काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले युवा स्वरोजगार सहुलियत कर्जाको सुरुवात गरेको छ । लघुवित्तलेको शाखा कार्यालय पालुङ्गटार गोरखाले यसको सुरुवात गरेको हो ।
लघुवित्तले आइतबार पालुङ्गटारमा वित्तीय साक्षरता तथा सहुलियत दरको कर्जा वितरण कार्यक्रमको आयोजना गरी वित्तीय संस्थामा आवद्ध उद्यमी सदस्यहरु मध्येका २४ जनालाई सहुलियतपूर्ण कर्जा वितरण गरेको छ ।
कार्यक्रमका संस्थाका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले सदस्यहरुको दिगो व्यवसाय विस्तार, प्रवर्धन र सवलीकरण गर्नको लागी साना तथा यूवा स्वरोजगार कोषसँग समन्वय गरी सहुलियत दरको कर्जा वितरण गरेको बताएका थिए ।
उनले आगामी दिनमा स्थानिय सरकारसँगको साझेदारीमा बिउ बिजनको वितरण, निशुल्क प्राविधीक एवंम् परामर्श सेवा उपलब्ध गराउने सफल उद्यमी सदस्यहरुको सफलता कथा घर घरमा लैजाने बताएका थिए ।
संस्थाले हाल हिमाल, पहाड र तराईका ३१ जिल्लाहरुमा ९३ वटा शाखा कार्यालयहरु मार्फत १ लाखभन्दा बढि सदस्यहरु लगानीमा रहिरहेको कर्जा ५ अर्ब ४५ करोड र सदस्यहरुबाट बचत संकलन १ अर्ब ३५ करोड रहेको प्रमुख अधिकृत न्यौपानेले जानकारी दिए ।