विकासन्युज

स्वास्थ्य मन्त्री खापुङ द्वारा सहयोगी सेनेटरि प्याड उधोगको उद्घाटन

काठमाडौं । महिला दिदीबहिनीहरुको लागि अति आबश्यक पर्ने सेनेटरी प्याड राजधानीमा नै उत्पादन गर्न थालिएको छ। काठमाडौंमा सहयोगी सेनेटरि प्याड उधोगको स्थापना गरि ूरोयल विङसू नामक प्याड उत्पादन तथा बिक्रि वितरण सुरु गरिएको हो । पछिल्लो समय जनचेतना वृद्धिका कारण सेनेटरी प्याडको प्रयोग गर्नेहरूको संख्या बढ्दै गएकाले प्याड उद्योग सञ्चालन गरिएको सहयोगी सेनेटरि प्याड उधोगका सञ्चालक गोमा खनालले बताइन् । सहयोगी सेनेटरि प्याड उधोगको अध्यक्ष गोमा खनालको सभापतित्वमा सम्पन्न भएको उद्घाटन समारोहमा प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी प्रसाद खापुङ, बिशेष अतिथिहरुमा घरेलु तथा साना उधोग महासंघका अध्यक्ष उमेश प्रशाद सिंह, पूर्व सहसचिब सुशील पाण्डे, काठमाडौं स्कुल अफ मेडिकल टेक्नोलोजीका डाइरेक्टर अमर अमात्य, मिस्ट कलेजका प्रमुख दिपेन्द्र यादब, एमएनबि बैंकका शाखा प्रमुख, समाजसेवी संचारकर्मी तथा कलाकार सूर्य चन्द लागायतका अतिथिहरु सहित अन्य बिशिष्ठ व्यक्तित्वहरु, संचारकर्मीहरु र स्थानियको बाक्लो उपस्थिति रहेको थियो। सेनेटरी प्याड प्रयोग गर्ने किशोरी तथा महिलाहरूको संख्या बढ्दै गएको समयमा देशका बिभिन्न सहरहरूका साथै भारतबाट निर्यात गरिएका प्याड भन्दा यस उद्योगमा उत्पादित प्याड सस्तो, गुणस्तरीय र राम्रो भएको खनालले बताइन् । ‘अझै पनि विभिन्न जिल्लाको ग्रामिण भेगका किशोरी तथा महिलाहरूले महिनावारी भएको बेला रुमाल, कपडा प्रयोग गर्नुहुन्छ, सफा नभएको, नधोएको, घाममा नसुकाएको प्याडको प्रयोग गर्नुहुन्छ, जसले गर्दा विभिन्न संक्रमण देखा पर्दछ, उपचारको लागी हजारौँ रुपैयाँ खर्च गर्नुपर्छ,’ उनले भनिन्, ‘सेनेटरी प्याड किन्दा केही महँगो पर्दछ्, तर स्वास्थ्यमा केही समस्या आउँदैन्, प्रयोग गर्ने सजिलो पनि हुन्छ ।’ त्यसैले सम्पूर्ण महिला दिदीबहिनीहरुलाई स्वदेशी उत्पादन रोयल विङसू प्याडको प्रयोग गर्न समेत खनालले आग्रह गरेकी छिन। सहयोगी सेनेटरी प्याड उद्योगको उद्घाटन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी प्रसाद खापुङले स्वास्थ्य मन्त्रालय मार्फत गरिने सहयोग गर्न संधै आफु तत्पर रहेको तर मुलुक माफिया तन्त्र र भ्रस्ट्चारको दलदलमा फसेको भन्दै सेनेटरि प्याड जस्तो संबेदनशील बस्तुलाई स्वदेशमा नै अनुदान दिएर उधोगहरु स्थापना गर्नुपर्ने समयमा बाहिर बाट आयात गर्न ९०५ प्रतिशत सम्म छुट दिएकोमा दुख ब्यक्त गरेका थिए । अन्य बक्ताहरुले स्वदेशी उत्पादनलाइ प्रोत्सहान गर्नु पर्ने, बित्तिय संस्थाहरुले सहुलियत तथा अनुदानमा कर्जा उपलब्ध गराउनुपर्ने, कर छुट गराउनुपर्ने तथा जनचेतना मुलक कार्यक्रमहरुको आयोजना गर्नुपर्ने भन्दै व्यवसायिक सफलताको शुभकामना ब्यक्त गरेका थिए। लामो समय इजराइल बसेर नेपाल फर्की आफ्नै देशमा उधोग संचालन गरि बिदेशिन बाध्य नेपाली युवाहरुलाई रोजगार दिन सफल गोमा खनाल सामाजिक कार्यमा समेत उत्तिकै सक्रिय महिलाको रुपमा परिचित छिन।

स्वास्थ्य टिप्स : सुत्केरी भएको कति दिनसम्म शारिरिक सम्पर्क गर्नु हुँदैन ?

