विकासन्युज

सूर्या लाईफ इन्स्योरेन्सले लाभांश वितरण नगर्ने

काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्स कम्पनीले सेयरधनीहरुलाई आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीसँग गाभ्ने गाभिने सम्बन्धी प्रारम्भिक सम्झौता भई मर्जर प्रक्रिया अगाडी बढीरहेको हुँदा कम्पनीले गत वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने भएको हो । कम्पनीको असोज ९ गते बसेको संचालक समितिको बैठकले गत मुनाफा हाल जगेडा कोषमा राख्ने निर्णय गरेको छ ।

साततले दरबार पुन : निर्माण गर्न बल्ल चिनियाँ प्राविधिक टोली आइपुग्यो

त्रिशूली । सात वर्षअघि गएको विनाशकारी गोरखा भूकम्पले क्षति पु¥याएको नुवाकोटको ऐतिहासिक साततले दरबारसहित आसपासका धार्मिक एवं पुरातात्विक सम्पदाको पुनःनिर्माणका लागि चिनियाँ पक्ष यहाँ आइपुगेको छ । चीन सरकारले जिम्मेवारी लिएको सो दरबारसहित आसपासमका विभिन्न सात संरचनाको पुनःनिर्माण तथा मर्मतसम्भारका लागि चिनियाँ पक्षले विदुर नगरपालिका–२ स्थित दरबार क्षेत्रमा आएर प्राविधिक अध्ययन सुरु गरेको हो । नुवाकोट दरबार हेरचाह तथा संरक्षण कार्यालयका प्रमुख अर्जुन फुँयालको अनुसार करिब २० जनाको प्राविधिक इञ्जीनियर टोलीले साततले दरबारको जग, दरबारको गारो र छानाको वस्तुस्थिति अध्ययन अघि बढाएका छन् । भूकम्पले क्षति पु¥याएका संरचना पुनःनिर्माणमा सहयोग पु¥याउने कार्यक्रमअन्तर्गत नेपाल र चीन सरकारबीच दरबारसहित यहाँका थप सात धार्मिक, पुरातात्विक एवं ऐतिहासिक महत्वका संरचनाको पुनःनिर्माण गर्ने समझदारी भएको कार्यालय प्रमुख फुँयालले जानकारी दिए । सोहीअनुसार पुरातत्व विभाग र ‘चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेज’बीच ४५ महिनाभित्रमा पुनःनिर्माण सम्पन्न गर्ने सम्झौता विसं २०७६ जेठमा भएको थियो । ‘विसं २०७६ साउनमा पहिलोपटक कार्यक्षेत्रमा आइपुगेको चिनियाँ पक्षले साततले दरबार र तुलजा तलेजु भवानीको मन्दिरलाई थप क्षति हुनबाट जोगाउन खट बनाएर नयाँ वर्षपछि ९सन् २०२०० फर्किने भनेर गएका थिए’, उनले भने, ‘चिनियाँ कम्पनीका प्राविधिकहरू स्वदेश फर्केलगत्तै सुरु भएको कोरोनाको जोखिमले रोकिएको पुनःनिर्माण अघि बढाउन प्राविधिक अध्ययनको टोली दरबारमा आइपुगेको छ ।’ चिनियाँ प्राविधिक टोलीको ‘चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेज’ले साततले दरबारसहित वरिपरिका पुरातात्विक महत्वका दरबार र मठमन्दिरको पहिलो चरणको सर्वेक्षण सोही समयमा गरे पनि अहिले पुनः अघि बढाएका छन् । यसअघि चिनियाँ प्राविधिक आठ जनाको टोलीले दरबारको सर्वेक्षण गरेको थियो भने अहिले कार्यक्षेत्रमा २० प्राविधिक एक सातादेखि खटिएका छन् । तत्कालीन राजा पृथ्वीनारायण शाहले नुवाकोटमाथि विसं १८०१ मा विजय