नरैनापुरका किसान ‘पानी बिनाको माछा’ जस्तै बने, मन्त्री अथकद्धारा राहत प्याकेजको प्रतिवद्धता

<p>काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले बाँकेको नरैनापुर क्षेत्रको स्थलगत निरिक्षण गरेका छन् । लामो समयदेखी वर्षा हुन नसक्दा खडेरीको सामना गरीरहेको नरैनापुर क्षेत्र पुगेर मन्त्री अथकले सोमबार स्थलगत निरिक्षण गरेका हन् । लामो समयदेखी पनि पानी नपरेपछि रोपेको धान बिऊ सुकेर पराल भईसकेले नरैनापुरमा भोकमरीको त्रास बढेको सामाचार विभिन्न संचारमाध्यममा आएपछी [&hellip;]</p>

काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले बाँकेको नरैनापुर क्षेत्रको स्थलगत निरिक्षण गरेका छन् । लामो समयदेखी वर्षा हुन नसक्दा खडेरीको सामना गरीरहेको नरैनापुर क्षेत्र पुगेर मन्त्री अथकले सोमबार स्थलगत निरिक्षण गरेका हन् । लामो समयदेखी पनि पानी नपरेपछि रोपेको धान बिऊ सुकेर पराल भईसकेले नरैनापुरमा भोकमरीको त्रास बढेको सामाचार विभिन्न संचारमाध्यममा आएपछी बाँके क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य समेत रहेका मन्त्री अथकले त्यस प्रति चासो देखाएका हुन् ।

निरिक्षणका क्रममा मन्त्री अथकले सुख्खा क्षेत्र रहेको नरैनापुरका किसानहरुका लागि राहत प्याकेजका सवालमा पहल गर्ने प्रतिबद्धता जनाए । नरैनापुरका किसानहरुलाई भोकमरीबाट जोगाउन तिनै तहका सरकारले विशेष ध्यान दिनुपर्ने बताउँदै मन्त्री अथकले समस्या समाधानकालागि केन्द्रिय स्तरबाटै पहल गर्ने प्रतिवद्धता जनाए ।

भदौको दोस्रो सातासम्म पनि पानी नपरेछी नरैनापुरका किसानहरुको यो वर्षको खेतीको आसा मारिसकेका छन् । अन्य क्षेत्रमा खेती लगाईसक्दा समेत आफुहरुले धान रोप्न नपाएको भन्दै नरैनापुरका किसानहरुले दुख ब्यक्त गरेका छन् । पानी पर्ला र छिटो खेती गरौला भन्ने आसैआसमा बसेका कृषकहरुले तयार पारेको बीउ समेत सुकेर पराल बनेको छ । सिँचाईको सुबिधा नभएकाले आकासे पानीको भरमा बसेका नरैनापुरका किसानहरु पानी बिनाको माछा जस्तै बनेका छन् ।

नरैनापुर गाऊँपालिका अध्यक्ष ईस्तियाक अहमद शाहका अनुसार यो वर्ष नरैनापुरमा भोकमरी हुने संकेत देखिएको छ । कृषकहरुलाई भोकमरीबाट बचाउन केन्द्र सरकारकाबाट राहत उपलब्ध गराउन साहले मन्त्री अथकलाई आग्रह गरे । खडेरीबाट उत्पन्न हुनसक्ने परिस्थिती भयावह हुनसक्ने भन्दै अध्यक्ष शाहले केन्द्र र प्रदेश सरकारले राहत प्याकेज उपलब्ध गराउनुपर्ने बताए । उनुभएको हो ।

नरैनापुरमा ३ हजार ९ सय ६६ हेक्टर जमिन रहेको छ । जसमध्ये १५ प्रतिशत जमिनमा मात्र रोपाई भएको र समयमै पानि नपर्दा रोपेको धान समेत सुकेको नरैनापुर कृषि शाखा प्रमुख सदन भण्डारीले जानकारी दिए । कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालका अनुसार नरैनापुर बाहेक बाँके जिल्लामा ९९ प्रतिशत रोपाई भईसकेको र नरैनापुरमा पानी नपर्दा रोपाई हुन नसकेको हो ।

रोपाईको लागि तयार भएको बीउ सुकेर पराल भएको र पुनः बीउ राख्ने अवस्था नभएको कारण खेतीको आस मरीसकेको नरैनापुर ३ का किसान रामनरेश हरिजन बताउँछन् । सिक्टा सिंचाई आयोजनाले नहर बनाउन ढिलो गरेकाले वर्षे बालीकालागि आकासे पानीको भर पर्नुपर्नेे भन्दै हरीजन दुख ब्यक्त गरे ।

Share News