यी हुन् उद्योगमन्त्री बडूले पाँच महिनामा गरेका काम

<p>काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले पाँच महिनाको कार्य प्रगति सार्वजनिक गरेका छन् । बिहीबार मन्त्रालयले पत्रकार सम्मेलनको आयोजना गरी पाँच महिना अवधिको उपलब्धि सार्वजनिक गरेको हो । मन्त्री बडूले मन्त्रालय सम्हालेको ५ महिनामा नतिजा देखिने गरी काम गरेको दावी गरेका छन् । कोभिड–१९ महामारी र रुस–युक्रेन युद्धका कारण शिथिल बनेको औद्योगिक [&hellip;]</p>

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले पाँच महिनाको कार्य प्रगति सार्वजनिक गरेका छन् । बिहीबार मन्त्रालयले पत्रकार सम्मेलनको आयोजना गरी पाँच महिना अवधिको उपलब्धि सार्वजनिक गरेको हो । मन्त्री बडूले मन्त्रालय सम्हालेको ५ महिनामा नतिजा देखिने गरी काम गरेको दावी गरेका छन् ।

कोभिड–१९ महामारी र रुस–युक्रेन युद्धका कारण शिथिल बनेको औद्योगिक उत्पादन र व्यापार क्षेत्रलाई पुरानै अवस्थामा फर्काइएको दाबी गर्दै मन्त्री बडूले अहिले अहिले अर्थतन्त्रमा केही सुधार गरिएको बताए ।

‘कोभिडले उत्पादन मुलुक उद्योगको उत्पादन ४० प्रतिशतले घटेको थियो, यस्ता १० प्रतिशत उद्योग पनि बन्द भएका थिए, आयात बढेको थियो, तर अहिले केही सुधार आएको छ, विदेशी मुद्रा सञ्चितिमा सुधार देखिँदै आएको छ,’ उनले भने ।

यस्ता छन् मन्त्रीका पाँच महिनाको उपलब्धि

[pdf id=350704]

Share News