विकासन्युज

मेरो सेयर एप अब आइवोएसमा पनि

काठमाडौं । सिडिएस एण्ड किल्यिरङको एप मेरो सेयर अब आइवोएस भर्सनमा पनि उपलब्ध भएको छ । यसअघि एनड्रोइड भर्सनमा  मात्र उपलब्ध रहेको यस अप सोमबारबाट आइवोएस भर्सनमा पनि उपलब्ध भएको हो । योसँग अब एप्पलको एप स्टोरबाट मेरो सेयर एप डाउनलोड गरेर प्रयोग गर्न सकिनेछ । एप्पल प्रयोगकर्ताहरुले सिडिएसको लोगो अंकित भएको तथा सेलर इन्फर्मेसनमा सिडिएस एण्ड क्लियरिङ लेखिएको एप डाउनलोड गरी प्रयोग गर्न सक्नेछन् ।

नबिल र एनबि मर्चेन्ट बैंक ५ महिनाभित्र मर्ज हुनैपर्ने

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग र नेपाल बङ्गलादेश क्यापिटलबीच अनिवार्य मर्ज  गर्नुपर्ने भएको छ । नेपाल धितोपत्र बोर्डको नियम अनुसार यी दुइ मर्चेन्ट बैंकबीच अनिवार्य मर्जरमा जानु पर्ने भएकाे हाे । यी मर्चेन्ट बैंकका माउ कम्पनी नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई गाभेपछि यी दुई मर्चेन्ट बैंकबीच पनि मर्ज हुनुपर्ने बाध्यता आएकाे हाे । धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) नियमावली, २०६४ को नियम २९ को ‘क’ मा कम्पनी एक आपसमा गाभिन वा कुनै एकले प्राप्त गर्न सक्ने व्यवस्था गरेको छ । नियमावलीको नियम २९ को ‘क’ (१) मा सहायक कम्पनी स्थापना गरी मर्चेन्ट बैंकिङ्ग व्यवसाय सञ्चालन गरिरहेका बैंक वा वित्तीय संस्था एक आपसमा गाभिएमा वा कुनै एकले प्राप्त (मर्जर वा एक्विजिसन) गरेमा एक मात्र सहायक कम्पनी कायम गरी मर्चेन्ट बैंकिङ्ग व्यवसाय सञ्चालन गर्नु पर्ने व्यवस्था गरिएको छ । नेपाल बङ्गलादेश क्यापिटलमा तत्कालीन नेपाल बङ्गलादेश बैंकको सेयर स्वामित्व र नबिल इन्भेष्टमेन्टमा नबिल बैंकको सेयर स्वामित्व छ । सोही कारण यी दुई मर्चेन्ट बैंकबीच मर्ज हुनै पर्ने भएको हो । साथै, अबको ५ महिनाभित्र मर्ज तथा प्राप्ति भइसक्नुपर्ने बाध्यता छ । धितोपत्र व्यवसायी नियमावली, २०६४ को उपनियम २ मा गाभिने वा प्राप्त गर्ने कार्य सम्पन्न भएको ६ महिनाभित्र मर्चेन्ट बैंकिङ्ग व्यवसायको लागि एक मात्र सहायक कम्पनी कायम गरी सक्नु पर्ने उल्लेख छ । अर्थात् बैंक तथा वित्तीय संस्था वा माउ कम्पनीबीच एकीकृत कारोबार भएको ६ महिनाभित्र सहायक कम्पनी वा मर्चेन्ट बैंक पनि मर्ज हुनैपर्ने नेपाल धितोपत्र बोर्डले बताएकाे छ । नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति गरेर एकीकृत कारोबार गरेको एक महिनाभन्दा बढी भइसकेको छ । दुबै बैंकबीच गत असार २७ गते एकीकृत कारोबार भएको थियो । सोही कारणले पनि बङ्गलादेश क्यापिटल र नबिल इन्भेष्ष्टमेन्ट बैंकिङ्गबीच अबको ५ महिनाभित्र मर्ज हुनै पर्नेछ । यदि ५ महिनाभित्र दुबै मर्चेन्ट कम्पनी मर्ज वा एक्वीजिशन नभएमा धितोपत्र सम्बन्धी ऐन, २०६३ बमोजिम कारवाही हुने बोर्डले बताएको छ । नेपाल बङ्गलादेश क्यापिटलमा एनबी बैंकको शतप्रतिशत लगानी रहेको छ भने नबिल इन्भेष्टमेन्ट बैंकिङ्गमा नबिल बैंकको ५२ प्रतिशत र सि.जी फिन्कोे ४८ प्रतिशत सेयर सेयर स्वामित्व छ । दुबै मर्चेन्ट बैंकको चुक्ता पूँजी २०/२० करोड रुपैयाँ छ । नबिल इन्भेष्टमेन्ट बैंकिङ्गका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनिस नारायण जोशीले मर्जर सम्बन्धी निर्णय संचालक समितिले गर्ने बताए । पूँजी बढाएर अघि बढ्यो भने कम्पनी बलियो बन्ने उनको भनाइ छ ।

