विकासन्युज

काठमाडौंबाट मोटरसाइकल चोरी गर्ने पाँचजना पक्राउ

काठमाडौं । प्रहरीले मोटरसाइकल चोरीमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले चलाएको ‘अप्रेसन बाइक हन्ट’ अभियानअन्तर्गत पाँच मोटरसाइकलसहित उनीहरुलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउपर्नेमा नुवाकोटको तादी गाउँपालिकाका २२ वर्षीय विशाल तामाङ, १९ वर्षीय राजन तामाङ, १९ वर्षीय दिनेश तामाङ, नुवाकोटकै दुप्चेश्वर गाउँपालिकाका ४० वर्षीय रामशरण दमाईं र रामेछापको खाँडादेवी गाउँपालिकाका २५ वर्षीय घनश्याम कार्की छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले काठमाडौंका विभिन्न स्थानबाट चोरीका मोटरसाइकलसहित पाँचै जनालाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेकासँग सुजुकी कम्पनीको कालो रङको गिसर मोटरसाइकल, यामाहा कम्पनीको एफजेडएस मोटरसाइकल, कालो रङको सिएफ मोटरसाइकल, रातो रङको पल्सर मोटरसाइकल र प्रदेश नम्बरप्लेट भएको पल्सर मोटरसाइकल बरामद गरेको छ । पक्राउ परेका पाँचै जनालाई मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद–२० को २४१ अनुसार ‘चोरीसम्बन्धी कसुर’मा जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिएर प्रहरीवृत्त महाराजगञ्जले अनुसन्धान अघि बढाएको छ ।

समृद्धि फाइनान्सद्वारा नारायणगढ र पोखराका २०० विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

काठमाडौं । समृद्धि फाइनान्सले बुधबार नारायणगढ र पोखरामा शैक्षिक सामाग्री वितरण गरेको छ । फाइनान्सले नारायणगढमा रहेको राष्ट्रिय आधारभूत विद्यालय र पोखरामा रहेकाे बयाली आधारभूत विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेको हाे । फाइनान्सले २०० जना विद्यार्थीलाई ९०० थान कापी र २०० थान पेन वितरण गरेकाे संस्थाका का.मु. प्रमुख व्यवसाय प्रवद्र्धन अधिकृत सुरज कुमार सर्राफले जानकारी दिए । फाइनान्सले समय समयमा संस्थागत सामाजिक उत्तरदायीत्व अन्तरगत विभिन्न कार्यहरु गर्दै आएको जनाएको छ । फाइनान्सले मुद्धति निक्षेपमा सर्वाधिक १२.२५%, र बचत निक्षेपमा अधित्तम १०% सहित आर्कषक व्याजदर सहितका विभिन्न बचत खाताहरु समेत संचालनमा ल्याएको छ । समृद्धि फाइनान्सले मुद्घति निक्षेपको योजना अन्तरगत ७२ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ । यसका साथ साथै फाइनान्सले १० वर्षमा पैसा तेब्बर, १५ वर्षमा पैसा पाँच गुणा र २० वर्षमा पैसा आठ गुणा हुने निक्षेप योजना पनि संचालनमा ल्याएको छ । फाइनान्सले हाल पाँच ओटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जनाएको छ ।

