नेपाल मर्चेन्ट बैंकर संघको आयोजना ‘एमबान स्पोर्टस मिट २०२२’ हुने
काठमाडौं । नेपाल मर्चेन्ट बैंकर संघको संयोजकत्वमा ‘टुगेदर फर अ हेल्दी लाइफस्टाइल’ भन्ने नारासहित पहिलो पहिलोपटक ‘एमबान स्पोर्टस मिट २०२२’ आयोजना हुने भएको छ । ‘एमबान स्पोर्टस मिट २०२२’ अन्तर्गत विभिन्न विधामा धेरै प्रकारका खेलकुद प्रतियोगिताको आयोजना हुने र सो प्रतियोगितामा नेपाल मर्चेन्ट बैंकर संघका सदस्य संस्थाहरु, नियामक निकाय र सरोकारवालाहरुको सहभागिता रहने आयोजकले जनाएको छ । उक्त प्रतियोगितामा पुरुष तथा महिला बिधामा टेबल टेनिस र ब्याटमिण्टनका प्रतिस्पर्धाहरु हुनेछ भने पुरुष बिधामा फुटसल प्रतिस्पर्धा हुने आयोजकले बताएको छ । आयोजकका अनुसार सम्पूर्ण प्रतियोगिताहरु राष्ट्रिय तथा अन्र्तराष्ट्रिय नियमहरुको अधिनमा रहेर सञ्चालन हुनेछन् । कार्यक्रमको उद्घाटन सहित टेबल टेनिस र ब्याटमिण्टनका प्रतिस्र्पधाहरु यहि मिति २०७९ भाद्र १७ र १८ गतेका दिन भत्केको पुल अवस्थित धनवन्तरी फुटसलमा हुने आयोजकले बताएको छ । त्यस्तै फुटसलका प्रतिस्र्पधाहरु प्रतियोगिता समापन सहित मिति २०७९ भाद्र २४ र २५ गतेका दिन चन्डौल अवस्थित ढुकु फुटसल हवमा आयोजना हुने आयोजकले जनाएको छ ।
ड्रागनफ्रुटबाट वार्षिक एक करोड आम्दानी
काठमाडाैं । गरे आफ्नै देशमा सुन फलाउन सकिन्छ भन्ने गतिलो उदाहरण बन्नुभएको छ, मोरङ सुनवर्सी नगरपालिका–१ का गणेश राई । बन्दाबन्दीको असरले निमार्ण व्यवसाय छाडी ड्रागनफ्रुट खेतीमा लाग्नुभएका उनलाई यतिबेला भ्याइ–नभ्याइ छ । राईले दुई वर्षअघि ठूलो चुनैती मोलेर रु एक करोडको लगानीमा फार्म सञ्चालनमा गर्नुभएको थियो । विसं २०७७ मा तुर्छा ड्रागनफ्रुट तथा बहुउद्देश्यीय कृषि फार्ममार्फत ड्रागनफ्रुट खेती सुरु गरेका उनले एक वर्षमै बिरुवा बेचेर लगानीसमेत उठाइसकेका छन् । तीन महिनासम्म १५–२० कामदार लगाएर रोपेको तीन हजार दुई सय पोल ड्रागनफ्रुटले यतिखेर राम्रै उत्पादन दिएको छ । राईको फार्ममा सायमा रेड सी प्रजाति (रातो फल)को ड्रागनफ्रुट लटरम्मै फलेको छ । दुई वर्ष अगाडि सुरु गरिएको व्यवसायले यति छिटो आम्दानी देला भन्ने उन साचेकै थिएन ।राईले आफ्नै तीन बिघा क्षेत्रफलमा रु एक करोडभन्दा बढीको लगानी गर्नुभएको थियो । उक्त ड्रागनखेतीले दोस्रो वर्षदेखि आम्दानी दिन सुरु गरेको थियो । एक पोलबाट वार्षिक एक सय ५० केजी फल फल्ने राईको भनाइ थियो । स्वादिलो तथा पोषिलो यो फलको यतिबेला बजारममा राम्रै माग छ । वार्षिक ठूलो सङ्ख्यामा बाहिरबाट आयात हुने ड्रागनफ्रुट नेपालका विभिन्न स्थानमा व्यावसायिक खेती सुरु हुन थालेको छ । राईले यो याममा मात्र ११ हजार केजी फल र २८ हजार बिरुवा बेच्नु भएको छ। बजारमा ड्रागनफ्रुटको फलको प्रतिकेजी रु सात सय ५० पर्छ भने बिरुवाको रु दुई सय ५० पर्ने गरेको छ ।