गोठाटारमा तीन वटा गोली खाएका मोहम्मदको उपचारको क्रममा मृत्यु
फाइल फाेटाे काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-८, गोठाटारमा गोली लागेर गम्भीर घाइते भएका लाल मोहम्मदको मृत्यु भएको छ । केहीबेर अगाडि चलेको गोली लागेर घाइते भएका सर्लाही हरिवन नगरपालिका-२ का ५५ वर्षीय लाल मोहम्मदको उपचारको क्रममा मृत्यु भएको हो । सोमबार साँझ बन्दुकधारी समूहले गोली हानी घाइते बनाएका उनलाई त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो । अस्पतालले केही बेरमै उनलाई मृत घोषणा गरेको उपत्यका प्रहरी कार्यालय प्रमुख एआईजी रवीन्द्र धानुकले बताए । उनको टाउकोमा दुईवटा र दाहिने तिघ्रामा एउटा गोली लागेको थियो । प्रहरीका अनुसार उनलाई मोटरसाइकलमा आएका व्यक्तिले गोली हानेको थियो । गोली हानेर भाग्ने व्यक्तिको खोजीका लागि उपत्यकाका सबै नाकाहरुमा कडाई गरिएको छ । यो घटनाको बारेमा काठमाडौं प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थप अनुसन्धान गरिरहेको बताइएको छ । काठमाडौंको गोठाटारमा चल्यो गोली
काठमाडौंको गोठाटारमा चल्यो गोली
काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-८ गोठाटारमा गोली चलेको छ । केहीबेर अगाडि चलेको गोली लागेर सर्लाही हरिवन नगरपालिका-२ का ५५ वर्षीय लाल मोहम्मद घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए । घाइतेको उपचारका लागि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको उनले बताए । घटना बारेमा अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर बोहरा र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख जनक भट्टराईलगायतको टोली अहिले घटनास्थलमा खटिएको छ । रासस
सुबिसुको ‘स्मार्ट’ अफर : ग्राहकले सस्तो मूल्यमा ३२ इन्चको टिभी किन्न पाउने
काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी सुबिसु केबल नेट प्रालिले दशैं तिहारलाई लक्षित गर्दै स्मार्ट अफर सार्वजनिक गरेको छ । कम्पनीले नयाँ तथा पुराना दुवै किसिमका प्रयोगकर्तालाई लक्षित गर्दै यो अफर ल्याएको हो । कम्पनीले ल्याएको ‘स्मार्ट डिल’ अफर अन्तर्गत ग्राहकले सुबिसुको कुनै पनि इन्टरनेट प्याकेज खरिदमा १५ हजार ९९९ रुपैयाँमा (भ्याटसहित) ३२ इन्चको स्मार्ट टिभी र १४ हजार ५०० रुपैयाँमा (भ्याटसहित) स्मार्टफोन प्राप्त गर्न सक्नेछन् । यसैगरी ‘स्मार्ट सेभिङ’ नामक अफरमा नयाँ ग्राहकले निकै सस्तो मूल्यमा सुबिसु इन्टरनेट प्याकेज प्राप्त गर्न सक्नेछन् । जसअन्तर्गत १०० एमबीपीएस गतिको इन्टरनेट तीन महिनाका लागि चार हजार ९९९ रुपैयाँ (मासिक १,६६६ रुपैयाँ) र १२ महिनाको इन्टरनेट ११ हजार ९९९ रुपैयाँमै (मासिक एक हजार रुपैयाँमा) प्राप्त गर्न सकिनेछ । त्यस्तै, ३०० एमबीपीएस गतिको इन्टरनेटलाई तीन महिनाका लागि सात हजार ९९९ रुपैयाँ र १२ महिनाका लागि १४ हजार ९९९ रुपैयाँ पर्नेछ । सबै प्याकेजमा डिभाइस, जडान शुल्क र भ्याट समावेश रहेको सुबिसुले जनाएको छ । कम्पनीका अनुसार पुराना ग्राहकहरूका लागि पनि अन्य थुप्रै अफर उपलब्ध छन् । जसका लागि नजिकैको शाखा वा सम्पर्क केन्द्रमा पुग्नुपर्ने कम्पनीले जानकारी दिएको छ ।
खल्तीका ग्राहकले फोनपेबाट भुक्तानी गर्दा १० प्रतिशतसम्म क्यासब्याक पाउने
