नबिल बैंकले ल्यायो १० गुणाले रकम बढ्ने मुद्धती योजना
काठमाडौं । नबिल बैंकले आफ्ना ग्राहकवर्गको आवश्यकतालाई ध्यानमा राखी आर्कषक ब्याजदर सहित ‘नबिल ढुक्क मुद्धती खाता’ बजारमा ल्याएको छ । यस खाता अन्तर्गत ग्राहक वर्गले मुद्धतीमा जम्मा गरेको रकम तोकिएको समय पश्चात् दोब्बर देखि दश गुणासम्म रकम प्राप्त गर्न सक्नेछन् । बैंककाे अनुसार यो मुद्धती योजना नेपालमा आर्जित तथा विप्रेषण मार्फत् नेपाल प्राप्त रकममा खोल्न सकिनेछ । नेपालमा आर्जित रकममा खोलिने ढुक्क मुद्धती खातामा ६ वर्ष ३ महिना २३ दिनमा २ गुणा, १४ वर्ष ७ महिना २८ दिनमा ५ गुणा तथा २० वर्ष ११ महिना २० दिनमा १० गुणा रकम प्राप्त गर्न सकिने बैंकले जानकारी दिएकाे छ । त्यसैगरि, विप्रेषण अन्तर्गत खोलिने ढुक्क मुद्धती खातामा ५ वर्ष ९ महिना १५ दिनमा २ गुणा, १३ वर्ष ५ महिना ११ दिनमा ५ गुणा तथा १९ वर्ष २ महिना २५ दिनमा १० गुणा रकम प्राप्त गर्न सकिनेछ । यस खाता अन्तर्गत ग्राहकले ३ लाखसम्मको क्रेडिट कार्ड सुविधा पनि पाउन सक्ने बैंकले जनाएकाे छ ।
बीमा कम्पनीका क्रस होल्डरले लघु बीमामा लगानी गर्न नपाउने, सर्वसाधारणलाई ३० प्रतिशत सेयर
काठमाडौं । लामो प्रयासपछि बीमा समितिले लघु बीमाको लाइसेन्स खुला गर्ने भएको छ । समितिले ‘लघु बीमक संस्थापना तथा दर्ता सम्बन्धी निर्देशिका, २०७९’ जारी गर्दै लघु बीमा व्यवसायको लागि लाइसेन्स खुलाउने प्रकृया अघि बढाएको हो । यो निर्देशिका गत साउन ३१ गते बसेको समितिको सञ्चालक समितिले स्वीकृत गरेको हो । जुन तत्काल लागू हुने समितिले जानकारी गराएको छ । उक्त निर्देशिका अनुसार लघुबीमा कम्पनीको चुक्ता पुँजी समितिले तोके बमोजिमको हुने बताइएको छ । तर, समितिले चुक्ता पुँजी कति हुनुपर्छ भनेर हालसम्म तोकेको छैन । र, लघुबीमाको कर्पोरेट कार्यालय काठमाडौं उपत्यका बाहिर हुनु पर्ने छ । साथै, चुक्ता पुँजीको संरचनामा संस्थापक समूहको कम्तीमा ५१ प्रतिशत र सर्वसाधारणलाई बिक्रीका लागि खुला गरिएको कम्तीमा ३० प्रतिशत हुनु पर्ने व्यवस्था छ । साथै, कर्मचारीलाई चुक्ता पुँजीको ५ प्रतिशतसम्म छुट्याउनु पर्ने उक्त निर्देशिका उल्लेख छ । प्रस्तावकले लघु जीवन बीमा वा लघु निर्जीवन बीमा व्यवसाय गर्ने गरी छुट्टाछुटै आवेदन दिनु पर्ने छ । यदि संस्थापकले कुनै बीमा कम्पनीमा लगानी गरेको भए उक्त कम्पनीको नाम, लगानीको प्रतिशत र सञ्चालन समितिमा प्रतिनिधित्व गरिरहेको भए सो समेत खुलाउनु पर्ने छ । प्रस्तावित लगानीकर्ताको एकै किसिमको बीमा व्यवसाय गर्ने अन्य कुनै कम्पनीमा सेयर हिस्सा अर्थात क्रस होल्डिङ रहेमा उक्त लगानीकर्ता संस्थापक बन्न नपाउने व्यवस्था छ । लघुबीमा कम्पनी खोल्नु अघि कम्पनीले बीमा समितिबाट स्वीकृति लिनुपर्ने छ । त्यसपछि मात्रै कानून बमोजिम दर्ता गर्नको लागि निवेदन दिनुपर्ने हुन्छ । सो निवेदन दिँदा