विकासन्युज

माछापुच्छ्रे बैंकले ३४.४३ प्रतिशत नाफा बढायो, वितरणयोग्य नाफा १.३२ अर्ब रुपैयाँ पुग्यो

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा ३४.४३ प्रतिशत बढेर २ अर्ब १६ करोड ९ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ६० करोड ७४ लाख ७३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी १६.६७ प्रतिशत बढेर ५ अर्ब ७ करोड ६९ लाख ९९ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ४ अर्ब ३५ करोड १४ लाख ९२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकको सञ्चालन मुनाफा २६.७५ प्रतिशत बढेर ३ अर्ब १३ करोड ४० हजार रुपैयाँ, खुद फि तथा कमिसन आम्दानी १४.९५ प्रतिशत बढेर १ अर्ब १६ करोड ३१ लख ३५ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १२.९० प्रतिशत बढेर ६ अर्ब ५६ करोड ८० लाख ८६ हजार रुपैयाँ र वितरणयोग्य मुनाफा ३.३१ प्रतिशत बढेर १ अर्ब ३२ करोड ८४ लाख ५ हजार रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १३.३० प्रतिशत बढेर १० अर्ब २५ करोड ७१ लख ५५ हजार रुपैयाँ, जगेडा कोष २२.९० प्रतिशत बढेर ४ अर्ब ६८ करोड ३९ लाख ३५ हजार रुपैयाँ, निक्षेप १०.१९ प्रतिशत बढेर १ खर्ब ४५ अर्ब २ करोड ६० लाख ४९ हजार रुपैयाँ र कर्जा १३.२० प्रतिशत बढेर १ खर्ब २८ अर्ब ५६ करोड २२ लाख ५४ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ३१ पैसा बढेर २१ रुपैयाँ ७ पैसा पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको प्रतिसेयर आम्दानी १७.७६ रुपैयाँ रहेको थियो । समिक्षा अवधिमा बैंकको मूल्य आम्दानी अनुपात १२.०६ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ ७० पैसा रहेको छ ।

सिटिजन्स बैंकले एक वर्षमा यसरी गर्याे प्रगति, नाफा २४.७६ प्रतिशत बढेपछि ईपीएस पनि बढ्यो

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा २४.७६ प्रतिशत बढेर २ अर्ब २५ करोड ११ लाख ७१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ८० करोड ४३ लाख ४१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ४०.२९ प्रतिशत बढेर ५ अर्ब १२ करोड १२ लाख ७५ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ६५ करोड ३ लाख ९८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । असार मसान्तसम्ममा बैंकको सञ्चालन नाफा २४.९४ प्रतिशत बढेर ३ अर्ब ६ करोड ७६ लाख ७४ हजार रुपैयाँ, खुद फि तथा कमिसन आम्दानी १५.५७ प्रतिशत बढेर ८६ करोड ९० लाख ७४ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी २८.५० प्रतिशत बढेर ६ अर्ब ३९ करोड १६ लाख ७५ हजार रुपैयाँ र वितरणयोग्य मुनाफा ९.७५ प्रतिशत घटेर १ अर्ब ४२ करोड ४६ लाख ४५ हजार रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १२.९१ प्रतिशत बढेर १४ अर्ब २० करोड ९ लाख ७४ हजार रुपैयाँ, जगेडा कोष २.१३ प्रतिशत बढेर ६ अर्ब ४४ करोड ५५ लाख १० हजार रुपैयाँ, निक्षेप ८.६५ प्रतिशत बढेर १ खर्ब ५२ अर्ब ७९ करोड ८० लाख ९७ हजार रुपैयाँ र कर्जा १०.६८ प्रतिशत बढेर १ खर्ब ३१ अर्ब ६१ करोड २४ लाख ७८ हजार रुपैयाँ पुगेको छ । असारसम्ममा बैंकको प्रतिसेयर आम्दानी १ रुपैयाँ ५१ पैसा बढेर १५ रुपैयाँ ८५ पैसा पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको प्रतिसेयर आम्दानी १४.३५ रुपैयाँ रहेको थियो । समिक्षा अवधिमा बैंकको मूल्य आम्दानी अनुपात १२.७७ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ ३९ पैसा रहेको छ ।