बैंक अफ काठमाण्डूका ग्राहकलाई द बर्गर हाउसमा १२ प्रतिशत छुट

काठमाडौं । बैंक अफ काठमाण्डू र द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेनबीच सम्झौता भएको छ । बैंक र रेष्टुरेन्टबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकलाई १२ प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको हो । यस सम्झौता पश्चात् बैंकका ग्राहकले महालक्ष्मीस्थानस्थित द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेनको सेवाहरुमा एकमुष्ठ १२ प्रतिशत छुट पाउनेछन् । उक्त छुटको उपयोग गर्नको लागि ग्राहक महानुभावहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । हालसम्म बैंक अफ काठमाण्डूले १०३ शाखा कार्यालयहरु, ९८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

अभियान लघुवित्तको सेयर रजिष्ट्रारमा कुमारी क्यापिटल

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाको सेयर रजिष्ट्रारमा कुमारी क्यापिटल नियुक्त भएको छ । सो सम्बन्धमा दुई संस्थाबीच एक आपसमा सम्झौता भएको हो । जसमा कुमारी क्यापिटलका तर्फबाट पुष्प शर्मा र अभियान लघुवित्तको तर्फबाट रोशन कुमार अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतासँगै अब धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, सेयर दाखिल खारेज गर्ने, नामसारी गर्ने र सेयरधनिहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्यहरु कुमारी क्यापिटल लिमिटेड, नागपोखरी, नक्साल, काठमाण्डौं मार्फत उपलब्ध गराउने क्यापिटलले जनाएको छ । संस्थाले ७ वटै प्रदेशका २१ जिल्लामा रहेको ६० वटा शाखा मार्फत लघुवित्त सेवा पदान गर्दै आएको छ । राष्ट्रिय स्तरको अभियान लघुवित्तले सर्वसाधारणलाई सेयर जारी गरे पश्चात चुक्ता पुँजी २५ करोड रुपैयाँ पुर्याएको छ ।

स्मार्टडोकोको ‘फादर्स डे अफर’ मा ३३ प्रतिशतसम्म छुट

काठमाडौं । स्मार्टडोकोले ‘फादर्स डे अफर’ ल्याएको छ । आईएमएस ग्रुप अन्तर्गतको स्मार्टडोकोले बुवाको मुख हेर्ने दिनलाई लक्षित गर्दै यस्तो अफर ल्याएको हो । स्मार्टडोकोसँग फादर्स डेको लागि केक, मिठाइ, कपडा, स्मार्ट घडी, खाद्य वस्तु, र अन्य धेरै वस्तुहरूमा ३३ प्रतिशतसम्म छुट र निस्शुल्क डेलिभरी सेवा रहेको छ । ग्राहकहरूले आफ्नो एन्ड्रोइड वा आईओएस उपकरण मार्फत एप डाउनलोड गरि वा स्मार्टडोको वेबसाइट मार्फत आफ्नो मनपर्ने समानहरु अर्डर गरेर यो अफर प्राप्त गर्न सक्नेछन् । साथै, स्मार्टडोकोले तीन भाग्यशाली विजेताहरूलाई एनरजायीजर स्पिकर, एनरजायीजर पावर बैंक र ५०० रुपैयाँको उपहार कार्ड दिनेछ । यो अफर भदौ ७ गतेदेखि भदौ १० गतेसम्म मान्य हुने कम्पनीले जनाएको छ ।

