विराटनगरमा ओमोडा ई ५ प्रो सार्वजनिक

काठमाडौं । पायोनियर मोटो कर्पले विराटनगरमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक गरेको छ ।  नेपालमा पहिले नै १ हजार ५०० भन्दा बढी युनिट सडकमा गुडिसकेको ओमोडा ई ५ को सफलतालाई निरन्तरता दिँदै नयाँ ई ५ प्रो अझ उन्नत प्रविधि, प्रिमियम फिचर र अत्याधुनिक ड्राइभिङ अनुभवसहित आएको छ । नेपालमा लन्च भएदेखि नै ओमोडा ई ५ आफ्नो फ्युचरिस्टिक डिजाइन, उत्कृष्ट रेन्ज, उच्च ग्राउन्ड क्लियरेन्स र आधुनिक प्रविधिका कारण देशकै सबैभन्दा लोकप्रिय इलेक्ट्रिक एसयूभीमध्ये एक बन्न सफल भएको छ ।  सवारीमा ५१.६ किलोवाटको शक्तिशाली ब्याट्री रहेको छ, जसले एक पटकको फुल चार्जमा ४३० किलोमिटरसम्मको रेन्ज प्रदान गर्दछ ।  यस सवारीले ५ स्टार एनसीएपी (युरोपेली नयाँ कार मूल्याङ्कन कार्यक्रम) रेटिङ पाएको छ । यसमा ७ वटा एयरब्याग र १९ वटा एडीएस (उन्नत चालक सहायता प्रणाली) सुविधाहरू उपलब्ध छन् । यसको इन्टेरियरमा १५.६ इन्चको ठुलो टचस्क्रिन, प्रिमियम सोनी स्पिकर र ५० वाटको फास्ट वायरलेस चार्जर जस्ता अत्याधुनिक सुविधाहरू रहेका छन् । कम्पनीले ओमोडा ओमोडा ई ५ प्रोको सिंगल टोन भेरियन्टको मूल्य ५१ लाख ४९ हजार र डुअल टोनको ५१ लाख ९९ हजार तोकेको छ । यद्यपि सुरुवाती ग्राहकहरूले ४९ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।  कम्पनीले एक वर्षको निशुल्क बीमा सुविधा उपलब्ध गर्ने समेत बताएको छ ।  आठवटा आकर्षक रङहरूमा उपलब्ध ओमोडा ‘ओमोडा ई ५ प्रो ले नेपाली विद्युतीय सवारीको बजारमा नयाँ तरंग ल्याउने अपेक्षा कम्पनीले गरेको छ । 

काठमाडौंमा एक्सप्रेस–टी इलेक्ट्रिक ट्याक्सीको विस्तार, यात्रुमा बढ्दो आकर्षण

काठमाडौं । काठमाडौंका विभिन्न सडक र चोकहरूमा एक्सप्रेस-टी इलेक्ट्रिक ट्याक्सी सहज रूपमा देखिन थालेका छन् । वातावरणमैत्री यातायातलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित सञ्चालनमा रहेको यो सेवा राजधानीको बदलिँदो यातायात संस्कृतिसँगै विस्तार हुँदै गएको छ ।  आरामदायी सिटिङ व्यवस्था, फराकिलो केबिन तथा पर्याप्त सामान राख्न मिल्ने बुट स्पेसका कारण एक्सप्रेस-टी यात्रुहरूको रोजाइमा पर्न थालेको छ । विशेषगरी एयरपोर्ट सेवा, पारिवारिक भ्रमण तथा लामो दूरीको शहरी यात्राका लागि यो ट्याक्सी उपयोगी साबित भइरहेको छ । शहरी यातायात क्षेत्रका जानकारहरूका अनुसार इलेक्ट्रिक ट्याक्सीको बढ्दो प्रयोगले काठमाडौंको यातायात व्यवस्थापनलाई थप आधुनिक र आकर्षक बनाउन मद्दत पुर्‍याएको छ । परम्परागत इन्धनमा चल्ने सवारीको तुलनामा प्रदूषणरहित र कम आवाजमा सञ्चालन हुने यस्ता ट्याक्सीले वातावरण संरक्षणमा समेत सकारात्मक योगदान दिएका छन् । सेवा प्रयोगकर्ताहरूले एक्सप्रेस–टीमार्फत सहज, सुरक्षित र शान्त यात्राको अनुभव प्राप्त भइरहेको बताएका छन् । यसले इलेक्ट्रिक सवारीप्रतिको जनविश्वास बढाउनुका साथै दिगो शहरी यातायात प्रणाली निर्माणतर्फ महत्वपूर्ण कदमका रूपमा समेत हेरिएको छ । राजधानीमा विस्तार भइरहेको एक्सप्रेस–टी इलेक्ट्रिक ट्याक्सी सेवा आधुनिक र जिम्मेवार यातायात विकल्पको रूपमा स्थापित हुँदै गएको देखिन्छ ।    