प्रभु बैंकको नाफामा ५१.११ प्रतिशतको छलाङ, अधिकांश सूचकमा चम्कियो

काठमाडौं । प्रभु बैंक लिमिटेडकोे गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा ५१.११ प्रतिशत बढेर २ अर्ब ६० करोड ३ लाख ९७ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ७२ करोड ८ लाख ७५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी २३.०३ प्रतिशत बढेर ६ अर्ब १८ करोड २ लाख ८९ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ५ अर्ब २ करोड ३३ लाख ५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । असार मसान्तसम्ममा बैंकको सञ्चालन नाफा ४७.७५ प्रतिशत बढेर ३ अर्ब ८४ करोड ६२ लाख ५० हजार रुपैयाँ, खुद फि तथा कमिसन आम्दानी २६.७६ प्रतिशत बढेर १ अर्ब २९ करोड ३२ लाख ४५ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १८.३६ प्रतिशत बढेर ७ अर्ब ९४ करोड ६९ लाख २६ हजार रुपैयाँ र वितरणयोग्य मुनाफा भने ४.६६ प्रतिशत घटेर १ अर्ब ४१ करोड ३३ लाख ३२ हजार रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १२ प्रतिशत बढेर १२ अर्ब ७० करोड ८७ लाख ४ हजार रुपैयँ, जगेडा कोष २३.८२ प्रतिशत बढेर ७ अर्ब १३ करोड ७१ लख १५ हजार रुपैयाँ, निक्षेप ८.३७ प्रतिशत बढेर १ खर्ब ७८ अर्ब ६५ करोड २१ लख ७१ हजार रुपैयाँ र कर्जा ८.०३ प्रतिशत बढेर १ खर्ब ४५ अर्ब ९६ करोड १९ लाख १६ हजार रुपैयाँ पुगेको छ । असार मसान्तसम्ममा बैंकको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ३० पैसा बढेर २० रुपैयाँ ४६ पैसा पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको प्रतिसेयर आम्दानी १५.१७ रुपैयाँ रहेको थियो । समिक्षा अवधिमा बैंकको मूल्य आम्दानी अनुपात १०.१२ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ १६ पैसा रहेको छ ।

सानिमा बैंकको नाफासँगै ईपीएस पनि घट्यो, ब्याज आम्दानी झण्डै ५ अर्ब

काठमाडौं । सानिमा बैंक लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा १.०७ प्रतिशत घटेर २ अर्ब २९ करोड २९ लाख ९ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब ३१ करोड ७८ लाख २१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ५.३५ प्रतिशत बढेर ४ अर्ब ७६ करोड ७१ लख ९५ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ४ अर्ब ५२ करोड ४९ लाख ८७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । गत असार मसान्तसम्ममा बैंकको सञ्चालन मुनाफा १.७६ प्रतिशत घटेर ३ अर्ब २५ करोड २५ लाख ८४ हजार रुपैयाँ, खुद फि तथा कमिसन आम्दानी ३.६३ प्रतिशत बढेर ८४ करोड ३७ लाख ४८ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ५.५७ प्रतिशत बढेर ६ अर्ब १४ करोड १३ लाख ८ हजार रुपैयाँ र वितरणयोग्य नाफा १३.०१ प्रतिशत घटेर १ अर्ब ४६ करोड ९९ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १७ प्रतिशत बढेर ११ अर्ब ३२ करोड ७३ लाख ७७ हजार रुपैयाँ, जगेडा कोष १०.२३ प्रतिशत बढेर ५ अर्ब ७७ करोड ८० लाख ९६ हजार रुपैयाँ, निक्षेप २२.६५ प्रतिशत बढेर १ खर्ब ५७ अर्ब ५१ करोड ८५ लाख ३५ हजार रुपैयाँ र कर्जा १५.१९ प्रतिशत बढेर १ खर्ब ३७ अर्ब १६ करोड १३ लाख ७१ हजार रुपैयाँ पुगेको छ । असार मसान्तसम्ममा बैंकको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ७० पैसा घटेर २० रुपैयाँ २४ पैसामा सिमित भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको प्रतिसेयर आम्दानी २३.९४ रुपैयाँ रहेको थियो । बैंकको मूल्य आम्दानी अनुपात १३.६३ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ १ पैसा रहेको छ ।

