प्रोटोन ईमास–७ को तीन दिने ‘सेल्स एन्ड एक्सचेन्ज फर एक्सेलेन्स’ योजना सार्वजनिक

काठमाडौं । जगदम्बा मोटर्स प्रा.लि. अन्तर्गत सञ्चालन हुँदै आएको विद्युतीय सवारी साधन (इभी) ब्रान्ड प्रोटोन ईमासले तीन दिने ‘सेल्स एन्ड एक्सचेन्ज’ योजना सार्वजनिक गरेको छ । काठमाडौंको बौद्धस्थित होटल तिब्बतमा तीन दिन (चैत ६, ७ र ८ गते)सम्म ‘सेल्स एन्ड एक्सचेन्ज फर एक्सेलेन्स’ योजना सार्वजनिक गरेको हो ।  ‘ट्रेड अप टुडे, ड्राइभ एक्सेलेन्स टुमोरो’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको कार्यक्रममा ग्राहकहरूलाई जुनसुकै ब्रान्डका पुराना गाडी साट्दा बजारमा प्रचलित दरभन्दा उच्च मूल्यांकन प्रदान गर्ने कम्पनीले जनाएको छ ।  जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले भने– 'यस कार्यक्रमले नेपालमा विद्युतीय गाडीको भविष्यलाई थप सुनिश्चित बनाउन नयाँ आयाम थप्ने विश्वास लिएका छौँ, यसका साथै प्रविधिमैत्री तथा स्वच्छ वातावरणका लागि हामी सधैँ प्रतिबद्ध छौँ ।' कम्पनीका अनुसार प्रोटोन ईमास–७ ले १६० किलोवाट क्षमताको मोटर, १८० एमएमको उच्च ग्राउन्ड क्लियरेन्स तथा ४९२ देखि ५८५ किलोमिटरको एनईडीसी रेन्ज रहेको छ । आधुनिक सुरक्षा प्रविधि र आकर्षक प्रिमियम डिजाइन सुविधासहितको यो गाडीको लम्बाइ ४६१५ एमएम रहेको छ ।  कार्यक्रममा गाडी खरिद गर्ने ग्राहकहरूले नगद लाभ, फाइनान्समा सहजता, एक वर्षको निःशुल्क सडक दस्तुर र एक वर्षको बीमा जस्ता सुविधाहरू पाउन सक्नेछन् । कार्यक्रममा सहभागी हुने र गाडी बुकिङ गर्ने ग्राहकहरूका लागि विशेष उपहारको व्यवस्थासमेत कम्पनीले गरेको छ ।    