कम्पनीले आफ्नो उद्देश्यहरु खुलाउनु पर्ने छ । इच्छकले दुर्गम, ग्रामीण लगायत न्यून आय भएका समुदायलाई लक्षित गरी उनीहरुलाई सहुलियत दरमा लघुबीमा सेवा दिनुपर्ने छ । न्यून आय भएका परिवारको पहिचान गर्न स्पष्ट मापदण्ड तयार गरिनु पर्ने समेत समितिले जनाएको छ । लघु उद्यमशीलताको विकास गर्नको लागि स्थापित निकायहरुसँग समन्वय गरी लक्षित वर्षको सम्पत्ति तथा जीवनमा आइपर्ने जोखिमको सुरक्षा गर्ने गरी बीमालेख जारी गर्नुपर्ने छ । लघुबीमा कम्पनीले स्थानीय स्तरमा विद्यमान सामुदायिक संस्था, बचत तथा ऋण सहकारी लघुवित्त कारोबारमा संलग्न संस्थाहरुसँग आवद्ध जनतालाई समेट्ने गरी लघुबीमाका बीमालेख बिक्री गर्नुपर्ने छ । के-के कागजात पेश गर्नु पर्छ ? इच्छुकले प्रस्तावित प्रबन्धपत्र र नियमावली, सम्भावयता अध्ययन प्रतिवेदन, संस्थापकको व्यक्तिगत विवरण, संस्थापक कालो सूचीमा नरहेको वा कालोसूचीबाट हटेको तीन वर्ष पुरा भएको कागजात पेश गर्नुपर्ने छ । त्यस्तै, संस्थापकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, कम्पनीको कर्मचारी सेवा शर्त, बीमाशुल्क निर्धारण गर्ने आधारहरु, बीमा जोखिमांकन, ग्राहक सेवा, बीमा दावी भुक्तानी र बजार प्रवद्र्धन लगायतको विवरणहरु पेश गर्नुपर्ने छ । त्यसैगरी, कम्पनीको संस्थापकमध्ये कम्तीमा एक तिहाईले स्नातक तहको पास गरेको हुनुपर्ने छ । यसरी गरिन्छ मूल्याङ्कन समितिले दर्ता हुन आउने कम्पनीको मूल्याङ्कन विभिन्न आधारमा गर्ने छ । जसमा लघुबीमा व्यवसाय गर्ने सम्बन्धमा विश्लेषणसहितको व्यवसायिक कार्ययोजना, विदेशी लघुबीमा कम्पनीसँगैको साझेदारीमा व्यवसाय गर्ने, प्रडक्ट डिजाईन तथा व्यवसाय विकाससँगै संस्थागत लगानी र लघुबीमा व्यवसायसँग सम्बन्धित आवश्यक विविध पक्षलाई मुल्यांकन गरिने समितिले जनाएको छ । यस्तो छ निर्देशिका [pdf id=347296]
‘शुक्रबारको कारोबार हटाऔं, दैनिक १ घण्टा समय थपौं’
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शुक्रबार हुने सेयर कारोबार हटाउनु पर्ने माग लगानीकर्ताहरुले गरेका छन् । शुक्रबारको कारोबार हटाएर अन्य कोरोबार दिनको समय थप गर्नुपर्ने माग लगानीकर्ताहरुले गरेका हुन् । शुक्रबारका दिन कारोबार त्यति प्रभावकारी नभएको र सो दिनको कारोबार हटाउनको लागि लगानीकर्ताले चौतर्फी दवाव दिइरहेका छन् । पेट्रोलियम पदार्थको खपत घटाउन सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेपछि नेप्से कारोबारको समय तालिका नै परिवर्तन भएको थियो । सरकारले शनिवार र आइतबार सार्वजनिक विदा दिएपछि आइतबारको सेयर कारोबार शुक्रबार सारिएको थियो । तर, सरकार आफै २ दिन विदा दिने निर्णयबाट पछि हटेपछि नेप्सेले शुक्रबार २ घण्टा कारोबार थप गरेको थियो । सो दिनको कारोबार हटाउन लगानीकर्ताले माग गरिरहेका छन् भने नेप्से पनि आफै हटाउने मनसायमा देखिन्छ । लगानीकर्ता