लक्ष्मी बैंकको नाफा सामान्य बढ्यो, ईपीएस १३.८८ रुपैयाँमा झर्याे

काठमाडौं । लक्ष्मी बैंक लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा १.७६ प्रतिशत बढेर १ अर्ब ६० करोड ३५ लाख ७१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ५७ करोड ५७ लाख ६१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी १८.२७ प्रतिशत बढेर ४ अर्ब ८ करोड ८३ लाख ९६ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ४५ करोड ६८ लाख ४० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । गत असार मसान्तसम्ममा बैंकको सञ्चालन नाफा २.१७ प्रतिशत बढेर २ अर्ब २८ करोड ४६ लाख ८६ हजार रुपैयाँ, खुद फि तथा कमिसन आम्दानी ८.५५ प्रतिशत बढेर ९५ करोड ४ लाख २० हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ८.१७ प्रतिशत बढेर ५ अर्ब ६२ करोड ४० लाख २८ हजार रुपैयाँ र वितरणयोग्य मुनाफा २५.०६ प्रतिशत बढेर १ अर्ब २५ करोड ५२ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ८ प्रतिशत बढेर ११ अर्ब ५५ करोड १३ लाख ४५ हजार रुपैयाँ, जगेडा कोष ११.१६ प्रतिशत घटेर ५ अर्ब ५० करोड ९० लाख ५ हजार रुपैयाँ, निक्षेप १९.६७ प्रतिशत बढेर १ खर्ब ३७ अर्ब १४ करोड ७३ लाख ८१ हजार रुपैयाँ र कर्जा २१.६६ प्रतिशत बढेर १ खर्ब २८ अर्ब १२ लाख ६९ हजार रुपैयाँ पुगेको छ । असार मसान्तसम्ममा बैंकको प्रतिसेयर आम्दानी ८५ पैसा घटेर १३ रुपैयाँ ८८ पैसामा झरेको छ । बैंकको मूल्य आम्दानी अनुपात १४.३३ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ६९ पैसा रहेको छ ।

