विकासन्युज

नबिल जेन प्रडक्टले घरघरमा रहेको रकम बैंकिङ प्रणालीमा भित्र्याउन सहयोग गर्नेछ : सीइओ ढुंगाना

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले नबिल जेन प्रडक्टले तरलता अभावको बेला घरघरमा रहेको रकम बैंकिङ प्रणालीमा भित्र्याउन सहयोग पुग्ने बताएका छन् । बुधबार काठमाडौंमा बालबालिकाको लगि एपमा आधरित ‘नबिन जेन अल्फा’ सार्वजनिक गर्दै ढुंगानाले यस्तो बताएका हुन् । उनले नेपालमै पहिलोपटक बालबालिकालाई लक्षित गरेर डिजिटल खुत्रुकेको रुपमा नबिल जेन सुरु गरेको बताए । ‘बालबालिका सामाजिक संजालमा मात्रै झुम्मिने अवस्था अन्त्य गर्न यो प्रडकले सहयोग पुग्ने छ, यस्ता प्रडक्टले बालबालिकालाई बचत गर्ने बानी बसाउने छ,’ उनले भने । १८ वर्षसम्मका बालबालिकालाई लक्षित गरेर ल्याइएको यस एपमा अभिभावकले केही कार्य दिई बालबालिकाले त्यसलाई पुरा गरेको अवस्थामा त्यो पैसाको रुपमा एपमा लिंक गरिएको खातामा जम्मा हुन्छ । नबिल बैंकमा खाता भएकाहरुको लागि यस एपले काम गर्नेछ ।

उद्योगी व्यवसायीहरु किन सासंद बन्न लालायित हुन्छन् ?