छोटेलाल रौनियारले शुक्रबारको कारोबार हटाउनै पर्ने धारणा राखे । शुक्रबारको कारोबारले लगानीकर्तामा नकरात्मक प्रभाव परेको बताउँदै उनलेकसरी शुक्रबार पनि कारोबार गर्ने निर्णय गर्याे भनेरप्रश्न गरे । ‘शुक्रबार २ घण्टा कारोबार गरेर नेप्सेले गलत गर्याे, अन्तर्राष्ट्रिय अभ्यासमा हप्तामा ५ दिन मात्रै सेयर कारोबार हुन्छ, सेबोन र नेप्सेसँग ५ दिनको कारोबार ठिक हो भनेका छौं,’ उनले भने, ‘पहिले त हटाउने भनेको थियो, नेप्सेले कसरी यो निर्णय गर्याे ?लगानीकर्ता शुक्रबारको कारोबारको विरुद्धमा छन् ।’ शुक्रबारको कारोबारले नेप्सेको लागत मात्रै बढेको उनको बुझाइ छ । ब्रोकर लगायत सबै कम्पनी संलग्न हुने भएको हामी पनि बाध्यताले मात्रै हेर्नुपरेको गुनासो गरे । ‘बरु सातामा पाँच दिन हुने कारोबारलाई व्यवस्थित गर्नुपर्याे, अझै व्यवस्थित गर्न दैनिक पाँच घण्टा कारोबार हुने बनाउनुपर्छ, शुक्रबारको कारोबार बन्दै गर्नुपर्छ,’ उनले भने, ‘मार्केटमा लगानीकर्ताको मनोबल कमजोर भएकाले मनोबल बलियो भएका बेलामा पाँच घण्टा थप्नुपर्याे, पूँजी बजारको प्रमुख पात्र र अहम पात्र भनेका लगानीकर्ता हुन्, मार्केट राम्रो भएका बेलामा एक घण्टा बढाइ दियो भने लगानीकर्ताले स्वागत गर्छन् ।’ अहिले नेप्से ११ बजेदेखि ३ बजेसम्म भइरेको छ भने शुक्रबारका दिन ११ बजेदेखि १ बजेसम्म कारोबार हुँदै आएको छ । लगानीकर्ता अम्बिका पौडेलले शुक्रबारको कारोबार आवश्यक नभएको तर्क गरे । यसअघि हप्तामा २ दिन विदा दिएको हुनाले शुक्रबार कारोबार भएको थियो । आइतबार कारोबार हुँदैन भनेर ल्याएको भएपनि आइतबार पनि कारोबार शुरु भइसकेकाले नेप्सले आफै मनन गरेर हटाउनु पर्ने उनले माग गरे । उनले पनि अहिलेको समय बढाउनुपर्नेमा आफ्नो धारणा राखे । ‘पहिला पनि बढाएको हो, चार घण्टाको सेयर कारोबारलाई ५ घण्टा बनाइ दिनुपर्याे,’ उनले भने । ब्रोकर एशोसियसनका पूर्व अध्यक्ष भरत रानाभाटले पनि शुक्रबार सेयर कारोबार गर्दा कुनै गाह्रो नपर्ने बताए । बैंक तथा वित्तीय संस्था शुक्रबार आधा दिन सञ्चालन हुने भएकाले नेप्से कारोबार गर्दा कुनै समस्या नहुने उनले बताए । ‘अन्तर्राष्ट्रिय अभ्यास अनुसार हप्तामा पाँच दिन मात्रै कारोबार हुन्छ, अहिले बैंकहरु पनि आधा दिन खुल्ने भएकाले शुक्रबार कारोबार खुलाउँदा त्यति धेरै गाह्रो हुँदैन,’ उनले भने, ‘शुक्रबार कारोबार खुलाउँदा लागत बढ्दैन, शुक्रबार अफिस खुला नै हुन्छन् ।’ सातामा २ दिन कारोबार बन्द भएपनि एक दिन अध्ययन गर्न पाइने भएकाले पनि शुक्रबार बन्द गर्दापनि उपयुक्त हुने उनको भनाइ छ । ‘शुक्रबार बन्द हुँदा अध्ययन गर्न पाइन्छ, पाँच दिन कारोबार हुँदा कुनै आपत्ति छैन्, हामीले राख्नु भनेको पनि होइन, हटाउ पनि भनेको छैन्, नेप्सेले हटाउँछ भने आपत्ति छैन्, कारोबार हटाउँदा शुक्रबारको सेटलमेन्ट पनि हटाइ दिए राम्रो,’ उनले भने । नेप्सेका उपमहानिर्देशक निरन्जन फुयालले गत साउन १९ गते सार्वजनिक कार्यक्रममा बोल्दै शुक्रबारको कारोबार हटाउने बताएका थिए । तर, तीज साताभन्दा बढी समय हुँदा पनि शुक्रबारको कारोबार हटाइएको छैन । शुक्रबारको कारोबार बन्द गर्ने भनेर प्रक्रिया अगाडि बढाएको भएपनि नेप्सेको बोर्डले निर्णय नगरेको उनले बताए । एक महिना अघि कारोबार गर्नुपर्छ भन्ने एक महिनापछि हटाउ भन्नलाई कारण चाहियो भनेर बोर्डले प्रस्ताव फिर्ता गरेको उनको भनाइ छ । ‘शुक्रबारको कारोबार बन्द गर्न बोर्डमा प्रस्ताव गरेका थियौं, बोर्डले हालै शुक्रबार कारोबार गर्ने भनेर निर्णय गर्याे, फेरि यति छिट्टै किन बन्द गर्नुपर्याे भन्दै कारण खोज्यो,लगानीकर्ताबाट गुनासो आयो की ?’ उनले भने, ‘हामीले लगानीकर्ताले मौखिक गुनासो गरेका थिए भन्दा लिखितमा गुनासो दिनुपर्याे भन्यो, सेबोनले पनि मौखिकमा हटाउनुपर्छ भनेर सुझाव दिएको थियो ।’ अब अर्काे बोर्ड बैठकमा यही प्रस्ताव लगिने उनले बताए । शुक्रबार कारोबार हुँदा नेप्सेको सिस्टम अपडेट गर्न गाह्रो हुने गरेको उनको भनाइ छ । ‘नेप्सेलाई प्राविधिक रुपमा गाह्रो भएको छ, सिस्टम अपडेट गर्नका लागि २ दिन विदा अनिवार्य चाहिन्छ, प्राविधिक कारणले पनि नेप्से कारोबार २ दिन बन्द हुनुपर्छ, सिस्टम आफै चल्दैन,’उनले भने, ‘सिस्टममा कहिलेकाहीँ अपडट गर्दा फूल डाउन गर्नुपर्छ,२ दिन बिदा हुँदा टेस्ट गर्न समय पुग्छ, एक दिन मात्रै हुँदा गाह्रो भइरहेको छ ।’ उनले शुक्रबारको कारोबार हट्ने बताए । तर, कारोबार बन्द हुनका लागि समय लाग्ने उनको भनाइ छ । लगानीकर्ताले लिखित माग नगर्दासम्म यो कार्यान्वयन हुन नसक्ने उनले बताए । तर, अन्य दिनमा कारोबार समय बढाउन भने असम्भव रहेको उनको भनाइ छ । ‘कारोबार बढ्दैमा समय थप गर्ने र कारोबार घट्दा कारोबार समय घटाउने भन्ने हुँदैन्, लगानीकर्ताको संख्या धेरै र कारोबार भोलुम धेरै भएर दबाब भयो भने मात्रै समय बढाउन सकिन्छतर, अरु बेलामा समय थपघट गर्न सकिन्न,’ उनले भने । लगानीकर्ता र नेप्सले २ घण्टा अवधिको कारोबार औचित्य नदेखेपछि शुक्रबारको कारोबार हटाउने तयारी भएको हो ।
सिर्जनशील लघुवित्तको आइपीओ भदौ १५ गतेदेखि आउँदै
काठमाडौं । सिर्जनशील लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि साधारण सेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही भदौ १५ गतेदेखि प्रतिकित्ता एक सय अङ्कित मूल्यमा तीन करोड तिरान्नब्बे लाख ७५ हजार मूल्य बराबरको तीन लाख ९३ हजार सात सय ५० कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन(आइपीओ)को बिक्री खुला गर्न लागेको हो । कम्पनीले निष्काशन गर्ने साधारण सेयरमा कूल जारी पुँजीको शुन्ना दशमलव पाँच प्रतिशत अर्थात् पाँच हजार चार सय ७० कित्ता सेयर कर्मचारीलाई र निष्काशित सेयरको पाँच प्रतिशत अर्थात् १९ हजार छ सय ९० कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरी बाँकी तीन लाख ६८ हजार पाँच सय ९० कित्ता सेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउने कम्पनीले जारी गरेको आह्वान पत्रमा उल्लेख छ । सर्वसाधारणले यही भदौ १९ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्ता सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् भने सो अवधिसम्म माग बमोजिम आवेदन नआए भदौ २९ गतेसम्म निष्काशन खुला रहने कम्पनीले जनाएको छ । नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै अनलाइनमार्फत ‘मेरोसेयर’ प्रयोग गरेर पनि सर्वसाधारणले सेयर खरिदका लागि आवेदन दिन सक्ने कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सन्राइज क्यापिटल लिमिटेडले जनाएको छ । धितोपत्रको सार्वजनिक निष्कासन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार रेटिङ गर्दा केयर रेटिङ्गस नेपालले कम्पनीलाई ‘केयरएनपी बीबी माइनस इस्युयर’ रेटिङ प्रदान गरेको छ । रासस
विकासन्युज समाचार प्रभाव : सिआश्वा शुल्क ५ रुपैयाँमा झर्यो, अब कुनलाई कति ?
काठमाडौं । नेपाल धितो बोर्ड (सेबोन)ले सि–आश्वा शुल्क घटाएको छ । बोर्डले धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका, २०७३ मा तेस्रो संशोधन गर्दै सि–आश्वा शुल्क घटाएको हो । विकासन्युज डटकमले सि–आश्वा शुल्क घटाउनका लागि नियमित रुपमा सेरिजमै समाचार सम्प्रेषण गरेको थियो । बोर्डले सो निर्देशकिा संशोधन गर्दै बैंक वा वित्तीय संस्थाले धितोपत्र खरिद सम्बन्धी सुविधा उपलब्ध गराए बापत बढीमा एक सय रुपैयाँ सेवा शुल्क लिन सक्नेमा सो सेवा शुल्क घटाई बढीमा पाँच रुपैयाँ सेवा शुल्क लिन सक्ने व्यवस्था गरेको हो । यस्तै, बैंक वा वित्तीय संस्थाले निष्काशन तथा बिक्री प्रवन्धकलाई प्रति दरखास्त १० रुपैया बुझाउनु पर्नेमा सो घटाई प्रति दरखास्त दुई रुपैया बुझाउनु पर्ने व्यवस्था गरेको छ । धितोपत्रको केन्द्रीय निक्षेप सेवा प्रदायकले सुविधा उपलब्ध गराए बापत निष्काशन तथा बिक्री प्रबन्धक वा वैक वा वित्तीय संस्थाले प्रति दरखास्त वापत दुई रुपैँयाका दरले शुल्क बुझाउनु पर्नेमा सो घटाई निष्काशन तथा बिक्री प्रबन्धकले प्रति दरखास्त वापत एक रुपैयाँका दरले शुल्क बुझाउनु पर्ने व्यवस्था पनि गरेको छ । सम्बन्धित सामग्री : पुँजीगत लाभकर घटाऔं, आईपीओ शुल्कमा हेरफेर गरौं एक सय रूपैयाँमा पाउनै छोड्यो आईपीओ ! आईपीओको लागत १०० रुपैयाँभन्दा निकै बढी, तपाईंलाई कति पर्दैछ ? सिआश्वा शुल्क : लगानीकर्तालाई जोखिम की शोषण ? आईपीओ भर्दा लाग्ने शुल्क हटाउने, भ्याट १० प्रतिशतदेखि विद्युतीय गाडीमा कर छुटसम्म सेयर भर्दा ५ रुपैयाँभन्दा बढी तिर्नु पर्दैन : अध्यक्ष हमाल
सवारी ज्यानसम्बन्धी मुद्दा मिलाई दिन्छु भनी १ लाख ठगी गर्ने दुईजना पक्राउ
