नारायणी डेभलपमेन्ट बैंकले हकप्रद सेयर जारी गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले हकप्रद सेयर जारी गर्ने भएको छ । बैंकले १ः १ को अनुपातमा प्रति कित्ता १०० रुपैयाँको दरले २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद सेयर जारी गर्ने भएको हो । बैंकले यसको लागि ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धमा डेभलपमेन्ट बैंक र क्यापिटलबीच हकप्रद शेयर निष्कासन सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा नारायणी डेभलपमेन्ट बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पशुपति पौडेल र ग्लोबल आइएमई क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले हस्ताक्षर गरेका छन् । चितवन जिल्लाको रत्ननगरमा केन्द्रीय कार्यालय रहेको यस डेभलपमेन्ट बैंकको अधिकृत पुँजी ५३ करोड र जारी पुँजी २६ करोड २४ लाख ६७ हजार ६ सय रहेको छ भने हाल यस डेभलपमेन्ट बैंकका ५ वटा शाखा कार्यालयहरु सञ्चालनमा रहेका छन् ।
परिक्षा हलमै धमाधम टिकटक बनाउन थालेपछि…
काठमाडौं । साउन २८ अर्थात् गत शनिबार शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्रको लागि परीक्षा लिइरहेको थियो । परीक्षा सुदूरपश्चिम प्रदेश अन्तर्गत कैलालीको त्रिभुवन मा. वि.,बोराडाँडीमा भइरहेको थियो । परीक्षा हलमा सबै विद्यार्थीहरू लेख्नमै व्यस्त थिए । परीक्षा केन्द्रमा परीक्षार्थी संकेत नम्बर २०००८५०७, रोल नम्बर नम्बर ३८७२००३१२३ का परीक्षार्थी विनोद कुमार बम्म भने टिकटक बनाउन व्यस्त थिए । उनले टीककट बनाएको कसैले सुइको समेत पाएनन् । तर, जब उनले त्यो भिडियो सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरे त्यसपछि भिडियो भाइरल बन्यो । उनले परीक्षाको मर्यादा विपरित प्रश्नपत्र र उत्तरपुस्तिकाको भिडीयो बनाई सामाजिक सञ्जालमा राखेको पाइएको हुँदा शिक्षक सेवा आयोग नियमावली २०५७ को नियम २६को उपनियम (१) अनुसार निजको निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्रको दरखास्त रद्द गर्ने र सोही नियमावलीको नियम ४३ अनुसार आउँदो दुईवर्ष सम्म आयोगबाट सञ्चालन गरीने अध्यापन अनुमतिपत्रको परीक्षा लगायत कुनै पनि प्रतिस्प्रर्धात्मक परीक्षामा सहभागी हुन नपाउने गरी रोक लगाइएको छ । पछिल्लो समय सामाजिक सञ्जाल टिकटकमा भिडियो पोष्ट गर्नकै लागि विद्यार्थीहरुले कक्षा कोठामा पनि भिडियो बनाउन थालेका छन् । भिडियो भाइरल हुन सक्ने रहरले उनीहरुले नियम विपरित भिडियो बनाइरहेका हुन्छन् ।
बैंक अफ काठमाण्डूका ग्राहकलाई मानसरोवर मनोरञ्जन पार्क एण्ड रिसोर्टमा छुट
काठमाडौं । बैंक अफ काठमाण्डू र मानसरोवर मनोरञ्जन पार्क एण्ड रिसोर्टबीच सम्झौता भएको छ । बैंक र रिसोर्टबीच बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा ग्राहकलाई १० प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको हो । यस सम्झौता पश्चात् ग्राहकहरुले मानसरोवर मनोरञ्जन पार्क एण्ड रिसोर्टमा उपलब्ध हुने सेवाहरुमा एकमुष्ठ १० प्रतिशतको छुट पाउनेछन् । उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । मानसरोवर मनोरञ्जन पार्क एण्ड रिसोटले बाँकेको नेपालगंजबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ । हालसम्म बैंक अफ काठमाण्डूले १०३ शाखा कार्यालयहरु, ९८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।
