विकासन्युज

यी ४ तरिकाबाट हेर्न सकिन्छ सिक्लेस हाइड्रोपावरको आईपीओ रिजल्ट

काठमाडौं । सिक्लेस हाइड्रोपावरको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटलको कार्यालयमा मंगलबार बिहान आईपीओ बाँडफाँट सम्पन्न भएको जनाएको छ । कम्पनीको आईपीओमा १५ लाख १३ हजार ७८८ जना आवेदकबाट १ करोड ६३ लाख ८७ हजार ६५० कित्ता सेयरका लागि आवेदन दिएका थिए । जसमध्ये १ हजार २५१ जनाको आवेदन विभिन्न कारणले रद्द भएको छ भने १५ लाख १२ हजार ५३७ जनाको आवेदन सदर भएको क्यापिटलले जनाएको छ । कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिबाट १० कित्ताका दरले बाँडफाँट गरिएको छ । गोलाप्रथा मार्फत् बाँडफाँट गर्दा कम्पनीको आईपीओ १ लाख ५ हजार ८ सय जनाले १० कित्ताको दरले सेयर प्राप्त गरेका छन् । बाँकी आवेदकको हात रित्तो भएको कम्पनीले जनाएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका ११ लाख ५० हजार कित्ता निष्काशन गरेको थियो । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई साउन ६ गतेदेखि भदौ ५ गतेसम्म आईपीओ निष्काशन गरेर बाँडफाँट गरिसकेको छ । कम्पनीको आईपीओ बाँडफाँट सम्पन्न भइसकेकाले विभिन्न तरिकाबाट नतिजा हेर्न सकिनेछ । कम्पनीको आईपीओको रिजल्ट हेर्न बिक्री प्रबन्धक बिओके क्यापिटलको वेवसाइट https://bokcapital.com.np/allotment/, सिडिएससिको मेरो सेयरको वेवसाइट https://meroshare.cdsc.com.np/#/login, सिडिएसले आईपीओ रिजल्ट हेर्न सञ्चालनमा ल्याएको वेवसाइट https://iporesult.cdsc.com.np/ र सिक्लेस हाइड्रोपावरको वेवसाइट https://www.sikleshydro.com.np/ बाट हेर्न सकिन्छ । आईपीओको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोला https://bokcapital.com.np/allotment/ https://meroshare.cdsc.com.np/#/login https://iporesult.cdsc.com.np/ Sikles Hydropower Ltd  

डलरको मूल्य इतिहास कै महँगो

काठमाडौं । अमेरिकी डलरको मूल्यले नयाँ उचाइ कायम गरेको छ । नेपाल राष्ट्र बैंकले आज मंगलबार लागि सार्वजनिक गरेको विनीमयदर अनुसार एक डलरको खरीददर १३० रुपैयाँ ३० पैसा तोकिएको छ । यस्तै, डलरको बिक्रीदर १३० रुपैयाँ ९० पैसा तोकिएको छ । यो हालसम्म कै उच्च हो ।

सिक्लेस हाइड्रोको आईपीओ बाँडफाँट सम्पन्न, १ लाख बढीले पाए १० कित्ता

काठमाडौं । सिक्लेस हाइड्रोपावरको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटलको कार्यालयमा मंगलबार बिहान आईपीओ बाँडफाँट सम्पन्न भएको हो । कम्पनीको आईपीओमा १५ लाख १३ हजार ७८८ जना आवेदकबाट १ करोड ६३ लाख ८७ हजार ६५० कित्ता सेयरका लागि आवेदन दिएका थिए । जसमध्ये १ हजार २५१ जनाको आवेदन विभिन्न कारणले रद्द भएको छ भने १५ लाख १२ हजार ५३७ जनाको आवेदन सदर भएको क्यापिटलले जनाएको छ । कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिबाट १० कित्ताका दरले बाँडफाँट गरिएको छ । गोलाप्रथा मार्फत् बाँडफाँट गर्दा कम्पनीको आईपीओ १ लाख ५ हजार ८ सय जनाले १० कित्ताको दरले सेयर प्राप्त गरेका छन् । बाँकी आवेदकको हात रित्तो भएको कम्पनीले जनाएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका ११ लाख ५० हजार कित्ता निष्काशन गरेको थियो । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई साउन ६ गतेदेखि भदौ ५ गतेसम्म आईपीओ निष्काशन गरेर बाँडफाँट गरिसकेको छ ।

नाका नखुल्दा तिब्बतको च्याङ्ग्रा भित्रिन सकेन, एउटा कै मूल्य ४५ हजारसम्म

बागलुङ । व्यवसायीले मुस्ताङी च्याङ्ग्रा बजार भित्र्याएका छन् । बागलुङ, पर्वतसहित आसपासमा सोमबार च्याङ्ग्रा आइपुगेका हुन् । व्यवसायीले हप्तौँ लगाएर बर्सेनि दशैँमा च्याङ्ग्रा भित्र्याउँछन् । दशैँमा च्याङ्ग्राको माग उच्च हुन्छ । बागलुङका व्यवसायी महेन्द्र केसीले स्थानीय बलबहादुर थापासहित पर्वत र काठमाडौंका दुई–दुई व्यवसायी मिलेर दुई सय ५० च्याङ्ग्रा ल्याएको बताए । ‘सानो बगालमा किन्न नमिलेपछि छ जना मिलेर ल्यायौँ’, उनले भने, ‘यीमध्ये केही च्याङ्ग्रा काठमाडौं पुग्छन्, अरु बागलुङ र पर्वतमा बेच्छौँ ।’ उनका अनुसार मुस्ताङ पुगेका अरु व्यापारी च्याङ्ग्रा ल्याएर बाटोमा फर्कदैँछन् । मुस्ताङको जोमसोम, कागबेनी, चमरलगायत ठाउँमा पुगेर व्यवसायीले च्याङ्ग्रा ल्याउँछन् । त्यहाँबाट म्याग्दी, बागलुङ हुँदै पर्वत ल्याइपुर्याउन हप्ता दिनसम्म लाग्छ । बर्सेनि मुस्ताङी च्याङ्ग्रा पोखरा हुँदै काठमाडौं पनि पुग्छ । सात वर्षदेखि च्याङ्ग्राको व्यापार गर्दै आएका केसीले यसपालि पनि भाउ महँगो परेको सुनाए । ‘रोज्जा च्याङ्ग्रालाई मुस्ताङमै ४० हजार जति प¥यो, यहाँ बेच्दा त ४५ हजारमाथि पुग्छ’, उनले भने, ‘तिब्बतबाट च्याङ्ग्रा आएन, मुस्ताङको आफ्नै उत्पादन कम छ ।’ कोराला नाका नखुल्दा तिब्बतका व्यापारीले च्याङ्ग्रा मुस्ताङ भित्र्याउन पाएका छैनन् । मुस्ताङमा पालिने च्याङ्ग्राले मात्र बजार माग धान्दैन । च्याङ्ग्रै कम आएका कारण मूल्य बढेको व्यवसायी बताउँछन् । दुई वर्षअघि रोज्जा च्याङ्ग्रालाई मुस्ताङमा २७ हजार पाँच सय परेकामा अहिले त्यो बढेर ४० हजार पुगेको छ । मूल्य चर्को परेपछि कतिपय पुराना व्यवसायी यसपालि च्याङ्ग्रा किन्नै नगएको पर्वत, कुश्माका व्यवसायी राजु पुनले बताए । ‘च्याङ्ग्रामा पहिलेको झैँ व्यापार छैन’, उनले भने, ‘महँगो परेपछि व्यवसायीले पनि झट्ट हात हाल्न आँट गर्दैनन् ।’ बर्सेनि भाउ महँगिदै जान थालेपछि च्याङ्ग्राको कारोबार कम छ । ठूलो लगानी चाहिने हुँदा व्यवसायीमा पनि रुचि घट्दो छ । ‘बाटोको आउजाउ कठिन हुन्छ, खर्चपर्च धेरै लाग्छ, खेतला लगाउनुपर्छ’, केसीले भने, ‘तैपनि दशैँमा उपभोक्तालाई च्याङ्ग्रा चखाउनुपर्छ भनेर व्यवसायीले ल्याइरहेका छन् ।’ उनका अनुसार केही वर्षअघिसम्म बागलुङमा मात्रै दुई हजार बढी च्याङ्ग्रा भित्रिने गरेकामा अहिले त्यो सङ्ख्या केही सयमा मात्र सीमित हुन पुगेको छ । सदरमुकाममा मासु पसलसमेत सञ्चालन गर्दै आएका केसीले दशैँमा च्याङ्ग्राको मासुको माग अत्यधिक हुने बताए । अहिले च्याङ्ग्राको मासु प्रतिकिलो दुई हजार बढी पर्ने देखिएको उनको भनाइ छ । हुनेखानेले महँगै परे पनि दशैँमा च्याङ्ग्राको मासु खोजीखोजी किन्ने गर्छन् । कोभिड–१९ महाव्याधिपछि च्याङ्ग्रा महँगिएको व्यवसायी बताउँछन् । च्याङ्ग्रा कम आउनु, बढ्दो करजस्ता कारणले पनि मूल्य बढ्दै गएको हो । स्थानीय तहसहित ठाउँठाउँमा दस्तुर र कर तिर्नुपर्दा थप मर्का पर्ने गरेको व्यवसायीको गुनासो छ । यस क्षेत्रमा मुख्य गरी मुस्ताङ र डोल्पाको च्याङ्ग्रा आउने गरेको छ । नाका नखुल्दा तिब्बतको च्याङ्ग्रा भित्रिनसकेको छैन । पछिल्लो पाँच वर्षमा २० हजारभन्दा बढीले च्याङ्ग्राको भाउ बढेको व्यवसायी बताउँछन् । व्यवसायीले एउटा च्याङ्ग्रामा एक–दुई हजारसम्म फाइदा राखेर बेच्ने गरेका छन् । हिमाली हावापानीमा जडीबुटी खाएर हुर्केको हुनाले च्याङ्ग्रा स्वादिष्ट र स्वस्थकर मानिन्छ । मासुजन्य अरु परिकार बाह्रैमास पाइने भए पनि च्याङ्ग्राका लागि भने उपभोक्ताले दशैँ नै कुनुपर्छ । रासस