काठमाडौं । सवारी ज्यानसम्बन्धी मुद्दा मिलाई दिन्छु भनी ठगी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कीर्तिपुरमा दर्ता भएको सवारी ज्यानसम्बन्धी मुद्दा मिलाई दिने भन्दै सुरेश महर्जनसँग एक लाख लिएर ठगी गर्ने नुवाकोटको सूर्यगढी गाउँपालिकाका ५६ वर्षीय अरुण गुरुङ र गोरखाको बोर्लाङका ३७ वर्षीय महेश भट्टलाई पक्राउ गरी आज सार्वजनिक गरिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार सवारी ज्यानसम्बन्धी मुद्दा मिलाई दिने भन्दै तीन लाख माग गरेकामा एक लाख रकम लिएर ठगी गरेकाले उनीहरुलाई पक्राउ गरिएको हो । रकम ठगी भएसँगै महर्जनले भदौ ५ गते प्रहरी वृत्त कीर्तिपुरमा निवेदन दिएका थिए । प्रहरीले पक्राउ परेकासँग एक लाख नगद र मोबाइल तीन थान बरामद गरेको छ । पक्राउ परेकामाथि प्रहरीले मुलुकी अपराधसंहिता ऐन, २०७४ को परिच्छेद–२१ को २४९ बमोजिम ठगी गर्न नहुने कसुरमा काठमाडौं जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ । रासस
अस्ट्रेलियामा मिर्गौला उपचार गराउनेहरू दोब्बरले बढे
क्यानबेरा । मिर्गौला प्रतिस्थापन थेरापी (केटिआर) आवश्यक पर्ने अस्ट्रेलियालीहरूको सङ्ख्या विगत २० वर्षमा दोब्बरभन्दा बढीले वृद्धि भएको सरकारी तथ्याङ्कबाट खुलासा भएको छ । अस्ट्रेलियन इन्स्टिच्युट अफ हेल्थ एण्ड वेलफेयर (एआइएचडब्ल्यू) ले मङ्गलबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार सन् २००० मा ११ हजार सात सयले मिर्गौला प्रतिस्थापन थेरापी लिएकामा सन् २०२० मा त्यो सङ्ख्या दोब्बरभन्दा बढीले वृद्धि भएर २७ हजार सात सय पुगेको थियो । अस्पताल भर्ना भएका मध्ये ५३ प्रतिशत डायलासिस (मिर्गौलाले राम्रोसँग काम गर्न छोडेपछि रगतबाट फोहोर हटाउने यान्त्रिक प्रक्रिया)मा थिए र बाँकी मिर्गौला प्रत्यारोपण गराउनेहरू थिए । सन् २०१९/२० मा अस्ट्रेलियामा अस्पताल भर्ना हुने सबैभन्दा धेरै मिर्गौलाका बिरामी रहेका तथा ती मध्ये १४ प्रतिशतले डायलासिस गराएका थिए । एआईएचडब्यूका प्रवक्ता मिरियम लुम ओन तीन महिना वा सोभन्दा बढी समयसम्म रगतबाट फोहोर हटाउन नसक्ने मिर्गौलाको अवस्थालाई ‘क्रोनिक’ मिर्गौला रोग हो भन्दै उनले १७ लाख अष्ट्रेलियालीमा मिर्गौला रोगको प्रारम्भिक लक्षण भएको अनुमान सुनाइन् । उनले धेरै अष्ट्रेलियालीहरू रोगबारे अनजान रहेका पनि बताइन् । मिर्गौला रोगको सबैभन्दा गम्भीर रूप मिर्गौला फेल हुनु हो । मिर्गौलाले काम गर्न नसकेपछि बाँच्नको लागि डायलासिस वा प्रत्यारोपण एकमात्र विकल्प भएको वास्तविकता पनि उनले सुनाइन् । सन् २०२० मा प्रमुख शहरहरूमा बस्नेहरूभन्दासबैभन्दा कम सामाजिक आर्थिक गतिविधि हुने तथा दुर्गम र अति दुर्गम क्षेत्रका मानिसले मिर्गौला प्रतिस्थापन थेरापी गराएका थिए ।
वस्तुमा अनिवार्य रुपमा मूल्य सूची र आवश्यक जानकारी टाँस्नुपर्ने