यामाहाले रेजेडआर फेन्टासी लिग गर्दै, विजेतालाई स्कुटर
काठमाडौं । यामाहाले रेजेडआर फेन्टासी लिगका गर्ने भएको छ । इंग्लिश प्रिमीयर लिग (इपिएल)को नयाँ सिजन गत अगस्ट ६ बाट शुरू भएसँगै यामाहाले रेजेडआर फेन्टासी लिगका गर्ने भएको हो । इंग्लिश प्रिमियर लिग (इपिएल)मा आधारित रहेर कम्प्यूटर प्रविधिबाट खेलिने यस काल्पनिक खेल पछिल्लो समय नेपालमा इन्टरनेटको सहज पहुँज तथा अन्य प्रविधिको विकाससँगै नेपाली युवाहरूमाझ निकै लोकप्रिय बन्दै आइरहेको छ । पछिल्लो वर्षको तथ्याङ्कअनुसार नेपालमा करिब ५० हजारले ‘फेन्टासी लिग’ खेलेका छन् । गत वर्षसम्म आरएनबीले एकल रुपमा सञ्चालन गर्दै आइरहेको उक्त लिगलाई अझ बृहत्तर रूप दिने उद्देश्यको साथ पेजले यस वर्षदेखि यामाहा नेपालसँग सहकार्य गरेको यामाहा नेपालले जानकारी दिएको छ । यस सिजनको ‘फेन्टासी प्रिमियर लिग’मा सहभागी बन्नका लागि कोड वाईआई२३यो रहेको छ । उक्त कोड ‘फेन्टासी प्रिमियर लिग’को एपमा प्रयोग गरी सहभागी हुन सकिनेछ । यामाहा नेपालको अनुसार सो कोड भने यामाहा नेपालको आधिकारिक शोरुममा गई रजिष्ट्रेशन फारम भरेपछि मात्र मान्य हुनेछ । फेन्टासी लिग, इंग्लिश प्रिमीयर लिग (इपिएल) मा आधारित रहेर खेलिने काल्पनिक खेल हो जसमा इपिएलको नियमहरूअन्तर्गत र इपिएलजस्तै ९ महिना (३८ हप्ता) सम्म चल्नेछ । कम्पनीको अनुसार फेन्टासी लिगमा साप्ताहिक विजेता र भाग्यशाली विजेता हुनेछन् । साप्ताहिक विजेता हुनका लागि हप्ताभरका लागि लिगको लिडरबोर्डमा अग्रता लिनु पर्नेछ । त्यसैगरी, भाग्यशाली विजेता लिगको अन्त्यमा घोषणा गरिनेछ जुन प्रत्येक हप्ता लिडरबोर्डमा अग्रता लिनेहरूको पोइन्टलाई आधार मानी गरिने बताइएको छ । साप्ताहिक विजेतालाई यामाहा नेपालको तर्फबाट आकर्षक पुरस्कारहरू दिइने र एक भाग्यशाली विजेतालाई कम्पनीले यामाहा रेजेडआर १२५ एफआई स्कुटर प्रदान गर्ने कम्पनीले जनाएको छ ।
साधना लघुवित्तले २४ जना उद्यमीलाई दियो युवा स्वरोजगार सहुलियत कर्जा
काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले युवा स्वरोजगार सहुलियत कर्जाको सुरुवात गरेको छ । लघुवित्तलेको शाखा कार्यालय पालुङ्गटार गोरखाले यसको सुरुवात गरेको हो । लघुवित्तले आइतबार पालुङ्गटारमा वित्तीय साक्षरता तथा सहुलियत दरको कर्जा वितरण कार्यक्रमको आयोजना गरी वित्तीय संस्थामा आवद्ध उद्यमी सदस्यहरु मध्येका २४ जनालाई सहुलियतपूर्ण कर्जा वितरण गरेको छ । कार्यक्रमका संस्थाका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले सदस्यहरुको दिगो व्यवसाय विस्तार, प्रवर्धन र सवलीकरण गर्नको लागी साना तथा यूवा स्वरोजगार कोषसँग समन्वय गरी सहुलियत दरको कर्जा वितरण गरेको बताएका थिए । उनले आगामी दिनमा स्थानिय सरकारसँगको साझेदारीमा बिउ बिजनको वितरण, निशुल्क प्राविधीक एवंम् परामर्श सेवा उपलब्ध गराउने सफल उद्यमी सदस्यहरुको सफलता कथा घर घरमा लैजाने बताएका थिए । संस्थाले हाल हिमाल, पहाड र तराईका ३१ जिल्लाहरुमा ९३ वटा शाखा कार्यालयहरु मार्फत १ लाखभन्दा बढि सदस्यहरु लगानीमा रहिरहेको कर्जा ५ अर्ब ४५ करोड र सदस्यहरुबाट बचत संकलन १ अर्ब ३५ करोड रहेको प्रमुख अधिकृत न्यौपानेले जानकारी दिए ।
