सेगवेको साधन किन्दा हात खाली नजाने उपहारका साथै दुई जनालाई किक स्कुटर

<p>काठमाडौं । नेपालका लागि सेगवे सवारी साधनको आधिकारिक वितरक आईहवले दशैं, तिहार र छठको अवसरमा ग्राहकहरुलाई आकर्षक छुट र पुरस्कारहरु दिने भएको छ । यो अफर अन्तर्गत सेगवेको उत्पादन किन्दा १० हजार नगद छुट, अमेजफिट ब्याण्ड ५ वा अमेजफिट नियन ब्याण्ड जस्ता निश्चित पुरस्कार जित्न सकिनेछ । यसका साथै यसमा निःशुल्क बीमा र सडक कर [&hellip;]</p>

काठमाडौं । नेपालका लागि सेगवे सवारी साधनको आधिकारिक वितरक आईहवले दशैं, तिहार र छठको अवसरमा ग्राहकहरुलाई आकर्षक छुट र पुरस्कारहरु दिने भएको छ ।

यो अफर अन्तर्गत सेगवेको उत्पादन किन्दा १० हजार नगद छुट, अमेजफिट ब्याण्ड ५ वा अमेजफिट नियन ब्याण्ड जस्ता निश्चित पुरस्कार जित्न सकिनेछ । यसका साथै यसमा निःशुल्क बीमा र सडक कर पनि हुने कम्पनीले जानकारी दिएको छ ।

साथै, ग्राहकहरूले लक्की ड्र मार्फत विभिन्न पुरस्कारहरू जित्ने अवसरहरू पनि प्राप्त गर्नेछन् । लक्की ड्र मार्फत २ जनाले किक स्कुटर, २ जनाले स्मार्ट फोन ९ मिइजु एम१७० र ५ जनाले अमेजफिट जिटिएस २ स्मार्ट घडी जित्न सक्नेछन् । यसमा एक्सचेन्ज, निःशुल्क एएमसि र इएमआइको सुविधा पनि रहेको कम्पनीले जानकारी दिएको छ ।

Share News