काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा सिमेन्ट उद्योगको वित्तीय अवस्था कमजोर देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत पाँच सिमेन्ट कम्पनीले समीक्षा अवधिमा कुल ६ अर्ब १८ करोड ९० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेका छन् ।
यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३७.१७ प्रतिशत कम हो । गत वर्षको असोज मसान्तसम्ममा यी कम्पनीले ९ अर्ब ८५ करोड ९ लाख रुपैयाँ आम्दानी गरेका थिए ।
आम्दानीमा आएको गिरावटसँगै कम्पनीहरूको नाफामा समेत दबाब परेको छ । समीक्षा अवधिमा पाँच कम्पनीको खुद नाफा तथा नोक्सानी समायोजन गर्दा १० करोड ५२ लाख ८० हजार रुपैयाँ खुद नोक्सानी देखिएको छ ।
यस अवधिमा सर्वोत्तम, शिवम् र सोनापुर सिमेन्ट नाफामा रहे पनि घोराही र पाल्पा सिमेन्ट खुद नोक्सानीमा गएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा पाँच कम्पनीले कुल ४८ करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए । यसरी गत वर्ष नाफामा रहेका सिमेन्ट कम्पनीहरू चालु आवको पहिलो त्रैमासमा समग्रमा नोक्सानीमा पुगेका छन् ।
आम्दानीमा आएको गिरावट, बिक्री लागतमा भएको वृद्धि र सञ्चालन खर्चको दबाबले सिमेन्ट उद्योगको नाफा प्रभावित भएको देखिन्छ ।

सर्वोत्तम सिमेन्टले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १० करोड ३९ लाख ४० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६७.९४ प्रतिशतले कम हो । गत वर्षको पहिलो त्रैमासमा कम्पनीले ३२ करोड ४२ लाख ८० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा सञ्चालन आम्दानी भने ११.५७ प्रतिशतले बढेर २ अर्ब २० करोड ४४ लाख १६ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ९७ करोड ५७ लाख ४७ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।
यद्यपि, सञ्चालन आम्दानी बढे पनि बिक्री लागतमा भएको उच्च वृद्धिले कम्पनीको नाफामा दबाब परेको देखिन्छ । समीक्षा अवधिमा बिक्री लागत ४०.६६ प्रतिशतले बढेर १ अर्ब ९१ करोड ७३ लाख ९७ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो लागत १ अर्ब ३६ करोड ३१ लाख १६ हजार रुपैयाँ थियो ।
कम्पनीको अन्य आम्दानी २०.०५ प्रतिशतले बढेर ६ करोड ५४ लाख ३५ हजार रुपैयाँ पुगेको छ । तर, कुल नाफा भने ५३.१४ प्रतिशतले घटेर २८ करोड ७० लाख १८ हजार रुपैयाँमा सीमित भएको छ । गत वर्षको सोही अवधिमा कम्पनीको कुल नाफा ६१ करोड २६ लाख ३१ हजार रुपैयाँ थियो ।
समीक्षा अवधिमा कम्पनीको कुल खर्च १६.३७ प्रतिशतले घटेर २२ करोड ५९ लाख ८८ हजार रुपैयाँ कायम भएको छ । प्रशासनिक खर्च ५९.७६ प्रतिशतले घटेर ३ करोड ३८ लाख ७१ हजार रुपैयाँमा झरेको छ । त्यसैगरी, बिक्री तथा वितरण खर्च ८.६७ प्रतिशतले बढेर १३ करोड ३ लाख ३९ हजार रुपैयाँ पुगेको छ भने वित्त लागत ६.५७ प्रतिशतले घटेर ६ करोड १७ लाख ७७ हजार रुपैयाँ कायम भएको छ ।
कम्पनीको चुक्ता पुँजी ५ प्रतिशतले बढेर ५ अर्ब २२ करोड ४२ लाख ७५ हजार रुपैयाँ पुगेको छ । अन्य इक्विटी भने २.७१ प्रतिशतले घटेर ४ अर्ब ९० करोड ५० लाख १६ हजार रुपैयाँ कायम भएको छ । कम्पनीको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ९६ पैसा र प्रतिसेयर नेटवर्थ २०० रुपैयाँ ३४ पैसा रहेको छ ।

शिवम् सिमेन्टले चालु आवको पहिलो त्रैमासमा ७ करोड ६ लाख ३० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६६.३१ प्रतिशतले कम हो । गत वर्षको पहिलो त्रैमासमा कम्पनीले २० करोड ९६ लाख ६८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीका अनुसार समीक्षा अवधिमा सञ्चालन आम्दानी १६.६९ प्रतिशतले बढेर १ अर्ब ७८ करोड ९२ लाख ६२ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ५३ करोड ३३ लाख ९ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।
