्याएको छ । नगद छुटका साथै ग्राहकले अटो प्लस इन्स्योरेन्स र विभिन्न एक्सेसरीज सुविधाहरू पाउनेछन् भने ३ वर्षसम्मको लागि ‘कन्जुमेबल’ पार्टसहित निःशुल्क सर्भिसको सुविधा दिएको छ । ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरको वारेन्टी अवधिभित्र देशभरका डीसी चार्जिङ स्टेसनमा पूर्ण रूपमा निःशुल्क चार्जिङ सुविधा रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यी अफरहरू टियागो ईभी, पन्च ईभी, नेक्सन केथ्री, र कर्भ ईभीमा लागू हुनेछन् ।  नेपालमा टाटा ईभी लोकप्रिय हुनुको पछाडि सिप्रदीको ४० वर्षभन्दा लामो विरासत र बलियो सर्भिस नेटवर्क रहेको डाँगी बताउँछन् । देशभर १८५ भन्दा बढी चार्जिङ नेटवर्क, १६ भन्दा बढी ईभी डेडिकेटेड सर्भिस सेन्टर र नैकापस्थित ब्याट्री डाइग्नोसिस तथा रिपेयर सेन्टरले ग्राहकलाई बिक्रीपछिको सेवामा ढुक्क बनाएको छ ।  नाडा अटो शो आइतबारसम्म चल्नेछ ।