हासिल गरेपश्चात साततले दरबारको निर्माण गर्न लगाएको पाइन्छ । उक्त दरबार क्षेत्र परिसरमा अवस्थित तुलजा भवानी मन्दिर भने लिच्छविकालीन मन्दिर भएको ‘नुवाकोट दरबार मौला अमाल’का प्रतिनिधि द्वारे महेन्द्रकुमार शाहीले जानकारी दिए । उनको अनुसार सात वर्षअघि गएको भूकम्पले नुवाकोट दरबारलाई क्षति पु¥याए पनि प्रवलीकरण गरेर सुरक्षित गर्नसक्ने प्राविधिक अध्ययनमा देखिएको चिनियाँ पक्षले जनाएको छ । सोही स्थानमा रहेको रङ्गमहल पनि सग्लो नै भएकाले के गर्ने भन्ने अध्ययन भइरहेको छ । ‘दरबारबाहेक चिनियाँ पक्षले निर्माणको जिम्मेवारी लिएको दरबार क्षेत्रमा अवस्थित तुलाजा भवानीको मन्दिर, दरबार परिसरमा रहेको गारदघर, विष्णु र नारायणको मन्दिर, भैरवीदेवी मन्दिर परिसरमा रहेको लामपाटी र सेतोपाटी पूर्ण क्षति पुगेको छ । द्वारे शाहीले भने, ‘अब हुने पुनःनिर्माणमा पुरातात्विक संरचनालाई कायम गरेर बनाउनुपर्छ भन्ने सुनिश्चित हुुनुपर्छ ।’ दरबार क्षेत्रमा अवस्थित नेपालको प्रसिद्ध भैरवीदेवी मन्दिरसहित बूढीदेवी, गणेश र सरस्वतीको मन्दिर पुरातत्व विभागमार्फत पुरातात्विक मौलिकपन ९जस्तो पहिला थियो त्यस्तै० कायम राखेर पुनःनिर्माण सम्पन्न भइसकेको छ । पुनः निर्माणको म्याद थप हुन बाँकी चिनियाँ पक्षले ४५ महिनाभित्र दरबारसहितको सातवटा संरचनाको प्राविधिक अध्ययनका आधारमा प्रवलीकरण तथा पुनः निर्माण सम्पन्न गर्ने जनाएको थियो । तर उक्त अवधि गुज्रन लागिसकेको छ । नयाँ सम्झौता तथा म्याद के हुने निर्णय हुन बाँकी रहेको दरबार हेरचाह तथा संरक्षण कार्यालयका प्रमुख फुँयालले बताए । उनका अनुसार चिनियाँ पक्षले पहिलो चरणमा हाल खट राखेर थप क्षति हुनबाट रोकेका दरबारको प्रवलीकरण गरेर त्यसपछि अन्य संरचनाको काम अघि बढाउने तयारी गरेको छ । नेपालमा गणतन्त्र स्थापना भएसँगै साततले दरबारलाई नुवाकोट सङ्ग्राहलयमा परिणत गरेर सर्वसाधारणका लागि खुला गरिएको थियो । उक्त दरबारभित्र पृथ्वीनारायण शाहले प्रयोग गरेका लुगाफाटा, पलङ, ओछ्यान, युद्धका सामग्री, पृथ्वीनारायण शाह र रानीका प्रतिमालगायतका ऐतिहासिक संरचना राखिएका छन् । खट र टेको लगाएर राखिएको दरबारभित्रै ती सामग्री सुरक्षित राखिएका छन् । एकीकरणको समयमा पृथ्वीनारायण शाहले नेपालको राजधानी नुवाकोट बनाएर यही दरबारबाट शासन सञ्चालन गरिएको भन्नेसमेत पाइन्छ । रासस

काठमाडौं महानगरकी उपमेयर डंगोल बजार अनुगमनमा

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल बजार अनुगमनमा निस्किएकी छिन्  । उनले आज बिहान प्रदर्शनीमार्गस्थित टुकुचा क्षेत्रका तरकारी बजार, खसी बजार र खाद्यान्न पसलहरुमा अनुगमन गरेकी छन् । उपमेयर डंगोलसहित टोलीले खाद्यान्न, माछा मासु र डिपार्टमेन्टल स्टोरमा पनि अनुगमन गर्ने जनाएको छ ।