सञ्चालन आम्दानी बढे पनि बिक्री लागतमा भएको वृद्धिले कम्पनीको नाफामा दबाब परेको देखिन्छ । समीक्षा अवधिमा बिक्री लागत ३२.१० प्रतिशतले बढेर १ अर्ब ५९ करोड ४१ लाख ४७ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो लागत १ अर्ब २० करोड ६७ लाख ३७ हजार रुपैयाँ थियो ।
कम्पनीको अन्य आम्दानी १.८२ प्रतिशतले बढेर १० करोड ५५ लाख ४५ हजार रुपैयाँ पुगेको छ । तर, कुल नाफा भने ४०.२५ प्रतिशतले घटेर १९ करोड ५१ लाख १५ हजार रुपैयाँमा सीमित भएको छ । गत वर्षको सोही अवधिमा कम्पनीको कुल नाफा ३२ करोड ६५ लाख ७२ हजार रुपैयाँ थियो ।
समीक्षा अवधिमा कम्पनीको कुल खर्च १३.९८ प्रतिशतले बढेर २२ करोड ४३ लाख ९ हजार रुपैयाँ पुगेको छ । प्रशासनिक खर्च २६.३१ प्रतिशतले घटेर ४ करोड ५५ लाख ९७ हजार रुपैयाँ कायम भएको छ । त्यसैगरी, बिक्री तथा वितरण खर्च ३५.४७ प्रतिशतले बढेर १७ करोड ८४ लाख २२ हजार रुपैयाँ पुगेको छ । वित्त लागत भने ९१ प्रतिशतले घटेर २ लाख ८९ हजार रुपैयाँमा सीमित भएको छ ।
कम्पनीको चुक्ता पुँजी २.५० प्रतिशतले बढेर ५ अर्ब ५९ करोड ३२ लाख २८ हजार रुपैयाँ पुगेको छ भने अन्य इक्विटी ०.११ प्रतिशतले बढेर ५० करोड ३५ लाख ७१ हजार रुपैयाँ कायम भएको छ । कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ५ पैसा र प्रतिसेयर नेटवर्थ १९० रुपैयाँ ३ पैसा रहेको छ ।
घोराही सिमेन्ट इण्डष्ट्रिज चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १६ करोड १५ लाख १५ हजार रुपैयाँ खुद नोक्सानीमा गएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १२ करोड ८० लाख २० हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको थियो ।
समीक्षा अवधिमा सञ्चालन आम्दानी २.९८ प्रतिशतले घटेर ८७ करोड ९० लाख १६ हजार रुपैयाँ कायम भएको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ९० करोड ६० लाख २१ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।
यस अवधिमा कम्पनीको बिक्री लागत भने ७.१७ प्रतिशतले बढेर ७३ करोड १३ लाख ५३ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो लागत ६८ करोड २४ लाख १ हजार रुपैयाँ थियो । अन्य आम्दानी ३०.४९ प्रतिशतले बढेर ७७ लाख ६२ हजार रुपैयाँ पुगेको छ ।
कम्पनीको कुल नाफा ३३.९६ प्रतिशतले घटेर १४ करोड ७६ लाख ६३ हजार रुपैयाँमा सीमित भएको छ । गत वर्षको सोही अवधिमा कम्पनीको कुल नाफा २२ करोड ३६ लाख २० हजार रुपैयाँ थियो ।
समीक्षा अवधिमा कम्पनीको प्रशासनिक खर्च २१.८० प्रतिशतले बढेर ५ करोड ३० लाख ९२ हजार रुपैयाँ पुगेको छ । ह्रासकट्टी खर्च भने ०.५६ प्रतिशतले घटेर १७ करोड ५ लाख ५० हजार रुपैयाँ कायम भएको छ । त्यस्तै, वित्त लागत २४.३७ प्रतिशतले घटेर १३ करोड ३३ लाख ८६ हजार रुपैयाँमा झरेको छ ।
कम्पनीको सञ्चालन नाफा भने गत वर्षको १ करोड ४४ लाख ६३ हजार रुपैयाँबाट बढेर ६ करोड ८२ लाख १८ हजार रुपैयाँ पुगेको छ । तर, सञ्चालन नाफा बढे पनि कम्पनीको खुद नोक्सानीमा कमी आउन सकेको छैन ।
कम्पनीको चुक्ता पुँजी १० प्रतिशतले बढेर ५ अर्ब २ करोड ४४ लाख ५४ हजार रुपैयाँ पुगेको छ । सञ्चित नाफा ६४.२२ प्रतिशतले घटेर ४६ करोड ४ लाख ७८ हजार रुपैयाँ कायम भएको छ भने सेयर प्रिमियम २६ करोड ५८ लाख ४६ हजार ८०० रुपैयाँमा स्थिर रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ३ रुपैयाँ २१ पैसा ऋणात्मक र प्रतिसेयर नेटवर्थ १६२ रुपैयाँ ७ पैसा रहेको छ ।