सन नेपाल लाइफ इन्स्योरेन्सले गर्यो १४ लाखको मृत्यु दावी भुक्तानी
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले १४ लाख रुपैयाँको मृत्यु दावी भुक्तानी गरेको छ । इन्स्योरेन्सले वैदेशिक रोजगार म्यादी जिवन बीमा गरेका सन्तोष रानाको मृत्यु दावी भुक्तानी गरेको हो । स्वर्गिय रानाको गएकाे जेठ ३० गते विदेशमा काम गर्ने क्रममा मृत्यु भएको थियो । साेमबार बीमितको श्रीमति रन्जितला रानालाई इन्स्योरेन्सका धनगढी शाखा प्रबन्धक लक्ष्मी कान्ताले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका थिए ।
११८ जना विधार्थी कारवाहीमा
काठमाडौं । ट्राफिक प्रहरीको विशेष चेकिङ्गले विभिन्न विद्यालयका १ सय १८ जना विधार्थी कारवाही गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी चालकलाई लक्षित गरेर बिभिन्न अभियान संचालन गर्दै आईरहेको छ । सोही अभियान अन्तर्गत सोमबार विहान कलेजका विधार्थी लक्षित ट्राफिक चेकजाँच गरेको थियो । चेकजाँचमा सवारी चालक अनुमती पत्र नभएका ६१ जना, सवारी दर्ता किताव नभएका ३९ जना र ३ जना सवार ७ जना विधार्थी कारवाहिमा परेको ट्राफिक प्रहरीले जनाएको छ । यस्तै, हेल्मेट नलगाई सवारी साधन चलाउने १ जना र अन्य ट्राफिक नियम उल्लघंन गर्ने १० जना गरी १ सय १८ जना विधार्थी कारवाहीमा परेको प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए । उपत्यका ट्राफिक प्रहरी कार्यालयको गत वर्षको तथ्याङ्क अनुसार उपत्यका भित्र १० हजार ७३३ वटा सवारी साधन दुर्घटना भएका छन् । जसमध्ये ८ हजार ३६४ वटा २ पांग्रे सवारी साधन रहेका छन् । सवारी दुर्घटनामा परि १ सय ९१ जनाको मृत्यु हुँदा २ पाङ्ग्रे सवारी दुर्घटनामा मात्रै १ सय १७ जनाको मृत्यु भएको प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ । जसमध्ये ५८ जना पैदल यात्रीको समेत सवारी दुर्घटनामा परेर मृत्यु भएको प्रवक्ता भट्टले बताए ।
मुग्लिन–पोखरा सडकको विस्तारका लागि पश्चिम खण्डमा मुआब्जा वितरण शुरु
काठमाडौं । मुग्लिन–पोखरा सडक विस्तारका क्रममा तनहुँको पश्चिम खण्डमा मुआब्जा वितरण शुरु गरिएको छ । सडक विस्तार योजनाअन्तर्गत पश्चिम खण्डको म्याग्दे गाउँपालिकाको जामुनेदेखि शुक्लागण्डकी नगरपालिकाका कोत्रेसम्मका संरचना हटाउनका लागि मुआब्जा वितरण शुरु गरिएको हो । उक्त खण्डका एक सय ३८ संरचना हटाउनुपर्नेमा ४२ घरका लागि ४० लाख मुआब्जा रकम वितरण गरिएको सडक योजना (पश्चिम खण्ड) का प्रमुख अमित श्रेष्ठले जानकारी दिए। एक सय ३८ संरचना हटाउनका लागि दुई करोड ४५ लाख ३९ हजार छ सय ३३ मुआब्जा वितरण गरिने उनले बताए । व्यक्तिगत तथा सार्वजनिक घर टहरा, पर्खाललगायत संरचना हटाउन मुआब्ब्जा वितरण थालिएको बताइएको छ । सडकको मापदण्ड २५/२५ मिटर दायाँबायाँको क्षेत्रभित्र निर्माण गरिएका व्यक्तिगत तथा सार्वजनिक घरटहरा, पर्खाल लगायतका संरचना हटाउनका लागि आयोजना