एशियन लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन
काठमाडौं । आइतबार एशियन लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । इन्स्योरेन्सको १४.५० प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । मूल्य समायोजन पश्चात इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता ४७१.६२ रुपैयाँ कायम भएको छ । जुन मूल्य प्रतिकित्ता ५४० रुपैयाँलाई आधार मानेर गरिएको हो । र, अबको बजारमा समायोजित मूल्यलाई नै आधार मानेर सेयर किनबेच हुनेछ । यससँगै अब इन्स्योरेन्सको सेयर किन्नेहरु अघिल्लो वर्षको प्रस्तावित लाभांश पाउन योग्य हुँदैनन् ।
काठमाडौं विश्वविद्यालयको रजिष्ट्रारमा अर्थशास्त्री डा. अच्युत वाग्ले नियुक्त
काठमाडौं । काठमाडौं विश्वविद्यालयको रजिष्ट्रारमा अर्थशास्त्री तथा प्राध्यापक डा. अच्युत वाग्ले नियुक्त भएका छन् । उनी आगामी चार वर्षको लागि उक्त पदमा नियुक्त भएका हुन् । विश्वविद्यालयका कुलपति समेत रहेका डा. वाग्ले काठमाडौं विश्वविद्यालय ऐनको दफा १५ (१) अनुसार उपकुलपति प्राध्यापक भोला थापाको सिफारिसमा नियुक्त भएका हुन् । यसअघि यो विश्वविद्यालयको रजिष्ट्रारमा प्राध्यापक सुवोध शर्मा रहेका थिए । उनको कार्यकाल भदौ ३१ गतेदेखि सकिएसँगै डा. वाग्लेलाई उक्त रिक्त पदमा नियुक्त गरिएको हो । प्रा. डा. वाग्ले काठमाडौं विश्वविद्यालय स्कूल अफ म्यानेजमेण्ट (कुसोम)मा एसोसियट डिन थिए । अर्थराजनीतिक विश्लेषक डो वाग्लेले विभिन्न विश्वविद्यालायबाट एमए तथा एमएस्सीको डिग्री समेत हारिस गरिसकेका छन् । साथै, उनले अर्थशास्त्रमा पनि पीएचडी गरेका छन् ।
माइडियाको किचन सामाग्री किन्दा ३४ हजारसम्म क्यासब्याक पाइने
काठमाडौं । नेपालमा माइडिया ब्राण्डका घरायसी सामाग्रीहरूका लागि आधिकारिक वितरक, चौधरी ग्रुपले यस पालीको दशैं, तिहार र छठलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ । यस अफर अन्तर्गत माइडियाको ६ र ७ केजी वासिङ्ग मेसिनको खरिदमा ६ केजी प्याक सर्फ एक्सेल वा एरिअल, ८ केजीभन्दा माथि का वासिङ्ग मेसिनको खरिदमा माइडियाको राईस कुकर, साइड बाइ साइड तथा मल्टी डोर रेफ्रीजिरेटरको खरिदमा माइडियाको इन्डकसन कुकर साथै हरेक खरिदमा खाली हात नजाने क्यासब्याक रहेको छ । यस अफरमा ३४ हजार ३०० रुपैयाँ सम्मको क्यासब्याक पाइने कम्पनीले जनाएको छ । कम्पनीको अनुसार भदौ १५ गतेदेखि लागु भइसकेको यो योजना सिमित अविधीको लागि मात्र रहेको छ । माइडिया ब्रान्डले एयर ट्रिटमेन्ट ९कमर्सियल र आवासीय वातानुकूलित समाधान०, रेफ्रिजरेसन, वासिङ्ग मेसिन, लार्ज किचेन र खाना पकाउने उपकरण, साना भान्साका उपकरणहरू, पानीका उपकरणहरू, भुइँ सम्बन्धि हेरचाह र लाईटिङ्गमा विशेषज्ञता हासिल गरी घरेलु उपकरण उद्योगमा विश्वको सबैभन्दा व्यापक उत्पादनको विविधताहरू प्रदान गर्दै आएको छ । माइडिया ब्राण्ड माइडिया ग्रुप अन्तर्गतको घरेलु उपकरण व्यवसाय भित्रका १० भन्दा बढी ब्राण्डहरु मध्ये एक हो । नेपालमा २०२१ देखि चौधरी ग्रुपले माइडिया ब्रान्डका उत्पादनहरू आफ्नो च्यानल र आउटलेटहरूमार्फत देशभर वितरण गर्दै आएको छ ।
