पोखरामा बीवाईडीको नयाँ शोरुम

काठमाडौं । नेपालमा बीवाईडी अटो इन्डष्ट्रिज कम्पनी लिमिटेडको आधिकारिक विक्रेता साइमेक्स इंक प्रालिले पर्यटकीय नगरी पोखरामा नयाँ बीवाईडी शोरुम सञ्चालनमा ल्याएको छ ।  यसका साथै गण्डकी प्रदेशमा बीवाईडीको नवीनतम इलेक्ट्रिक सवारी साधन ‘बीवाईडी सिलायन ७’ लाई सार्वजनिक गरिएको छ । पोखरा महानगरपालिकाका मेयर  धनराज आचार्यले शोरुमको उद्घाटन गरे । बुद्धचोक, पोखरामा अवस्थित नयाँ शोरूमलाई बीवाईडीको नवीनतम कर्पोरेट आइडेन्टिटीरभिजुअल आइडेन्टिटी मापदण्डअनुसार पूर्ण रूपमा अपडेट गरिएको छ ।  शोरूमको ठीक पछाडि निर्माण भैरहेको अत्याधुनिक सर्भिस सेन्टरले बिक्री पछिको सेवा प्रणालीलाई थप प्रभावकारी बनाउने कम्पनीको विश्वास छ । पोखरामा रहेका सम्पूर्ण बीवाईडी सर्भिसमा संलग्न कर्मचारीहरुले बीवाईडी हेडक्वाटरका प्रतिनिधिहरूबाट तालिमप्राप्त गरी आधिकारिक प्रमाणपत्र हासिल गरिसकेका छन् ।

दक्षिण अफ्रिकाको ईभी बजारमा प्रवेश गर्दै टोयोटा

काठमाडौं । टोयोटाले सन् २०२६ मा दक्षिण अफ्रिकामा तीनवटा पूर्णतया विद्युतीय मोडल प्रस्तुत गर्ने योजना बनाएको छ । कम्पनीका एक वरिष्ठ कार्यकारीले बिहीबार यो जानकारी दिएका हुन् ।  यससँगै टोयोटा त्यहाँको प्रारम्भिक चरणको ईभी बजारमा प्रवेश गर्नेछ, जहाँ चिनियाँ प्रतिद्वन्द्वीहरू जस्तै बीवाईडी पहिले नै युरोपेली गाडी निर्माताहरूसँग प्रतिस्पर्धामा छन्। हाल दक्षिण अफ्रिकाको ईभी बिक्रीमा भोल्भो अगाडि छ र त्यसपछि बीएमडब्ल्यू र मर्सिडिज-बेन्ज छन् । यता चिनियाँ ईभी निर्माताहरूले पनि अमेरिका र युरोपमा निर्यात प्रतिबन्धको बीचमा नयाँ बजार खोज्दै दक्षिण अफ्रिकामा प्रवेश तीव्र पारेका छन् । टोयोटाले हाल दक्षिण अफ्रिकामा केवल हाइब्रिड विद्युतीय गाडीहरू मात्र बेच्दै आएको छ तर २०२४ मा हाइब्रिड र प्लग-इन हाइब्रिड बजारमा ६७ प्रतिशतको अग्रणी हिस्सा ओगटेको छ, जसमध्ये कोरोला क्रसजस्ता मोडल प्रमुख छन् । टोयोटा साउथ अफ्रिकाका सीईओ एन्ड्र्यु किर्बीले रोयटर्ससँगको अन्तर्वार्तामा भने, ‘हामी २०२६ को सुरुवातमै ब्याट्री विद्युतीय गाडी ल्याउँदैछौं, जसमा तीन नयाँ मोडल हुनेछन् ।’  ‘हामीलाई विश्वास छैन कि भविष्यमा कुनै एक मात्र पावरट्रेनले बजार कब्जा गर्छ । त्यसैले हामीसँग आन्तरिक दहन इन्जिन, हाइब्रिड, प्लग-इन हाइब्रिड, ब्याट्री विद्युतीय गाडी, फ्युल सेल विद्युतीय गाडी र सम्भवतः कार्बन न्यूट्रल आन्तरिक दहन इन्जिन पनि रहनेछन्,’ उनले थपे । दक्षिण अफ्रिकामा कम आम्दानी, उच्च आयात शुल्क, अनिश्चित विद्युत आपूर्ति र पर्याप्त चार्जिङ पूर्वाधारको अभावका कारण लामो समयदेखि ईभी बिक्रीमा चुनौती रहँदै आएको छ । हालसम्म कुल गाडी बिक्रीमा ईभीको हिस्सा निकै कम छ । चिनियाँ प्रतिस्पर्धाबारे किर्बी भन्छन्, ‘हामी प्रतिस्पर्धालाई स्वागत गर्छौं, तर यो हाम्रो लागि निकै रणनीतिक चिन्ता हो र हामीले छिटो र सही तरिकाले प्रतिक्रिया दिनुपर्छ। यो ठूलो चुनौती हो ।’ उनका अनुसार दक्षिण अफ्रिकाको अटोमोबाइल क्षेत्र अहिले यस्तो मोडमा पुगेको छ, जहाँ उत्पादन मात्रा स्थिर छ, स्थानीय सामग्रीको हिस्सा घटेको छ र आयातित गाडी बिक्री बढेको छ । यसै कारण टोयोटा, बीएमडब्ल्यू, इसुजु र फक्सवागनसहित सात प्रमुख गाडी निर्माताहरूले व्यापार तथा उद्योगमन्त्रीलाई स्थानीय उद्योगलाई सहयोग र संरक्षण गर्नका लागि नीतिगत सिफारिस पत्र पठाएका छन् । किर्बी भन्छन्, ‘हामीसँग केही कर संरचना छन्, जुन अलि प्रतिकूल छन्, त्यसैले हामीले आर्थिक रूपमा तटस्थ हुनेगरी नीतिगत प्रस्तावहरू गरेका छौं । यसमा रिबेट प्रणाली पुनः संरचना गर्ने सुझाव पनि छ ।’ ‘हामीलाई आशा छ कि आगामी ६ महिनामा केही छोटो अवधि प्रभाव पार्ने कदम घोषणा हुनेछन्,’ उनी थप्छन् । हाल टोयोटाको उत्पादन संयन्त्र दक्षिण अफ्रिकामै छ, तर सुरुवाती चरणमा पूर्ण ईभी मोडलहरू आयात गरिनेछन् र पछि केही मोडल स्थानीय रूपमा उत्पादन गर्ने लक्ष्य राखिएको छ । ईभी सपना साकार पार्न भिनफास्ट संस्थापकको १.५ अर्ब डलरको लगानी चिनियाँ ईभीको दबाबसँग जुध्न जीएम र हुन्डाई एकजुट  