काठमाडौं । खल्ती डिजिटलका ग्राहकले खल्तीको मोबाईल एप्स्मार्फत पहिलोपटक फोनपको क्यूआरबाट भुक्तानी गर्दा दश प्रतिशतसम्म अथवा बढिमा सय रुपैयाँसम्म क्यासब्याक पाउने भएका छन् । नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे र डिजिटल वालेट खल्तीका ग्राहकलाई यस किसिमको सुविधा प्रदान गर्ने सम्झौता भएको हो । सम्झौता पत्रमा खल्तीका प्रयोगकर्ता विभागका प्रमुख अविनास गुप्ता र फोनपेका तर्फबाट बिजनेस डेभलपमेन्ट प्रमुख रुशान्त श्रेष्ठले हस्ताक्षर गरेका हुन् । नेपालीहरुको महान चाड दशैँमा किनमेल गर्न केही सुलभ होस् भन्ने उदेश्यले यो योजना ल्याइएको हो । यो योजना असोज ४ गतेदेखि २४ गतेसम्म सञ्चालन हुनेछ । फोनपेले आफ्ना मर्चेन्ट तथा प्रयोगकर्तालाई लक्षित गर्दै विभिन्न योजना सञ्चालन गर्दै आइरहेको छ । फोनपे नेटवर्कमा आवद्ध कुनैपनि बैंक तथा वित्तीय संस्था तथा विभिन्न भुक्तानी सेवा प्रदायकका मोबाईल एप्स्बाट सहजै क्यूआर मार्फत भुक्तानी गर्न सकिन्छ । फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था र भुक्तानी प्रणाली सञ्चालक आवद्ध छन् । यस्तै फोनपेमा हालसम्म करिब १० लाख मर्चेन्ट रहेका छन् । एक करोड ५० लाख भन्दा धेरै मोबाईल बैकिङ्ग प्रयोगकर्ता तथा भुक्तानी प्रणाली सेवा प्रदायकका मोबाईल एप्स् मार्फत फोनपेले सेवा पुर्याउँदै आएको छ । भुक्तानी सेवा प्रदायक खल्ती मार्फत विभिन्न किसिमका भुक्तानी तथा किनमेल गर्न सकिन्छ । खल्ती मार्फत मोबाईल रिचार्ज, बिजुली, खानेपानीको महशुल लगायतका थुप्रै सेवाको भुक्तानी तथा किनमेल गर्न सकिन्छ ।
नेपालमा गरिबी निवारण गर्ने चाहना छ : अध्यक्ष नेपाल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालमा गरिबी निवारण गर्ने आफ्नो पार्टीको चाहना भएको बताएका छन् । सोमवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित नेपाल मगर संघ (समाजवादी) को तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टीको चाहना नेपालबाट गरिबी निवारण गर्नु भएको बताएका हुन् । उनले समाजमा रहेका विकृति र विसंगतिहरुलाई पनि अन्त्य गर्ने आफूहरुको चाहना रहेको बताए । पार्टीको ध्यान देशको शिक्षा, स्वास्थ्य र सीप विकासमा केन्द्रित रहेको उल्लेख बताउँदै अध्यक्ष नेपालले कार्यकर्ताहरुलाई त्याग, सर्मपण र समाज रुपान्तरणको भावनाले राजनीतिमा लाग्न आग्रह पनि गरे । जनताको मुहार उज्यालो बनाउने आफूहरुको लक्ष्य भएको उनको भनाई छ । ‘यहाँका कार्यकर्ताहरु त्यागको भावनाले, समर्पणको भावनाले, देश, जनता र समाजलाई रुपान्तरण गर्ने सोचका साथ अघि बढ्न चाहन्छ । हामी गरिबी निवारण गर्न चाहन्छौँ, समाजमा रहेका जति छन् विकृति, विसंगति सबैलाई अन्त्य गर्न चाहन्छौँ, गरिबी, अभाव र बेरोजगारीलाई समाप्त पार्न चाहन्छौँ, जनताको मुहारमा उज्यालो बनाउन चाहन्छौँ, त्यसको निम्ति हामी देशको साधन, स्रोतको अधिकतम सदुपयोग गर्न चाहन्छौँ,’ उनले भने, ‘जिल्ला, प्रदेश, पालिका विशेष विशेषताको आधारमा के गर्दाखेरी धेरैभन्दा धेरै जनताको भलो हुन सक्दछ ? हाम्रा सबै बालबालिका कसरी पढाई, लेखाईमा अगाडी बढ्न सक्दछन् ? सबैको स्वास्थ्यको राम्रो कसरी सुनिश्चितता गर्न सकिन्छ, सीप विकासलाई प्राथमिकता दिन कसरी सकिन्छ ? यिनै कुराहरु हाम्रो ध्यानमा रहेका छन् । हाम्रो ध्यानमा जनता, समाज र देश मात्र छ । देशहीतको रक्षा, जनताको सेवामा समर्पित हुने र समाजको परिवर्तन गर्ने उद्देश्य लिएर राजनीतिमा होमिएको ।’ उनले नेपालको जातजाति, भाषा, धर्म, संस्कृतिमा भएको विविधताको संरक्षण गरिने बताए । उनले कुनैपनि जातजातिका बीचमा हुने भेदभावलाई अन्त्य गर्नुपर्ने बताए ।