दैनिक छ कामदारसँगै बारीमा ड्रागनफ्रुटको खेतीमा व्यस्त राईले एकै याममा १५–१६ पटक फल दिने गरेकोे र अझै पाँच हजार केजी फल बेच्ने आशा लिएको बताए । किसानले यो खेती सुक्खा र पानी नजम्ने नेपालको सबै ठाउँमा गर्दै आएका छन् । एकपटक लगानी गर्दा कम्तीमा २५ वर्षसम्म आम्दानी दिने व्यवसाय भएकाले यसप्रति कृषकको आकर्षण बढ्दै गएको छ । ड्रागनफ्रुटसँगै भित्रभित्र बुटेखेती गर्न सकिने भएकाले नगदे बालीले समेत स्थान पाएको छ । सानो क्षेत्रफलमा थोरै लगानीबाट पनि यो व्यावसायिक खेती गर्न सकिने भएकाले सहरबजारका मानिसले समेत कौशी र करेसाबारीमा यो फल रोप्दै आएका छन् । कृषकको आकर्षण बढेसँगै उत्पादनमा वृद्धि हुने देखिएको छ । सरकारले ड्रागनफ्रुट खेतीमा युवालाई आकर्षण गर्न सके आफ्नै देशमा व्यवसाय र रोजगार बढ्ने तथा युवा विदेशिनुपर्ने समस्या घट्ने देखिन्छ ।
भारतीय अर्बपति गौतम अडानी बने विश्वको तेस्रो धनी
एजेन्सी । भारतीय अर्बपति गौतम अडानी १३७।४ बिलियन डलर ९करिब ११ लाख करोड रुपैयाँ० को सम्पत्तिका साथ विश्वको तेस्रो धनी व्यक्ति बन्न सफल भएका छन् । उनले फ्रान्सका बर्नार्ड अर्नाल्टलाई पछि पार्दै यो स्थान हासिल गरेका हुन् । ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सको शीर्ष तीनमा एसियाली व्यक्ति प्रवेश गरेको यो पहिलो पटक हो। अहिले उनी विश्वका धनी मस्क र बेजोसभन्दा पछि छन् । टेस्लाका संस्थापक एलोन मस्क २५१ अर्ब डलरको कुल सम्पत्तिका साथ सूचीको शीर्ष स्थानमा छन् भने बेजोस १५३ अर्ब डलरको साथ दोस्रो स्थानमा रहेका छन् । विश्वका शीर्ष १० धनीको सूचीमा अडानी एक मात्र भारतीय हुन्। रिलायन्सका अध्यक्ष मुकेश अम्बानी ९१।९ बिलियन डलर ९७।३ लाख करोड रुपैयाँ० को कुल सम्पत्तिका साथ ११ नम्बरमा छन्। गत महिना बिल गेट्सलाई पछि पार्दै अडानी चौथो धनी व्यापारी बन्न सफल भएका थिए । उनले बिल गेट्सलाई पछि पारेका छन् । अडानीले २०२२ मा मात्रै आफ्नो कुल सम्पत्तिमा ६०।९ बिलियन डलर थपेका थिए । यो कुनै पनि व्यापारीको भन्दा ५ गुणा बढी हो । अडानीको कुल सम्पत्ति अप्रिल २०२१ मा ५७ बिलियन डलर थियो । १०० बिलियन डलर भन्दा बढीको नेटवर्थ भएका व्यक्तिहरूलाई सेन्टिबिलियनर भनिन्छ । एक वर्ष पहिले, अप्रिल २०२१ मा अडानीको कुल सम्पत्ति छठ बिलियन डलर थियो। सन् २०२१/२२ मा अडानीको सम्पत्ति सबैभन्दा छिटो वृद्धि भएको जनाइएको छ ।
आयातमा गरिएको कडाइ खुकुलो पार्न राष्ट्र बैंकमाथि दबाब, १० वस्तुमाथि लगाइएको प्रतिबन्ध के हुन्छ ?