मनास्लु हिमपहिराे : एक जनाको मृत्यु, १० को सकुशल उद्धार

गोरखा । उत्तरी गोरखाको मनास्लु हिमालको तेस्रो आधार शिविरमा सोमबार बिहान गएको हिमपहिरामा परी बेपत्ता भएकामध्ये एक जनाको मृत्यु भएको छ भने १० जनाको सकुशल उद्धार गरिएको छ । मृत्युहुनेमा सङ्खुवासभाका अनुप राई रहेका जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिए । मृतक राईको शव आधार शिविरबाट उद्धार गरेर काठमाडौंको टिचिङ अस्पताल लैजाने तयारी भइरहेको उनले बताए । हिमपहिरामा परेका अन्य १० जनाको भने सकुशल उद्वार गरिएको प्रउ खनालले जानकारी दिए । सोमबार अबेरसम्म चार जनाको उद्धार गरिएको र थप छ जनाको आज बिहान उद्धार गरिएको उनले बताए । आज बिहानैदेखि हेलिकोप्टरमार्फत पुगेको उद्वार टोलीले हिमपहिरामा परेका निमादोर्जे शेर्पा, दावा शेर्पा, फुरिता शेर्पा, लाक्पा तामाङ, निमा शेर्पा र फुर्ते शेर्पाको उद्वार गरेर सामागाउँ ल्याइएको प्रउ खनालले जानकारी दिए । ‘सामागाउँसम्म ल्याइएका सबै घाइतेलाई उपचारका लागि बिहानै काठमाडौँ पठाइएको छ’, उनले भने, ‘उनीहरुको राजधानीस्थित करुणा अस्पतालमा भर्ना गरी उपचार सुरु भएको छ ।’ पहिरामा परी उद्धार गरिएका दुई जनाको अवस्था भने सामान्य भएकाले उनीहरु आधार शिविरमा नै बसेर काम गरिरहेको उनले बताए । हिमपहिरामा परेकाहको उद्वारका लागि आज बिहान सिम्रिक एयरको दुईवटा, कैलाश र एभरेष्ट एयरको एक–एक गरी चार हेलिकोप्टर परिचालन गरिएको थियो । रासस