विराटनगर । पछिल्लो समयमा थोक तथा खुद्रा वस्तुहरुको मूल्य अस्वाभाविक रुपमा बढाइएकाले बिक्रेताहरुले उपभोक्ताहरुले देख्ने गरी अनिवार्य रुपमा मूल्य सूची टाँस गर्नुपर्ने माग गरिएको छ । केही महिनायता प्रदेश नं १ का झापा, मोरङ, सुनसरी लगायतका विभित्र जिल्लामा दैनिक उपभोग्य खाद्य सामग्रीहरु चामल, दाल, चिउरा, भुजा लगायतमा अस्वाभाविक मूल्य वृद्धि भइरहेको गुनासो आएको छ । सो गुनासोसँगै नेपाली उपभोक्ता संरक्षण महासङ्घ प्रदेश नं १ समितिले आज विज्ञप्तिमार्फत थोक तथा खुद्रा बिक्रेताहरुले उपभोक्ताले देख्ने गरी अनिवार्य रुपमा मूल्य सूची टाँस्नुपर्ने माग गरेको हो । यस कार्यप्रति स्थानीय सरकार, जिल्ला प्रशासन कार्यालयहरु तथा सरोकारवाला निकायको ध्यानकर्षण गराउन विज्ञप्तिमार्फत सो माग गरिएको जनाइएको छ । समितिका महासचिव विष्णुप्रसाद पोखरेलले जारी गर्नुभएको सो विज्ञप्तिमा चाउचाउ, प्याकेजिङका नुडल्स लगायतका सामग्रीहरु तौल घटाएर बजारमा पठाएको र मूल्य भने अझ बढाएर पठाएको स्वयं व्यवसायीहरुले नै बताउन थालेकोप्रति गम्भीर ध्यानाकर्षण भएको छ भनिएको छ । स्थानीय तथा जिल्लास्तरीय अनुगमन समितिहरुले यस विषयमा बजार अनुगमन तत्काल गर्न पनि सो विज्ञप्तिमा माग गरिएको छ । विज्ञप्तिमा उत्पादक वा पैठारीकर्ताले लेबलमा खुलाउनुपर्ने कुराहरु उल्लेख नगरेको पाइएकाले यस विषयमा पनि सरोकारवाला निकायहरुको ध्यानकर्षण होस् भनिएको छ । वस्तुमा उत्पादकको नाम, ठेगाना र उद्योगको दर्ता नम्बर, खाद्य पदार्थ, औषधि र सौन्दर्य सामग्री जस्ता वस्तुमा त्यस्ता वस्तुको मिश्रण, मिश्रणका तत्व, परिमाण र तौल, गुणस्तर निर्धारण भएको वस्तु भएमा त्यस्तो वस्तुको गुणस्तर मापक चिह्न, वस्तु उपभोग गर्ने तरिका र त्यस्तो वस्तु उपभोग गरेबाट हुन सक्ने नकारात्मक प्रभाव (साइड इफेक्ट), निश्चित अवधिभित्र उपभोग गरिसक्नु पर्ने वस्तु भए त्यस्तो अवधि, वस्तुको बिक्री मूल्य, ब्याच नम्बर र उत्पादन मिति आदि उल्लेख गर्नुपर्दछ । इलेक्ट्रोनिक, हार्डवेयर, विद्युतीय वा यान्त्रिक वा लामो समयसम्म प्रयोगमा रहने वस्तु भए त्यस्तो वस्तुको ‘ग्यारेन्टी’ वा ‘वारेन्टी’ मिति तथा सो वस्तुसँग सम्बन्धित कानुनबमोजिम अन्य आवश्यक कुरा पनि खुलाउनुपर्नेमा नखुलाइएको बजारमा पाइएको छ । प्रज्वलनशील, दुर्घटनाजन्य वा सजिलैसँग टुटफुट हुन सक्ने वस्तु भए त्यस्तो वस्तुको सुरक्षाका लागि अपनाउनुपर्ने पूर्वसावधानीसम्बन्धी विवरण, वस्तुमा लाग्ने सबै प्रकारका कर समावेश गरी हुन आउने अधिकतम खुद्रा बिक्री मूल्य, वस्तु प्रयोग गर्नुपूर्व कुनै प्रक्रिया पूरा गर्नुपर्ने भए त्यस्तो प्रक्रिया र त्यस्तो प्रक्रिया नपु¥याई प्रयोग गर्दा हुन सक्ने हानी नोक्सानी, मानव स्वास्थ्यलाई हानि पु¥याउने खालका पदार्थहरुको लेबलमा चेतनामूलक सन्देश, चित्र वा चिह्नको प्रयोग जस्ता विषयमा गम्भीर बत्र पनि सो विज्ञप्तिमार्फत आग्रह गरिएको छ । रासस