एजेन्सी । प्रायः विवाहित जोडीहरू गर्भावस्थामा कति दिन र सुत्केरी पछि आफ्नो वैवाहिक जीवन फेरि सुरु गर्न सक्छन् भन्ने अन्योलमा हुन्छन्। कहिले काहिँ हिचकिचाहटले गर्दा मनमा यो प्रश्न राख्छ । डाक्टरसँग कुरा गर्दा पनि असहज महसुस हुन्छ । यदि तपाइँको मनमा पनि यस्तै प्रश्नहरु हुन सक्छन् । सुत्केरी भएपछि कति दिनसम्म रोमान्सबाट बच्ने र यौन सम्बन्ध बनाउँदा कस्ता कुराहरुमा ध्यान दिनुपर्छ त ? प्रसुती भएको कति दिनसम्म शारिरिक सम्बन्ध कायम नगर्ने ? अहिले धेरैजसो गर्भवतीले अप्रेसन गरेर बच्चा जन्माउने गर्दछन् । तर, अप्रेसन होस् वा सामान्य महिलालाई निको हुन लामो समय लाग्छ। प्रसव भएको केही दिनमै शारीरिक सम्बन्ध बनाउन थाल्यो भने सामान्य प्रसवपछि महिलाको स्वास्थ्यमा असर पर्न थाल्छ र अप्रेसन गरेको ठाउँमा टाँका लगाइन्छ । तसर्थ, दम्पतीहरूले बच्चा जन्मेको कम्तीमा ४ देखि ६ हप्तासम्म सम्बन्ध नराख्ने कुरामा ध्यान दिनुपर्छ । सामान्य प्रसव पछि यी सावधानीहरू अपनाउनुहोस् यदि कुनै महिला सामान्य तरिकाले सुत्केरी भएकी छन् भने र यस्तो अवस्थामा तपाई शारिरिक सम्बन्ध कायम गर्नुभयो भने भने यो समयमा संक्रमणको जोखिम बढ्न सक्छ । प्लेसेन्टा बाहिर निस्किँदा पाठेघरमा चोट लागेको छ । यो घाउ निको हुन समय लाग्छ । यस्तो अवस्थामा सम्बन्ध बनाउनुले महिलाको शरीरलाई पनि हानि पुर्याउँछ । त्यसैले सामान्यतया सुत्केरीपछि कम्तिमा डेढ महिनासम्म शारीरिक सम्बन्धबाट टाढा रहनुपर्छ । अप्रेसन प्रसुतीपछि यसो नगर्नुहोस् अप्रेसन गरेर बच्चा जन्माउँदा पेटको तल्लो भागमा धेरै टाँका हुन्छन्। यसबाट निको हुन महिलालाई धेरै समय लाग्छ। यस्तो अवस्थामा शारीरिक सम्बन्ध बनाउँदा यी टाँका फुट्ने खतरा हुन्छ । यदि टाँका खोले भने पाक्ने सम्भावना रहन्छ र यसले महिलाको स्वास्थ्यमा निकै नराम्रो असर पार्न सक्छ । तसर्थ, प्रसुती पछि, टाँका पूर्णतया सुख्खा नभएसम्म दूरी राख्नुपर्छ।