काठमाडौं । आगामी मंसिर ४ गतेका लागि सरकारले संघीय र प्रदेशको लागि निर्वाचन घोषणा गरेको छ । मंसिर ४ गतेका लागि को–को उम्मेदवार बन्ने भन्नेमा राजनीतिक दलमा आवद्ध रहेका नेता तथा कार्यकर्ता देखि स्वतन्त्र उम्मेदवारहरुको तीव्र दौडधुप भइरहेको देखिन्छ । राजनीतिक रुपमा संलग्न भएर सक्रिय हुँदै आएका व्यक्तिहरुको चुनावी चर्चा हुनु स्वभाविक नै हो । तर, आगमाी मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको लागि राजनीतिको अलावा आफ्नो उद्योग तथा व्यवसाय स्थापना गरेर सोही क्षेत्रमा सफलता हासिल गरिरहेका व्यक्तिहरु पनि उम्मेदवारको रुपमा चर्चामा रहेको देखिन्छ । व्यवसायिक घरानाका व्यक्तिहरु नीति निर्माण तहमा पुगेपछि आफ्नो अनुकुलको नीति निर्माण गर्न भूमिका निर्माण गर्न कोशिसा गर्छन भन्ने बुझाइ पनि धेरैको छ । विगतमा विभिन्न ढंगले विभिन्न पार्टीबाट संसद भवन प्रवेश गरेका व्यवसायिक घरानाका सांसदहरुले कानून तथा नीति निर्माणको क्षेत्रमा हस्तक्षेपकारी भूमिका खेलेका विषयहरु पनि नबाहिरिएका होइनन् । सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ एमालेबाट समानुपाति सासंद थिए । बाफिया बिधेयक संशोधनका लागि अर्थ समिति अन्तर्गतको उपसमितिमा तामाङ पनि थिए । बैंकिङ क्षेत्र सुधारका लागि संशोधन हुन लागेको वाफियमा तामाङले निजी स्वार्थ अनुसार फेरबदल गर्न ठूलो भूमिका खेले । एमालेकै सासंदहरुले संसदमा यस्तै अर्को काम गरे । मनमोहन अधिकारी स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक संसदको सामाजिक समितिमा विचाराधीन रहेका बेला उक्त अस्पतालमा आफ्नो सेयर भएका दर्जनौं एमाले सांसदले आफ्नो स्वार्थअनुकूल उक्त विधेयक पारित गराउन ठूलो प्रयास गरे । सो अस्पतालका अध्यक्ष राजेन्द्र पाण्डेले उक्त अस्पतालले मेडिकल कलेज चलाउन स्वीकृति नपाउने हो भने संसदमै आमरण अनसन बस्ने चेतावनी समेत दिए । चालु आर्थिक वर्षको बजेट निर्माण प्रकृयामा चौधरी ग्रुपको संलग्नताको आशंका गरिएको छ । यी उदाहरणहरुले पनि व्यवसायीहरु आफ्नो पक्षमा नीति नियम बनाउन के कति प्रयास गर्छन् भन्ने विषयलाई स्पष्ट पार्छ । नेपाली कांग्रेस र नेकपा (एमाले)ले मतको आधारमा पार्टीले प्राप्त गर्ने समानुपातिक सिटमा पुराना अनुहार नदोहो¥याउने निर्णय गरेका छन् । जसले गर्दा अहिले बहालवाला बिना विभागीय मन्त्री रहेका उमेश श्रेष्ठ, सांसद बिनोद चौधरीलगायतले आगामी निर्वाचनको लागि प्रत्यक्षतर्फ भिड्ने तयारी गरेका छन् । त्यसको लागि सम्बन्धित निर्वाचन क्षेत्रको पार्टीले समेत उनीहरुको नाम सिफारिस गरेको छ । २०७४ मा भएको संघीय तहको निर्वाचनमार्फत् उद्योगी व्यवसायीहरु संघीय संसदको भवनमा प्रवेश गरेका थिए । जसमध्ये ठूला व्यवसायिक घरानाका व्यक्तिहरु बिनोद चौधरी, उमेश श्रेष्ठ र मोतिलाल दुगड लगायत समानुपातिक कोटाबाट प्रतिनिधि सभाको सदस्य बनेका हुन् । मंसिरमा हुने निर्वाचनका लागि पनि काँग्रेसबाट विनोद चौधरी, उमेश श्रेष्ठ, मेडिकल कलेज व्यवसायी सुनिल शर्मा, वीरगञ्जका व्यवसायी