टुकुचा सुरूङमाथि बनेका घर नभत्काउन उच्च अदालतको आदेश
काठमाडौं । टुकुचाको भूमिगत सुरूङमाथि बनेका घरहरू नभत्काउन उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको छ। आइतबार अदालतले काठमाडाैं महानगपालिकाकाे वडा नम्बर ७ स्थित कित्ता नम्बर ७, ३०३८ र ३०३९ को जग्गामाथि बनेका घरहरू कानुनी रित नपुर्याई र उचित क्षतिपूर्ति नदिई नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको हो । अदालतले दुवै पक्षको बहस सुनेर अर्को आदेश नहुने बेलासम्मका लागि उक्तआदेश दिएको हो ।
घरजग्गा व्यवसायीले कर्जा पाएनौं/डुब्यौं भन्नु अफवाह, बैंकबाट लिए हालसम्मकै उच्च ऋण
काठमाडौं । घरजग्गा व्यवसायीहरुले समस्यामा परेको गुनासो गरेपनि तथ्यांकले भने समस्यामा नपरेको देखाएको छ । नेपाल सरकारले बजेटमार्फत् घरजग्गा क्षेत्रमा गरेको कडाइ र राष्ट्र बैंकले पनि नीतिगत व्यवस्थामा गरेको परिवर्तनले व्यवसायीहरुले सममस्या सिर्जना भएको भनिएपनि तथ्यांकले भने खासै समस्या नभएको देखिएको हो । घरजग्गा व्यवसायीहरुले तरलताको अभाव देखाउँदै बैंकहरुले कर्जा नदिएको र घरजग्गा कारोबार सुस्ताएको भनेपनि बैंक तथा वित्तीय संस्थाहरुले घरजग्गा व्यवसायमा गरेको लगानीले उनीहरुको गुनासो गलत रहेको देखिन्छ । नेपाल राष्ट्र बैंकका अनुसार साउन महिनामा नै बैंकहरुले घरजग्गा व्यवसायमा सबैभन्दा बढी कर्जा प्रवाह गरेका छन् । यसअघि साढे १ खर्बको हाराहारीमा घरकर्जा लगानी गर्ने बैंकहरुले चालु आर्थिक वर्षको पहिलो महिना अर्थात् साउन महिनामा भने २ खर्ब लगानी प्रवाह गरेका हुन् । यसले पनि घरजग्गा व्यवसायीहरुले कर्जा पाइरहेको र खासै समस्या पनि नभएको देखिएको हो । बैंक तथा वित्तीय संस्थाहरुले साउन महिनामा २ खर्ब ११ अर्ब ५४ करोड २० लाख रुपैयाँ घरजग्गा कर्जा प्रवाह गरेका छन् । गत वर्षको साउनको तुलनामा चालु आवको साउनमा बैंकहरुले २८ प्रतिशतले कर्जा बढाएका छन् । गत वर्षको साउनमा बैंक तथा वित्तीय संस्थाहरुले घरजग्गा कर्जामा १ खर्ब ६५ अर्ब २२ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । चालु आवको साउनमा प्रवाह भएको कर्जा हालसम्मकै उच्च हो । यसअघि उक्त रकम बराबरको घरजग्गा कर्जा प्रवाह भएको थिएन । सरकारले गत जेठमा भूउपयोग नियामवली जारी गर्दै जग्गाको अनिवार्य वर्गीकरण गर्नुपर्ने नीतिले घरजग्गा कारोबारमा सुस्ताता आएको व्यवसायीहरुले बताउँदै आएका छन् । सरकारले हालका लागि कृषि क्षेत्र र गैर कृषि क्षेत्रमा अनिवार्य वर्गीकरण गरेर मात्रै कारोबार गर्न पाउने व्यवस्था गरेको छ । यस्तै, नेपाल राष्ट्र बैंकले पनि घरजग्गा क्षेत्रमा जाने कर्जामा केही कडाइ गरेको छ । यी नीतिगत व्यवस्थाले आफुहरुलाई बैंकको ऋण पाउनेदेखि घरजग्गा खरिदबिक्रीमा समस्या भएको उनीहरुको भनाइ छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् राष्ट्र बैंकले घरजग्गा कारोबारको कुल मूल्याांकनको ३० प्रतिशत र उपत्यका बाहिर ४० प्रतिशत धितोमा कर्जा पाइने व्यवस्था गरेको छ । बैंक तथा वित्तीय संस्थाले जग्गा धितोमा राखेर कर्जा लगानी गर्न बन्द गरेसँगै कारोबार ठप्प भएको गुनासो उनीहरुको छ । तर, तथ्यांकले कर्जा बढी नै लगानी भएको देखिन्छ । नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष इच्छा बहादुर वाग्लेले कित्ताकाट रोकिएकाले ठूलो समस्या भएको बताए । उनले राष्ट्र बैंकको तथ्यांकमा कर्जा लगानी बढेको देखाएपनि वास्तविक व्यवसायीले कर्जा नपाएको बताए । ‘घर जग्गाको वर्गिकरण सम्बन्धी कानुन आएपछि स्पष्ट भएन, हालसम्म जग्गाको वर्गिकरण हुन नसक्दा कारोबार अन्योलमा छ, राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिले घरजग्गा व्यवसायलाई निरुत्साहित बनाएको छ, वास्तविक व्यवसायीले कर्जा पाइरहेका छैनन्,’ उनले भने । घरजग्गामा बढी लगानी गर्ने ‘टपटेन’ बैंक घरजग्गा क्षेत्रमा सबैभन्दा बढी लगानी गर्ने बैंकको रुपमा नबिल बैंक देखिएको छ । नबिल बैंकले साउन महिनामा मात्रै २९ अर्ब ८९ करोड रुपैयाँ लगानी गरेको छ । घरजग्गा क्षेत्रमा बढी लगानी गर्ने बैंकको दोस्रो नम्बरमा एनआइसी एसिया बैंक रहेको छ । यस बैंकले २० अर्ब ६७ करोड रुपैयाँ लगानी गरेको छ । यस्तै, सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले पनि घरजग्गामा १६ अर्ब ५४ अर्ब रुपैयाँ लगानी गरेको देखिएको छ । यस क्षेत्रमा बढी लगानी गर्ने बैंकको चौथो नम्बरमा प्राइम कमर्सियल बैंक छ । यस बैंकले १३ अर्ब ६३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस्तै, मेगा बैंकले ११ अर्ब ३१ करोड, ग्लोबल आइएमईले १० अर्ब ५ करोड, नेपाल बैंकले ९ अर्ब ४ करोड, सेञ्चुरीले ८ अर्ब ५१ करोड, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ७ अर्ब ६२ अर्ब रुपैयाँ, नेपाल इन्भेष्टमेन्टले ७ अर्ब ४५ अर्ब रुपैयाँ घरजग्गा क्षेत्रमा कर्जा लगानी गरेका छन । लागत ३२.२७ प्रतिशतले बढ्यो गत वर्षको तुलनामा घरजग्गा व्यवसायीलाई घरजग्गा कर्जाको ब्याजदर भने केही महँगो पर्न गएको छ । गत वर्षको साउन महिनामा औसत ९.०४ प्रतिशत ब्याजदरमा कर्जा पाइरहेको घरजग्गा व्यवसायीले चालु आर्थिक वर्षको साउन महिनामा भने औसत १२.४१ प्रतिशत ब्याजदर तिर्नु परेको देखिन्छ । यो एक वर्षको अवधिमा घरजग्गा व्यवसायीको लागत ३२.२७ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको भदौ महिनामा घरजग्गा व्यवासायीले ९.१२ प्रतिशत, असोजमा ९.१४ प्रतिशत, कात्तिकमा ९.४५ प्रतिशत ब्याजदर तिर्नु परेको देखिएको छ । व्यवसायीले घरजग्गा कर्जा पनि निरन्तर बढेको देखिएको छ । गत आबको भदौमा व्यवसायीले १ खर्ब ६५ अर्ब ६४ करोड, असोजमा १ खर्ब ७१ अर्ब ४१ करोड, कात्तिकमा १ खर्ब ७४ अर्ब ८५ करोड रुपैयाँ कर्जा लिएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । यस्तै, व्यवसायीहरुले मंसिर महिनामा ९.