प्रदेश सरकार टिक्ने कि नटिक्ने भन्नेकुरा अबको ५ वर्षमा थाहा हुन्छ–गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी ५ वर्षमा प्रदेश सरकार रहने वा नरहने भन्ने विषयको टुंगो लाग्ने बताएका छन् । नेपाली काँग्रेस प्रदेशसभा क्षेत्रिय समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । उनले प्रदेश सरकार सञ्चालनको प्रक्रियामा सफल हुन नसकेको दाबी गरे । उनले प्रदेश सरकार सञ्चालन गर्ने प्रक्रियामा ५ वर्षसम्म संघीय सरकार र प्रदेश सरकार स्वयं पनि चुकेको बताए । उनले संघीय सरकारले प्रदेश किन बनाएको र के का लागि भन्ने कुरा नबुझ्दा नागरिक तहबाट हेर्दा प्रदेशप्रतिको औचित्य नरहेको बताए । महामन्त्री थापाले आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनपछि बनेको सरकारले पनि प्रदेश सरकारको औचित्य कामबाट, परिणामबाट स्थापित गर्न नसके प्रदेश नबच्ने दाबी गरे । उनले बाँकी ५ वर्ष प्रदेश सरकारका लागि अन्तिम परीक्षा भएकोले काम गर्न नसके प्रदेश सरकार रहन नसक्ने दाबी गरे । उनले भने, ‘हाम्रो संघीय व्यवस्थामा नै प्रदेशले जुन शक्ति आर्जन गर्नुपर्ने हो, जुन हैसियत आर्जन गर्नुपर्ने हो त्यो आर्जन गर्न सकिरहेको छैन । संघीय व्यवस्था बनाउँदै गर्दा हाम्रो स्पष्ट दृष्टिकोण थियो । किन तीन तहको सरकार बनायौँ भन्ने । सफलता प्राप्तिका लागि बनायौँ । तर प्रदेश सरकार सञ्चालनको प्रक्रियामा हामी सफल हुन सकेनौँ । यसलाई हमीले स्वीकार गर्नुपर्छ । संविधानको अभ्यास गर्ने क्रममा हामीले जे सोचेर प्रदेशहरु बनाएको हो, गएको ५ वर्षमा प्रदेश सरकारले त्यसरी सञ्चालन गर्ने क्रममा संघको सरकार पनि चुक्यो । हामीले प्रदेश किन बनाएको भन्ने कुरा बुझ्नै सकेनौँ । प्रदेश सरकार पनि चुक्यो । जस कारण नागरिक तहबाट हेर्दा प्रदेश किन चाहियो भन्ने प्रश्न उठेको अवस्था छ । संविधानले बनाएको संरचना ठिक ढंगले काम गर्न नसक्दै गर्दा पार्टीको संरचनामा रहेको प्रदेशलाई पनि कसरी काम गर्ने भन्ने अफ्ठ्यारो हुन्छ । यो मंसिरको निर्वाचनपछि जब ७ प्रदेशको संरचना फेरि बनाउँछाँै, यो ५ वर्ष त हाम्रा लागि नयाँ अनुभव पनि भयो । अब आउने ५ वर्षमा पनि हामीले प्रदेश सरकारको औचित्य कामबाट, परिणामबाट स्थापित गर्न सकेनौँ भने हामीले ल्याएको, हामीले भनेको, संविधानमा छ भनेर मात्रै यो बाच्दैन । यो बाच्ने कि नबाच्ने भन्ने कुरा हाम्रो कर्ममा भर पर्छ । प्रदेश सरकार टिक्ने कि नटिक्ने भन्नेकुरा अबको ५ वर्षमा थाहा हुन्छ । यसले काम गर्न सकेन भने यो टिक्दैन ।’ महामन्त्री थापाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारले ल्याएको दाबी गरे । उनले माधवकुमार नेपालको पालाबाट क्रमशः झलनाथ खनाल, डा.बाबुराम भट्टराई र प्ष्पकमल दाहाल हुँदै अहिले शेरबहादर देउवा नेतृत्वको सरकारमा सम्झौता स्वीकृत भएको बताए । उनले नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महत परराष्ट्रमन्त्री हुँदा चीनको बीआरआई सम्झौतामा हस्ताक्षर भएको पनि बताए । उनले एसपीपीले प्रकारान्तमा नेपाललाई अफ्ठ्यारो पार्ने भएकोले खारेज गरेको बताए । महामन्त्री थापाले केही समयअघि मात्रै परराष्ट्रमन्त्री डा. नारायण खड्का चीन भ्रमणमा जाँदा चीन नीतिमा प्रतिवद्ध रहेको बताउनुभएको भन्दै नेपाली काँग्रेस एक चीन नीतिमा अडिग रहने स्पष्ट पारे । उनले भने, ‘हामीले संयुक्त राज्य अमेरिकासँग गरेको सम्झौता एमसीसी सरकारमा हुँदा र नहुँदा एउटै मतमा छौँ । यो प्रारम्भ नेपाल कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालको नेतृत्वमा हो । अझ माधव नेपालको बेलामा प्रारम्भ भएर झलनाथ खनाल हुँदै, बाबुराम भट्टराई, पुष्पकमल दाहाल हुँदै यहाँसम्म आइपुगेको हो । एमसीसी सम्झौता झैँ नेपाली काँग्रेसकै नेता डा. प्रकाशशरण महत परराष्ट्रमन्त्री हुँदा बीआरआईमा पनि हस्ताक्षर गरेका हौँ । एसपीपीको बारेमा अस्ति भर्खर चर्चा भयो । त्यसमा हस्ताक्षर गरे प्रकारान्तले नेपाल कुनै एउटा कित्तामा उभिनुपर्छ भनेर त्यसलाई खारेज गरेका छौँ । भर्खरै परराष्ट्रमन्त्री डा. नारायण खड्का चीन गएर आउनु भयो । अमेरिका र चीनको यत्रो झगडा भइरहेको बेलामा उहाँले नेपाल एक चीन नीतिमा अडिग छ भनेर आउनु भयो । अमेरिकाले त काँग्रेसको नेतृत्वमा रहेको नेपाल सरकारले अमेरिका र चीनको बीचमा लडाईं भएको बेलामा अमेरिकाको पक्षमा बोलोस् भन्ने चाहेको होला ।’ महामन्त्री थापाले आगामी निर्वाचन जितेपछि सरकारले के गर्छ भन्ने योजना बनाउन अपरिहार्य रहेको बताए । उनले पूर्व प्रधानमन्त्री वा सरकारले काम गर्न सकेन भनेर अबपनि काम नगर्ने छुट नरहेको बताए ।