अनिल रुङ्गटा प्रतत्यक्षका लागि सिफारिस भएका छन् भने एमालेबाट पनि धेरै उद्योगी व्यवसायी चुनाव लड्न इच्छुक देखिएका छन् । एमालेले व्यवसायी मोतिलाल दुगड, दुर्गा प्रसाईं, द्विारा शर्मा, नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको अध्यक्ष लालप्रसाद साँवा लिम्बू र मेडिकल कलेज व्यवसायी बसरुद्दिन अन्सारी लगायत उद्योगी व्यवसायी पनि चुनावमा लड्ने योजना बनाइरहेका छन् । एकपछि अर्को उद्योगी व्यवसायी नीति निर्माणको तहमा पुग्न खोज्छन् ? नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्रबहादुर क्षेत्री व्यवसायीक घरानाका व्यक्तिहरु दुई वटा विषयले सांसद बन्न लालायित हुने गरेको तर्क दिन्छन् । ‘इज्जत प्राप्त गर्न व्यवसायको जोखिम न्यूनिकरणका लागि उनीहरु सांसद बन्न लालायित हुन्छन्, पैसा कमाइसकेपछि इज्जत चाहियो, माननीय भएपछि इज्जत आउने भयो, त्यसपछि आफ्नो व्यवसायलाई सम्भावित जोखिमबाट बचाउनको लागि शक्तिमा पुगेर अभ्यास गर्न खोज्छन्,’ क्षेत्रीले भने । पार्टीहरुले ठूला घरानाका व्यक्तिहरुलाई निमन्त्रणा गर्दा भेटी समेत लिएर जाने हँदा पार्टीलाई पनि थप आड भरोसा हुने क्षेत्री बताउँछन् । कम्युनिष्ट पार्टीहरुले आफ्नो पार्टीमा सबै बर्गका मानिसहरु पनि छन् भन्नको लागि ठूला घरानाका व्यक्तिहरुलाई स्थान दिने गरेको उनको भनाइ छ । खासगरी शक्ति र धनको मोलमोलाइको विषयमा दुईपक्षबीचमा सहमति गरेर त्यस्ता पात्रहरुको प्रतिनिधित्व गराउने गरेको क्षेत्रले बताए । कुनै समयमा एउटा ठुलो व्यवसायीक घरानामाथि ७ अर्ब भ्याट घोटाला गरेको चार्ज लागेको र सो विषय अर्थमन्त्री र अर्थसचिवबीचमा छलफल हुँदा अर्थसचिवले राजिनामा गरेर हिँड्न परेको उदाहरण क्षेत्रीले सुनाए । त्यसपछि सो विषय सतहमा नै नआएको उनले बताए । ‘ज्ञानेन्द्र राजाको शासनको पालामा मन्त्रीको स्थानमा एकजना पढेलेखेकै मान्छे हुनुभो, उहाँको व्यवसायलाई हित हुने ढंगले राजस्वका दरहरुलाई हेरफेर गरियो भन्ने सुनियो तर, त्यो विषयमाथि फेरि पुनः समिक्षा भएन’, क्षेत्रीले भने । सरकारमा पुगेर ‘कन्फिल्क्ट अफ इन्ट्रेस्ट’ लागू गर्ने प्रयास धेरैपटक भएको उदाहरण देख्न सकिने क्षेत्रीको अनुभव छ । अर्थविद् डिल्लीराज खनालले पैसा पनि खर्च गर्न पाइने, नाम पनि कमाइने र इज्जत पनि हासिल गर्न सकिने आशाले उच्च व्यवसायिक घरानाका व्यक्तिहरु सांसद बन्न चाहेको बताउँछन् । मन्त्री भएपछि थप लाभ पाउन सकिने आशा समेत उनीहरुले राखेको हुन सक्ने उनको खनालको अनुमान छ । व्यवसायिक पृष्ठभूमि भएका व्यक्तिहरु सांसाद बन्ने विषयमा उनीहरुको ‘कन्फिल्किट अफ इन्ट्रेस्ट’ को सम्बन्धका बारेमा खनालले त्यसको लागि बंगालादेशमा उदाहरण देख्न सकिने बताए । ‘बंगालादेशमा धेरैजसो व्यापारीहरु चुनाव लड्ने जित्ने र आफ्नो इन्ट्रेस्ट अनुसारको काम गर्न खोज्ने गर्दछन’ उनले भने, ‘डिफिनेट्ली आफ्नो व्यवसाय छ, पेशा छ भने त्यसलाई पृष्ठभूमिमा राखेर नीति निर्माण तहमा कर तथा नीति निर्माणको क्षेत्रमा प्रभाव पार्न खोज्ने काम हुन्छ,’ उनले भने ।