बैंक अफ काठमाण्डूको डेबिट र क्रेडिट कार्ड अब मोको एपमा 

काठमाडौं । बैंक अफ काठमाण्डूले आफ्ना ग्राहक मोको डिजिटल वालेटसँग भुक्तानी सेवा सम्बन्धी सम्झौता भएको छ । यस सम्झौता पश्चात् बैंकका कार्डबाहकहरुले आफ्नो भिसा डेबिट र क्रेडिट कार्ड मोको डिजिटल वालेटमा लिंक गर्न सक्नेछन् । बैंकका कार्डवाहकहरुले कार्ड लिंक पश्चात मोको डिजिटल वालेट मार्फत विभिन्न भुक्तानी सेवाहरुको उपभोग गर्न मिल्नेछ । भुक्तानी सेवाहरुमा जस्तै मोबाइृल टपअप, इन्टरनेट, विद्मुत, खानेपानीको बिल भुक्तानी, हवाई जहाजको टिकटको भुक्तानी लगायतका सेवाहरुको उपभोग मिल्नेछ । साथै, बैंकका कार्डवाहकहरुले मोको मार्फत स्क्यान गरी १५ सयभन्दा बढि मर्चेन्टहरुमा भुक्तानी गर्न मिल्नेछ । यस सँगै बैंकका कार्डबाहक महानुभावहरुले आफ्नो कार्डको प्रयोग गरी विभिन्न सेवाहरुको भुक्तानी तुरुन्तै गर्न सक्नेछन् । यस सेवाको प्रयोग गर्न ग्राहकहरुले मोको डिजिटल वालेटको एप गुगल प्लेस्टोर र एप स्टोरबाट डाउनलोड गरी आफ्नो बैंक अफ काठमाण्डूको डेबिट तथा क्रेडिट कार्ड लिंक गर्नुपर्नेछ । हालसम्म बैंक अफ काठमाण्डूले १०३ शाखा कार्यालयहरु, ९८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

आइएमई जनरल इन्स्योरेन्सद्वारा विपन्न क्यान्सरका बिरामीको उपचारको लागि साढे २ लाख सहयोग

काठमाडाैं । आइएमई जनरल इन्स्योरेन्सले क्यान्सर पिडित बिरामीहरुको उपचारको लागि आर्थिक सहयोग गरेकाे छ । कम्पनीले कमजाेर आर्थिक स्थिति भएका क्यान्सर रोगीकाे नि:शुल्क उपचार गरिरहेकाे नेपाल क्यान्सर हस्पिटल ललितपुरलाई साढे २ लाख रुपैयाँ सहयाेग गरेकाे हाे । बुधबार कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले नेपाल क्यान्सर हस्पिटलका प्रमुख कार्यकारी अधिकृत डा. बच्चु कैलाश कैलीलाई साे रकम बराबरकाे चेक हस्तान्तरण गरे । सिइओ रेग्मीले हस्पिटलले गर्दै आएकाे पुण्यकाे काममा आइएमई जनरल इन्स्योरेन्स संलग्न हुन पाउँदा खुशी भएकाे बताए ।  

नेशनल लाईफ इन्स्योरेन्सको एनुअल बिजनेश लिडर्स कन्क्लेभ सम्पन्न

काठमाडाैं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले ४ दिने वार्षिक बिजनेश लिडर्स कन्क्लेभ सम्पन्न गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीकाे सभापतित्वमा आ.व. २०७८/७९ मा उत्कृष्ट व्यवसाय गर्दै तोकिएको लक्ष्य पुरा गर्ने शाखाहरुलाई सम्मान र पुरस्कृत गर्ने तथा जीवन बीमा व्यवसायसँग सम्बन्धित वर्तमान पाटो बारे छलफल गर्नसम्मेलन आयोजना गरिएको थियो । सम्मेलनमा विभागिय प्रमुख तथा देशै भरीबाट प्रदेश प्रमुख, शाखा प्रमुख र मार्केटिङ कर्मचारीहरु गरी १५० जना भन्दा बढिको सहभागिता रहेको थियो । सम्मेलनमा कर्मचारीहरुको व्यवसायिक दक्षता अभिवृद्धि गर्ने उदेश्यले के एफ ए बिजनेश स्कूलका संस्थापक तथा कार्यकारी अध्यक्ष रेष्टा झा, सोही संस्थाका सिइओ तथा ट्रेनिङ डाइरेकटर किशलय झा र एकेडेमिक तथा कन्सलटिङ डाइरेक्टर ज्यास्मिन हाडा बज्राचार्यले सेल्स मोटिभेसन तथा स्कील डेभलपमेण्ट सम्बन्धमा प्रशिक्षण प्रदान गरेका थिए । आ.व. २०७८/७९ मा उत्कृष्ट व्यवसाय गर्ने पाँच शाखा कार्यालय लगाएत वार्षिक लक्ष्य पुरा गर्ने शाखा कार्यालयहरु र विभिन्न विधामा उत्कृष्ट रहेका शाखा कार्यालयहरुलाई प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले सम्मान गरेका थिए ।

