विकासन्युज

काठमाडौंमा नेपाल बन्दको सामान्य प्रभाव

काठमाडाैं । नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित ४ वटा पार्टीहरुले गरेको नेपाल बन्दको प्रभाव सामान्य परेको छ । मंगलबार नेपाल बन्दको घोषणा गरेको भएपनि काठमाडौं उपत्यका र देशभर न्यून प्रभाव परेको हो । सवारी साधनहरु काठमाडौं उपत्यकामा यतिबेला सञ्चालनमा आइरहेका छन् । आज बिहान भने केही कम सवारीसाधन मात्रै सञ्चालनमा थिए । बन्दको घोषणापछि बिहानैबाट प्रमुख चोकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ । सरकारसँग वि.सं. २०७७ फागुन २० गते भएको ३ बुँदे सम्झौताअनुसार आफ्नो पार्टीका नेता÷कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता, थुनाबाट मुक्त गर्नुपर्ने माग गर्दै विप्लव नेतृत्वको नेकपाले आजका लागि देशव्यापी बन्दको घोषणा गरेको थियो । नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दलाई ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र नेकपा माओवादी समाजवादी पार्टीले समर्थन गरेका छन् । पार्टीले अमेरिकासँग गरिएको एमसीसी सम्झौता खारेज हुनुपर्ने, महंगी नियन्त्रण गर्नुपर्ने लगायत माग राखेर बन्दको घोषणा गरेको हो । काठमाडौं उपत्यकामा बन्दको प्रभाव खासै नदेखिएपनि देशका अन्य विभिन्न भूभागमा भने सवारीसाधन तोडफोड र शंकास्पद वस्तु फेला परेको बताइएको छ ।

रुस-युक्रेन युद्धमा ९ हजार युक्रेनी सेना मारिए

कीभ । रूसले युक्रेनमा आक्रमण गरेदेखि हालसम्म करिब ९,००० युक्रेनी सैनिकहरू मारिएको बताइएको छ । छ महिनादेखि रुस-युक्रेन युद्ध जारी छ । युरोपेली संघका विदेश नीति प्रमुख जोसेप बोरेलले यसैबीच स्पेनमा पत्रकारहरू बीच संघले युक्रेनका सेनालाई सैन्य प्रशिक्षण दिने विचार गरिरहेको बताएका छन् । युक्रेनका कमाण्डर-इन-चीफ जनरल भ्यालेरी जालुज्नीले यस विषम परिस्थितिमा बालबालिकाहरूको हेरचाहमा विशेष ध्यान दिनु पर्ने बताएका छन् । थुप्रै बालबालिकाका अभिभावकहरू युद्ध मैदानमा छन् । ती मध्ये कतिपय त मारिका छन् । बालबालिकाको पालनपोषण र शिक्षादीक्षामा गम्भीर समस्या देखिएको छ। जारी युद्धका बीच यही बुधवार युक्रेनले आफ्नो स्वतन्त्रता दिवस मनाउँदैछ । मस्कोको सेनाले राजधानी कीभ कब्जा गर्ने तयारी गरे पनि असफल भएपछि युक्रेनको पूर्वी भूमि नियन्त्रणमा लिन आफ्नो ध्यान केन्द्रित गरेको छ। छ महिनादेखि जारी रुस-युक्रेन युद्धले ऊर्जा-इन्धन र खाद्यान्नको मूल्य आकासिएको छ र विश्वभर युद्धको झट्का महसुस भइरहेको छ । यसै बीच रुसको एफएसबी सुरक्षा सेवाले सोमबार मस्कोको बाहिरी इलाकामा शनिबार भएको कार बम विष्फोटमा युक्रेनको हात रहेको आरोप लगाएको छ। सो विष्फोटमा परी कट्टर रुसी विचारधाराका नेता अलेक्ज्याण्डर डगकी छोरी डारिया डुगिना मारिएकी छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मृतकका परिवारप्रति समवेदना सन्देश पठाउँदै “घृणित अपराध” को निन्दा गरेका छन् । रासस- एएफपी