‘नबिल जेन अल्फा एप’ : अब १८ वर्षसम्मका बालबालिकाले सिक्दै पैसा कमाउन सक्ने

काठमाडाैं । राष्ट्रिय बाल दिवसको अवसर पारेर नबिल बैंकले नेपालमै पहिलो पटक एपमा आधारित जेनअल्फा स्किम सार्वजनिक गरेकाे छ । बुधबार काठमाडौंमा एक कार्यक्रम गर्दै नबिल जेन अल्फाको ब्राण्ड एम्बेसडरमा समाजसेवी प्रेन्सा रेग्मी, बैंकका अध्यक्ष उपेन्द्र पौडेल र प्रमुख कार्यकारी निर्देशक ढुंगानाले संयुक्त रुपमा एप सार्वजनिक गरेका छन् । ‘नबिल जेन अल्फा’ १८ वर्षभन्दा मुनिका बालबालिकाहरु र अभिभावकहरुलाई लक्षित गरि ल्याइएको नेपालकै पहिलो डिजिटल एपमा आधारित स्किम भएकाे बैंकका अध्यक्ष उपेन्द्र पाैडेलले बताए । ‘अभिभावकहरूले यस एप मार्फत् आफ्ना बालबालिकाहरूका लागि दैनिक कार्यहरू सिर्जना गर्न सेट गर्न र तोक्न सक्छन्, बालबालिकाहरुले पनि दिइएको कार्य सम्पादन पछि अंक कमाउन सक्छन् र त्यहि अंक लिक गरिएको खातामा पैसाका रुपमा बचत हुने प्रावधान रहेको छ,’ उनले भने । यो स्किम मार्फत् बालबालिकाहरुलाई जीवन सीप र बचतको महत्व सिकाउने तथा अभिभावकहरुको दैनिकीमा सहजता ल्याउने लक्ष्य बैंकले लिएको उनले बताए । बैंकका अनसार यस योजना अन्तर्गत नबिल बैंकमा खाता भएका तथा नयाँ खाता खोल्ने ग्राहकवर्गले खाताबाट तोकिएको रकम स्वचालित रुपमा बालबालिकाको खातामा रकमान्तर, बालबालिकाको खातामा रहेको रकमबाट समय समयमा मुद्धती खातामा जम्मा गर्न सकिनेछ । नेपाली रुपैयाँमा खोलिने नबिल जेन अल्फा बचत खातामा १८ वर्षसम्मका बालबालिकाहरु समाहित हुन सक्नेछन् । नबिल जेन अल्फा मोबाइल एप, प्ले स्टोर तथा एप्पल स्टोरबाट डाउनलोड गर्न सकिनेछ ।