कुमारी बैंकका ग्राहकलाई सल्यानस्थित होटेल शिरिषमा छुट

काठमाडौं । कुमारी बैंक र सल्यानस्थित होटेल शिरिषबीच सम्झौता भएको छ । बैंक र होटलबीच बैंकका ग्राहकलाई होटलले दिने विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो । सम्झौता अनुसार बैंकका डेबिट/क्रेडिट कार्डवाहकहरुले उक्त होटेलको सुविधा शुल्कमा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । कुमारी बैंकले आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १९१ एटिएम, ४८ शाखारहित बैंकिङ्ग ईकाई तथा २४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे छ ।

चीनको छिङदाओमा हिमालय एअरलाइन्सको कूटनीतिक चार्टर्ड उडान

काठमाडौं । हिमालय एअरलाइन्सले चीनको छिङदाओमा कूटनीतिक चार्टर्ड उडान गरेको छ । अरलाइन्सले परराष्ट्रमन्त्री डा. नारायण खड्काको औपचारिक भ्रमणका लागि मंगलबार चीनको छिङदाओ (सिङ्ताओ) जाने एक विशेष कूटनीतिक चार्टर्ड उडान सञ्चालन गर्ने विशेषाधिकार प्राप्त गरेको थियो । परराष्ट्र मन्त्रालयका पदाधिकारीहरूको एघार सदस्यीय प्रतिनिधिमण्डल लिएर हिमालयको एअरबस ए३१९, ९एनएजेकेको उडान नम्बर एच९ ७२२०ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार राति ११.०७ बजे प्रस्थान गरेकाे थियाे । उक्त जहाज बुधबार बिहान ७ः५५ बजे छिङदाओ लिउटिङ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो । छिङदाओको दुईदिने औपचारिक भ्रमणपछि बिहीबार दिउँसो ३.०० बजे (स्थानीय समय) प्रस्थान गर्ने उडान एच९७२२१ मार्फत प्रतिनिधिमण्डलका सदस्यहरु स्वदेशका लागि प्रस्थान गर्ने र दिउँसो ४ः५० मा काठमाडौं आइपुग्नेछन् । सन् २०२० मा फैलिएको कोभिड–१९ को महामारीका कारण नेपाल र चीनबीचको हवाई यात्रा दुवै देशले लागू गरेका विभिन्न यात्रा प्रतिबन्धपश्चात ठप्प भएको थियो। यद्यपि, महामारी नियन्त्रण भएर जनजीवन सामान्यतातर्फ फर्किएपछि, हिमालयले मे ३१, २०२२ बाट चीनको कुनमिङ जाने आफ्नो निर्धारित उडान तालिका सञ्चालन गर्दै साप्ताहिक रुपमा एउटा उडानका साथ सेवा सुरु गरेको थियो । काठमाडौंबाट छिङदाओका लागि सीधा उडान तालिका नभएकाले एअरलाइन्सले आवश्यक सबै अनुमति लिएर यो विशेष चार्टर्ड उडान सञ्चालन गरेको हो ।  

सिटिजन्स बैंकका ग्राहकलाई कर्णाली र्याफ्टिङ एण्ड एडभेन्चरमा छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले कर्णाली र्याफ्टिङ एण्ड एडभेन्चरमा छुट पाउने भएका छन् । बुधबार बैंक र एडभेन्चरबीच बैंकका ग्राहकलाई छुट दिने सम्झौता भएको छ । सो समझदारी पश्चात् सिटिजन्स बैंकका कार्डवाहकहरुले कर्णाली ¥याफ्टिङका ¥याफ्टिङ प्याकेजहरुमा १० प्रतिशतसम्म छुट पाउने छन् । यस सुविधाबाट स्थानीय सेवाग्राहीहरुले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको बैंकले जनाएको छ ।