ईभी सपना साकार पार्न भिनफास्ट संस्थापकको १.५ अर्ब डलरको लगानी

काठमाडौं । भिनफास्टका संस्थापक फाम न्हाट भुङले कम्पनीको अनुसन्धान तथा विकास (आरएन्डडी) शाखा १.५२ अर्ब डलरमा किन्ने भएका छन् । यो उनको घाटामा चलिरहेको भियतनामी कम्पनीमा हालसम्मको पछिल्लो नगद लगानी हो । भिनफास्टले २०२६ अन्त्यसम्ममा घाटा बराबरी गर्ने लक्ष्य लिएको छ । यस सम्झौताअनुसार भियतनाममा दर्ता भएको नोभाटेक रिसर्च एण्ड डेभलपमेन्ट (जेएससी) लाई भिनफास्ट ट्रेडिङ एण्ड प्रोडक्सन  जेएससी (भीएफटीपी) — जसलाई कम्पनीको घरेलु उत्पादन शाखा मानिन्छबाट अलग गरिनेछ । नोभाटेकले सम्पन्न आरएन्डडी परियोजनासँग सम्बन्धित लगानी लागत सम्हाल्नेछ भने भीएफटीपीले भियतनाममै ईभी उत्पादन र भविष्यका अनुसन्धानलाई अगाडि बढाउनेछ। भिनफास्टका संस्थापक फाम न्हाट भुङ भिनफास्ट जसले २०२३ मा नास्डाकमा डेब्यू गरेको थियो । उसले कमजोर उपभोक्ता माग र कडा प्रतिस्पर्धाजस्ता चुनौतीहरू भोगिरहेको छ । कम्पनीले पहिलो त्रैमासिकमा ७१२.४ मिलियन डलरको शुद्ध घाटा बेहोरे पनि राजस्व १५० प्रतिशतले बढेर ६५६.५ मिलियन डलर पुगेको छ । भिनफास्टको सेयर प्रि-मार्केट कारोबारमा १.४ प्रतिशत बढेर ३.५९ डलर पुगेको छ। २०१७ मा स्थापना भएदेखि कम्पनी संस्थापक भुङको सहयोगमा धेरै हदसम्म भर परेको छ । उनी भिनफास्ट र यसको मूल कम्पनी भिनग्रुपका करिब ९८ प्रतिशत सेयरका मालिक हुन् र भिनग्रुपका अध्यक्षका रूपमा कार्यरत छन् । नोभाटेकका सेयरहरू भुङलाई सुम्पिने मूल्य करिब ४० ट्रिलियन डङ ९१।५२ अर्ब डलर० छ, जसमा १७.२५ ट्रिलियन डङको वास्तविक मूल्याङ्कन र थप प्रिमियम समावेश छ । नोभाटेकका सम्पत्तिसँग सम्बन्धित बौद्धिक सम्पत्ति आवश्यक परेमा उत्पादनका लागि भिनफास्टलाई पुनः भाडामा दिइनेछ । भिनफास्टले आफ्नो पहिलो पुस्ताको ईभी विकास सम्पन्न भएको जनाएको छ । अनुसन्धान तथा विकास लागत २०२५ को पहिलो त्रैमासिकमा ८१.२ मिलियन डलर भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २२.३ प्रतिशत कम हो । ईभी निर्माताले २०२५ मा २ लाख कार डेलिभरी गर्ने लक्ष्य राखेको छ, जुन २०२४ को तुलनामा दोब्बरभन्दा बढी हो । भिनफास्टको अधिकांश डेलिभरी भियतनामी बजारमै हुने गरेका छन् । भिनफास्टले भारतबाटै अन्तर्राष्ट्रिय बजारमा गाडी पठाउने,  २ अर्ब डलरको लगानी योजना चिनियाँ ईभीको दबाबसँग जुध्न जीएम र हुन्डाई एकजुट