महंगीमा ग्यास सिलिन्डर बचाउनु छ भने अपनाउनुहोस् यी टिप्स

एजेन्सी । अहिलेको मुद्रास्फीतिको युगमा एलपी ग्यासको मूल्यले सर्वसाधारणको खल्तीमा भारी भार परेको छ । ग्यास सिलिन्डरको भाउ बढेपछि सर्वसाधारण मर्कामा परेका छन् । भान्साको बजेट पनि खस्किएको छ । यस्तो अवस्थामा महिलाहरूले पनि ग्यासको खपत कम गर्नका लागि किचनमा आफ्नो मनपर्ने परिकार बनाउनबाट जोगाउँछन्। तर के तपाईलाई थाहा छ केहि यस्ता उपायहरु छन् जसलाई अपनाएर तपाईले कम ग्यास खर्च गरेर धेरै कमाउन सक्नुहुन्छ । आज हामी तपाईलाई खाना पकाउँदा यस्तै टिप्स बताउँदैछौं, जसलाई ध्यान दिएर तपाईले ग्यासको खर्च घटाउन सक्नुहुन्छ । खाना पकाउँदा सुख्खा भाँडाहरू प्रयोग गर्नुहोस् यदि तपाई चाहानुहुन्छ कि ग्यासको खपत कम होस् र तपाईको सम्पूर्ण खाना कम ग्यासमा पकाउन सकियोस् भने तपाईले यो विधि अपनाउन सक्नुहुन्छ। यदि तपाइँ केहि पकाउन जाँदै हुनुहुन्छ भने, यसलाई सुक्खा भाँडामा मात्र पकाउनुहोस्। यदि भाँडाहरू भिजेको छ भने, पहिले राम्ररी सुकाउनुहोस् र त्यसपछि प्रयोग गर्नुहोस्, यसले कम ग्यास खर्च गर्नेछ। किनकी भिजेको भाँडोमा खाना पकाउँदा ग्यास बढी खपत हुन्छ । फ्रिजबाट निकाल्ने वित्तिकै नउमाल्नुहोस घरमा फ्रिजमा धेरै चीजहरू राखिन्छ, जस्तै दूध, तरकारी र अन्य चीजहरू। धेरै पटक हामी फ्रिजबाट सामान निकाल्छौं र सीधै पकाउन थाल्छौं। यसले धेरै ग्यास खपत गर्छ र यो चाँडै समाप्त हुन्छ। त्यसैले फ्रिजबाट कुनै पनि वस्तु निकाल्दा एक वा दुई घण्टा बाहिर राख्नुहोस् । यस पछि, जब यो कोठाको तापक्रममा आउँछ, यसलाई पकाउनुहोस् वा उमाल्नुहोस्, यसले ग्यास बचाउँछ र यो सजिलै पकाउँछ। प्रेसर कुकरमा खाना पकाउनुहोस्, ग्यास बचाउनुहोस् प्रेसर कुकरमा दाल, भात, तरकारी वा मासु पकाउन कम ग्यास प्रयोग गरिन्छ। यदि तपाइँसँग माइक्रोवेभ छ भने, मासु वा कुखुरालाई आधा पकाउनुहोस् र पछि तपाइँ यसलाई प्रेसर कुकरमा पकाउन सक्नुहुन्छ। यसले ग्यासको खपत कम गर्नेछ र यो छिट्टै समाप्त हुनेछैन। नन स्टिक प्यानको साथ ग्यास बचत गर्नुहोस् तपाईं नन स्टिक प्यान प्रयोग गरेर ग्यास बचत गर्न सक्नुहुन्छ। जब ग्यास सकिन लागेको छ र कम बलिरहेको छ, तब तपाईले नन स्टिक प्यान प्रयोग गर्नुहोस्। यसमा खाना पकाउन सजिलो छ र यो उत्तम हुन्छ। यसले ग्यासको खपत पनि घटाउँछ।