सेयर मूल्यमा १३ बीमा कम्पनी : राष्ट्रिय बीमा कम्पनी सबैभन्दा महंगो, सस्तो कुन ?

काठमाडौं । बीमा कम्पनीमध्ये राष्ट्रिय बीमा कम्पनी सबैभन्दा महंगो देखिएको छ । सरकारको स्वामित्वमा रहेको यो कम्पनी सेयर मूल्यका आधारमा अन्य कम्पनीको तुलनामा महंगो देखिएको हो । हाल बजारमा जीवन र निर्जीवन गरी कूल १३ कम्पनीको सेयर कारोबार भइरहेको छ । जसमध्ये निर्जीवन बीमा व्यवसाय गर्दै आएको राष्ट्रिय बीमा कम्पनीको सेयर मूल्य सबैभन्दा बढी अर्थात १२ हजारभन्दा बढी छ । जुन अन्य कम्पनीको तुलनामा धेरै गुणा बढी हो । पछिल्लो एक वर्षको अवधिमा कम्पनीको सेयर अधिकतम २० हजार ४९९ रुपैयाँ र न्यूनतम १२ हजार २५५ रुपैयाँसम्ममा किनबेच भएको थियो । त्यसैगरी, सबैभन्दा बढी मूल्य हुने कम्पनीको दोश्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेसन रहेको छ । जीवन बीमा व्यवसाय गर्दै आएको यो कम्पनीको सेयर हाल प्रतिकित्ता १ हजार २१० रुपैयाँमा कारोबार भइरहेको छ । एक वर्षको अवधिमा कम्पनीको सेयर अधिकतम २ हजार ४९२ रुपैयाँ र न्यूनतम १ हजार ६५ रुपैयाँको बीचमा किनबेच भएको थियो । शिखर इन्स्योरेन्सको सेयर प्रतिकित्ता ७१० रुपैयाँ छ । दोश्रो बजारमा २ हजार १५७ रुपैयाँसम्म किनबेच भएको कम्पनीको सेयर प्रतिकित्ता ६९० रुपैयाँसम्म झरेको थियो । त्यसैगरी, नेको इन्स्योरेन्सको सेयर ६७१ रुपैयाँमा किनबेच भइरहेको छ । प्रतिकित्ता ६०१ रुपैयाँसम्म झरेको कम्पनीको सेयर मूल्य प्रतिकित्ता १४ सय रुपैयाँसम्म पुगेको थियो । दोश्रो बजारमा दुई जीवन बीमा कम्पनीको सेयर ५ सयदेखि ६ सय रुपैयाँको हाराहारीमा छ । आइतबार नेपाल लाइफको अन्तिम कारोबार प्रतिकित्ता ५७९ रुपैयाँ र नेशनल लाइफको प्रतिकित्ता ५३५ रुपैयाँमा भएको थियो । लगानीकर्ताले नेपाल लाइफको सेयर अधिकतम १८१० रुपैयाँ र नेशनल लाइफको अधिकतम ११७९ रुपैयाँसम्म कारोबार भएको थियो । त्यस्तै, पछिल्लो एक वर्षको अवधिमा यी दुईको सेयर क्रमशः ५७७ र ४९९ रुपैयासम्म झरेको थियो । यता ७ वटा कम्पनीको सेयर ५ सय रुपैयाँभन्दा कम मूल्यमा किनबेच भइरहेको छ । जसमा एनएलजी, एशियन लाइफ, नेपाल इन्स्योरेन्स, हिमालयन एभरेष्ट, आइएमई जनरल, यूनाइटेड र प्रुडेन्सियल इन्स्योरेन्स रहेका छन् । एनएलजीको पछिल्लो कारोबार प्रतिकित्ता ४५१ रुपैयाँमा भएको छ । एक वर्षको अवधिमा अधिकतम १०१२ रुपैयाँसम्म पुगेको कम्पनीको सेयर मूल्य भने घटेर ४२३ रुपैयाँसम्म झरेको थियो । दोश्रो बजारमा एशियन लाइफको सेयर प्रतिकित्ता ४३२.