विकासन्युज

सहकारीको आयकर घट्यो, अब कुनलाई कति ?

काठमाडौं । सरकारले सहकारीको आय कर घटाएको छ । चालु आर्थिक वर्ष २०७९/०८० को बजेटमार्फत बृद्धि गरेको सहकारीको आयकर बिहीबार आर्थिक ऐन २०७९ संशोधन गर्दै घटाएको हो । आयकर वृद्धिको चौतर्फी विरोध भएपछि अर्थमन्त्री जनार्दन शर्माको प्रस्तावमा मन्त्रीपरिषद्ले सहकारीलगायत क्षेत्रको कर घटाएको हो । अब सहकारी संस्थाहरुको करयोग्य आयमा नगरपालिकाभित्र सञ्चालित संस्थालाई ५ प्रतिशत, उपमहानगरका लागि ७ प्रतिशत र महानगरको हकमा १० प्रतिशत आयकर लाग्नेछ । अर्थमन्त्री शर्माले भने चालु आवको बजेटमा सहकारीको करको दरमा ५० प्रतिशत बृद्धि गर्दै नगरपालिकाभित्र सञ्चालन भएकोमा ७.५, उपमहानगर क्षेत्रभित्र सञ्चालन भएकोमा १० र महानगरक्षेत्रभित्र सञ्चालन भएकोमा १५ प्रतिशत करलाग्ने ब्यवस्था गरेका थिए ।

‘दिगो विकास लक्ष्य पूरा गर्न पूर्वाधारमा जीडीपीको करिब ९.५४ प्रतिशत लगानी हुनुपर्छ’

काठमाडाैं । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले नेपालको दिगो विकास लक्ष्य पूरा गर्न पूर्वाधारमा जीडीपीको करिब ९.५४ प्रतिशत लगानी हुनुपर्ने आवश्यकता रहेको बताएका छन् । बिहीबार परिसंघले आयोजना गरेको दुई दिने पूर्वाधार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष अग्रवालले यस्तो बताएका हुन् । उनले पूर्वाधार विकासमा जीडीपीको करिव ९.५४ प्रतिशत लगानी हुनुपर्ने भएपनि अहिले ३ प्रतिशत मात्रै भएको बताए । अध्यक्ष अग्रवालले मुलुकमा तीव्र आर्थिक विकासको लागि पूर्वाधार निर्माण आवश्यक रहेको बताउँदै आर्थिक विकासको लागि भौतिक पूर्वाधार मात्रै नभई प्रविधिको विकास पनि आवश्यक रहेको बताए । उनले चालु आर्थिक वर्षमा ४.५ प्रतिशत भन्दा कम पुँजीगत खर्च हुने अनुमान गरिएको बताए ।यस्तै, अध्यक्ष अग्रवाल वैदेशिक लगानी बढाउनको लागि केही नीतिगत सुधार र विश्व बजारसँग जोडिने वित्तीय उपकरणहरु व्यवस्था गर्नुपर्ने बताउँछन् ।

एनसीसी बैंकका ग्राहकलाई भरतपुरको मनकामना अस्पतालमा विशेष छुट

काठमाडौं । एनसीसी बैंक र भरतपुरमा अवस्थित मनकामना अस्पतालबीच सम्झौता भएको छ । बैंक र अस्पतालबीच बैंकका ग्राहकलाई विशेष छुट दिने सम्झौता भएको हो । सम्झौता अनुसार बैंकको भिसा डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले उक्त मनकामना अस्पतालमा ओपिडी चेकअप एण्ड इन्भेस्टिगेसन इन्डोस्कोपी, एक्स रे, युएसजी, प्याथोलोजी टेष्ट, जेनेरल वार्ड र क्याबिन बेड चार्जमा १५ प्रतिशत र ओटी चार्जस, सिटी स्क्यान, आइसियु, एनआइसियु, एचडियुमा १० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १५६ शाखा १५ एक्स्टेन्सन काउन्टर र १३७ एटिएम वुथहरु सञ्चालन गरी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । नाबालिगलाई बलात्कार गरेको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत काठमाडौंले बिहीबार बलात्कार आरोपित लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । केहीबेर अघि मात्रै जिल्ला अदालत काठमाडौंले लामिछानेविरुद्ध अनुसन्धानका लागि पक्राउ पुर्जी जारी गरेको हो ।  