गण्डकीमा मागको ३० प्रतिशत मात्रै बीउ उत्पादन

वालिङ । गण्डकी प्रदेशमा आवश्यकमध्ये ३० प्रतिशतमात्रै बीउ उत्पादन हुने गरेको छ । प्रदेशका एघार जिल्लामा आवश्यक पर्ने खाद्यान्न तथा तरकारी बालीको बीउ तथा उन्नत जातका बीउ ७० प्रतिशत अन्यत्रबाट आयात गर्नुपर्ने अवस्था छ । वार्षिकरुपमा गण्डकीका लागि छ हजार २०० मेट्रिक टन धानको बीउ, पाँच हजार २८ मेट्रिक टन मकैको बीउ, चार हजार ८०० मेट्रिक टन गहुँको बीउ र ३२ हजार मेट्रिक टन आलुको बीउ आवश्यक पर्ने कृिष विकास श्रोत केन्द्र स्याङ्जाका बाली विकास अधिकृत सुदीप रेग्मीले जानकारी दिए । ‘गण्डकीका एघारवटै जिल्ला कार्यक्षेत्र रहेको कृषि विकास श्रोत केन्द्रले विशेष गरी बीउ खाद्यान्न तथा तरकारीबालीका विभिन्न प्रजातिका बीउ उत्पादनका क्षेत्रमा काम गर्दै आएको छ,’ उनले भने, ‘हाल गण्डकी प्रदेशभित्र बीउ उत्पादनका लागि सूचिकृत भएका समूह सहकारी तथा निजी क्षेत्रले उत्पादन गरेको बीउले मात्र ३० प्रतिशत माग धानेको छ ।’ थप आवश्यक बीउ अन्यत्रबाट मगाउने गरिएको छ । अधिकांश कृषकले पुरानै बीउ र हाईब्रिड बीउ प्रयोग गर्दै आएका छन् । कृषक समूह, सहकारी तथा निजी क्षेत्रको अलावा गण्डकीमा सङ्घीय कार्यालयअन्तर्गत मुस्ताङको मार्फास्थित शितोष्ण बागवानी विकास केन्द्रले विशेष गरी रायो, मुला, गाँजर, बन्दा, काउली, आलुलगायतको बीउ उत्पादन गर्दै आएको रेग्मीले बताए। गुणस्तर जाँच्न प्रदेशस्तरीय बीउ बिजन प्रयोगशाला रहेको छ । गण्डकीमा खाद्यान्न तथा तरकारी बालीको श्रोत बीउ उत्पादनका लागि कृषि अनुसन्धान निर्देशनाय लुम्ले र बागवानी अनुसन्धान केन्द्र मालेपाटन पोखरा रहेको छ । आवश्यकता र सम्भावना अनुसार गण्डकीमा खाद्यान्न तथा बालीको श्रोत बीउको उत्पादन, प्रशोधन तथा बजारीकरणसम्बन्धी काम सञ्चालन तथा सहजीकरण गर्न साविकको रेशम विकास कार्यक्रम वालिङ, स्याङ्जाको कार्य विवरण थप गर्दै कृषि विकास श्रोत केन्द्र स्थापना भएको छ । ‘गण्डकी सरकारको आव २०७६÷७७ को नीति तथा कार्यक्रमले कृषि क्षेत्रको आधुनिकीकरण, यान्त्रिकीकरण, व्यावसायीकरण र सिचाइको सुनिश्चिताता गरी उत्पादन र उत्पादकत्व बढाउने गरिएको छ,’ उनले भने, ‘तीन वर्षमा मुख्य मुख्य उत्पादनमा आत्मनिर्भर हुने र पाँच वर्षमा खाद्यान्न उत्पादन दोब्बर बनाउने लक्ष्यकासाथ काम भइरहेको छ ।’ लक्ष्य प्राप्तिका लागि गुणस्तरीय बीउको प्रयोगमा ध्यान दिइएमा मात्रै २० देखि २५ प्रतिशत बालीको उत्पादन वृद्धि हुने रेग्मी बताउनुहुन्छ । बीज वृद्धि कार्यक्रमका लागि गण्डकीमा ६१ कृषक समूह, सहकारी तथा निजी क्षेत्र मुल बीउ तथा उन्नत बीउ बिजन उत्पादनका लागि सूचिकृत छन् । सबैभन्दा धेरै स्याङ्जामा मात्रै खाद्यान्न तथा तरकारी बालीका २१ समूह र सहकारी छन् । गण्डकीको कूल भूमिमध्ये २२ दशमलव २ प्रतिशत भू–भाग खेतीयोग्य छ । प्रदेशमा चार लाख ८७ हजार ८२३ हेक्टर क्षेत्रफलमध्ये ७६ प्रतिशत जमिनमा मात्रै खेती गरिएको छ । बाँकी जग्गा बाँझो रहेको रेग्मीले जानकारी दिए।