एभरेष्ट बैंक र मोको एपबीच सम्झौता, ग्राहकले अब एटिएम कार्ड बोक्नु नपर्ने

काठमाडौं । मोको डिजिटल वालेट र एभरेष्ट बैंकबीच भिसा कार्ड मार्फत हुने डिजिटल भुक्तानी सेवा सम्बन्धी सम्झौता भएको छ । यस सम्झौतापश्चात एभरेष्ट बैंकका ग्राहकले आफ्नो भिसा डेबिट र क्रेडिट कार्ड मोको डिजिटल वालेटमा लिङ्क गरी उक्त कार्डहरुबाट विभिन्न सेवाहरु जस्तै मोबाइल टपअप, इन्टरनेट, विद्युत, खानेपानीको बिल भुक्तानी, हवाईजहाजको टिकट भुक्तानी लगायतका सेवाहरु प्रयोग गर्न सक्नेछन् । यसै गरी बैंकका ग्राहकहरुले मोको मार्फत स्क्यान टू पे माध्यमबाट १५ सयभन्दा बढि मर्चेन्टकोमा भक्तानी समेत गर्न सक्नेछन् । मोको डिजिटल वालेट गुगल प्लेस्टोर र एप स्टोरमा उपलब्ध छ । एभरेष्ट बैंकले हालसम्म करिब १२ लाख ग्राहकहरु आफ्नो ११८ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १५२ एटिएममार्फत सेवा दिइरहेको छ ।