काभ्रे प्रशासनमा सहकारीका प्रबन्धक र सञ्चालकसहित ३० जना मिटरब्याजीविरुद्ध उजुरी

काभ्रेपलाञ्चोक । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा ३० जनाभन्दा बढी ‘मिटरब्याजी’विरुद्ध उजुरी परेको छ । १७ पीडितले दिएको उजुरीमध्ये केही सहकारीसमेत रहेको कार्यालयले जनाएको छ । सत्र व्यक्तिले ३० भन्दा बढी मिटरब्याजीविरुद्ध कार्यालयमा उजुरी दिएको सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारले जानकारी दिए । उनका अनुसार उजुरीबारे अध्ययन भइरहेको तथा आरोपितको खोजी सुरु गरिएको छ । सरकारले गत साउनमा यही भदौ ५ गतेभित्र मिटरब्याजीविरुद्ध सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सार्वजनिकरूपमा अपिल गरेको थियो । सरकारले मिटरब्याजीलाई कस्तो कारबाही गर्ने भन्नेबारे निर्णय नभएको जनाएकाले उजुरी गर्ने पीडित र पीडकको नाम गोप्य राखिएको छ । काभ्रेमा भने सरकारले उजुरी दिन आह्वान गर्नुअगावै केही मिटरब्याजी पीडितको भागाभागसमेत भएको थियो । यस्तै हाल पनि केही पीडित सम्पर्कविहीन अवस्थामा रहेका बताइएको छ । मिटरब्याजीले पीडितसँग रकम लिनुअगावै खाली चेक हस्ताक्षर गरेर लिएकाले केही पीडितलाई चेक अनादर मुद्दामा कारागारसमेत पठाएको घटना सार्वजनिक भएका छन् । मिटरब्याज लिनेमा सहकारी संस्था पनि रहेका छन् । केही सहकारीका प्रबन्धक र सञ्चालकविरुद्ध पनि कार्यालयमा उजुरी दर्ता भएको जनाइएको छ ।

कालीगण्डकी नदीमा थपिँदै लामो झोलुङ्गे पुल

बाग्लुङ । लामा र अग्ला झोलुङ्गे पुलको जिल्लाका रूपमा परिचित बागलुङ र पर्वत जिल्ला जोड्ने गरी कालीगण्डकी नदीमाथि पुनः अर्को झोलुङ्गे पुल थपिने भएको छ । बागलुङबाट पर्वत जोड्ने पाँच सय २३ मिटर लामो झोलुङ्गे पुल निर्माण थालिएको छ । बागलुङ नगरपालिका–४ उपल्लाचौर गौरीधामबाट पर्वत जिल्लाको जलजला गाउँपालिका–८ ओडारे जोड्ने पाँच सय २३ मिटर लामो झोलुङ्गे पुल निर्माण सुरु गरिएको हो । उक्त पुल रु सात करोड लागतमा निर्माण हुन जनाइएको छ । दुई वर्षमा निर्माण सक्ने गरी सस्पेन्सन ब्रिज डिभिजन कार्यालय काठमाडौंसँग हिमशिखर कन्ट्रक्शन निर्माण कम्पनीबीच सम्झौता भएर काम अगाढि बढाइएको छ । बागलुङ–१ रामरेखाबाट पर्वतको कुश्मा –१ अदुवाबारी जोड्ने पाँच सरय ६७ मिटर लामो झोलुङ्गे पुल निर्माण सम्पन्न भएको दुई वर्षपछि पुनः बागलुङ र पर्वत जोड्ने अर्को लामो झोलुङ्गे पुल निर्माण थालिएको हो । उक्त पुल विश्वकै एकल स्पानमध्ये लामो भएको बागलुङ नगरपालिकाले विश्व रेकर्डका लागि निवेदनसमेत दिएको छ । बागलुङको गौरीधामबाट पर्वत जिल्लाको जलजलास्थित ओडारे जोड्ने गरी कालीगण्डकी नदीमाथि निर्माण गर्न थालिएको पुल निर्माणको बागलुङ तर्फबाट जग खन्ने कार्यको थालनी गरिएको हो । बागलुङ –४ का वडाध्यक्ष कुमारविक्रम क्षेत्रीले बागलुङ बजारलाई पर्वतको जलजला गाउँपालिकासँग जोड्दा बागलुङ बजारको व्यापार– व्यवसाय बढ्ने र जलजलावासीहरू घण्टौँ लगाएर बागलुङ बजार आउनुपर्ने अवस्थाको अन्त्य हुने बताए। उनले पुल निर्माणका लागि बागलुङतर्फ निःशुल्क जग्गा दिने जग्गादातालाई धन्यवाद दिए। ‘जलजलाका नागरिक प्रशासनिक कामका लागि सदरमुकाम कुश्मा गए पनि व्यापारिक कामका लागि बागलुङ आउने गर्दछन्, पुल बनाएपछि एक–डेढ घण्टाको बाटो छोट्टियो,’ वडाध्यक्ष खड्काले भने, ‘पुल निर्माणसँगै बागलुङ र पर्वत जिल्लाको पर्यटन क्षेत्रको समेत विकास हुनेछ ।’ पुल निर्माणका लागि विसं २०७९ जेठमा निर्माण कम्पनीसँग सम्झौता भएको थियो । पुल निर्माणका लागि बागलुङतर्फको झण्डै छ आना जग्गा निःशुल्क दिएका जग्गादाता राजेन्द्रबहादुर जिसीले जानकारी दिए। ‘विकासका लागि बाधक बन्नु हुँदैन भन्ने लाग्यो मैले आफ्नो जग्गाबाट पुल बनाउन दिएँ,’ पुल निर्माणपछि यहाँको पर्यटन व्यवसाय फस्टाउने उनले भने, ‘आफूले व्यावसायिक केराखेती मासेर पुल बनाउन जग्गा दिएको छु, पुल निर्माणपछि बागलुङको व्यवसाय थप फस्टाउनेछ ।’