संघीय सरकारको खर्च १३ खर्ब

काठमाडौं । आर्थिक वर्ष २०७८/७९ मा संघीय सरकारले १२ खर्ब ९६ अर्ब २४ करोड बराबरको खर्च गरेको छ । त्यसमध्ये चालु खर्च नौ खर्ब ६१ अर्ब ४७ करोड र पुँजीगत खर्च दुई खर्ब १६ अर्ब ३७ करोड र वित्तीय व्यवस्थातर्फको खर्च एक खर्ब १८ अर्ब ४० करोड बराबरको खर्च भएको छ । केन्द्रीय बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिमा उल्लेख गरेको विवरणअनुसार सो आवमा सरकारले १० खर्ब ६७ अर्ब ९६ करोड बराबर राजश्व सङ्कलन गरेको छ । त्यस्तै, सरकारले दुई खर्ब ३१ अर्ब ३० करोड कुल आन्तरिक ऋण परिचालन गरेको छ । जुन कुल गार्हस्थ्य उत्पादनको ४.८ प्रतिशत हुन आउँछ । साँवातर्फ ४७ अर्ब ३३ करोड भुक्तानी भएको छ । आर्थिक वर्ष २०७८/७९ मा एक खर्ब ८३ अर्ब ९७ करोड खुद आन्तरिक ऋण परिचालन भएको छ । गत असार मसान्तसम्ममा सरकारको कुल आन्तरिक ऋण २२.९ प्रतिशतले वृद्धि भई नौ खर्ब ८४ अर्ब २८ करोड पुगेको छ । २०७८ असार मसान्तमा यस्तो ऋण आठ खर्ब ३२ करोड बराबर रहेको थियो । १७ खर्ब ६३ अर्बको आयात आव २०७८/७९ को एघार महिनामा कुल वस्तु निर्यात ५३.३ प्रतिशतले वृद्धि भई एक खर्ब ८५ अर्ब ८४ करोड पुगेको छ । यस्तै कुल वस्तु आयात २७.५ प्रतिशतले वृद्धि भई १७ खर्ब ६३ अर्ब २२ करोड पुगेको छ । कुल वस्तु व्यापार घाटा २५ प्रतिशतले वृद्धि भई १५ खर्ब ७७ अर्ब ३९ करोड पुगेको छ । यसबीचमा विप्रेषण आप्रवाह सुधारोन्मूख रहेको छ । आयातमा भएको उल्लेख्य वृद्धिका कारण चालु खाता एवं शोधनान्तर घाटा उल्लेख्य रहन गएको छ । आव २०७८/७९ को एघार महिनामा चालु खाता पाँच खर्ब ९५ अर्ब ७३ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता घाटा दुई खर्ब ९८ अर्ब ११ करोड रहेको थियो । बढ्दो चालु खाता घाटाले अर्थतन्त्रमा आन्तरिक उत्पादनभन्दा माग उच्च रहनुको साथै वित्तीय स्रोत र मागबीचको अन्तर पनि बढ्दै गएको स्थितिलाई देखाएको छ । सो आवको एघार महिनामा शोधनान्तर घाटा दुई खर्ब ६९ अर्ब ८१ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १५ अर्ब १५ करोडले घाटामा रहेको थियो । शोधनान्तर घाटा बढेकाले आर्थिक वर्ष २०७८/७९ को एघार महिनामा विदेशी विनिमय सञ्चितिमा करिब दुई अर्ब ३० करोड अमेरिकी डलरले कमी आई नौ अर्ब ४५ करोड अमेरिकी डलर कायम भएको छ । सो सञ्चिति ६.७३ महिनाको वस्तु तथा सेवा आयातका लागि पर्याप्त हुने देखिन्छ । पछिल्लो समय अमेरिकी डलरसँग नेपाली मुद्रा अवमूल्यन भइरहेको कारण मुद्रास्फीति नियन्त्रणमा थप दबाब सिर्जना भएको छ । विसं २०७८ असार मसान्तको तुलनामा २०७९ असार मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ ६.६४ प्रतिशतले अवमूल्यन भएको केन्द्रीय बैंकको विवरण छ । रासस

मौद्रिक नीतिमा बैंकर्सको प्रतिक्रिया : नाफामा संकुचन आउने, नगद लाभांश बढ्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीति अर्थतन्त्र बचाउनमा केन्द्रित भएको विभिन्न बैंकरहरुले धारणा राखेका छन् । अर्थतन्त्रमा परेको निरन्तर दबाबलाई कम गर्नका लागि मौद्रिक नीतिले महत्वपूर्ण भूमिका खेल्ने उनीहरुको भनाइ छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् बाह्य क्षेत्र, मूल्य र वित्तीय क्षेत्र स्थायित्व प्राथमिकतामा राख्दै विभिन्न नीतिगत व्यवस्था गरेको छ । मौद्रिक नीतिमा भएको व्यवस्थाले अर्थतन्त्र सुधारमा महत्वपूर्ण टेवा पुग्ने बैंकर्सको धारणा छ । सिटिजन्स बैंक इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेश पोखरेलले मौद्रिक नीति सन्तोषजनक नै भएको धारणा राखे । उनले मौद्रिक नीतिले उत्पादनशील क्षेत्रलाई फोकस गर्ने भनेकोले आर्थिक वृद्धिदर हासिल गर्न टेवा पुग्ने धारणा राखे । ‘उत्पादनशील क्षेत्र र अनुत्पादक क्षेत्रमा कर्जा लगानीमा फरक-फरक ब्याजदर तोक्ने भनेको छ, यसले विदेशी मुद्रामा परेको चाप कम गर्न सकिन्छ, सीआरआरको वृद्धिले औसत ५० अर्ब रुपैयाँ राष्ट्र बैंकको ट्रेजरीमा जान्छ, डिवेन्चरको पैसालाई सीडीमा गणना गर्न मिल्ने व्यवस्थालाई बैंकहरुलाई धेरै सहज भएको छ,’ उनले भने । यस्तै, उनले तरलता सहजका लागि मौद्रिक नीतिले भूमिका खेल्ने बताए । उनका अनुसार धेरै क्षेत्रमा आधारदरको २ प्रतिशत प्रिमियम तोक्नुले पनि अनुत्पादक क्षेत्रमा कर्जा लगानी रोकिने बताए । ‘सेयरधितो कर्जामा केही पुनरावलोकन गरेको छ, मर्जर प्राप्तिमा सेयर कारोबार रोक्का नगर्ने पनि राम्रो हो, एसएलआर १२ प्रतिशत हुनु भनेको राम्रो हो, यसले बैंकहरुको क्षमता पनि डिफाइन हुन्छ,’ उनले भने । ‘मौद्रिक नीतिले अर्थतन्त्रलाई बचाउने रणनीति ल्याएको छ, यसले सकारात्मक प्रभाव पर्न सक्छ, ८ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न सहयोग पुग्छ भनेको छ, कर्जा ग्रोथ पनि ठीकै छ, सन्तुलित अवस्थामा उत्पादनशीलमा लगानी भयो भने ८ प्रतिशतको आर्थिक वृद्धिदर पनि हासिल गर्न सकिन्छ, काउन्टर साइक्लिकल बफरले अब नगद लाभांश बाड्न सक्ने देखिएको छ, तर बैंकहरुको नाफामा भने केही संकुचन आउने देखिएको छ,’ उनले भने । सिभिल बैंकका सीईओ सुनिल पोखरेलले ओभरअलमा मौद्रिक नीति राम्रै भएको बताए । ‘अब एसएलएफको क्यापले इन्टरबैंकमा प्रेसर पर्छ, नाफामा पनि केही हिट गर्ने देखिएको छ, केही क्षेत्रमा आधारदरमा २ प्रिमियम तोकिएको छ, सिआरआर पनि बढ्ने भयो, यी विविध व्यवस्थाले बैंकहरुको नाफामा हिट हुने देखिएको छ,’ उनले भने । यस्तै, महालक्ष्मी विकास बैंकका सीईओ बोधराज ढकालले राष्ट्र बैंकले वर्तमान अर्थतन्त्रको समस्यालाई मध्यनजर गर्दै मौद्रिक नीति ल्याएको बताए । ‘राष्ट्र बैंकले उपभोग घटोस्, आयात कम होस्, डिमाण्ड कम होस् भन्नेतर्फ मौद्रिक नीति केन्द्रित गरेको