यी हुन् उद्योगमन्त्री बडूले पाँच महिनामा गरेका काम

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले पाँच महिनाको कार्य प्रगति सार्वजनिक गरेका छन् । बिहीबार मन्त्रालयले पत्रकार सम्मेलनको आयोजना गरी पाँच महिना अवधिको उपलब्धि सार्वजनिक गरेको हो । मन्त्री बडूले मन्त्रालय सम्हालेको ५ महिनामा नतिजा देखिने गरी काम गरेको दावी गरेका छन् । कोभिड–१९ महामारी र रुस–युक्रेन युद्धका कारण शिथिल बनेको औद्योगिक उत्पादन र व्यापार क्षेत्रलाई पुरानै अवस्थामा फर्काइएको दाबी गर्दै मन्त्री बडूले अहिले अहिले अर्थतन्त्रमा केही सुधार गरिएको बताए । ‘कोभिडले उत्पादन मुलुक उद्योगको उत्पादन ४० प्रतिशतले घटेको थियो, यस्ता १० प्रतिशत उद्योग पनि बन्द भएका थिए, आयात बढेको थियो, तर अहिले केही सुधार आएको छ, विदेशी मुद्रा सञ्चितिमा सुधार देखिँदै आएको छ,’ उनले भने । यस्ता छन् मन्त्रीका पाँच महिनाको उपलब्धि [pdf id=350704]

डिशहोमका स्याङ्जाका ग्राहक रोमलालले जिते १ लाख रुपैयाँ  

काठमाडौं । डिशहोमका ग्राहक स्याङ्जा जिल्लाका रोमलाल अधिकारीले एक लाख रुपैयाँ जितेका छन् । डिशहोमको १ वर्षको रिचार्ज गर्दा अधिकारीले एक लाख रुपैयाँ जितेका हुन् । कम्पनीका क्षेत्रिय सेल्स म्यानेजर प्रदिप सुवेदीले अधिकारीलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका थिए । कम्पनीले ल्याएको योजना अन्तर्गत डिशहोम डिटिएचका ग्राहकहरुले एक वर्षको रिचार्ज गर्दा हरेक हप्ता लक्की ड्र मार्फत एक लाख जित्ने अवसर प्राप्त गर्ने छन् । डिशहोमका ग्राहकहरुले यो योजनामा सहभागी हुन आफ्नो नजिकको डिशहोम डिलरदाईकोमा गएर डिशहोमको फण्ड ट्रान्स्फर मार्फत आफुले प्रयोग गरेको प्याकेजको १ वर्षको रिचार्ज गर्नुपर्नेछ । यस लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टिभी, रमाईलो एचडी, सरोकार टिभी, नेपा च्यानल तथा डिशहोम सोकेसमा हुने गर्दछ ।  

एभरेष्ट बैंककाे भिसा कार्ड अब कन्टयाक्टलेश

काठमाडौं । एभरेष्ट बैंकले आफ्नो भिसा डेबिट कार्डलाई नयाँ स्वरुप दिएको छ । नयाँ स्वरुप भएको कार्ड कन्टयाक्टलेश भएको बैंकले जनाएको छ । बैंकले नयाँ कार्डको अनावरण गरेसँगै दराजसँग यो वर्षसम्मको विभिन्न अभियानमा सहभागी भएर आफ्ना भिसा कार्ड प्रयोगकर्ताहरुलाई छुट दिने जनाएको छ । साथै, बैंकको सो कार्ड मोको वालेटमा लिङ्क गरेर पनि कारोबार गर्न सकिनेछ । बैंकका उच्च पदस्थ अधिकारीको उपस्थितिमा सो नयाँ स्वरुपको कार्डको सुरुवात गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्गले आगामी दिनमा समेत आफ्ना कार्ड प्रयोगकर्ताहरुलाई विभिन्न सुविधा थपिँदै लगिने कुरा जनाकारी गराए । बैंकले देशैभरि छरिएर रहेको आफ्नो ११८ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १५३ एटिएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंङ सुविधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।

माछापुच्छ्रे बैंकले ३ करोडसम्मका कृषि कर्जाहरुको सुरक्षण गर्ने

काठमाडाैं । माछापुच्छ्रे बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच कृषि कर्जा सुरक्षण गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला तथा कोषको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले हस्ताक्षर गरेका थिए । सम्झौता पश्चात बैंकले लगानी गर्ने तीन करोडसम्मका कृषि कर्जाहरुको कर्जा सुरक्षण गर्नेछ । यसअघि, माछापुच्छ्रे बैंकले नेपाल राष्ट्र बैंकको प्रावधान अनुसार सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि अन्तर्गत प्रवाह भएका शिक्षित युवा स्वरोजगार कर्जा अन्तर्गत ७ लाखसम्म, वैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना कर्जा तथा दलित समुदाय व्यवसाय विकास कर्जा अन्तर्गत लगानी भएका १० लाखसम्म र महिला उद्यमशीलता कर्जा अन्तर्गत लगानी भएका १५ लाखसम्मको कर्जा सुविधाहरुको कर्जा सुरक्षण गर्दै आईरहेको छ ।