फोर्थिङद्वारा ‘फोर्थिङ एक्सचेन्ज फेस्ट’ घोषणा, ७ लाख रुपैयाँसम्मको सुविधा पाइने

काठमाडौं । प्रिमियम विद्युतीय गाडी ब्रान्ड फोर्थिङको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी ई–मोबिलिटी प्रा.लि. ले ‘फोर्थिङ एक्सचेन्ज फेस्ट’ आयोजना गर्ने घोषणा गरेको छ । कम्पनीका अनुसार काठमाडौंको थापाथली (नेपाल राष्ट्र बैंकको पारी) मा चैत ६ देखि ८ गतेसम्म सञ्चालन हुने उक्त फेस्ट २० मार्चदेखि २२ मार्च २०२६ सम्म चल्नेछ । सीमित अवधिका लागि आयोजना गरिएको एक्सचेन्ज फेस्टमार्फत ग्राहकहरूले आफ्नो पुरानो सवारी साधन साटेर नयाँ फोर्थिङ फ्राइडे विद्युतीय गाडीमा अपग्रेड गर्ने अवसर पाउने कम्पनीले जनाएको छ । यस कार्यक्रमले दिगो र प्रिमियम मोबिलिटीको भविष्यतर्फ ग्राहकहरूलाई आकर्षित गर्ने लक्ष्य राखिएको बताइएको छ । फेस्टअन्तर्गत ग्राहकहरूले कुल ७ लाख रुपैयाँसम्म बचत गर्न सक्ने विभिन्न सुविधा उपलब्ध हुनेछन् । जसमा हाल प्रयोगमा रहेको सवारी साधनको प्रतिस्पर्धात्मक मूल्याङ्कनसहित एक्सचेन्ज बोनस, नयाँ फोर्थिङ फ्राइडे खरिदमा नगद छुट, एक वर्षको अटो प्लस बीमा, एक वर्षको सडक कर तथा नि:शुल्क स्पेयर टायर र एसी चार्जर समावेश छन् । कम्पनीका अनुसार ‘फोर्थिङ एक्सचेन्ज फेस्ट’ केवल प्रवर्द्धनात्मक कार्यक्रम मात्र नभई ग्राहकहरूलाई प्रिमियम मोबिलिटी अपनाउन दिइएको विशेष अवसर हो । ७ लाख रुपैयाँसम्मको बचतसहितको सुविधा प्याकेजमार्फत विद्युतीय सवारीतर्फ रूपान्तरणलाई अझ सहज बनाउने उद्देश्य रहेको कम्पनीले जनाएको छ । फोर्थिङ चीनको सरकारी अटो निर्माता डोङफेङ मोटर ग्रुप अन्तर्गतको डोङफेङ लिउझोउ मोटर कम्पनी लिमिटेडको प्यासेन्जर भेहिकल ब्रान्ड हो । लक्ष्मी ग्रुप अन्तर्गत रहेको लक्ष्मी ई–मोबिलिटी प्रा.लि. नेपालमा फोर्थिङ फ्राइडे विद्युतीय गाडीको आधिकारिक विक्रेता हो ।

चैत १२ देखि देशभर एमएडब्लु वृद्धिको मेगा एक्सचेन्ज कार्निभलको आयोजना हुँदै

काठमाडौं । एमएडब्लु वृद्धिले आफ्नो लोकप्रिय इभी ब्रान्डहरू दिपल, अवतार, नामी र सेरेसलाई एउटै प्लेटफर्ममा समेटेर नेपालकै सबैभन्दा ठूलो मेगा एक्सचेन्ज कार्निभल आयोजना गर्ने तयारी गरेको छ ।  आगामी १२ चैतदेखि १४ चैतसम्म देशैभरि आयोजना हुने मेगा एक्सचेन्ज कार्निभल डिजाइन र प्रविधिमा अब्बल ईभीमा अपग्रेड हुने कम्पनीले दावी गरेको छ । कम्पनीका अनुसार मेगा एक्सचेन्जमा ग्राहकले प्रत्यक्ष नगद बचत, पुराना गाडीहरूको उच्चतम मूल्यांकन, उत्कृष्ट एक्सचेन्ज बोनस, निःशुल्क बिमा तथा चार्जर प्याकेज र नेपालकै सबैभन्दा लामो एक्सटेन्डेड वारेन्टीजस्ता सुविधा प्राप्त गर्नेछन् ।  काठमाडौं उपत्यकामा यो कार्यक्रम ग्राहकको सहजताका लागि गैरीधारास्थित सिल्भरओक बैंक्वेट, ललितपुर पुल्चोकस्थित संस्कार फाइन एन्ड डाइन र भक्तपुर राधेराधेस्थित हेरिटेज प्लायलेसमा आयोजना गरिने जनाइएको छ ।  उपत्यका बाहिर भने यो कार्यक्रम दिपल, नामी तथा सेरेसका सम्बन्धित शोरुमहरूमा आयोजना हुनेछ । कार्यक्रममा रोबोटिक सो, किड्स जोन, विभिन्न खेल तथा खानाको स्टलहरूजस्ता मनोरञ्जनात्मक गतिविधिहरू पनि समावेश गरिने जनाइएको छ ।