५२५ बोरा सिमेन्ट किन्दा रियलमीको सी३० मोबाइल पाइने
काठमाडौं । ड्राइ मिक्स मोर्टार उत्पादक नेपाल वाल प्लास्टले दशैंलाई लक्षित गरेर ‘दशैं सौगात’ नामक योजना बजारमा ल्याएको छ । ‘निर्माण गुणस्तरमा, मोवाइल पकेटमा’ नाराका साथ यो योजना असोज ३ गतेदेखि कार्तिक १३ गतेसम्मको लागि संचालन हुने छ । यो योजना अन्तर्गत प्रत्येक ५२५ बोराको खरिदमा पक्का उपहार स्वरुप रियलमीको सी३० मोबाइल प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ । यस योजनामा विशेषगरी कम्पनीका नयाँ तथा पुराना ग्राहकहरु प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ । नेपाल वाल प्लास्टका वालप्लास्ट, ब्रिक फिक्सो, ब्लक फिक्स, टाइल फिक्स प्लोर तथा टाइल फिक्स वाल गरी पाँच वटै उत्पादनमा यो योजना लागू हुने छ । घर बनाउदा सिमेन्टको गुणस्तरमा निकै सजग हुने गरेको हामी बालुवाको गुणस्तरमा भने वेवास्ता हुने गरेका छौं । घर निर्माणमा बालुवाको गुणस्तर पनि उत्तिकै सजग हुनुपर्ने शिक्षालाई अझ विस्तृत रुपमा फैलाउन यो योजनाले महत्वपूर्ण भूमिका खेल्ने कम्पनीको अनुमान रहेको छ । व्यस्त जीवनशैलीमा समयको बचत नै अमूल्य धन भएको कुरा पनि नर्कान नसकिने हुँदा, सबैभन्दा बढी समय लाग्ने निर्माणमा पनि कसरी समयको बचत गर्न सकिन्छ भन्ने कुराको खोजी गर्दै त्यस्ता उत्पादनहरुलाई प्रोत्साहन गर्न कम्पनीको योजना रहेको जानकारी नेपाल वाल प्लास्टका संस्थापक प्रबन्ध निर्देशक नरेश प्रसाद साहले दिए । विश्व निर्माण जगतमा ड्राइ मिक्स मोर्टार प्रचलित नाम हो । विश्वका कयौं विकशित देशहरुमा यस प्रकारको निर्माण सामाग्रीको प्रचुरमात्रमा प्रयोग हुने गरेको छ । नेपालमा ड्राइ मिक्स मोर्टार नयाँ र नौलो उत्पादन हो । यसको निर्माण क्षेत्रमा अवसर हेर्दै ग्राहकसामु आफ्नो उत्पादन पुर्याउन तथा निर्माण क्षेत्रको व्यापक विश्लेषण गर्दै यसलाई प्रभावकारी बनाई दीर्घकालीन रूपमा आफ्नो व्याबसायिक प्रतिष्ठा जोगाउन लागि पर्ने पनि कम्पनीले दावी गरेको छ । यसै दावीलाई सहयोग पुग्ने आशाका साथ सो डिलर योजनाको सुरुवात गरिएको कम्पनीले जानकारी दिएको छ । कम्पनीले आफ्ना उत्पादनको गुणस्तर र विशेषताबारे स्पष्ट पार्दै पानी राख्नासाथ प्रयोग गर्न मिल्ने, जसले गर्दा समयको बचत तथा मितव्ययी हुने, उत्पादकत्वमा वृद्धि हुन गई कम लागतमा काम सम्पन्न हुने हुँदा उत्पादनको बजार मूल्य सस्तो हुने जनाउँदै, मेसिन मिक्स भएका कारण एकनासको गुणस्तर रहिरहने कम्पनीको दावी रहेको छ । स्वदेशी सामानको प्रयोग गरी प्रवद्र्धन गर्न अनुरोध गर्दै उत्पादन तथा वजार व्यवस्थापनमा विविध चुनौति रहेता पनि आफ्ना उत्पादनका विशेषताहरुले गर्दा हरेक समस्यालाई चिर्दै अगाडि बढ्ने कम्पनीको प्रतिबद्धता रहेको छ ।
साओमीले घटायो सम्पूर्ण मोबाइल सेटको मूल्य, कुनको कति ?
