धनी देशद्वारा मनोमानी ढंगले इन्धन उपभोग, चर्को मूल्यका कारण गरिब देशमा महंगी र अशान्ति

<p>एजेन्सी । रुस–युक्रेन युद्ध लम्बिँदै गएको छ । यी दुई देश मात्रै नभई विश्वका प्रायः सबै देशले यसको मूल्य तिरिरहेका छन् । खासगरी उदीयमान अर्थतन्त्रका सरकारहरू मुद्रास्फीतिबाट पिडित जनतालाई इन्धन उपलब्ध गराउन संघर्ष गरिरहेका छन् । यसबाट नेपाल लगायत दक्षिण यशियाका मुलुकहरु पनि प्रभावित भएका छन् । प्राकृतिक ग्यास वितरण गर्ने कम्पनी ग्यास अथोरिटी अफ [&hellip;]</p>

एजेन्सी । रुस–युक्रेन युद्ध लम्बिँदै गएको छ । यी दुई देश मात्रै नभई विश्वका प्रायः सबै देशले यसको मूल्य तिरिरहेका छन् । खासगरी उदीयमान अर्थतन्त्रका सरकारहरू मुद्रास्फीतिबाट पिडित जनतालाई इन्धन उपलब्ध गराउन संघर्ष गरिरहेका छन् । यसबाट नेपाल लगायत दक्षिण यशियाका मुलुकहरु पनि प्रभावित भएका छन् ।

प्राकृतिक ग्यास वितरण गर्ने कम्पनी ग्यास अथोरिटी अफ इन्डिया लिमिटेडले उपभोक्तालाई पर्याप्त तरल प्राकृतिक ग्यास (एलएनजी) उपलब्ध गराउन सकेको छैन । पेट्रोकेमिकल प्लान्ट र मल कम्पनीहरूलाई आपूर्ति बन्द गर्न बाध्य पारिएको छ । लामो समयदेखि नेपाल आयल निगमपनि अरबौं रुपैयाँ घाटामा सञ्चालन भइरहेको छ । पछिल्लो दुई वर्षमा तरल प्राकृतिक ग्यासको मूल्य १३ सय प्रतिशतले बढेको छ ।

गरिब देशको समस्या बढ्यो
रुस–युक्रेन युद्ध सुरु भएदेखि अर्थात् यस वर्षको फेब्रुअरीदेखि एलएनजीको मूल्य १५० प्रतिशतले बढेको छ । यति हुँदाहुँदै पनि विश्वका धनी देशहरूले मनमानी ढंगले इन्धन उपभोग गरिरहेका छन् । अर्कोतर्फ गरिब देशका जनतालाई इन्धन उपलब्ध गराउन गाह्रो भइरहेको छ । पाकिस्तानमा कालोपत्रको अवस्था, बंगलादेशमा बिजुली बचाउन बेलुका ८ बजेदेखि बजार बन्द गर्नुपर्ने बाध्यता छ । अर्कोतर्फ मेक्सिकोमा बढ्दो बिजुलीको महसुलबाट जनतालाई राहत दिन सरकारले अनुदान बढाउनु परेको छ ।

विकासशील देशहरूको ऊर्जा आयात बिलमा तीव्र वृद्धि
ऊर्जा व्यवसायीका अनुसार भारत र पाकिस्तानका लागि निश्चित ग्यासको आपूर्ति युरोपमा हुने गरेको छ । युरोपेली मुलुकले महँगो मूल्य तिरेर एलएनजी खरिद गरिरहेका छन् । फलस्वरूप, विकसित देशहरूको लागि ऊर्जा आयात बिल उनीहरूको जीडीपीको २ देखी ४ प्रतिशत जति उच्च छ, तर विकासशील देशहरूको लागि यो जीडीपीको २५ प्रतिशत भन्दा बढी पुगेको छ। मुद्राको अवमूल्यनका कारण अवस्था झन् विकराल बन्दै गएको छ । युनिभर्सिटी अफ ह्युस्टनका सहायक प्राध्यापक सुसान कास्मारका अनुसार ऊर्जा सङ्कटले विश्वभर नागरिक अशान्ति निम्त्याइरहेको छ ।

Share News