युरोपेली कार बिक्री जुलाईमा बढ्यो : टेस्लाको हिस्सा झर्दा बीवाईडीले मार्यो बाजी

काठमाडौं । युरोपमा नयाँ कार बिक्री जुलाईमा ५.९ प्रतिशतले बढेको युरोपेली अटोमोबाइल म्यानुफ्याक्चरर्स एसोसिएसन (एसीईए) को तथ्यांकले बिहीबार देखाएको छ । तथ्यांकअनुसार जर्मनीमा भएको वृद्धिले ब्रिटेन, फ्रान्स र इटालीमा भएको गिरावटलाई मात दिएको छ । टेस्लाले लगातार सातौं महिनासम्म बजार हिस्सा गुमायो, यद्यपि विद्युत कारको कुल बिक्री बढेको थियो । यस अवधिमा टेस्लाको प्रतिस्पर्धी बीवाईडीभन्दा पछि पर्‍यो, जसको बिक्री पहिलोपटक मासिक तथ्यांकमा समावेश गरिएको थियो । फक्सवागनजस्ता घरेलु निर्माताहरू युरोपको बढ्दो ईभी बजारमा चिनियाँ प्रतिस्पर्धीलाई रोक्न र लाभदायक तरिकाले सवारीसाधनलाई प्रोत्साहन दिने नियमनसँग तालमेल मिलाउन नयाँ मोडेलहरू ल्याउने तयारीमा छन् । एसीईएका सीईओ ओला केल्लेनियसले बुधबार युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लायनलाई पठाएको पत्रमा सह(हस्ताक्षर गर्दै भनेका छन्— २०३५ सम्म कारहरूमा १०० प्रतिशत सीओटू कटौती गर्ने युरोपेली संघका लक्ष्य अब सम्भव छैनन्। युरोपेली अटो निर्माताहरूले अर्बौं घाटा बेहोरेका छन् र नाफा घट्ने चेतावनी दिएका छन्, जसमा अमेरिकी आयात शुल्कको असर पनि देखिएको छ । तथ्यांकअनुसार युरोपेली संघ, बेलायत र युरोपेली स्वतन्त्र व्यापार संघमा जुलाईमा बिक्री बढेर १०।९ लाख कार पुगेको एसीईएले जनाएको छ । फक्सवागन र रेनोको दर्ता क्रमशः ११.६ प्रतिशत र ८.८ प्रतिशतले बढ्यो, तर स्टेलान्टिसको दर्ता १.१ प्रतिशतले घट्यो । टेस्लाको बिक्री ४०.२ प्रतिशतले घटेर बजार हिस्सा गत वर्षको १.४ प्रतिशतबाट ०.८ प्रतिशतमा झर्‍यो । बीवाईडीको बिक्री भने २२५.३ प्रतिशतले बढ्दै बजार हिस्सामा १.२ प्रतिशत पुगेको छ । कुल ईयू कार बिक्री ७.४ प्रतिशतले बढ्यो । ब्याट्री इलेक्ट्रिक, हाइब्रिड इलेक्ट्रिक र प्लग(इन हाइब्रिड कार दर्ता क्रमशः ३९.१ प्रतिशत, ५६.९ प्रतिशत र १४.३ प्रतिशतले बढ्दै समग्रमा ५९.८ प्रतिशत पुग्यो, जुन गत जुलाई ९२०२४० को ५१.१ प्रतिशतभन्दा बढी हो । जर्मनीमा कुल बिक्री ११.१ प्रतिशतले बढ्यो भने बेलायतमा ५ प्रतिशत, फ्रान्समा ७.७ प्रतिशत र इटालीमा ५.१ प्रतिशतले घट्यो । स्पेन, पोल्याण्ड र अष्ट्रियामा भने क्रमशः १७.१ प्रतिशत, १६.५ प्रतिशत र ३१.६ प्रतिशत वृद्धि भयो । पोर्शेमा नयाँ सीईओको खोज सुरु, फक्सवागनसँगको दोहोरो भूमिका अन्त्य हुने संकेत निसानमा मर्सिडिज-बेन्जको हिस्सेदारी समाप्त, ३२५ मिलियन डलरमा डिल अटो पाइलट दुर्घटना मुद्दा : सम्झौता प्रस्ताव अस्वीकार गर्दा टेस्लालाई घाटा, २४३ मिलियन डलर क्षतिपूर्ति