काजुंगुला पुल सञ्चालनमा आएको १ वर्षमा अफ्रिकाको प्रयोगविहिन बोर्डर क्षेत्रको रुपान्तरण हुँदै

एजेन्सी । एक वर्ष अघिसम्म, बोत्सवाना र जाम्बिया बीचको जाम्बेजी नदी पार गर्न एकदमै समयलाग्ने र झन्झटिलो विषय थियो । प्रजातान्त्रिक गणतन्त्र कङ्गोको लुबुम्बाशी देखि दक्षिण अफ्रिकाको डरबनसम्म प्रमुख यातायात कोरिडोरमा जाने ट्रकहरूका लागि यो नदी विकल्प बिहिन समस्याको रुपमा रहिरहेको थियो । गाडीहरू पोन्टुनमा लोड हुने गर्दछन्, एक पटकमा दुईवटा मात्रै । आजकल धेरै ठुलो वर्षा हुनेगरेको छैन् । वास्तवमा यो १० देखि १५ मिनेटको यात्रा थियो, तर यसको लागि १५ दिनसम्म पर्खनुपर्ने अवस्था रहेको ट्रक चालक संघका प्रमुखले विगतलाई सम्झिन्छन् । अ हिले पोन्टुन क्षेत्र विगतको जस्तो भरिभराउ बन्न सकेको छैन । सो ९ सय २३ मिटर लामो मोटरेवल पुलमा बोट्सवाना, जाम्बिया र अफ्रिकन डेभलपमेन्ट बैंकद्वारा २ सय ६० मिलियन डलरको सो परियोजनामा वित्तीय लगानी गरेका हुन् । यसले दक्षिण अफ्रिकी व्यापारलाई निकै ठुलो सकारात्मक प्रभाव पार्नेछ । दक्षिणी अफ्रिका विकास समुदाय उत्तर–दक्षिण कोरिडोर, ऐतिहासिक रूपमा महँगो सीमा ढिलाइले भरिएको मार्गमा यात्राको गति बढाउन यो पुलको परिकल्पना गरिएको थियो । कंगो, जाम्बिया र तान्जानियाबाट तामा चीन पठाउनु अघि दक्षिणी क्षेत्रको यात्रा गर्नुपर्ने हुन्छ । दक्षिण अफ्रिकाबाट उत्तरतर्फ खाद्यान्नको पैठारी गर्दा, तान्जानियाबाट उत्खनन उपकरणहरू कंगो र जाम्बियामा जान्छ । जाम्बियाको विकास समूदायका ट्रक ड्राइभर्स एसोसिएसनका महासचिव काइको सलिम वामुनिमा त्यस्ता सबै पैठारीहरु काजुङ्गुला हुँदै जानुपर्ने हुन्छ । एक दशक भन्दा बढी समय लगाएर बनेको यो पुल सन् २०२१ बाट सञ्चालनमा आएको काजुङ्गुला परियोजनाका इन्जिनियरिङ प्रबन्धक आइज्याक चिफुन्डा बताउँछन् । भूराजनीतिले पुलको डिजाइनमा ठूलो भूमिका खेलेको छ । काजुङ्गुला अफ्रिकाको एउटा क्षेत्रमा फैलिएको छ जसलाई “क्वाड्रिपोइन्ट“ भनिन्छ, चिफुन्डा भनिन्छ । भिक्टोरिया फल्स, बोत्सवाना, जाम्बिया, नामिबिया र जिम्बाब्वेबाट ६५ किलोमिटर (४० माइल) माथि जाम्बेजी र चोबे नदीहरूको संगममा मिल्छ । देशहरूको सिमाना नदीसम्म रहेको छ, त्यसैले काजुङ्गुला ब्रिजलाई ल्यान्डस्केपको माध्यमबाट स्पष्ट वक्र बुनाईको साथ आकार दिइएको चिफुण्डा बताउँछन् । ‘यस परियोजनामा अफ्रिकाको ठूलो सहभागिता जनाएको थियो’, चिफुन्डा भन्छन् । यद्यपि निर्माण भने दक्षिण कोरियाली बहुराष्ट्रिय कम्पनी डावो इ एण्ड सी द्वारा गरिएको थियो सिमेन्ट र स्टिल लगायतका अन्य कच्चा पदार्थ दक्षिणी अफ्रिकाबाट ल्याइएको थियो । यो पुल प्राविधिक हिसाबले लामो समयसम्म टिकाउ हुने र यसले जाम्बिया र बोत्सवानाको लागि महत्त्वपूर्ण लगानीको भित्र्याउन सघाउ पुर्याउने अनुमान गरिएको छ ।