‘बच्चा चोर’ अफवाह : भ्रामक प्रचार नगर्न अनुरोध

रुपन्देही । गत आइतबार रुपन्देहीको तिलोत्तमामा ‘बच्चा चोर’ फेला परेको जनाउँदै केही तस्वीर र भिडियो सार्वजनिक भयो । चाउमिन खुवाउने बहानामा बालिकालाई भगाउन खोजेको भन्दै स्थानीयले एक महिलालाई नियन्त्रणमा लिए । यो दृश्य केही फेसबुक पेजबाट सेयर भएपछि हेर्ने र सेयर गर्ने काम भयो । केहीबेरमै भिडियो भाइरल बन्यो । जिल्लामा बालबालिका चोरको हल्ला निकै फैलियो । मङ्गलापुरमा साँझ एक अपरिचित महिलाले एक बच्चा झाडीको बाटो लगिरहेको देखेर रोकेर सोधपुछ गर्दा भाग्न खोजेको र तुरुन्त मङ्गलापुर पुलिसलाई खबर गरी पक्राउ गरेको भनी गलत हल्ला फिँजाइयो । प्रहरीले सोधपुछ गर्दा यो घटना गलत भएको पुष्टि भयो । भारतीय महिलाले चोरेर लैजाँदै गरेको भनी गलत प्रचार गरेको यो घटना प्रहरीले आफन्तलाई सोधपुछ गर्दा बालिका उनैको छोरी भएको प्रमाणित भयो । बच्च चोरी गरी हिँडेको भन्ने आरोप लगाइएकी महिला पाल्पा तानसेन नगरपालिका–७ लामीडाँडा बस्ने ज्योति रञ्जन हुन् । यसमा देखिएकी पाँच वर्षकी बालिका ज्योतिकै छोरी रहेको आफन्तले प्रमाणित गरेपछि प्रहरीले परिवारको जिम्मा लगाएको थियो । भारत माइती भएकी ज्योतिलाई नेपाली भाषा राम्रोसँग बोल्न नआउने भएकाले अरुको बच्चा अपहरण गरेर भारत लैजान लागेको आरोप स्थानीयले लगाएका थिए । तर प्रहरीले अनुसन्धानपछि उनीहरूलाई छाडेको जनाएको छ । यसैगरी बुटवलमा केही दिनअघि योगी भोलानाथ भट्टराईलाई आफ्ना नातिसँग हिँडिरहेका बेला बुटवलमै स्थानीयले बच्चा चोर भन्दै घेरा हाले । बच्चा चोरेको आरोप लगाउँदै भट्टराईलाई प्रहरीमा बुझाए । प्रहरीले सोधपुछ गर्ने क्रममा हजुरबुवा र नाति भन्ने खुलेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसी बताउँछन् । सोधपुछपछि दुवै जनालाई परिवारको जिम्मा लगाइएको उनको भनाइ छ । बच्चा चोरको अनावश्यक हल्लाले समाजमा एकले अर्कोलाई हेर्न दृष्टिकोण फेरिएको छ । बजारमा नयाँ मानिस बालबालिकासँग देख्नेबित्तिकै चोरको आशङ्का गर्ने र अनावश्यक तनाव दिने काम भएको प्रहरीको भनाइ छ । अहिले सामाजिक सञ्जालमा ‘बच्चा चोर’को अनावश्यक हल्ला फिँजाइएकाले बालबालिकामा समेत यसको नकारात्मक प्रभाव परेको छ । ‘बच्चा चोरको हल्लाले मेरो छोरा विद्यालयबाट आउँदा हिजो निकै डराए । म घर बाहिर भएकाले एक्कासी रुँदै फोन ग¥यो’, सञ्चारकर्मी अस्मिना पाण्डे भन्छिन्, बाबु निकै डराएको रहेछ, पछि फोनमा धेरै बेर सम्झाएँ ।’ बच्चा चोरको हल्लाले बालबालिका विद्यालय जानसमेत डर मान्ने गरेका छन् । सामाजिक सञ्जालको हल्लाले बालबालिकामा मानसिक असर गर्ने भएकाले अभिभावकहरू सचेत हुनुपर्ने मनोविमर्शकर्ता सुष्मा अर्याल बताउँछिन् । यो समयमा एकातिर अभिभावक पनि त्रसित हुने र बालबालिकालाई सचेत गराउन खोज्दा नकारात्मक असर पर्न जाने भएकाले यसमा घरपरिवार, समाज सबै सचेत बन्नुपर्र्नेे उनको भनाइ छ । नेपाल प्रहरीको साइबर ब्यूरोले समेत विज्ञप्ति जारी गर्दै बच्चा चोरीको सामाजिक सञ्जालमा फैलाइएको प्रचार भ्रामक भएको जानकारी गराएको छ । तर यस्ता भ्रामक सूचना