यौनकर्मीलाई अपराधी व्यवहार नगर्न संसदीय समितिमै माग

फाइल फोटो काठमाडौं । यौनकर्मीहरुलाई अपराधी व्यवहार गर्न नहुने माग संसदीय समितिमा उठेको छ । शिक्षा तथा स्वास्थ्य समितिले आयोजना गरेको बैठकमा सहभागी भएर यौनकर्मीहरुको छाता संगठन जागृति महिला महासंघकी प्रतिनिधि मञ्जु अधिकारीले सो माग राखेकी हुुन् । अधिकारीले नेपालमा ५२ हजार भन्दा धेरै महिलाहरु यौन पेशामा सहभागी भएको समेत बताइन् । यौनकर्मीहरुको पक्षमा आवश्यक कानूनको आवश्यकता भएको उनको भनाई थियो । यौन पेशामा अधिकांश एकल महिलाहरुको सहभागिता रहेको उनले विकासन्यूजलाई बताएकी थिइन् । ‘कपिय परिवार वा श्रीमान सहितका महिलाहरुपनि यौनपेशामा सहभागी छन्, तर उनीहरुको संख्या न्यून छ, अधिकारीले भनिन्, कतिपय महिलाहरुलाई श्रीमानले नै यौनपेशामा आवद्ध गराएका छन ।’ बाध्यताले यौनपेशामा लाग्नुपरेकालाई र इच्छाले यौनपेशामा लागेकालाई राज्यले एउटै व्यवहार गरेको उनको भनाई थियो । स्वतन्त्र तवरले यौनपेशामा लाग्नेलाई कसैले रोक्न नहुने धारणा अधिकारीको छ । त्यस्तै एचआइभी तथा एड्स रोग न्यूनिकरण तथा संक्रमितहरुको सुरक्षाका निम्ति पैरवी गर्ने विभिन्न संस्थाहरुले समितिमा उपस्थिति भएर लामो समयदेखि एचआइभी र एड्स (उपचार तथा रोकथाम विधेयक ) अगाडि बढाउनुपर्ने माग संसदको शिक्षा तथा स्वास्थ्य समितिसमक्ष गरेका छन् । एचआइभी संक्रमित लागेका मानिसहरु र बालबालिकाहरुलाई समाजमा अझै पनि विभेद गर्ने अवस्था रहेको भन्दै यस्तो कुराको अन्त्य हुनुपर्ने विभिन्न संस्थाका प्रतिनिधिहरुले समितिसमक्ष माग राखेका थिए । त्यस्तै अल्पसंख्यक तेस्रो लिंगीका मानिसहरुपनि समाजमा अपहेलित रुपमा बाँच्नुपरेको अवस्था रहेको कारण उनीहरुको पहिचान र अधिकारका लागि कानूनको आवश्यकता भएको लैंगिक तथा यौनिक अल्पसंख्यकका प्रतिनिधि खेमबहादुर बमले गुनासो गरेका थिए । समितिमा सांसदहरुले एचआइभी संक्रमितहरुलाई सरकारले शतप्रतिशत औषधी उपचारको व्यवस्था गर्नुपर्ने, मनोवैज्ञानिक उपचारको लागि सहयोग गर्नुपर्ने, एचआइभी संक्रमितहरुलाई दिर्घरोगी सरहको सुविधा उपलब्ध गराउनुपर्ने र संक्रमितहरुलाई वृद्धभत्ता सरह भत्ता सरह भत्ता उपलब्ध गराउनुपर्ने माग गरेका थिए । त्यस्तै समितिमा बोल्ने सांसदहरुले एचआइभी र एड्स (उपचार तथा रोकथाम विधेयक ) लाई अगाडि बढाउन आफुहरुले आवश्यक सहयोग गर्ने बताएका थिए ।

उपत्यका बाहिर ७ वटा विशिष्टीकृत अस्पताल बन्ने, सरकारले छुट्टायो बजेट

दाङ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हीराचन्द्र केसीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई चार सय श्यया बनाउन बजेट विनियोजन भएको र अर्थ मन्त्रालयबाट पत्र आइसकेको बताएका छन् । रिपोर्टस् क्लब दाङले सोमबार तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले उपत्यकाभन्दा बाहिर सात वटा विशिष्टीकृत अस्पताल बनाउने योजनाअनुसार प्रतिष्ठानलाई पनि त्यसमा जोड्न सफल भएको बताए । निकट भविष्यमा प्रतिष्ठानलाई छ सय श्ययाको बनाउने गरी योजना अघि बढेको उनको भनाइ छ । दाङमा १८ वटा डायलासिस मेसिन ल्याउन सकिएको भन्दै यसको तत्काल जडानको प्रक्रिया अगाडि बढाउने उनको भनाइ छ । राज्यमन्त्री केसीले टरिगाउँ विमानस्थलको विकल्प खोज्ने विषय तत्काल आवश्यक नभएको बताए । ‘अहिले विकल्प कहाँ खोज्ने,’ उनले भने, ‘बरु भएकैलाई स्तरवृद्धि गरौँ, यसमा म प्रतिबद्ध छन् ।’ यो विमानस्थलमा ७२ सिटे वा ४२ सिटे जहाज अवतरण गराउन सकिएमा ठूलो राहत हुने उनको भनाइ छ । एकीकृत समाजवादीका केन्द्रीय सदस्यसमेत रहेका राज्यमन्त्री केसीले दाङ क्षेत्र नं ३ मा उम्मेदवारका लागि आफ्नो दाबी रहनेसमेत बताए । यसअघि आफू यही क्षेत्रबाट निर्वाचित भएकाले अहिले पनि स्वभाविकरुपमा दाबी रहने उनको भनाइ छ । रासस