तपाईंलाई थाहा छ पेट्रोलियम पदार्थ उत्पादनको लागत कति हुन्छ ?

एजेन्सी । विश्वका धेरै देशहरु पेट्रोलियम पदार्थमा परानिर्भर छन् । नेपालको कुल आयातकोे ठूलो हिस्सा पेट्रोलियम पदार्थको आयातमा खर्च हुन्छ । देशको अर्थतन्त्रदेखि यातायातसम्मका सबै महत्वपूर्ण कामका लागि तेलको आवश्यकता हुन्छ । तेल उत्पादन गर्ने देशहरूले यसबाट धेरै नाफा कमाउँछन् । यस्तै एउटा तेल उत्पादक देश साउदी अरेबिया हो । जसको बारेमा हामी तपाईलाई बताउछौं कि यो देशले तेल निर्यातबाट कति नाफा कमाउँछ । तेलको मूल्य प्रति ब्यारेल आधारमा निर्धारण गरिन्छ । यो तेल मापन को मानक हो । जहाँ एक ब्यारेल लगभग १५९ लिटर तेल बराबर मानिन्छ । तर, अब तेल मापनका नयाँ विधिहरू लागू भइरहेका छन् । एक अनुमान अनुसार साउदी अरेबियामा एक ब्यारेल तेलको उत्पादनमा करिब २ डलर मात्रै लाग्छ, जबकि प्रति ब्यारेल १०० डलरसम्म बिक्री हुन्छ । विगतमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निकै महँगो भएको थियो । मूल्यवृद्धिका कारण ठूलो परिमाणमा तेल आयात हुने भारतलगायत मुलुकमा प्रतिलिटर तेलको मूल्यमा भारी उछाल आएको छ । तर, पेट्रोलियम पदार्थको विकल्पका रूपमा धेरै देशहरु सौर्य ऊर्जा र हरित ऊर्जाका अन्य विकल्पतर्फ लागेका छन् । तिनीहरू ऊर्जाको दिगो स्रोत मात्र होइन तिनीहरू वातावरणीय दृष्टिकोणबाट पनि राम्रो विकल्प हुन् । उल्लेखनीय रूपमा, पेट्रोलियम पदार्थहरूले कार्बन डाइअक्साइड उत्सर्जन गर्दछ । जसका कारण वातावरणमा व्यापक क्षति पुगेको छ ।