देखिन्छ, कर्जावृद्धिको लक्ष्य पनि कम नै राखेको छ, कर्जा लगानी पनि उत्पादनशील क्षेत्रमा होस् भन्ने देखिन्छ, यसले अर्थतन्त्रमा सुधार हुने देखिन्छ,’ उनले भने । उनका अनुसार राष्ट्र बैंकका केही व्यवस्थाले भने नाफामा केही संकुचन आउने देखिन्छ । ‘नेपालमा बढी घरजग्गामा बढी छ, अब त्यो क्षेत्रमा जाने कर्जा घट्छ, जोखिम बढेको छ, ब्याजदर पनि बढेको छ, अझै ब्याजदर बढ्ने देखिन्छ, यसअघि अत्याधिक कर्जा बढेपछि तरलताको अभाव हुने समस्या थियो, अब कर्जा कमको लक्ष्य राखेपछि निक्षेप पनि तानातान हुँदैन, यसले नाफामा केही संकुचन आउँछ,’ उनले भने । नेपाल वित्त कम्पनी संघका अध्यक्ष सरोजकाजी तुलाधरले समग्रमा मौद्रिक नीति अपेक्षा अनुसार नै आएको बताए । ‘आर्थिक स्थायित्वको लागि कसिलो मौद्रिक नीति चाहिन्छ भन्ने माग धेरैको थियो, राष्ट्र बैंकले पनि आर्थिक स्थायित्वलाई जोड दिएको छ’ उनले भने । ऋणपत्रको धितोमा अधिकतम ५ दिनसम्म अवधिको स्थायी तरलता सुविधा बैंक दरमा उपलव्ध गराइने र केन्द्रीय बैंकले उपलब्ध गराउने दैनिक तरलता सुविधालाई आवश्यकताअनुसार ओभरनाइट अवधिको बनाई यस्तो सुविधा बैंकदरमा उपलब्ध गराउने व्यवस्थाले राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाको कार्यबोझ बढ्ने उनले बताए । ५ करोडसम्मका ऋणीलाई असोज मसान्तसम्म किस्ता तिर्दा पेनाल नलाग्ने व्यवस्थाले नियमित कर्जा तिर्ने ऋणीलाई घाटा भएको र किस्ता तिर्न ढिलाई गर्नेलाई लाभ पुगको उनले बताए । वैधानिक तरलता अनुपातलाई वृद्धि गरी विकास बैंक र वित्त कम्पनीहरुले १० प्रतिशत पुर्याई समान व्यवहार गरेकोमा उनीले खुशी व्यक्त गरे । वाणिज्य बैंकहरुको लागि भने १२ प्रतिशत कायम गरिएको छ । मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाको लागत बढ्ने तर व्याजदर घटाउन मद्दत गर्ने उनले बताए । ‘विस्तृत मुद्राप्रदायको वृद्धिदर १२ प्रतिशत र निजी क्षेत्रतर्फ जाने कर्जाको वृद्धिदर १२.६ प्रतिशत राख्ने केन्द्रीय बैंकको लक्ष्य रहेकोले बैंकहरुको लागत बढे पनि व्याजदर घट्छ जस्तो मलाई लाग्छ’ उनले भने । यस्तै, नेपाल लघुवित्त बैंङ्कर्स संघ (एनएमबीए)का अध्यक्ष प्रकाशराज शर्माले मौद्रिक नीति लघुवित्त क्षेत्रका लागि सकारात्मक आएको बताए । आफुहरुले मौद्रिक नीतिमा लघुवित्तका लागि स्रोत र स्रोतको प्राइसिङ्ग गर्न माग गरेको र सोही बमोजिम माग सम्बोधन भएको उनको भनाइ छ । लक्ष्मी लघुवित्त वित्तीय संस्थाका सीईओ समेत रहेका उनले भने, ‘एउटा रिसोर्स माग र अर्काे रिसोर्सको प्राइसिङ्गको माग थियो, वाणिज्य बैंकहरुबाट विपन्न वर्ग कर्जामा रेगुलेट गर्न माग गरेका थियौं, यो सम्बोधन भएको छ, जसले अन्धाधुन्दा लाग्दै आएको चार्ज कन्ट्रोल हुन्छ ।’ यस्तै, उनले लघुवित्त कोष कार्यान्वयनमा सहजीकरण गर्ने व्यवस्थाले थप सहज हुने बताए ऋणपत्र जारी गर्न पाउने व्यवस्था पनि लघुवित्त क्षेत्रका लागि सकारात्मक भएको धारणा राखे ।