धवलागिरिमा धमाधम जलविद्युत् आयोजना बन्दै

म्याग्दी । धवलागिरि गाउँपालिका भएर बग्ने म्याग्दी र सहायक नदीमा जलविद्युत् आयोजना निर्माण हुन थालेका छन् । सर्वेक्षण र प्रक्रिया पूरा गरेर अनुमति पाएका धेरै आयोजना वर्षौंपछि निर्माणको प्रक्रियामा अघि बढेका हुन् । नेपाल विद्युत् प्राधिकरणले म्याग्दीको पश्चिमी भेगमा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय ग्रिडमा जोड्न प्रसारण लाइन र सवस्टेशन बनाउन थालेपछि प्रवद्र्धक सक्रिय बनेका गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताए। प्राधिकरणले मालिका गाउँपालिका–७ मा एक सय ३२ केभी क्षमताको सवस्टेशन र त्यहाँदेखि राहुघाट जोड्ने प्रसारण लाइन निर्माण थालेको छ । डाँडाखेत सवस्टेशन र प्रसारण लाइन निर्माण हुन थालेपछि अनुमति लिएर बसेका प्रवद्र्धक सक्रिय भएका हुन् । सन् २०२४ भित्र डाँडाखेत सवस्टेशन र प्रसारण लाइन निर्माण गर्ने तयारीसहित काम थालिएको डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाका प्रमुख रोशन अग्रवालले बताउनुभयो । विद्युत् विकास विभागका अनुसार धवलागिरि गाउँपालिका भएर बग्ने म्याग्दी र सहायक नदीमा दुई सय ३८ दशमलव २३ मेगावाट क्षमताको १३ जलविद्युत् आयोजना निर्माणाधीन र निर्माणका क्रममा छन् । जलविद्युत् आयोजनाले मालिका गाउँपालिकाको शिवरात्रि खोलादेखि भारवाङ, कल्लेनी, छहरी, खारा, खाम्ला हुँदै नाउरासम्म १० किलोमिटरभन्दा बढी सडक मार्ग खोलेका छन् । शिवरात्री खोलाको पहरामा अड्किएको सडक निर्माण कार्य धवलागिरि गाउँपालिकाले बजेट विनियोजन गरेर सफल बनाएको थियो । शिवरात्री खोलामा मार्ग खोलेपछि त्यसअघि सडक निर्माण भएको हो । विभागका अनुसार हाइड्रो इम्पायर प्राली काठमाडौँले धवलागिरि–४ मा ३७ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत् आयोजना निर्माणको अनुमति लिएको छ । आयोजनाका अध्यक्ष जीतबहादुर घर्तीले पहुँचमार्ग निर्माण सकेपछि सुरुङ, विद्युत्गृह निर्माण थाल्ने तयारी भएको बताए । सिन्कोस र म्याग्दी खोलाको दोभानभन्दा एक सय ३० मिटर तल म्याग्दी खोलाको दायाँ किनारमा आयोजनाको बाँध प्रस्ताव गरिएको छ । धौलागिरि हिमालको फेदी भएर बग्ने म्याग्दी नदीबाट विद्युत् उत्पादनका लागि विद्युत् विकास विभागबाट तीन आयोजनाले निर्माणको अनुमति पाएका छन् । त्रिपन्न दशमलव मेगावाट क्षमताको अपर म्याग्दी पहिलो, १४ दशमलव ७० मेगावाट क्षमताको मुदीखोला र ५७ दशमलव ३० मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माणको अनुमति लिएका छन् । म्याग्दीखोला जलविद्युत् आयोजनाको प्रवद्र्धक हाइड्रो भिलेज प्राली र ऊर्जा डेभलपर्सबीच हालै लगानी सम्झौता भएको छ । अपर म्याग्दी जलविद्युत् आयोजनाले छहरीमा साइट कार्यालयको भवन बनाउन थालेको छ । धवलागिरि–४ मा दोर्दीखोला जलविद्युत् कम्पनी लिमिटेडले २३ दशमलव ७० मेगावाट क्षमताको म्याग्दीखोला ‘ए’ र धवलागिरि–१ गुर्जामा १५ मेगावाट क्षमताको धौलाखोला जलविद्युत् आयोजना निर्माणको प्रक्रियामा छन् । एभरेष्ट इनर्जी एण्ड इन्फ्राइस्टक्चर प्रालीले धवलागिरि–४ मा १४ दशमलव ७० मेगावाट क्षमताको मुदीखोला निर्माणको अनुमति पाएको छ । सुसमित हाइड्रोपावर लिमिटेडले धवलागिरिमा २० मेगावाट क्षमताको कुनबान खोला जलविद्युत् आयोजना निर्माणका लागि अनुमति मागेको छ । दरखोला हाइड्रोपावर लिमिटेडले छ दशमलव पाँच मेगावाट क्षमताको दरखोला साना जलविद्युत् आयोजना, सिम्कोश हाइड्रोपावर लिमिटेडले धवलागिरि–४ मा तीन दशमलव ४५ मेगावाट क्षमताको सिम्कोश जलविद्युत् आयोजना, फ्रेस वाटर इनर्जी नेपालले धवलागिरि–४ मुदीमा १२ दशमलव ७३ मेगावाट क्षमताको अपर मुदी, सुसमित इनर्जीले धवलागिरि–४ मुदीमा नौ दशमलव पाँच मेगावाट क्षमताको म्याग्दीखोला ‘बि’ जलविद्युत् आयोजना सर्वेक्षणको अनुमति लिएको छ । प्रकाश जोशीले धवलागिरि गाउँपालिकाको मुदीमा चार दशमलव छ मेगावाट क्षमताको तिरिजा खोला जलविद्युत् आयोजना सर्वेक्षणको अनुमति लिएका छन् । जलविद्युत् आयोजना भित्रिएसँगै सडकलगायत भौतिक पूर्वाधार निर्माणले गति लिने, आयोजनाले बनाएका पूर्वाधारबाट सर्वसाधारणलाई सुविधा पुग्ने, रोजगारी र लगानीको अवसर पाउनुका साथै दीर्घकालीन हिसाबले गाउँपालिकालाई विद्युत् रोयल्टी आम्दानी हुने सम्भावना छ ।