६३ प्रतिशतमा १ खर्ब ७६ अर्ब ९३ करोड, पुसमा ९.७३ प्रतिशत ब्याजमा १ खर्ब ८० अर्ब ७८ करोड, माघमा १०.७७ प्रतिशतमा १ खर्ब ८१ अर्ब २० करोड, फागुनमा १०.९४ प्रतिशत ब्याजदरमा १ खर्ब ८२ अर्ब ३० करोड र चैत महिनामा ११.०२ प्रतिशत ब्याजदरमा १ खर्ब ७१ अर्ब ६५ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । यस्तै, बैशाखमा ११.८९ प्रतिशत ब्याजदरमा १ खर्ब ९२ अर्ब, जेठमा ११.९६ प्रतिशत ब्याजमा १ खर्ब ९५ अर्ब ६२ करोड र असारमा ११.८३ प्रतिशत ब्याजदरमा १ खर्ब ९९ अर्ब ६४ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । कारोबारमा निरन्तर गिरावट घरजग्गा व्यवसायीहरुले बैंकबाट ऋण बढी नै लिएको भएपनि कित्ताकाट र खरिदबिक्री भने घटेको देखिन्छ । भूमि, व्यवस्थापन तथा अभिलेख विभागका अनुसार घरजग्गा कारोबारमा निरन्तर गिरावट देखिएको छ । साउन महिनामा घरजग्गा कारोबारको संख्या ३३ हजार ८३४ छ भने भदौमा ३४ हजार ७२० घरजग्गा किनबेच भएका छन् । साउनको तुलनामा भदौमा करिब ८८९ बढी घरग्गा किनबेच भएका छन् । गत असारमा ४७ हजार २७ वटा घरजग्गा किनबेच भएका थिए । विभागका अनुसार भदौमा ३ अर्ब ५६ करोड २९ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । राष्ट्र बैंक भन्छ : बैंकहरुले नाफा बढाउन घरजग्गा नै देखे नेपाल राष्ट्र बैंकले भने बैंक तथा वित्तीय संस्थाहरुले नाफा बढाउनकै लागि भएपनि घरजग्गामा बढी लगानी गरेको हुन सक्ने बताएको छ । नेपाल राष्ट्र बैंकका सह–प्रवक्ता नारायण पोखरेलले बैंकहरुले नाफा बढाउनकै लागि बैंकहरुले घरजग्गा कर्जा बढाएको धारणा राखे । ‘राष्ट्र बैंकले जे जति वित्तीय स्थायित्वका लागि नीतिगत व्यवस्था गर्ने हो, बैंकहरुको नाफामै प्राथमिकता हुन्छ, अहिले बैंकहरुले धितो बढी लिएर कर्जा प्रवाह गरेको देखियो,’ उनले भने । उनले नेपाल राष्ट्र बैंकले घरजग्गा कर्जामा ३०÷४० प्रतिशतको सीमा नीति बैंकहरुको रिकभरी सहज होस्, कर्जाको गुणस्तर वृद्धि होस्, नियामकलाई र ऋणीलाई पनि सहज होस् भनेर ल्याएको बताउँदै अहिलेको घरजग्गा कर्जाको वृद्धि अस्वभाविक भने नभएको बताए । उनका अनुसार गत आर्थिक वर्षमा कोरोनाको कारण बिजनेस नभएको, तरलता बढी भएको र त्यसबेला कर्जा कम भएको हो । अहिले अवस्था सहज भएपछि कर्जा बढेको हुन सक्ने उनको तर्क छ । कर्जाको यो भालुम देखेर झस्किनु पर्ने अवस्था भने नभएको उनको धारणा छ ।
मुद्दाको वर्गीकरण र प्रविधिको प्रयोगले सहज बन्दै न्यायसम्पादन
गलकोट । अहिले उच्च अदालत पोखरा बागलुङ इजलासमा एक वर्ष नाघेका जम्मा एक थान मात्रै मुद्दा छ । अदालतमा पुराना मुद्दा फछ्र्योटले तीव्रता पाएसँगै पुराना मुद्दाको सङ्ख्या ह्वात्तै घटेको छ । मुद्दाको प्रकृतिका आधारमा वर्गीकरण र प्रविधिको प्रयोगले न्याय सम्पादन छिटो र सरल बन्दै आएको छ । यस अदालतमा एक वर्षभित्रका बाँकी जम्मा एक सय ११ मुद्दा मात्रै छन् । अदालतामा सुरु मुद्दा र पुनरावेदन भएर आएका ९९, रिट निवेदन सात, फुटकर निवेदन एक र प्रतिवेदन चार मुद्दा मात्रै गत वर्षदेखि जिम्मेवारी सरेर आएका हुन् । अदालतले मुद्दाको प्रकृतिका आधारमा सरलमार्गमा रहने मुद्दालाई छ महिनाभित्र, सामान्य मार्गमा रहने मुद्दालाई एक वर्षभित्र, विशेष मार्गमा रहने मुद्दालाई अठार महिना र निवेदन तथा प्रतिवेदनलाई एक महिनाभित्रै फछ्र्योट गर्ने लक्ष्यअनुसार पुराना मुद्दाको सङ्ख्यामा कमी आएको उच्च अदालत पोखरा बागलुङ इजलासका मुख्य भई काम गर्ने न्यायाधीश कृष्ण गिरीले जानकारी दिए । न्यायाधीश गिरीका अनुसार चालू आर्थिक वर्षमा तीन सय ७० मुद्दा दर्ता हुने र दुई सय ४० मुद्दा फछ्र्योट गर्ने लक्ष्य रहेकामा भदौ मसान्तसम्म ४२ मुद्दा दर्ता भएका छन् भने लगत मुद्दासहित भदौ मसान्तसम्म ६१ मुद्दा फछ्र्योट भइसकेका छन् । ‘अदालतले पारदर्शी र प्रविधिमैत्री गराउँदै लैजाँदा न्यायसम्पादन छिटो र छरितो भएका कारण न्याय माग्न आउनेलाई समय र खर्च दुवैको बचत भएको छ’, गिरीले भने, ‘हामीले अदालतको वेबसाइट सञ्चालन गर्ने, सूचना पार्टी र सूचना र सहायता कक्ष स्थापना गर्ने, प्रत्येक एक महिनामा एक दिन मिट द जज कार्यक्रम गर्ने, सूचना अधिकारीको व्यवस्था गर्ने, एसएमएसबाटै मुद्दाका विषयमा जानकारी दिने फैसलाको नक्कल खाममा अदालतका सेवाका विषयमा जानकारी दिने र वैतनिक कानून व्यवसायीको व्यवस्थापन गर्ने गरेका छौँ ।’ उनले भने । अदालतभित्र स्वयंसेवीको व्यवस्था, निश्चित प्रकृतिका सेवा एक घण्टाभित्रै उपलब्ध गराउने, अनलाइन तारिखको व्यवस्था, सेवाग्राही मैत्री कर्मचारीलगायतका कारण न्यायसम्पादन सरल बन्दै आएको र जनतालाई अदालतप्रतिको विश्वास बढ्दै आएको छ । जनतामा न्याय महँगो छ, ढिलासुस्ती छ भन्ने भ्रम चिर्न न्यायालयले आफूलाई छिटोछरितो बनाउनका लागि डिजिटल प्रविधिलाई आत्मसात् गरेको छ । अहिले घरमै बसेर मुद्दा नम्बरका आधारमा फैसला र पूर्णपाठ अनलाइनमै पढ्न पाउने व्यवस्था गरिएको मात्र छैन, मुद्दाको पेसी तथा फैसलाको सूचीसमेत वेबसाइटमा हुन्छ । अदालतमा फैसलाको पूर्णपाठ एक हप्तामै तयारसमेत गर्ने गरेको उच्च अदालत पोखरा बागलुङ इजलासका रजिष्ट्रार नेत्र भुसालले जानकारी दिए । भुसालका अनुसार अनलाइन तामेली तथा सूचना प्रविधिको उच्चतम् प्रयोग गरी छिटोछरितो म्याद तामेल गर्ने, फैसलाको नक्कल पाउँ भनी निवेदन दिएको १५ मिनेटभित्रै उपलब्ध गराउने र दोभासेका लागि साङ्केतिक भाषाका लागि जनशक्ति तयारीसमेत गरेको बताए । अदालतको वेबसाइटमा प्रमाणीकरण भएका फैसला, दैनिक पेसी सूची, साप्ताहिक पेसी सूची, पूरक पेसी सूची, मुद्दाको विस्तृत विवरण, फैसलाको पूर्णपाठ तथा वार्षिक कार्ययोजना राख्दा न्यायालय पारदर्शी बनेको छ । मुद्दाको विवरण सफ्टवयरमा भर्नासाथ मुद्दाको फैसला गर्ने अवधिसमेत सफ्टवयरले दिने गरेको, सञ्चारकर्मीसँग निरन्तर अदालतमा भएको मुद्दा फछ्र्योटका विषयमा अन्तक्र्रिया गरिएको जसकारण अदालत र जनताका सम्बन्ध नजिक हुँदै आएको रजिष्ट्रार