काठमाडौं । विभिन्न वस्तु आयातमा गरिएको कडाइ खुकुलाे पार्न अर्थमन्त्रालयले राष्ट्र बैंकलाई दबाब दिएको बुझिएको छ । राष्ट्र बैंक स्रोतका अनुसार राष्ट्र बैंकले विभिन्न वस्तु आयातमा गरिएको कडाइलाई खुकुलो पार्न वा कडाइ हटाउनका लागि अर्थमन्त्रालयले राष्ट्र बैंकमाथि दबाब दिएको हो । तर, राष्ट्र बैंकले भने हालको कडाइ यथावत नै राख्नु पर्ने अडान राख्दै आएको बुझिएको छ । ‘राष्ट्र बैंकले विभिन्न वस्तु आयातमा शतप्रतिशत एलसीको व्यवस्था गरेर कडाइ गरेको छ तर अर्थमन्त्रालयबाट कडाइ खुकुलो पार्न दबाब छ, राष्ट्र बैंक अहिलेको कडाइ खुकुलो पार्नु हुँदैन भन्ने मनसायमा छ, कडाइ गरेपनि अनौपचारिक च्यानलबाट वस्तु आयात हुन थाल्यो, राजश्व पनि गुम्न थाल्यो भनेर अर्थबाट कडाइ हटाउनु पर्ने दबाब छ,राष्ट्र बैंक हटाउनु हुन्न भन्ने लाइनमा छ,’ स्रोतले भन्यो । आयातमा गरिएको कडाइका कारण नै विदेशी मुद्राको सञ्चितिमा सुधार हुँदै गएको बुझाइ राष्ट्र बैंकको पनि छ । पछिल्लो समय रेमिट्यान्स पनि बढ्दै गएको छ । आयातमा गरिएको कडाइका कारण नै अर्थतन्त्र सुधारको दिशामा गइरहेको बुझाइ राष्ट्र बैंकको छ । त्यसैले पनि यो कडाइलाई निरन्तरता दिने पक्षमा राष्ट्र बैंक छ । गत साता विकासन्युजसँको कुराकानीमा नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर डा. निलम ढुङ्गाना तिम्सिनाले आयातमा गरिएको कडाइलाई तत्काल खुकुलो पार्न नसकिने बताएकी थिइन् । ‘हामीले विदेशी मुद्रा कमाउन सकेनौं भने उपभोग कम गरेर आयात घटाउनुको विकल्प छैन, विदेशी मुद्रा आर्जन गर्ने हामीसँग आधार नभएपछि कडाइ गर्नु परेको हो, बैंकहरुले ‘इम्पोर्ट फाइनान्सिङ’ गरेर नै आयात बढ्ने हा, घरजग्गाबाट गरेको रकम पनि आयातमै गयो, घरजग्गा व्यापारीले नाफा गरेर महँगो गाडी आयात गर्छ, गरगहना आयात गर्छ, त्यसपछि सेयर बजारमा लगानी गर्छ, सेयरबाट कमाएको पैसा पनि आयातमै जान्छ, पोलिसी रेट बढायो भने कर्जा कम जान्छ, कर्जा कम गयो भने आयात पनि कम नै हुन्छ भन्ने हिसाबले यो कडाइ गरिएको हो, आयात नियन्त्रण गर्नुको कारण हामी सस्टेन गर्नका लागि हो, हामीले सजगतापूर्ण कसिलो मौद्रिक नीति ल्याएका छौं । यो आर्थिक वर्षभर हामी कसिलो नीतिमै जान्छौं, उनले भनिन्, तत्काल यो नीति परिवर्तन हुँदै, अहिले बाच्ने बेला मात्रै हो, हामीले धेरै आयातमुखी र उपभोगमुखी हुनुहुँदैन ।’ यस्तै, सरकारले १० वस्तु माथि लगाएको प्रतिबन्धलाई हटाउने वा खुकुलो पार्ने भन्ने विषयमा पनि अहिले चर्चा भइरहेको छ । विदेशी मुद्राको सञ्चिति घट्दै गएपछि सरकारले विभिन्न १० वस्तु आयातमा चार महिनाअघि प्रतिबन्धको म्याद आइतबार राति सकिसकेको छ । त्यसयता सरकारले कुनै सूचना जारी गरेको छैन । तर, राष्ट्र बैंकले भने प्रतिबन्धलाई यथावत नै राख्न सुझाव दिएको राष्ट्र बैंक स्रोतको भनाइ छ । १० वस्तुको प्रतिबन्ध यथावत राख्ने नै गरी मन्त्रिपरिषद्मा सिफारिस भएको बताइएको छ । विदेशी मुद्रा सञ्चिति घटेर भुक्तानी सन्तुलनमा चाप परेपछि सरकारले गत वैशाख १३ मा १० वस्तुको आयातमा बन्देज लगाउने निर्णय गरेको थियो । असार ३१ मा राजपत्रमा अर्को सूचना प्रकाशित गर्दै त्यसलाई भदौ १४ सम्म निरन्तरता दिइएको थियो । सरकारले बन्देज लगाएपछि तुलनात्मक रूपमा आयातमा कमी भएको छ । अहिले अर्थतन्त्र केही सुधारको दिशामा जाने संकेत देखिएकोले १० वस्तुमाथि लगाइएको प्रतिबन्ध कायमै राख्ने पक्षमा सरकार छ ।