घर जग्गाको धितो राखेर लिने कर्जामा कडाइ

काठमाडौं । के तपाइँले घर जग्गा धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने योजना हुनुहुन्छ ? हुनुहुन्छ भने अब तपाइँले आवश्यकता अनुसारको कर्जा पाउनु हुने छैन । घरजग्गामा हुने लगानीलाई अनुत्पादक क्षेत्रको लगानीका रुपमा चित्रण गर्दै त्यसमा हुने लगानीलाई न्यूनीकरण गर्न खोजिएको छ । केन्द्रीय बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिले घरजग्गामा हुने कर्जा लगानीलाई कम गर्न खोजेको छ । नयाँ व्यवस्थाअनुसार काठमाडौँ उपत्यकामा घरजग्गाको धितो राखेर बढीमा ३० प्रतिशत मात्रै कर्जा पाइने छ । काठमाडौँ उपत्यकाबाहिर भने ४० प्रतिशतसम्म मात्रै कर्जा पाइनेछ । मौद्रिक नीतिमा भनिएको छ, ‘बैंक तथा वित्तीय संस्थाले घर/जग्गा धितो राखी निश्चित प्रयोजन नखुलेका नयाँ अधिविकर्ष कर्जा, धितो कर्जा, सम्पत्ति कर्जा, व्यक्तिगत आवधिक कर्जा प्रवाह गर्दा कर्जा र सोको धितो सुरक्षणको फेयर मार्केट भ्याल्यु बीचको अनुपात काठमाडौँ उपत्यकाभित्र बढीमा ३० प्रतिशत र अन्य स्थानको हकमा बढीमा ४० प्रतिशतसम्म कायम गर्नुपर्ने व्यवस्था गरिनेछ ।’ निफ्राको क्षमता वृद्धि गरिने पूर्वाधार क्षेत्रमा लगानी गर्ने उद्देश्यका साथ स्थापना भएको नेपाल पूर्वाधार बैंकको क्षमता वृद्धि गर्ने लक्ष्य मौद्रिक नीतिले राखेको छ । सो बैंकको क्षमता वृद्धिका लागि सोही प्रकृतिका काम गर्नका लागि स्थापना भएका अन्य वित्तीय संस्थालाई एकापसमा गाभ्ने प्रक्रिया सुरु गरिने भएको छ । जल तथा ऊर्जाको क्षेत्रमा लगानी गर्ने गरी स्थापना भएको एचआइडिसिएल र पूर्वाधार बैंकको प्रकृति उस्तैउस्तै रहेको छ । मौद्रिक नीतिमा भनिएको छ, ‘नेपाल पूर्वाधार विकास बैंकको लगानी क्षमता अभिवृद्धिका लागि पूर्वाधार क्षेत्रमा नै लगानी गर्ने गरी स्थापना भई सञ्चालनमा रहेका अन्य वित्तीय संस्थासँग मर्जर तथा प्राप्तिमार्फत चुक्ता पूँजी वृद्धि गर्न प्रोत्साहित गरिनेछ ।’ यो व्यवस्थाले पूर्वाधार क्षेत्रमा लगानी गर्ने वित्तीय संस्थाको क्षमतामा वृद्धि हुने र सरकारको लक्ष्यसमेत पूरा हुने विश्वास लिइएको छ । बैंक तथा वित्तीय संस्थाले कर्जाका लागि सुरक्षण राखिएको सम्पत्तिको बीमा गराउँदा बीमा दाबीले कर्जा रकम खाम्ने गरी बीमा गराउनुपर्ने व्यवस्था नीतिले गरेको छ । त्यस्तै बैंक तथा वित्तीय संस्थाबाट अधिकतम रु पाँच करोडसम्म कर्जा उपयोग गरेका उद्यम व्यवसायले गत असार मसान्तसम्म तिर्नुपर्ने कर्जाको साँवा तथा ब्याज आगामी असोज मसान्तसम्म भुक्तानी गरेमा कुनै पनि पेनाल ब्याज लिन नपाउने व्यवस्था गरिएको छ । यी क्षेत्रले पाउनेछन् सुविधा कडा खालको मौद्रिक नीतिले केही क्षेत्रमा भने सहुलियतपूर्ण व्यवस्था गरेको छ । त्यसमा खाद्यान्न उत्पादन, पशुपक्षी, मत्स्यपालन, निर्यातजन्य र शत्प्रतिशत