बैंकका सेयरधनीहरु लाभांश लिनै आउँदैनन्, साढे ३ अर्ब रुपैयाँ लिन बाँकी

काठमाडौं । गत साउन ३१ गते सानिमा बैंकले एक सूचना जारी गरेर सेयरधनीहरुलाई लाभांश लिन आग्रह गर्याे । बैंकको साधारण सभाबाट पारित भए बमोजिम असार मसान्त २०७९ सम्ममा ५ वर्ष अवधि नाघेका तर सम्बन्धित सेयरधनीहरुले नलिएको लाभांश लिन बैंकले आग्रह गरेको थियो । सो लाभांश लिन नआएमा प्रचलित कानून बमोजिम अगाडि बढ्ने बैंकको सूचनामा उल्लेख थियो । २०७८ असार मसान्तसम्म बैंकबाट ९ करोड १७ लाख ८१ हजार ३१९ रुपैयाँ बराबरको लाभांश सेयरधनीहरुले बुझिलिन बाँकी छ । यस्तै, गत साउन अन्तिम सातामा एभरेष्ट बैंकले पनि सेयरधनीहरुलाई पुरानो लाभांश लिन आग्रह सहितको सूचना सार्वजनिक गर्यो । साउनमै नबिल बैंकले पनि सेयरधनीलाई लाभांश लिन अनुरोध गरेको निकालेको थियो । बैंकसँग गाभिएका युनाइटेड फाइनान्स र नेपाल बंगलादेश बैंकका ५ बर्ष भन्दा पहिले सम्पन्न विभिन्न साधारणसभाले पारित गरेका लाभांश लिन बैंकले सेयरधनीहरुलाई आग्रह गरेको थियो । अन्यथा, प्रचलित कानुन बमोजिम नगद लाभांश वापतको सम्पूर्ण रकम उक्त लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्न पठाइने समेत बैंकले जनाएको थियो । यसरी अधिकांश बैंक तथा अन्य कम्पनीहरुले पनि लाभांश लिन नआएका सेयरधनीहरुलाई सूचना निकालेर बेलाबखत लाभांश लिन आउन आव्हान गरिरहेका हुन्छन् । सेयरधनी लाभांश लिन किन जाँदैनन् यो भने सबैको चासोको विषय बनेको छ । लगानीकर्ता सृजना सुवेदी सेयर बजारमा लामो समयदेखि सक्रिय रहेका तर जानकारी नहुँदा लाभांश नै लिन नगएको हुन सक्ने बताउँछन् । बैंक तथा वित्तीय संस्थाहरुले लाभांश लिनका लागि सूचना जारी गर्नुभन्दा सिधै खातामा जम्मा गर्नु पर्ने उनको धारणा छ । ‘आमाबुबाको पुस्ताका सेयरधनीहरु लाभांश लिन जाँदैनन्, सेयर बजारमा पुराना लगानीकर्ताहरु धेरै छन्, उहाँहरुलाई थाहा पनि हुँदैनन्, त्यसपछि लिन जाँदैनन्, बैंक तथा वित्तीय संस्थाहरुले सिधै खातामा हालिदिनु पर्छ,’ उनले भनिन् । लामो समयदेखि सेयरधनीहरुले लाभांश नलिएको खण्डमा बैंक तथा वित्तीय संस्थाहरुल राष्ट्रिय दैनिक पत्रिमा सूचना प्रकाशन गर्नुपर्ने व्यवस्था छ । सूचना प्रकाशित गर्दा पनि तोकिएको समयसीमामा सेयरधनीहरु सो लाभांश लिन नआएमा रकम कोषमा जम्मा हुन्छ । यस्तै, बैंक अफ काठमाण्डूले २०७८ असार मसान्तसम्म १३ करोड २७ लाख ४६ हजार ८७१ रुपैयाँ बराबरको लाभांश सेयरधनीहरुले लिन बाँकी रहेको जनाएको छ । बैंकको आर्थिक वर्ष २०५८/०५९ देखि आर्थिक वर्ष २०६९/०७० सम्मका विभिन्न साधारण सभाले पारित गरेको १ करोड ३४ लाख ८२ हजार ८२५.