कोरियामा कोभिडबाट एकैदिन एकहत्तर जनाको मृत्यु
फोटो एरियाना न्युजबाट । एजेन्सी । दक्षिण कोरिया, न्युजिल्याण्ड र मलेसियामा कोभिड–१९ सङ्क्रमणबाट ज्यान गुमाउनेहरूको सङ्ख्या अप्रत्यासित रूपमा बढेको छ । चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार सोमबार दक्षिण कोरियामा ७१, मलेसियामा आठ र न्युजिल्याण्डमा अनुसार ११ जनाको मृत्यु भएको छ । न्युजिल्याण्डको स्वास्थ्य मन्त्रालयले मङ्गलबार जनाएअनुसार अघिल्लो महिनाको तुलनामा नयाँ सङ्क्रमितको सङ्ख्या लगातार घटेको छ । एक महिनाअघि न्युजिल्याण्डमा दैनिकरूपमा १० हजारभन्दा बढी नयाँ सङ्क्रमित फेला परेका थिए । बिरामीहरूको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । यसैबीच, मलेसियामा सोमबार मध्यरातसम्मको विवरणअनुसार आठ जनाले कोभिड–१९ बाट ज्यान गुमाएका छन् । हालसम्म मलेसियामा ३६ हजार दुई सय छ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भइसकेको छ । दक्षिण कोरियामा भने महामारी साम्य हुने लक्षण देखिएको छैन । सोमबार एकै दिन ७१ जनाको मृत्यु भएको छ । सोमबार मध्यरात सार्वजनिक गरिएको विवरणअनुसार देशमा एक लाख १५ हजार छ सय ३८ जना नयाँ सङ्क्रमित थपिएका छन् । हाल दक्षिण कोरियामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या दुई करोड ३१ लाख ४२ हजार चार सय ७९ पुगेको सरकारी अधिकारीहरूले बताएका छन् ।
कक्षा १२ को परीक्षाफल आज प्रकाशित हुने
काठमाडौं । यस वर्षको कक्षा १२ को परीक्षाफल आज प्रकाशित हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले यो वर्षमा सञ्चालित कक्षा १२ को परीक्षाफल आज प्रकाशित गर्ने जनाएको हो । बोर्डका अध्यक्ष महाश्रम शर्माले सञ्चार माध्यमसँग कुराकानी गर्दै आज मंगलबार साँझसम्म परीक्षाफल प्रकाशित हुने बताएका छन् । बोर्डले गत जेठको १६ गतेदेखि २५ गतेसम्म कक्षा १२ को परीक्षा लिएको थियो । जसमा देशैभरीका ९ हजार २ सय ९२ परीक्षा केन्द्रमार्फत् ४ लाख १० हजार ५० जना विद्यार्थी सहभागी भएका थिए ।
नरैनापुरका किसान ‘पानी बिनाको माछा’ जस्तै बने, मन्त्री अथकद्धारा राहत प्याकेजको प्रतिवद्धता
काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले बाँकेको नरैनापुर क्षेत्रको स्थलगत निरिक्षण गरेका छन् । लामो समयदेखी वर्षा हुन नसक्दा खडेरीको सामना गरीरहेको नरैनापुर क्षेत्र पुगेर मन्त्री अथकले सोमबार स्थलगत निरिक्षण गरेका हन् । लामो समयदेखी पनि पानी नपरेपछि रोपेको धान बिऊ सुकेर पराल भईसकेले नरैनापुरमा भोकमरीको त्रास बढेको सामाचार विभिन्न संचारमाध्यममा आएपछी बाँके क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य समेत रहेका मन्त्री अथकले त्यस प्रति चासो देखाएका हुन् । निरिक्षणका क्रममा मन्त्री