रुस-युक्रेन युद्धमा ९ हजार युक्रेनी सेना मारिए

एजेन्सी । रूसले युक्रेनमा आक्रमण गरेदेखि हालसम्म करिब ९,००० युक्रेनी सैनिकहरू मारिएको बताइएको छ। छ महिनादेखि रुस-युक्रेन युद्ध जारी छ। युरोपेली संघका विदेश नीति प्रमुख जोसेप बोरेलले यसैबीच स्पेनमा पत्रकारहरू बीच संघले युक्रेनका सेनालाई सैन्य प्रशिक्षण दिने विचार गरिरहेको बताएका छन्। युक्रेनका कमाण्डर-इन-चीफ जनरल भ्यालेरी जालुज्नीले यस विषम परिस्थितिमा बालबालिकाहरूको हेरचाहमा विशेष ध्यान दिनु पर्ने बताएका छन् । थुप्रै बालबालिकाका अभिभावकहरू युद्ध मैदानमा छन् । ती मध्ये कतिपय त मारिका छन् । बालबालिकाको पालनपोषण र शिक्षादीक्षामा गम्भीर समस्या देखिएको छ। जारी युद्धका बीच यही बुधवार युक्रेनले आफ्नो स्वतन्त्रता दिवस मनाउँदैछ। मस्कोको सेनाले राजधानी कीभ कब्जा गर्ने तयारी गरे पनि असफल भएपछि युक्रेनको पूर्वी भूमि नियन्त्रणमा लिन आफ्नो ध्यान केन्द्रित गरेको छ। छ महिनादेखि जारी रुस-युक्रेन युद्धले ऊर्जा(इन्धन र खाद्यान्नको मूल्य आकासिएको छ र विश्वभर युद्धको झट्का महसुस भइरहेको छ। यसै बीच रुसको एफएसबी सुरक्षा सेवाले सोमबार मस्कोको बाहिरी इलाकामा शनिबार भएको कार बम विष्फोटमा युक्रेनको हात रहेको आरोप लगाएको छ। सो विष्फोटमा परी कट्टर रुसी विचारधाराका नेता अलेक्ज्याण्डर डगकी छोरी डारिया डुगिना मारिएकी छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मृतकका परिवारप्रति समवेदना सन्देश पठाउँदै घृणित अपराधको निन्दा गरेका छन्।