१८ रुपैयाँ बराबरको लाभांश रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिएको जनाएको छ । यस्तै, सेञ्चुरी कमर्सियिल बैंकको २०७८ को असारसम्म १३ करोड ८० लाख ७८ हजार ८२४ रुपैयाँ बराबरको लाभांश रकम सेयरधनीहरुले लिन बाँकी रहेको छ । सिटिजन्स बैंकले आर्थिक वर्ष २०६५/२०६६ देखि आर्थिक वर्ष २०७०/०७१ सम्म १४ करोड ६० लाख ७५ हजार ९८ रुपैयाँ बराबरको लाभांश सेयरधनीहरुले लिन बाँकी रहेको बताएको छ । सिभिल बैंकको २०७८ सम्ममा सेयरधनीहरुले ३ करोड ५८ लाख ७३ हजार ३३२.७७ रुपैयाँ, ग्लोबल आइएमई बैंकको २ करोड ९९ लाख ७८ हजार ६६६.२३ रुपैयाँ र हिमालयन बैंकको १२ करोड ३२ लाख २९ हजार ७३७ रुपैयाँ, कुमारी बैंकको ७ करोड ७८ लाख ७४ हजार २५ रुपैयाँ रहेको छ । लक्ष्मी बैंकको २०७८ असार मसान्तसम्म ३ करोड ९७ लाख ६० हजार ६६३.२३ रुपैयाँ बराबरको लाभांश सेयरधनीहरुले बुझिलिन बाँकी रहेको छ । विभिन्न आर्थिक वर्षहरुमा घोषणा गरेको लाभांश रकम घोषणा भएको मितिले ५ वर्षसम्म पनि सम्बन्धित लगानीकर्ताले बुझि लिन आएको छैन भने सो लाभांश कम्पनी ऐन २०६३ बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा गरेको बैंकहरुले जनाएका छन् । माछापुच्छ्रे बैंकका सेयरधनीहरुले २०७८ असार मसान्तसम्म ९ करोड ७८ लाख ३२ हजार ९३५ रुपैयाँ बराबरको लाभांशबुझिलिन बाँकी रहेको छ । एनएमबि बैंकको १९ करोड ४२ लाख २० हजार ९६२ रुपैयाँ बराबरको लाभांश लिन बाँकी रहेको बैंकले जनाएको छ । बैंकले आर्थिक वर्ष २०६९/०७० भन्दा अगाडीको बुझिलिन बाँकी रहेको सेयरधनीहरुको लाभांश रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिएको बैंकले बताएको छ । एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिपेश कुमार वैद्य पुराना सेयरधनीहरुको डिम्याट खाता नहुँदा लाभांशको ठूलो रकम कोषमा जाने गरेको बताउँछन् । अधिकांश सेयरधनीहरुको पुरा विवरण नमिलेका कारण पनि सेयरधनीहरु लाभांश रकम लिन नआएको हुन सक्ने उनले बताए । ‘कुनै–कुनै सेयरधनीहरुको विवरण मिलेको हुँदैन, जस्तै, डिम्याटमा खाता नम्बर नराखेको हुँदा सेयरधनीहरुको लाभांश रकम निलिएको हुन्छन्, पहिला–पहिला आईपीओ भर्दाखेरि सेयरधनीहरुको सूचना राख्नुपर्ने हुन्थ्यो, त्यो सूचनाको पुरा विवरण नराखेको हुँदा लाभांशको रकम कोषमा जम्मा हुन्छ,’ उनले भने । पछिल्लो समय डिम्याट खातामा बैंकको खाता लिंक गरिएको हुँदा नयाँ मुद्धाहरु नहुन सक्ने उनले बताए । तर, आफूले लगानी गरेको लगानीको जानकारी सेयरधनीहरुलाई हुनु पर्ने उनले बताए । ‘सेयरधनीहरुको खाता नम्बर अपडेट भएको छ भने सिधैं डिम्याट खातामा राख्न मिल्छ, यदि खाता नम्बर अपडेट गराएको छैन भने अपडेट गराउनुपर्ने हुन्छ, धेरै सेयरधनीहरुलाई जानकारी नभएर, सेयरधनीहरुलाई सूचना वा सचेतना नभएर लाभांश रकम लिन नआएको हुन सक्छन्, यदि सूचना निकालेको समयसीमाभित्र लिन नआएपछि कोषमा जम्मा हुन्छ,’ उनले भने, ‘सेयर लगानी गरेपछि के भयो, कस्तो भइरहेको छ भनेर जानकारी सेयरधनीहरुले पनि लिनु पर्ने हुन्छ, आफूले लगानी गरेको लगानीको जानकारी सेयरधनीहरुलाई हुनुपर्छ ।’