५० रुपैयाँमा पाइन्छ । पछिल्लो एक वर्षमा कम्पनीको सेयर अधिकतम १ हजार ३९८ रुपैयाँसम्म पुगेको थियो । र, सोही अवधिमा घटेर प्रतिकित्ता ४३० रुपैयाँसम्म झरेको थियो । यता नेपाल इन्स्योरेन्स, हिमालयन एभरेष्ट, आइएमई जनरल, यूनाइटेड र प्रुडेन्सियल इन्स्योरेन्सको सेयर ४ सय रुपैयाँ भन्दा पनि सस्तोमा पाइन्छ । नेपाल इन्स्योरेन्सको पछिल्लो सेयर कारोबार प्रतिकित्ता ३९८.४० रुपैयाँमा भएको थियो । जसको भाउ अधिकतम ९३७.३० र न्यूनतम ३९५ रुपैयाँसम्ममा झरेको थियो । त्यसैगरी, मर्जर पश्चात बनेको हिमालयन एभरेष्टको सेयर प्रतिकित्ता ३६१.७० रुपैयाँ छ । हालसम्म कम्पनीको सेयर अधिकतम ८१०.९० र न्यूनतम ३५३.२० रुपैयाँको बीचमा कारोबार भइरहेको छ । पछिल्लो एक वर्षमा एक हजारमाथि पुगेको आइएमई जनरल इन्स्योरेन्सको सेयर मूल्य अहिले घटेर प्रतिकित्ता ३४७ रुपैयाँमा झरेको छ । यद्पि, उक्त मूल्य न्यूनतम मूल्य भने होइन । कम्पनीको सेयर न्यूनतम प्रतिकित्ता ३३३.२० रुपैयाँसम्म झरेको थियो । हाल दोश्रो बजारमा कारोबार भइरहेका बीमा कम्पनीमध्ये प्रुडेन्सियलको सेयर भाउ सबैभन्दा सस्तो छ । कम्पनीको सेयर प्रतिकित्ता ३३५.२० रुपैयाँमा कारोबार भइरहेको छ । हालसम्म कम्पनीको सेयरको लागि लगानीकर्ताले न्यूनतम ३२८ रुपैयाँदेखि अधिकतम ८१२ रुपैयाँसम्म लगानी गरेका छन् । निर्जीवन बीमा व्यवसाय गर्दै आएको यूनाइटेड इन्स्योरेन्सको सेयर प्रतिकित्ता ३३६.२० रुपैयाँमा पाइन्छ । यसअघि कम्पनीको सेयर न्यूनतम ३२५ रुपैयाँदेखि अधिकतम ७८८ रुपैयाँसम्म किनबेच भएको थियो । नेपाली बजारमा जीवन र निर्जीवन गरी ३८ वटा कम्पनीले व्यवसाय गर्दै आएका छन् । जसमध्ये हाल १३ वटा कम्पनी मात्रै दोश्रो बजारमा कारोबार भइरहेका छन् । केही कम्पनी सूचीकृत नै भएका छैनन् भने सूचीकृत भएका केही कम्पनीको भने हाल कारोबार रोक्का छ । बजार ८ वटा जीवन र ८ वटा निर्जीवन गरी कूल १६ वटा कम्पनीको सेयर कारोबार रोक्का भएको छ । निर्जीवन तर्फका प्रिमियर, प्रभु, सगरमाथा, लुम्बिनी जनरल, सिद्धार्थ, अजोड, जनरल र सानिमा जनरल छन् । र, जीवन बीमा तर्फका प्राइम लाइफ, सूर्या लाइफ, गुराँस लाइफ, रिलायन्स लाइफ, प्रभु लाइफ, ज्योति लाइफ, यूनियन लाइफ र सानिमा लाइफको सेयर कारोबार रोक्का भइरहेको छ । यी कम्पनी मर्जरमा जाने तयारीमा रहेका छन् । दोश्रो बजारमा सूचीकृत नहुनेमा ७ वटा जीवन बीमा कम्पनी रहेका छन् । जसमा राष्ट्रिय बीमा संस्थान, सिटिजन्स लाइफ, आईएमई लाइफ, प्रभु लाइफ, रिलायबल लाइफ, सन नेपाल लाइफ र मेट लाइफ रहेका छन् ।

नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय गन्तव्यमा सुरु गर्यो अनलाइन बुकिङ

काठमाडौं । नेपाल वायु सेवा निगमले आजदेखि आफ्नो उडान सेवा भएका सबै अन्तर्राष्ट्रिय गन्तव्यमा अनलाइन टिकट बुकिङ सुरु गरेको छ । अन्तर्राष्ट्रिय गन्तव्यमा यात्रा गर्ने यात्रुले साेमबारदेखि अनलाइनमार्फत टिकट लिन सक्ने व्यवस्था मिलाइएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिए । उनका अनुसार यात्रुले विश्वको कुनै पनि ठाउँबाट निगमको वेबसाइटबाट अनलाइन बुकिङ गरी टिकट खरिद गर्न सक्नेछन् । निगमले अहिले दिल्ली, मुम्बई, बेङगलोर, दुबई, दोहा, हङकङ, क्वालालाम्पुर, बैंकक, नारिता र रियादमा आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ । अनलाइन टिकेटिङ सेवामार्फत संसारभरका यात्रुलाई टिकट खरिदमा सहजता हुने निगमले विश्वास लिएको छ ।

दशैंको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौं । नवरात्रको दोस्रो दिन दशैंघर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवरात्रको दोस्रो दिन आज पूजास्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरेमा ब्रह्मतत्वको ज्ञान गर्न सकिने धार्मिक विश्वास छ । संसारका मुमुक्षु प्राणीलाई सच्चिदानन्द रुप ब्रह्मको वोध गराउनका लागि निरन्तर लागिरहने मान्यतामा नवदुर्गामध्येको दोस्रो देवीलाई ब्रह्मचारिणी भनिएको हो । ब्रह्मचारिणीको हातमा कमल, अक्षमाला र कमण्डलु बनाइनुपर्छ भन्ने विधान छ । मार्कण्डेय पुराणलगायत ग्रन्थमा भनिएको छ, ‘ब्रह्म चारयितुं शीलं यस्याः सा ब्रह्मचारिणी’ अर्थात् सच्चिदानन्द ब्रह्मस्वरुपको प्राप्ति गराउने स्वभाव नै ब्रह्मचारिणी हो । यसैले ब्रह्मतत्वको ज्ञान गर्न चाहनेले विशेषरूपमा ब्रह्मचारिणी देवीको विशेषरूपमा पूजा आराधना गर्ने गर्छन् । नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ । यसैगरी राज्यका तर्फबाट नवदुर्गाको पूजा आरधना गरिने हनुमानढोका दरबारस्थित दशैँघरमा पनि आज विधिपूर्वक ब्रह्मचारिणी देवीको पूजा आराधना गरिने हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ । नवरात्रको पहिलो दिन सोमबार दशैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा आराधना गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । वर्षमा चार नवरात्र पर्छन् । त्यसमध्ये आश्विन शुक्ल पक्ष र चैत्र शुक्ल पक्षमा पर्ने नवरात्रमा विशेषरूपमा शक्ति स्वरुपा देवीको पूजा आराधना गरिन्छ । पुस र असारमा पर्ने नवरात्रमा केही साधकले देवीको आराधना गरे पनि आश्विन चैत्रमा जसरी मनाइँदैन ।

राजमार्गमा रहेको होर्डिङ बोर्डका प्रचार सामग्री हटाइँदै

भरतपुर । चितवनको इच्छाकामना गाँउपालिकाले राजमार्गमा राखिएका होर्डिङ बोर्डका प्रचार सामग्री हटाउन सुरु गरेको छ । गाउँपालिकाको अनुमतिबिना अनधिकृतरूपमा राखिएका र सम्झौताको म्याद सकिएका प्रचार सामग्री हटाउन थालिएको हो । एक हप्ताको सूचना जारी गरेर प्रचार सामग्री हटाउन अनुरोध गर्दा पनि अटेर गरेपछि गाउँपालिका आफैँले हटाउन थालेको अध्यक्ष दानबहादुर गुरुङले जानकारी दिए । उनले राजमार्ग क्षेत्रलाई कुरुप बनाउने गरी राखिएका प्रचार सामग्री सबै हटाइने र व्यवस्थित गरिने बताए । ‘गाउँपालिकालाई कर तिरेर व्यवस्थितरूपमा राजमार्गबाट १५ मिटर छाडेर होर्डिङबोर्ड राख्नुपर्छ, अन्यथा सबै खाली गर्छौँ’, उनले भने । धादिङको सिमाना मौवाखोला र भरतपुर महानगरपालिकाको सिमाना रिद्धीखोलासम्मको राजमार्ग क्षेत्र गाउँपालिकाको पर्छ । यस क्षेत्रमा झण्डै २४ कम्पनीका एक सय बढी होर्डिङबोर्ड रहेको गाउँपालिकाले जनाएको छ ।