पाँच तारे होटल भित्र र बाहिरको दृश्य नियालेपछि…

काठमाडौं । २०७९ भदौ ६ गते सोमबार दिउसो २ बजेको समय । सधैं व्यस्त रहने काठमाडौं बानेश्वरको देब्रे पट्टीको सडक आज भने बन्द थियो । सुरक्षाकर्मीले अगाडि गुडिरहेका सवारी साधनहरुलाई दायाँ पट्टी जान संकेत गर्दै थिए । बानेश्वर चोक नजिकै रहेको पाँच तारे एभेरेष्ट होटलको गेटमै महिलाहरुको जमात थियो । चर्को घाम । त्यही चर्को घाममा चर्को–चर्को आवाज आइरहेको थियो– ‘हामीलाई न्याय दे’, ‘द्वन्द पीडित सुरक्षाकर्मीको परिवारलाई न्याय दे ।’ त्यही आवाजलाई वेवास्ता गर्दै सोही होटलको गेट हुँदै भित्रिँदै थिए महँगा र चिप्ला कार । ती कारहरु थिए एनएमबि बैंकले आयोजना गरेको ‘वुमन इन लिडरसिप’ कार्यक्रमा भाग लिनेहरुको । सोमबार एनएमबि बैंकले एभरेष्ट होटलमा विभिन्न क्षेत्रमा महिलाहरुको सहभागिता र महिलाहरुको नेतृत्व सम्बन्धि कार्यक्रम गर्यो । सो कार्यक्रममा विभिन्न क्षेत्रमा उच्च ओहोदामा रहेर काम गरेका र गरिरहेका महिलाहरुको सहभागिता थियो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का निवर्तमान अध्यक्ष भवानी राणा, अनुभवी उद्यमी, पर्यटन व्यवसायी तथा दि द्वारिका होटलकी अध्यक्ष अम्बिका श्रेष्ठ, ग्यालेक्सी फोरके टेलिभिजनकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) चारु चड्डा र एनएमबि बैंककी ब्राण्ड एण्ड मार्केटिङ हेड प्रनिशा श्रेष्ठ पेनालिष्टको रुपमा थिए भने पूर्व मिस नेपाल सुगारिका केसी मोडरेटरका रुपमा सहभागी थिइन् । २ बजेका लागि निर्धारण गरिएको कार्यक्रम करिब साढे २ बजे सुरु भएर करिब पाँच बजे सकियो । कार्यक्रममा विभिन्न क्षेत्रमा महिलाको नेतृत्व, महिलाहरुले भोग्दै आएका समस्या, घरदेखि कार्यालयसम्म गर्नु परेको काम र पुरुषहरुले गरेको सहयोग तथा असहयोगका विषयमा पनि घनिभुत रुपमा छलफल भयो । बाहिर पाँचतारे होटल एभरेष्टको गेटमा द्वन्द पीडित सुरक्षाकर्मीका परिवारको हारगुहार थियो । चर्को स्वरको माइको आवाज होटलभित्रको मेघा हलमा पुग्न सकस थियो । द्वन्द पीडित सुरक्षाकर्मीका परिवार भने पनि त्यहाँ अधिकांश महिलाहरु सहभागी थिए । सायद ती सबै महिला द्वन्द पीडित सुरक्षाकर्मीका आमा, श्रीमति, दिदीबहिना वा अन्य आफन्त हुन सक्छन् । होटलको हलमा महिलाको समानता, समावेशिता र समताका कुरा भइरहेका थिए । उनीहरुको गुनासो नेतृत्वको थियो । हामी नेतृत्वमा पुग्न सकेनौं, हामीलाई नेतृत्वमा पुग्न कसैले अवरोध गरे, हामीले चुल्होदेखि चौकोसम्मको काम गर्नु पर्ने बाध्यता छ, ‘वर्किङ स्टेशन’मा काम गर्न सहज वातावरण भएन । यस्ता यस्तै विविध विषयमा छलफल चलिरहेको थियो । करिब डेढ घण्टासम्म भएको सो कार्यक्रमकी मोडरेटर सुगारिका केसीले पेनालिष्टहरुसँग अनेकौं जिज्ञासाहरु तेर्स्याइन् । चारै जना पेनालिष्टले सहज रुपमा प्रतिक्रिया दिए । चारै जनाको धारणा थियो– ‘महिलाहरुलाई नेतृत्वमा पुग्न चुनौति छ, महिलालाई समाजले झ्वाट्टै विश्वास गर्दैन, नेतृत्वमा पुगिहाले पनि विश्वास गर्न समय लाग्छ, महिलाले महिलालाई असहयोग गर्ने परिपाटी पनि छ ।’ कार्यक्रमा एफएनसीसीआईकी पूर्व अध्यक्ष समेत रहेकी भवानी राणाले भनिन्, ‘हुन त मैले निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व गरिसकेँ, त्यसको नेतृत्वमा पुग्नका लागि मैले धेरै संघर्ष गर्नु पर्यो, रातदिन भन्न पाइएन तर राति ढिलो घर गएपछि मेरो श्रीमानले महिला मान्छे यति ढिलो घर किन आएको भनेर प्रश्न गर्नुहुन्छ, गर्नु हुन्थ्यो, तर उहाँ ढिलो आयो भने मैले कहिल्यै प्रश्न गरिनँ, पदले त निजी क्षेत्रको ठूलो संस्थाको नेतृत्व गरेँ, तर घरबाटै ममाथि विश्वास कति हुन्छ भन्ने कुरालाई पनि यो उदाहरणले प्रष्ट गर्छ ।’ उनले थपिन्, ‘पाँच दशकसम्म महासंघको नेतृत्व पुरुषले नै गरे, १५ वर्षको संघर्षपछि म महासंघको अध्यक्ष बनेँ, सोही समय मैले नेपालको ६९ जिल्लामा पुग्ने अवसर पाएँ, त्यतिबेलै नेपाल कस्तो छ ? विभिन्न क्षेत्रमा महिलाको नेतृत्व कस्तो छ ? भन्ने विषय राम्रोसँग बुझेँ, पुरुषहरुको बिचमा एउटा मात्रै महिलाले काम गर्न गाह्रो नै हुन्छ, तर महिलाको क्षमतामा पनि सबै कुरा भर पर्छ ।’ कार्यक्रमा व्यवसायी अम्बिका श्रेष्ठले फरक दृष्टिकोण राखिन् । उनले महिलाहरुलाई नेतृत्व गर्न कसैले नरोकेको धारणा राखिन् । ‘यहाँ नेतृत्वमा पुग्न कसैले कसैलाई रोकेको छैन, आफ्नो क्षमता, योग्यताले व्यक्ति नेतृत्वमा पुग्ने हो तर आफ्नो क्षमतालाई रिअलाइज्ड गर्न सक्नुपर्छ, पुरुषहरुलाई पनि दोष लगाउनु हुँदैन, मैले अहिलेसम्म विभेद महसुस गर्नु परेको छैन,’ उनले आफ्नो अनुभव सुनाउँदै भनिन् । कार्यक्रमा एनएमबि बैंककी ब्राण्ड एण्ड मार्केटिङ हेड प्रनिशा श्रेष्ठले पहिले महिलाहरुलाई नेतृत्व भन्दा पनि काम काममा लगाउँदा जेन्डरका इस्यू आउने भएपनि अहिले त्यस्तो नभएको धारणा राखिन् । विभिन्न क्षेत्रमा महिला नेतृत्वको अभाव भने अहिले पनि रहेको उनको भनाइ छ । उनले बैंकहरुमा क्षमता र विश्वसनियताको मूल्यांकन पनि भइरहेकोले महिलाहरु विस्तारै नेतृत्वमा पुगिरहेको बताइन् । ग्यालेक्सी फोरकेकी सीईओ चारु चड्डाले महिलाको नेतृत्व विकासको आवश्यकता रहेको बताइन् । पुरुष र महिलाबीचको खाडलको अन्त्य गर्दै एकआपसमा सहकार्य र समन्वय गर्नु पर्ने उनको भनाइ छ । उनले महिलाहरुले पनि ‘माइन्डसेट’ नै परिवर्तन गर्नु पर्ने धारणा राखिन् । होटल भित्रको सभाहलमा विभिन्न क्षेत्रमा महिलाको नेतृत्वको अभाव भइरहेको गुनासो र गरिरहँदा सडकमा भने पीडित सुरक्षाकर्मीहरुका आफन्त महिलाहरु न्यायको गुहारमा थिए । ‘बहादुर सुरक्षाकर्मीको कदर गर’, ‘सम्मानजनक न्याय लिएर छाडौँ’, ‘सत्य निरुपण आयोगबाट धोका भयो’ लगायतका पम्पलेट प्रदर्शन गर्दै उनीहरु न्यायको गुहार गरिरहेका थिए । पाँचतारे होटल भित्रको सभाहलमा पनि महिला थिए । सोही होटलको गेटमा पनि महिला नै थिए । होटलभित्रको महिला सोफामा थिए । उनीहरुको गुनासो नेतृत्वको थियो । गेट बाहिरका महिलाहरु सडकमा चप्पल बिसाएर बसेका थिए । उनीहरुको माग न्यायको थियो । होटल भित्र समानता, समता र समावेशिताको बहस थियो । होटल बाहिर द्वन्द्वमा घाइते भएका अशक्त सुरक्षाकर्मीहरुको उपचारको थियो । सडकमा द्वन्द्वमा मृत्यु भएका श्रीमानको न्यायका लागि एक श्रीमतिले आफ्नो श्रीमानको न्याय मागिरहेकी थिइन् । तर, पाँचतारे होटलमा घरमा सिन्को नभाँच्ने श्रीमान भन्दै आलोचना भइरहेको थियो । कार्यालयमा महिला भएकै कारण पदोन्नी नगरेको हाकिमको टीप्पणी भइरहेको थियो । होटलभित्र सेण्डविच, केक र कफि सहितको भद्र बहस थियो । होटल बाहिर पानी समेत नपाइरहेको धोक्रो आवाजसहितको सम्मानजनक राहतको माग थियो । तर, न होटलभित्रका महिलालाई सडकका महिलाको वास्ता थियो । नत सडकमा बसेका महिलाहरुलाई होटल भित्रका महिलाहरुको विषयमा चासो थियो । अनि हामी कसरी भन्दैछौं, ‘समानता, समता र समावेशितासहितको महिला सहभागिता ?