सोनापुर मिनरल्स एण्ड आयलले चालु आवको पहिलो त्रैमासमा १ करोड ९३ लाख १० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५५.८० प्रतिशतले कम हो । गत वर्षको पहिलो त्रैमासमा कम्पनीले ४ करोड ३६ लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा सञ्चालन आम्दानी ५.२९ प्रतिशतले बढेर ७० करोड ५३ लाख ८२ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ६६ करोड ९९ लाख २१ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।
तर, सञ्चालन आम्दानी बढे पनि बिक्री लागतमा भएको वृद्धिले कम्पनीको नाफामा दबाब परेको देखिन्छ । समीक्षा अवधिमा बिक्री लागत १४.०० प्रतिशतले बढेर ४९ करोड ७५ लाख ३१ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो लागत ४३ करोड ६३ लाख ९५ हजार रुपैयाँ थियो ।
कम्पनीको अन्य आम्दानी ६७.३० प्रतिशतले बढेर १९ लाख २४ हजार रुपैयाँ पुगेको छ । यद्यपि, कुल नाफा १०.९९ प्रतिशतले घटेर २० करोड ७८ लाख ५० हजार रुपैयाँमा सीमित भएको छ । गत वर्षको सोही अवधिमा कम्पनीको कुल नाफा २३ करोड ३५ लाख २५ हजार रुपैयाँ थियो ।
समीक्षा अवधिमा कम्पनीको प्रशासनिक खर्च ०.५७ प्रतिशतले घटेर ३ करोड ९९ लाख ५१ हजार रुपैयाँ कायम भएको छ । बिक्री तथा वितरण खर्च भने ११.८५ प्रतिशतले बढेर ५५ लाख ३१ हजार रुपैयाँ पुगेको छ । त्यस्तै, सञ्चालन नाफा ७.२२ प्रतिशतले घटेर १२ करोड ५१ लाख २७ हजार रुपैयाँ कायम भएको छ ।
कम्पनीको वित्त लागत भने २६.९४ प्रतिशतले घटेर ८ करोड ९४ लाख ८९ हजार रुपैयाँमा झरेको छ । वित्त लागत घटे पनि कम्पनीको खुद नाफामा सुधार आउन सकेको छैन ।
कम्पनीको चुक्ता पुँजी ३० करोड ७५ लाख ५० हजार रुपैयाँमा स्थिर रहेको छ । जगेडा कोष भने २४.९६ प्रतिशतले बढेर १४ करोड ६५ लाख ८५ हजार ६०० रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ ४२ पैसाबाट घटेर ६३ पैसा कायम भएको छ । प्रतिसेयर नेटवर्थ २०१ रुपैयाँ ४४ पैसा रहेको छ ।
पाल्पा सिमेन्ट इण्डष्ट्रीजको पहिलो त्रैमासमा १३ करोड ७६ लाख ४५ हजार रुपैयाँ खुद नोक्सानीमा गएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ करोड ९९ लाख ९२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समीक्षा अवधिमा सञ्चालन आम्दानी ८७.१८ प्रतिशतले घटेर ६१ करोड ९ लाख ७६ हजार रुपैयाँमा सीमित भएको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ४ अर्ब ७६ करोड ५९ लाख ३९ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।
यस अवधिमा कम्पनीको बिक्री लागत पनि ८५.१० प्रतिशतले घटेर ५९ करोड ४६ लाख १९ हजार रुपैयाँ कायम भएको छ । गत वर्षको पहिलो त्रैमासमा यस्तो लागत ३ अर्ब ९९ करोड २४ लाख ७३ हजार रुपैयाँ थियो । सञ्चालन आम्दानीमा आएको ठूलो गिरावटका कारण कम्पनीको कुल नाफा ९७.८८ प्रतिशतले घटेर १ करोड ६३ लाख ५७ हजार रुपैयाँमा सीमित भएको छ । गत वर्षको सोही अवधिमा कम्पनीको कुल नाफा ७७ करोड ३४ लाख ६६ हजार रुपैयाँ थियो ।
कम्पनीको अन्य आम्दानी ७७.०५ प्रतिशतले घटेर ४१ लाख ६० हजार रुपैयाँमा झरेको छ । प्रशासनिक खर्च ८०.४९ प्रतिशतले घटेर २ करोड २२ लाख ८५ हजार रुपैयाँ कायम भएको छ भने बिक्री तथा वितरण खर्च ८५.७३ प्रतिशतले घटेर ३ करोड ५३ लाख ६२ हजार रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा कम्पनी ३ करोड ७१ लाख २९ हजार रुपैयाँ सञ्चालन नोक्सानीमा गएको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ४२ करोड ९३ लाख ९७ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको थियो । त्यस्तै, वित्त लागत ८१.९८ प्रतिशतले घटेर ६ करोड ९१ लाख ९० हजार रुपैयाँ कायम भएको छ ।
कम्पनीको चुक्ता पुँजी ३७ करोड ५० लाख रुपैयाँमा स्थिर रहेको छ । अन्य इक्विटी भने ११.७८ प्रतिशतले घटेर ९ करोड ५५ लाख ६१ हजार रुपैयाँ कायम भएको छ । कम्पनीको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ६७ पैसा ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ १२५ रुपैयाँ ४८ पैसा रहेको छ ।