भुसालको भनाइ छ । मुद्दा दर्ता गर्ने समयमा मोबाइल नम्बर उपलब्ध गराएमा पेसीको जानकारीलगायतका सूचना एसएमएसमार्फत प्रदान गरिएको र फैसला वेबसाइटमा प्रमाणित भएको १० मिनेटमै अपलोड गर्ने गरिएको छ । उच्च अदालत पोखरा बागलुङ इजलासमा डिजिटल अभिलेखसमेत राख्न थालिएको छ । मिसिल कुहिने, हराउने र बिग्रिँने समस्या रोक्न अदालतले डिजिटल अभिलेख राख्न थालेको हो । डिजिटल अभिलेख राख्दा अन्य अदालतबाट मिसिल झिकाउना साथ डिजिटल कपी तुरुन्तै पठाउनसमेत सहज भएको छ । यसबाट अदालतबीचसमेत समन्वयमा सहजीकरण भइरहेको छ । सबै मिसिलको स्क्यान कपी राख्ने अदालतमा तयारी छ । सेवाग्राही मैत्री अदालतका लागि अदालत परिसरमा शुद्ध चिसो र तातो पानीको व्यवस्था, साबुन र स्यानिटाइजरको व्यवस्थापन, प्राथमिक स्वास्थ्योपचार सामग्रीको व्यवस्थापन, श्रव्यदृश्यमार्फत मुद्दाको सुनुवाइ र आफूलाई पायक पर्ने अदालतबाट तारिख लिन पाउने व्यवस्था गरिएको छ । अदालतले सार्वजनिक सरोकारका रिट तथा मुद्दामा पत्रकारलाई समेत सहभागी गराउने परिपाटीको सुरुआत गरेको छ । रासस
नेपाल टेलिकममा ६ जिबी डाटा ९८ रुपैयाँमा, असाेज ४ गतेसम्म लागु हुने
काठमाडौं । नेपाल टेलिकमले उपलब्ध गराइरहेको संविधान दिवस अफर असोज ५ गतेसम्म लागु हुने भएको छ । टेलिकमले असोज ३ गते मनाइने संविधान दिवस २०७९ को अवसरमा हाल संविधान दिवस अफर उपलब्ध गराइरहेको छ । यस अफर अन्तर्गत ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक जम्मा ९८ रुपैयाँमा खरिद गर्न सकिने छ । त्यसैगरी, २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबिपिएस अनलिमिटेड डाटा र अन नेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याक जम्मा ४९ मा उपलब्ध हुनेछ । यसका साथै यस अफर अन्तर्गत नै १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डाटा प्याक जम्मा २९४ रुपैयाँमा खरिद गर्न सकिने छ । असोज ४ गतेसम्म आफ्नो मोबाइलबाट *१४१५*११# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी यी प्याकहरु उपयोग गर्न सकिने बताइएकाे छ ।
सेगवेको साधन किन्दा हात खाली नजाने उपहारका साथै दुई जनालाई किक स्कुटर
काठमाडौं । नेपालका लागि सेगवे सवारी साधनको आधिकारिक वितरक आईहवले दशैं, तिहार र छठको अवसरमा ग्राहकहरुलाई आकर्षक छुट र पुरस्कारहरु दिने भएको छ । यो अफर अन्तर्गत सेगवेको उत्पादन किन्दा १० हजार नगद छुट, अमेजफिट ब्याण्ड ५ वा अमेजफिट नियन ब्याण्ड जस्ता निश्चित पुरस्कार जित्न सकिनेछ । यसका साथै यसमा निःशुल्क बीमा र सडक कर पनि हुने कम्पनीले जानकारी दिएको छ । साथै, ग्राहकहरूले लक्की ड्र मार्फत विभिन्न पुरस्कारहरू जित्ने अवसरहरू पनि प्राप्त गर्नेछन् । लक्की ड्र मार्फत २ जनाले किक स्कुटर, २ जनाले स्मार्ट फोन ९ मिइजु एम१७० र ५ जनाले अमेजफिट जिटिएस २ स्मार्ट घडी जित्न सक्नेछन् । यसमा एक्सचेन्ज, निःशुल्क एएमसि र इएमआइको सुविधा पनि रहेको कम्पनीले जानकारी दिएको छ ।