पोर्शेमा नयाँ सीईओको खोज सुरु, फक्सवागनसँगको दोहोरो भूमिका अन्त्य हुने संकेत

काठमाडौं । लक्जरी स्पोर्ट्स कार निर्माता पोर्शेले आफ्ना सीईओ ओलिभर ब्लुमेको उत्तराधिकारी खोज्ने प्रक्रिया सुरु गरेको स्रोतले जनाएको छ । यसले पोर्शे र प्यारेन्ट कम्पनी फक्सवागनमा उनको दोहोरो भूमिका अन्त्य हुने संकेत गरेको छ । २०२२ सेप्टेम्बरमा पोर्शे छुट्टै कम्पनीका रूपमा सूचीबद्ध भएपछि ब्लुमेको दोहोरो पद सेयरधनीहरूबीच विवादास्पद बनेको थियो । लगानीकर्ताहरूले शासन प्रणालीसम्बन्धी चिन्ता औंल्याउँदै बारम्बार उनलाई एउटा पदबाट हट्न दबाब दिँदै आएका छन् । ब्लुमेले यो दोहोरो भूमिका स्थायीका लागि नभएको बताउँदै आएका भए पनि उनले यसै महिना सम्बन्ध विच्छेदको मिति तोकिएको छैन भन्दै ‘यस वर्ष कसरी अघि बढ्छौं, हेर्नेछौं’ भनेका छन् । फक्सवागन, पोर्शे एजी र पोर्शे एसईले यसबारे कुनै टिप्पणी गर्न अस्वीकार गरेका छन् । समाचार बाहिरिएसँगै पोर्शेका सेयर १.१ प्रतिशतले बढे, जसलाई पहिलोपटक जर्मन पत्रिका विर्ट्सचाफ्ट्सवाेचले प्रकाशन गरेको थियो । पत्रिकाले कम्पनी र वित्तीय स्रोतहरूलाई उद्धृत गर्दै उत्तराधिकारीबारे छलफल भइरहेको र शरद ऋतुमा नियुक्ति हुने अपेक्षा गरिएको जनाएको छ । यसका लागि आन्तरिक र बाह्य दुवै उम्मेदवारलाई विचाराधीन राखिएको बताइएको छ । पोर्शे र पियेख परिवारले गत मे महिनामा पोर्शे एसईको वार्षिक साधारण सभामा ब्लुमेप्रति निरन्तर समर्थन व्यक्त गरेका थिए । हाल पोर्शेले चीनमा आफ्ना स्पोर्ट्स कारहरूको कमजोर माग, सुस्त विद्युत् सवारीतर्फको संक्रमण र अमेरिकाले लगाएको उच्च ट्यारिफका कारण नाफा लक्ष्य घटाउनुपरेको अवस्थाबीच महँगो पुनर्संरचना प्रक्रिया अघि बढाइरहेको छ । २०२२ मा फक्सवागनभन्दा उच्च मूल्याङ्कनसहित सूचीबद्ध भएको पोर्शेको सेयर त्यसयता करिब ४५ प्रतिशत घटिसकेको छ । निसानमा मर्सिडिज-बेन्जको हिस्सेदारी समाप्त, ३२५ मिलियन डलरमा डिल अटो पाइलट दुर्घटना मुद्दा : सम्झौता प्रस्ताव अस्वीकार गर्दा टेस्लालाई घाटा, २४३ मिलियन डलर क्षतिपूर्ति

बजाज मोटरसाइकल किन्दा नगद उपहार र क्रिकेटको मजा लिन पाइने

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले दसैँ र तिहारलाई लक्षित गर्दै नयाँ क्याम्पेन ‘बजाज प्रिमियर लिग’ सार्वजनिक गरेको छ । मोटरसाइकललाई यातायातको साधन मात्र नभई जीवनशैली र पहिचानको प्रतीकका रूपमा स्थापित गर्न कम्पनीले उपभोक्तालाई अझ नजिक ल्याउने उद्देश्यले यो अभियान सुरु गरेको हो । क्याम्पेनको विशेषताअनुसार हरेक नयाँ बजाज मोटरसाइकल खरिदकर्ताले क्रिकेटको स्कोरिङ शैलीअनुसार ‘जति धेरै रन, त्यति धेरै नगद पुरस्कार’ पाउनेछन् । साथै, नागरिकताको आधारमा सहज वित्तीय सुविधा (फाइनान्सिङ) मार्फत पनि मोटरसाइकल खरिद गर्न सकिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ । यस योजनामा सातै प्रदेशबाट हरेक हप्तामा ५० हजार रुपैयाँको नगद पुरस्कार, ‘प्लेयर अफ द वीक’ बन्ने ग्राहकलाई १ लाख रुपैयाँ नगद, साथै चर्चित क्रिकेटरहरूसँग भेट्ने अवसर प्रदान गरिनेछ । यसरी खरिदकर्ताले नगद उपहारसँगै क्रिकेटसँग जोडिएका विशेष अनुभव पनि प्राप्त गर्नेछन् । गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले बजाज प्रिमियर लिगमार्फत ग्राहकसँगको भावनात्मक सम्बन्ध अझ प्रगाढ बनाउन खोजिएको बताए । उनले भने, 'नेपालमा बजाजलाई भरपर्दो र लोकप्रिय ब्रान्डका रूपमा स्थापित गर्दै आएको हंसराज हुलासचन्द एण्ड कम्पनीले यो क्याम्पेनमार्फत ग्राहकलाई मात्र होइन, आम सर्वसाधारणलाई समेत चाडपर्वको रमाइलोमा जित र उपहारको नयाँ अनुभव दिलाउने विश्वास लिएको छ ।' यसैगरी, मोबाइल गेमप्रेमीका लागि पनि यो अभियानमा अवसर दिइएको छ । ग्राहकले मोबाइलमा क्रिकेट खेल्दै रन बनाउन सक्ने र त्यसको आधारमा विभिन्न उपहार प्राप्त गर्ने सुविधा उपलब्ध गरिएको कम्पनीले जनाएको छ । यस खेलमा जोसुकैले सजिलै सहभागी भई उपहार जित्न सक्नेछन् ।