काठमाडौं । नेपालको स्मार्ट फोन ब्रान्ड साओमीले आफ्नो मोबाइल सेटहरुमा मूल्य घटाएको छ । कम्पनीले चाडपर्वको अवसरमा साविक मूल्यभन्दा कम मूल्यमा मोबाइल फोन वितरण गर्ने भएको हो । यो अफर अन्तर्गत उपभोक्ताहरुले रेडमी नोट ११ सिरिजमा एक हजार रुपैयाँ र रेडमी नोट १२ सिरिजमा तीन हजार रुपैयाँसम्मको कम मूल्यमा मोबाइल सेट खरिद गर्न सक्नेछन् । यो अफर सीमित अवधिको लागि असोज २ गतेदेखि १७ गतेसम्म लागु हुनेछ । ‘नेपालीहरुको महान चाड दशैंको शुभ उपलक्ष्यमा हाम्रा उपभोक्ताहरुको लागि साबिकभन्दा कम मुल्यमा मोबाइल फोन उपलब्ध गराउन गइरहेका छौं, यसले यहाँहरुको चाडपर्वको माहोललाई अझै रोमान्चक बनाउने छ भन्ने हामीले आशा लिएका छौं,’ साओमी नेपालका कन्ट्रि जेनेरल म्यानेजर अमित कुमार पंडाले भने । कुनमा कति घट्यो ?
सार्वजनिक शिक्षा सुधारमा सामूहिक प्रयत्न आवश्यक: शिक्षामन्त्री
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक शिक्षा सुधार्न सामूहिक प्रयत्न आवश्यक रहेको बताएका छन् । राष्ट्रिय परीक्षाबोर्डद्वारा आज आयोजित ‘विद्यालय तह परीक्षाको नतिजा–वर्तमान अवस्था र भावि कार्यदिशा’ छलफलमा मन्त्री पौडेलले सामूहिक प्रयत्नबाट शिक्षामा सुधार हुने बताए । ‘पाइलैपिच्छे आलोचना गर्दै हिँडेर शिक्षा सुध्रिँदैन’, उनले भने, ‘प्रध्यापक, शिक्षक, कर्मचारी नागरिक समाज सबैले सामूहिक प्रत्यन गरे शिक्षा सुधार हुन्छ ।’ बच्चा जन्मिएपछि सबैभन्दा ठूलो समय शिक्षा संस्थामा बित्ने भएकाले तीन प्रकारका शिक्षा सुधार्न गम्भीर भएर लाग्नुपर्नेमा उनको भनाइ रहेको छ । विद्यालय शिक्षालाई नियमन गर्न परीक्षा बोर्ड, उच्च शिक्षालाई नियमन गर्न विश्वविद्यालय र प्राविधिक तथा व्यावसायिक शिक्षा नियमन गर्न सिटिइभिटी रहेकाले थप सुधार गर्न विज्ञको सुझावआवश्यक रहेको औँल्याए । विश्वविद्यालयका आङ्गीक क्याम्पस शिक्षा विषयमा रुचि नभएकाले भर्ना हुनेको सङ्ख्यामा कमी आएको बताउँदै व्यवहारमुखी शिक्षाको आवश्यक रहेको बताए । विद्यालय शिक्षा सुधार्न क्यालेन्डर प्रणाली आवश्यक रहेकाले वैशाखदेखि क्यालेन्डर प्रणाली लागू हुने विश्वास व्यक्त गरे । ‘विद्यार्थीले परीक्षा दिएको वर्षदिनसम्म पनि नतिजा आएन भने के हुन्छ ? प्रश्न गर्दै उनले भने, अब विभिन्न बहाना हुँदैन क्यालेन्डर प्रणाली लागू गरौँ सबै समयमा हुन्छ ।’ रासस