भारतको विदेशी मुद्रा सञ्चिति ५७० अर्ब ७४ करोड डलरमा झर्यो

ऐजेन्सी । भारतको विदेशी मुद्रा सञ्चिति निरन्तर ओरालो लागेको र यसपटकको तथ्यांकमा विदेशी मुद्रा सञ्चितिमा कमी आएको छ । अगस्ट १२, २०२२ मा समाप्त भएको सातामा देशको विदेशी मुद्रा सञ्चिति २.२३ अर्ब डलरले घटेर ५७०.७४ अर्ब डलर पुगेको छ । भारतीय रिजर्भ बैंक (आरबीआई) ले यो जानकारी दिएको हो। रिजर्भ बैंकले जारी गरेको साप्ताहिक तथ्याङ्क अनुसार भदौ १२ गते समाप्त भएको सातामा विदेशी मुद्रा सञ्चिति घट्नुको मुख्य कारण कुल मुद्रा सञ्चितिको महत्वपूर्ण हिस्सा रहेको विदेशी मुद्रा सम्पत्तिको ह्रास हो । यसअघि भदौ ५ गतेको सातामा विदेशी विनिमय सञ्चिति ८९ करोड ७० लाख डलरले घटेर ५७२ अर्ब ९७ करोड डलरमा झरेको थियो । साप्ताहिक तथ्याङ्कअनुसार समीक्षा अवधिमा विदेशी मुद्रा सम्पत्ति (एफसीए) २ अर्ब ६५ करोड डलरले घटेर ५०६ अर्ब ९९ करोड डलर पुगेको छ । डलरमा व्यक्त गरिएको विदेशी मुद्रा भण्डारमा राखिएको विदेशी मुद्रा सम्पत्तिहरूमा यूरो, पाउन्ड र येन जस्ता गैर(अमेरिकी मुद्राहरूमा मूल्यह्रास वा मूल्यह्रासको प्रभाव समावेश हुन्छ। सुनको भण्डारमा भने वृद्धि तथ्यांकअनुसार समीक्षा अवधिमा सुनको सञ्चिति मूल्य ३० करोड ५० लाख डलरले बढेर ४० अर्ब ६१ करोड डलर पुगेको छ । उल्लेखनीय कुरा के छ भने विश्व गोल्ड काउन्सिलले जारी गरेको प्रतिवेदनमा भारतको सुनको माग ४३ प्रतिशतले बढेको छ र आगामी त्रैमासमा यो अझै बढ्ने अनुमान गरिएको छ । (एसडीआर) गिरावट समीक्षा अन्तर्गतको हप्तामा, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँगको विशेष ड्राइंग अधिकार (एसडीआर) १०.२ मिलियन डलरले बढेर १८.१३ बिलियन पुगेको छ। जबकि आईएमएफमा रहेको देशको मुद्रा सञ्चिति ७ करोड डलरले बढेर ४ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ ।