५२० किमी रेन्जसहितको जीडब्लूएमको नयाँ विद्युतीय एसयूभी नेपालमा आउँदै

काठमाडौं । जीडब्लूएमको आधिकारीक बिक्रेता भीजी इम्पेक्सले नेपाली विद्युतीय सवारीसाधन बजारमा नयाँ ऊर्जा र अत्याधुनिक प्रविधिसहित प्रवेश गर्ने तयारी गरेको छ । विश्वका १७० भन्दा बढी देश तथा क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गर्दै लाखौं ग्राहकको विश्वास जित्न सफल कम्पनीले नेपालका लागि नयाँ पुस्ताको विद्युतीय एसयूभी सार्वजनिक गर्ने तयारीमा रहेकाे छ । यद्यपि, कम्पनीले उक्त मोडलको औपचारिक घोषणा गरिसकेको छैन, प्रारम्भिक विवरणहरू सार्वजनिक भएसँगै अटोमोबाइल क्षेत्र तथा विद्युतीय सवारी पारखीहरूबीच उत्सुकता बढेको छ । कम्पनीअनुसार, उक्त नयाँ एसयूभीमा करिब ५२० किलोमिटरसम्मको ड्राइभिङ रेन्ज, स्मार्ट डिजिटल प्रविधि, उन्नत कनेक्टिभिटी, आधुनिक सुरक्षा प्रणाली तथा सहज ड्राइभिङ अनुभव प्रदान गर्ने विभिन्न सुविधाहरू समावेश हुने अपेक्षा गरिएको छ। आकर्षक डिजाइन, प्रिमियम बाह्य संरचना र विशिष्ट लाइटिङ सिग्नेचरले यसलाई सडकमा फरक पहिचान दिने विश्वास गरिएको छ । विशेषगरी, गाडीको बाहिरी सतहमा बहु–तह सुरक्षात्मक प्रविधि प्रयोग गरिएको बताइएको छ, जसले सानातिना स्क्र्याचहरूलाई सूर्यको तापबाट स्वतः पुनःस्थापित गर्न सक्ने क्षमता राख्ने चर्चा छ, जसले गाडीको सौन्दर्य र चमकलाई लामो समयसम्म कायम राख्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ । जीडब्लूएमले विश्व बजारमा इलेक्ट्रिक मोबिलिटी, स्मार्ट कनेक्टिभिटी, सुरक्षित यात्रा तथा प्रयोगकर्ता–केन्द्रित नवप्रवर्तनमार्फत आफ्नो छुट्टै पहिचान स्थापित गर्दै आएको छ र यही अनुभव तथा प्रविधिको संयोजन नेपाली ग्राहकले पनि प्रत्यक्ष अनुभव गर्न पाउने अपेक्षा गरिएको छ । नेपालमा विद्युतीय सवारीसाधनप्रतिको बढ्दो आकर्षण, पूर्वाधार विस्तार र वातावरणमैत्री यातायातप्रतिको सकारात्मक सोचका बीच कम्पनीको नयाँ मोडललाई बजारको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । कम्पनीले यस सम्बन्धमा थप जानकारी तथा औपचारिक घोषणा निकट भविष्यमा सार्वजनिक गर्ने जनाएको छ ।