स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योग रहेका छन् । ती क्षेत्रमा प्रवाह हुने दुई करोडसम्मको कर्जा प्रवाह गर्दा आधार दरमा अधिकतम दुई प्रतिशत विन्दुसम्म मात्रै प्रिमियम थप गरी ब्याजदर निर्धारण गर्न पाउने व्यवस्था गरिएको छ । यसबाट आत्मनिर्भर अर्थतन्त्रको विकासमा योगदान गर्ने विश्वास लिइएको छ । निजी क्षेत्रलाई सूचना प्रविधि तथा औद्योगिक पार्क निर्माण गर्न कर्जा प्रवाह गर्दा आधार दरमा अधिकतम दुई प्रतिशत विन्दुले प्रिमियम थप गरी ब्याजदर निर्धारण गर्ने व्यवस्था मिलाइएको छ । अब रोकिँदैन सेयर कारोबार कुनै पनि बैंक तथा वित्तीय संस्था एकापसमा गाभ्ने तथा गाभिने प्रक्रिया सुरु हुने बित्तिकै धितोपत्र बजारमा शेयर कारोबार रोकिने गरेको थियो । यसमा क्षेत्रगत विवाद रहँदै आएको थियो । बैंक तथा वित्तीय संस्थाको नियमन तथा सुपरिवेक्षण गर्ने जिम्मेवारी केन्द्रीय बैंकको भए पनि धितोपत्रको कारोबारको नियमन गर्ने जिम्मेवारीमा नेपाल धितोपत्र बोर्ड रहेको छ । त्यसलाई सम्बोधन गर्ने लक्ष्यका साथ मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्तिको समयमा धितोपत्र कारोबार रोक्नेसम्बन्धी यस बैंकबाट जारी भएको विद्यमान व्यवस्था खारेज गरिएको छ । त्यसको सट्टामा धितोपत्र बोर्डको नियमनबमोजिम हुने व्यवस्था मिलाइएको छ । सेयर धितो राखी प्रवाह हुने मार्जिन कर्जाको एकल ग्राहक सीमा एउटा वा सबै इजाजतपत्र प्राप्त वित्तीय संस्थाहरूबाट लिनसक्ने गरी अधिकतम सीमा १२ करोड कायम गरिएको छ । सेयर ब्रोकरमार्फत नियमित र व्यवस्थित हुँदै गएपछि यस्तो मार्जिन कर्जासम्बन्धी व्यवस्था हटाइएको छ । सेयर धितोमा प्रवाह हुने कर्जाको जोखिम भार २५ लाखसम्मको कर्जाको हकमा १०० प्रतिशत र सोभन्दा माथिको कर्जाको हकमा जोखिम भार १५० प्रतिशत राख्नुपर्ने व्यवस्था यथावत् राखिएको छ । सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा अन्तर्राष्ट्रिय समन्वय संयन्त्रलाई सबल बनाउँदै लैजान आवश्यकताअनुसार सम्बन्धित निकायसँग समन्वय गर्दै लगिनेछ । आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमा व्यवस्था भएबमोजिम केन्द्रीय बैंकको सुपरिवेक्षकीय दायराबाहिर रही वित्तीय कारोबार गर्ने बचत तथा ऋण सहकारी र गैरसरकारी संस्थाहरुको प्रभावकारी नियमन, निरीक्षण तथा सुपरिवेक्षणका लागि दोस्रो तहको नियामक निकाय स्थापना सम्बन्धमा आवश्यक सहजीकरण गरिने भएको छ । त्यस्तै, बचत तथा ऋण सहकारी संस्थाहरूको नियमन, निरीक्षण तथा सुपरिवेक्षण व्यवस्थालाई प्रभावकारी बनाउन आवश्यक सहयोग पु¥याइने छ । ग्रिन फाइनान्सिङलाई प्रोत्साहन गर्न हरित वण्ड निष्कासन गर्ने, जलवायु जोखिम रिर्पोटिङ गर्ने, पूँजी आवश्यकता पहिचान गर्ने लगायतका विषय समावेश गरी नयाँ नीतिगत व्यवस्था गर्न लागिएको छ । रासस