धनी देशद्वारा मनोमानी ढंगले इन्धन उपभोग, चर्को मूल्यका कारण गरिब देशमा महंगी र अशान्ति

एजेन्सी । रुस–युक्रेन युद्ध लम्बिँदै गएको छ । यी दुई देश मात्रै नभई विश्वका प्रायः सबै देशले यसको मूल्य तिरिरहेका छन् । खासगरी उदीयमान अर्थतन्त्रका सरकारहरू मुद्रास्फीतिबाट पिडित जनतालाई इन्धन उपलब्ध गराउन संघर्ष गरिरहेका छन् । यसबाट नेपाल लगायत दक्षिण यशियाका मुलुकहरु पनि प्रभावित भएका छन् । प्राकृतिक ग्यास वितरण गर्ने कम्पनी ग्यास अथोरिटी अफ इन्डिया लिमिटेडले उपभोक्तालाई पर्याप्त तरल प्राकृतिक ग्यास (एलएनजी) उपलब्ध गराउन सकेको छैन । पेट्रोकेमिकल प्लान्ट र मल कम्पनीहरूलाई आपूर्ति बन्द गर्न बाध्य पारिएको छ । लामो समयदेखि नेपाल आयल निगमपनि अरबौं रुपैयाँ घाटामा सञ्चालन भइरहेको छ । पछिल्लो दुई वर्षमा तरल प्राकृतिक ग्यासको मूल्य १३ सय प्रतिशतले बढेको छ । गरिब देशको समस्या बढ्यो रुस–युक्रेन युद्ध सुरु भएदेखि अर्थात् यस वर्षको फेब्रुअरीदेखि एलएनजीको मूल्य १५० प्रतिशतले बढेको छ । यति हुँदाहुँदै पनि विश्वका धनी देशहरूले मनमानी ढंगले इन्धन उपभोग गरिरहेका छन् । अर्कोतर्फ गरिब देशका जनतालाई इन्धन उपलब्ध गराउन गाह्रो भइरहेको छ । पाकिस्तानमा कालोपत्रको अवस्था, बंगलादेशमा बिजुली बचाउन बेलुका ८ बजेदेखि बजार बन्द गर्नुपर्ने बाध्यता छ । अर्कोतर्फ मेक्सिकोमा बढ्दो बिजुलीको महसुलबाट जनतालाई राहत दिन सरकारले अनुदान बढाउनु परेको छ । विकासशील देशहरूको ऊर्जा आयात बिलमा तीव्र वृद्धि ऊर्जा व्यवसायीका अनुसार भारत र पाकिस्तानका लागि निश्चित ग्यासको आपूर्ति युरोपमा हुने गरेको छ । युरोपेली मुलुकले महँगो मूल्य तिरेर एलएनजी खरिद गरिरहेका छन् । फलस्वरूप, विकसित देशहरूको लागि ऊर्जा आयात बिल उनीहरूको जीडीपीको २ देखी ४ प्रतिशत जति उच्च छ, तर विकासशील देशहरूको लागि यो जीडीपीको २५ प्रतिशत भन्दा बढी पुगेको छ। मुद्राको अवमूल्यनका कारण अवस्था झन् विकराल बन्दै गएको छ । युनिभर्सिटी अफ ह्युस्टनका सहायक प्राध्यापक सुसान कास्मारका अनुसार ऊर्जा सङ्कटले विश्वभर नागरिक अशान्ति निम्त्याइरहेको छ ।