र दृश्यले समाजमा त्रास उत्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले सामाजिक सञ्जालमा उल्लेख भएको बच्चा चोरको हल्ला गलत भएको जनाएको छ । अहिलेसम्म कुनै पनि यस्ता घटनाका सम्बन्धमा उजुरी तथा निवेदन नपरेको र त्यस्तो कुनै पनि प्रकारको गतिविधि भएको नपाइएकाले हल्ला र अफवाहको पछि नलाग्न प्रहरीको अनुरोध छ । ‘अहिलेसम्म कुनै घटना भएको छैन । सामाजिक सञ्जालमा अफवाह फैलाउने काम भयो । यस्तो हल्लाको पछि नलागौँ’, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी श्यामु अर्याल भन्छन् । कतिपय व्यक्तिले अनावश्यक हल्ला तथा अफवाह फैलाएर मानिसमा डर, त्रास तथा आतङ्क सिर्जना गर्ने काम गरेका कारण यसका पछाडि नलाग्न उनको अनुरोध छ । बच्चा चोरको अनावश्यक हल्ला फैलिएपछि यस क्षेत्रका स्थानीय तहले समेत भ्रम नफैलाउन आग्रह गरेका छन् । बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, शिक्षा विकास तथा समन्वय एकाइलगायत विभिन्न निकायले विज्ञप्तिमार्फत भ्रामक प्रचारमा विश्वास नगर्न आग्रह गरेका छन् । बुटवल उपमहानगरपालिका कार्यालयले विगत केही दिनदेखि सामाजिक सञ्जालमा व्यापकरूपमा फैलाइएको विद्यार्थी अपहरणसम्बन्धी दिग्भ्रमित गराउने खालका झुटा प्रचारलाई आधार मानी केही विद्यालयले समेत सूचना प्रकाशित गरेको हुँदा यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । साथै सामाजिक सञ्जालमा उल्लेख भएझै उपमहानगरपालिकामा कुनै घटना जानकारीमा नआएको हुँदा त्यस्ता भ्रामक सूचना, तस्वीर र भिडियोको पछाडि नलाग्न सबैमा अनुरोध गरेको छ । त्यस्ता अपराधसम्बन्धी सूचना प्राप्त भएमा, जिल्ला प्रशासन कार्यालय रुपन्देही, नजिकको प्रहरी कार्यालय, वडा कार्यालय वा यस उपमहानगरपालिकामा जानकारी गराउनु हुन समेत उपमहानगरले अनुरोध गरेको छ । यतिमात्रै होइन यस उपमहानगरपालिकाअन्तर्गतका विद्यालयले स्पष्ट आधार, प्रमाण र अनुमतिबिना अभिभावक तथा विद्यार्थीलाई दिग्भ्रमित गराउने सूचना सम्प्रेषण गरेको पाइएमा कारबाही गर्ने विज्ञप्तिमा उल्लेख छ । ‘बच्चा चोरको अफवाहले परिवार समाजमा नकारात्मक असर गरेका कारण उपमहानगरपालिकाले विज्ञप्तिमार्फत सचेत गराउने काम गरेको छ’, उपप्रमुख सावित्रादेवी अर्याल भन्नुहुन्छ, सचेत बनाैँ तर शङ्काकै भरमा केही व्यक्तिमाथि आरोप नलगाऔँ ।’ त्यसो त प्रहरीका विभिन्न एकाइले पनि सूचनामार्फत गलत हल्लाका पछि नलाग्न अनुरोध गरेको छ । तर सामाजिक सञ्जालमा भ्रामक दृश्य राखेर सेयर गर्ने क्रम रोकिएको छैन । बच्चा चोरी भयो भनेर अभिनयसमेत गरेर सामाजिक सञ्जालमा राख्न थालेपछि प्रहरीले यस्ता गलत सूचना दिने सामग्री नराख्न र राखेको पाइएमा कारबाही गर्ने जनाएको छ । ‘सामाजिक सञ्जालमा गलत सूचना दिनेलाई प्रहरीले कारबाही गर्नुपर्छ, यस्ता गलत हल्लाले समाज अशान्त भयो । सबैभन्दा बढी बालबालिकामा नकारात्मक प्रभाव प¥यो यसले गर्दा बालबालिका विद्यालय जान पनि डराउन थालेु,’ अभिभावक रचना पाण्डे भन्छिन् । सचेत गराउने नाममा गलत सूचना दिएर भ्रम फैलाउने कार्य बन्द गर्नुपर्ने उनको भनाइ छ । रासस