अथकले सुख्खा क्षेत्र रहेको नरैनापुरका किसानहरुका लागि राहत प्याकेजका सवालमा पहल गर्ने प्रतिबद्धता जनाए । नरैनापुरका किसानहरुलाई भोकमरीबाट जोगाउन तिनै तहका सरकारले विशेष ध्यान दिनुपर्ने बताउँदै मन्त्री अथकले समस्या समाधानकालागि केन्द्रिय स्तरबाटै पहल गर्ने प्रतिवद्धता जनाए । भदौको दोस्रो सातासम्म पनि पानी नपरेछी नरैनापुरका किसानहरुको यो वर्षको खेतीको आसा मारिसकेका छन् । अन्य क्षेत्रमा खेती लगाईसक्दा समेत आफुहरुले धान रोप्न नपाएको भन्दै नरैनापुरका किसानहरुले दुख ब्यक्त गरेका छन् । पानी पर्ला र छिटो खेती गरौला भन्ने आसैआसमा बसेका कृषकहरुले तयार पारेको बीउ समेत सुकेर पराल बनेको छ । सिँचाईको सुबिधा नभएकाले आकासे पानीको भरमा बसेका नरैनापुरका किसानहरु पानी बिनाको माछा जस्तै बनेका छन् । नरैनापुर गाऊँपालिका अध्यक्ष ईस्तियाक अहमद शाहका अनुसार यो वर्ष नरैनापुरमा भोकमरी हुने संकेत देखिएको छ । कृषकहरुलाई भोकमरीबाट बचाउन केन्द्र सरकारकाबाट राहत उपलब्ध गराउन साहले मन्त्री अथकलाई आग्रह गरे । खडेरीबाट उत्पन्न हुनसक्ने परिस्थिती भयावह हुनसक्ने भन्दै अध्यक्ष शाहले केन्द्र र प्रदेश सरकारले राहत प्याकेज उपलब्ध गराउनुपर्ने बताए । उनुभएको हो । नरैनापुरमा ३ हजार ९ सय ६६ हेक्टर जमिन रहेको छ । जसमध्ये १५ प्रतिशत जमिनमा मात्र रोपाई भएको र समयमै पानि नपर्दा रोपेको धान समेत सुकेको नरैनापुर कृषि शाखा प्रमुख सदन भण्डारीले जानकारी दिए । कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालका अनुसार नरैनापुर बाहेक बाँके जिल्लामा ९९ प्रतिशत रोपाई भईसकेको र नरैनापुरमा पानी नपर्दा रोपाई हुन नसकेको हो । रोपाईको लागि तयार भएको बीउ सुकेर पराल भएको र पुनः बीउ राख्ने अवस्था नभएको कारण खेतीको आस मरीसकेको नरैनापुर ३ का किसान रामनरेश हरिजन बताउँछन् । सिक्टा सिंचाई आयोजनाले नहर बनाउन ढिलो गरेकाले वर्षे बालीकालागि आकासे पानीको भर पर्नुपर्नेे भन्दै हरीजन दुख ब्यक्त गरे ।
माग र आवश्यकतालाई प्राथमिकतामा राखेर काम गरिरहेका छौं – उपप्रमुख डंगोल
काठमाडौँ । काठमाडौं महानगरकी उपप्रमुख सुनिता डंगोलले स्थानीय माग र संघीय राजधानी सहरको आवश्यकतालाई प्राथमिकता निर्धारण गरेर काम गरिरहेको बताएकी छिन् । वैदेशिक अध्ययनमा अध्ययनरत विद्यार्थीहरुसँगको भेटका क्रममा उनले सो कुरा बताएकी हुन् । काठमाडौं विश्वविद्यालय, स्कूल अफ इञ्जिनियरिङका प्राध्यापक भीमप्रसाद श्रेष्ठको नेतृत्वमा संयुक्त राज्य अमेरिकामा अध्ययनरत विद्यार्थीहरु उक्त कार्यक्रममा उपस्थित थिए । उपप्रमुख डंगोलका अनुसार फोहोरमैला व्यवस्थापनसँग सम्बन्धित काम गर्दा मानव स्वास्थ्य र वातावरणमा असर नहोस् भन्ने विषयमा महानगर सचेत रहेको छ । ‘वडा स्तरमा मेलमिलापकर्तामार्फत मेलमिलापलाई प्राथमिकतामा राखेको छु, महिला सशक्तिकरणका लागि उपलब्धी हासिल भएका छन्, यसको पूर्णताका लागि परिवारको मनोविज्ञानसँग सम्बन्धित पक्षलाई सुधार गर्दै जानुपर्छ,’ उनले भनिन् । नेपालस्थित अमेरिकी दूतावासको सहयोगमा विचारगोष्ठी सञ्चालन भइरहेको छ ।