प्रभावितलाई क्षतिपूर्तिबापत मुआब्जा वितरण गरिएको श्रेष्ठले बताए । तनहुँका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित उपसमितिले म्याग्देको जामुनेदेखि शुक्लागण्डकीको कोत्रेसम्मका एक सय ३८ संरचनाको क्षतिपूर्ति रकम वितरण गर्ने निर्णय गरेको थियो । एसियाली विकास बैंकको ‘सेफगार्ड पोलिसी स्टेटमेन्ट’ अनुसार आयोजना प्रभावितलाई क्षतिपूर्ति रकम दिएर मात्र हटाउनुपर्ने व्यवस्था भएकाले मुआब्जा वितरण सुरु भएको आयोजना प्रमुख श्रेष्ठले बताए । आयोजनाले गत असार १९ गते सूचना प्रकाशित गरी संरचना धनीलाई सम्बन्धित पालिकाका वडा कार्यालयको सक्कल सिफारिस पत्र, नेपाली नागरिकताको प्रमाणपत्र, बैंक खाता नं र हालसालै खिचेको फोटो निवेदनमा टाँस गरी कार्यालयमा सम्पर्क राख्न आउन अनुरोध गरेको थियो । घरटहरा आदिका लागि क्षतिपूर्ति रकममध्ये आधा रकम पहिलो किस्ता स्वरुप लिई पहिलो किस्ताबापतको क्षतिपूर्ति रकम बुझेको मितिले एक महिनाभित्र सम्पूर्ण संरचना हटाइ सो को पुष्टि गरेपछि थप रकम भुक्तानी गरिने जनाइएको छ । आयोजना कार्यान्वयनमा आइपर्ने गुनासोको सुनुवाइ गर्नका लागि आयोजनाको दस्तावेज (पुर्नवास योजना) बमोजिम कार्य गर्न सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गुनासो सुनुवाइ समिति गठन गरिएको छ । समितिको सदस्यमा आयोजना प्रमुख, शुक्लागण्डकीका नगर प्रतिनिधि, म्याग्देका प्रतिनिधि, आयोजनाको परामर्शदाताका वातावरण विज्ञ र सामाजिक विज्ञ रहेका छन् । मुग्लिन–पोखरा राजमार्गलाई चार लेनको बनाउन तनहुँमा दुई खण्ड विभाजन गरी कामलाई अगाडि बढाइएको छ । पश्चिम ९जामुने–पोखरा० खण्डको ठेक्का यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सन कम्पनीले पाएको छ । उक्त कम्पनीले अहिले सडक फराकिलो बनाउने काम गरिरहेको छ । आयोजनाको पूर्वी खण्ड आँबुखैरेनी–जामुनेतर्फ पनि सडक चौडा बनाउने काम भइरहेको छ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । पूर्वी खण्डमा आर्थिक वर्ष २०७८/७९ को अवधिमा ५७ करोड चार लाख ४२ हजार ९६ खर्च भइसकेको छ । विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । असी किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको छ । पूर्वी खण्डको ठेक्का छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का सात अर्ब ४० करोड ४६ लाखमा लागेको छ । चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५/२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । डिजाइन अनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौडादेखि पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ । सडक चार लेनको बन्दा अहिले भएका पुलको ठाउँमा नयाँ पुल बन्नेछन् । आँबुखैरेनीदेखि पोखरासम्मको ८० किलोमिटर दुरीमा सडक चार लेन भएसँगै ३१ नयाँ मोटरेबल पुल निर्माण हुनेछन् । आँबुखैरेनीदेखि मुग्लिन खण्डको आठ किलोमिटर दुरीको भने डिजाइन हुँदैछ । यो खण्डमा हाल पृथ्वी राजमार्गको भएको स्थानमा मस्र्याङ्दी जलविद्युत् गृह रहेको छ । जलविद्युत् गृह र सडक फराकिलो बनाउन सकस हुने भएपछि सडकको रेखाङ्कन नै परिवर्तन गर्नुपरेको छ ।