तोलाको ७ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । बुधबार सुनको मूल्य तोलाको ७ सय रुपैयाँले घटेको छ । हिजो तोलाको ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज घटेर तोलाको ९२ हजार ८०० रुपैयाँ कायम भएको छ । यस्तै तेजबी सुनको मू्य पनि घटेर तोलाको ९२ हजार ३०० रुपैयाँमा  कायम भएको छ । हिजो तेजाबी सुन तोलाको ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । नेपाली सुनचाँदी व्यवसायी महासंघको अनुसार चाँदीको मूल्य भने बढेर तोलाको १ हजार १७५ रुपैयाँ कायम भएको छ ।

सहकारीमार्फत सामूहिक कृषिमा जोडिदै पुम्देली

गण्डकी । कृषिप्रतिको बढ्दो अनिच्छासँगै परनिर्भरता बढिरहेका अवस्थामा पोखरा महानगरपालिका–२२ पुम्दीका किसान भने सहकारीका माध्यमबाट सामूहिक कृषिमा जोडिएका छन् । गाउँ टोललाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्य राखेको पुम्दीभुम्दी कृषि सहकारी संस्थामा आवद्ध दुई सय ४० सेयर सदस्यलाई नै कृषि उत्पादनसँग जोड्ने योजनाका साथ विभिन्न कार्यक्रम अघि सारिएको छ । घर–घरमा भैँसीपालनमा जोड दिँदै सहकारीले गाउँमै राँगो खरिद गरिसकेको पुम्दीभुम्दी कृषि सहकारी संस्थाका अध्यक्ष खेमराज बरालले जानकारी दिए । राँगो खरिदसँगै भैँसीका लागि राँगो खोज्न भौतारिनुपर्ने अवस्था अन्त्य भएको छ । सेयर सदस्यका लागि भैँसीको प्रतिप्रजनन एक हजार पाँच सय लिने गरिएको जानकारी दिँदै उनले सेयर सदस्यबाहेक अन्यत्र राँगो आवश्यक परेमा रागो पु¥याउनुपर्ने स्थानको भौगोलिक दूरीअनुसार शुल्क लिने गरिएको बताए । उनका अनुसार पोखरा महानगरपालिका कृषि महाशाखाबाट ५० प्रतिशत अनुदानवापत प्राप्त ५० हजार र सहकारीको ५० हजारसहित एक लाखमा तीन वर्षअघि राँगो खरिद गरिएको हो । गाउँमा नै राँगो भएपछि गाउँमा क्रमशः भैँसीपालनतर्फ स्थानीयवासी आकर्षित हुँदै गएको स्थानीयवासी एवं कोदी शान्ति टोल विकास संस्थाका आशिषकुमार बरालले जानकारी दिए । ‘गाउँमा नै राँगो भएपछि भैँसीपालक कृषकलाई ठूलै सहयोग मिलेको छ’, उनले भने । गाउँबाट दैनिक दूध बिक्री गरी स्थानीयवासीले आयआर्जन बढाएका छन् । बाख्रापालनमा पनि जोड दिएको सहकारीले हालै सामूहिक बाख्रापालन सुरु गरेको छ । कुल ८० बाख्रापालन गर्ने लक्ष्य लिएको सहकारीले एक महिनाअघि ४० बाख्रा खरिद गरिसकेको छ । बाख्राका लागि खोरलगायतका पूर्वाधार निर्माणका लागि ५० लाखसम्म खर्च लाग्ने अनुमान गरिएको र हालसम्म करिब ४० लाख खर्च भइसकेको छ । थप बाख्रा चाँडै खरिद गर्ने गरी तयारी गरिएको बरालले जानकारी दिए । बाख्रापालन गर्न १२ वर्षका लागि १५ रोपनी जग्गा भाडामा लिएर निहारो, टाँकी लिपिलिपिजस्ता घाँस लगाउन थालिसकिएको छ । बाख्रापालनका लागि स्थानीय दुई जनाले प्रत्यक्ष रोजगारी पाइसकेका छन् । सहकारीमार्फत नै तरकारी खेतीका लागि टनेल निर्माणका लागि सहकारीमार्फत प्रोत्साहन एवं सहयोग गर्दै आइएकामा हाल गाउँमा करिब ३५–४० वटा टनेल निर्माण भइसकेका छन् । पोखरा बजारबाट नजिक रहेका कारण यहाँ उत्पादित तरकारीको बजारमा माग बढ्दो छ । कृषिप्रति आकर्षण बढिरहे पनि यस क्षेत्रमा बाँदरको भने समस्या रहेको जनप्रतिनिधि कृष्णकुमारी पौडेल (देवकोटा)ले बताइन् । ‘बाँदरको व्यवस्थापन यस क्षेत्रका लागि गम्भीर समस्याका रूपमा देखिएको छ’, उनले भने, ‘बाँदरको दीर्घकालीन व्यवस्थापन यस क्षेत्रको गम्भीर चुनौती हो ।’ पोखरा बजारबाट नजिक रहेको पुम्दीमा कृषिका धेरै सम्भावना रहेको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले बताए । सहकारीमार्फत सामूहिक कृषिमा जोडिएका यहाँका कृषकलाई कार्यालयका तर्फबाट गर्न सकिने सबै किसिमका सहयोगका लागि उनले प्रतिबद्धता व्यक्त गरे । रासस

१५.७८ प्रतिशत लाभांश पारित गर्न सानिमा क्यापिटलको साधारणसभा असोज २६ गते

काठमाडौं । सानिमा क्यापिटलले आफ्नो साधारण सभा आह्वान गरेको छ । कयापिटलले सातौं वार्षिक साधारणसभा असोज २६ गते बोलाएको हो । क्यापिटलको भदौ २७ गते बसेको सञ्चालक समितिको बैठकले असोज २६ गते रजिष्टर्ड कार्यालय, सममार्ग, नक्साल–१, काठमाडौंको सभाकक्षमा अपरान्ह ४ बजे सभा बोलाएको हो । क्यापिटलको सभाले सेयरधनीहरुलाई सञ्चालक समितिले प्रस्ताव गरेको १५.७८९ प्रतिशत अर्थात् ३ करोड ९४ लाख ७३ हजार ६८४ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०७९/०८० को लागि लेखापरिक्षण नियुत्ति गर्ने तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्नेछ ।