पुराना धेरै सेयरधनीहरुको डिम्याट खाता नभएका कारण लाभांश रकम कोषमा जाने गरेको उनको भनाइ छ । प्रभु बैंकले वि.स. २०७६ असोज २ गते सम्ममा सेयरधनीहरुले बुिझलिन बाँकी रहेको २ करोड २२ लाख ३ हजार ३४०.२९ रुपैयाँ बराबरको रकम लगाानीकर्ता सरंक्षण काेषमा जम्मा गरेको जनाएको छ । बैंकबाट सेयरधनीहरुले अब लाभांशको रकम लिन बाँकी नरहेको बताएको छ । ग्लोबल आइएमई क्यापिटलका सीईओ पारषमणी ढकाल सेयरधनीहरु लिन नआएका कारण लाभांश रकम कोषमा जम्मा हुने गरेको बताउँछन् । कतिपय सेयरधनीहरुलाई आफ्नो सम्पत्तिको समेत वास्ता नभएको उनले बताए । ‘सेयरधनीहरु लाभांश रकम लिन आउँदैनन्, नआएपछि त्यो रकम कोषमा जम्मा गर्नुपर्छ, कतिपय सेयरधनीहरु नेपाल बाहिर पनि हुन सक्छन्, कतिपय सेयरधनीहरुलाई आफ्नो सम्पत्तिको वास्ता पनि हुँदैन,’ उनले भने, ‘यदि सेयरधनीहरुले चाहनाराखेको भए आफ्नो पैसा कहाँ छ भनेर खोज्नु पर्छ, सेयरधनीहरुमा सूचना नपुगेको र आफूले लगानी गरेको सम्पत्तिको वास्ता नहुन सक्छ ।’ खाता अपडेट गरेको दोस्रो दिननै लगानीकर्ताको खातामा लाभांश रकम जम्मा गरिदिने गरेको उनले बताए । तर, पछिल्लो समय पनि सेयरधनीहरुको कारण समस्या आउने गरेको उनको भनाइ छ । ‘अहिले पनि खाता अपडेट नभएको, खातालाई निरन्तरता नदिएको, कतिपय खाताहरुमा डेबिट र क्रडिट गर्न नमिल्ने रहेका छन्, यस्तो अवस्थामा गाह्रो हुन्छ, लगानीकर्ताका कारण पछिल्लो समय खाता दिइसकेपछि खाता नमिल्ने गरेको छ,’ उनले भने । वाणिज्य बैंकहरुको आर्थिक वर्ष २०७७/७८ सम्म सेयरधनीहरुले साढे ३ अर्ब रुपैयाँ बराबरको लाभांश रकम लिन बाँकी रहेको छ । हाल सञ्चालनमा रहेका २६ वटा वाणिज्य बैंकहरुमध्ये २२ वटा वाणिज्य बैंकको ३ अर्ब ४६ करोड ९४ लाख रुपैयाँ बराबरको लाभांश रकम सेयरधनीहरुले लिन बाँकी रहेको छ । सबैभन्दा धेरै कृषि विकास बैंकका सेयरधनीहरुले ठूलो रकम बराबरको लाभांश लिन बाँकी रहेको छ । कृषि विकास बैंकका सेयरधनीहरुले आर्थिक वर्ष २०७७/७८ को अन्तसम्म ७३ करोड ३६ लाख १२ हजार २४७रुपैयाँ बराबरको लाभांश रकम बुझिलिन बाँकी छ । यसअघि बैंकले आर्थिक वर्ष २०७६/७७ सम्म १ अर्ब ७ करोड २८ लाख १४ हजार ४०८ रुपैयाँ रहेको थियो । उक्त रकममध्ये पाँच वर्षभित्र पनि कुनै लगानीकर्ताको दाबी प्रस्तुत हुन नआएको ६ करोड ३७ लाख ६४ हजार ७ सय रुपैयाँ बराबरको लाभांश कम्पनि ऐन २०६३ को दफा १८३ बमोजिम स्थापना भएको लगानीकर्ता संरक्षण कोषमा वि.स. २०७७ असोज १६ गतेका दिन पठाएको बैंकले जनाएको छ । सबैभन्दा कम नेपाल बैंकका सेयरधनीहरुले लिन बाँकी छ । बैंकका सेयरधनीहरुले २० लाख ८३१ रुपैयाँ बराबरको लाभांश रकम लिन बाँकी रहेको बैंकले जनाएको छ ।

यी ४ तरिकाबाट हेर्न सकिन्छ सिक्लेस हाइड्रोपावरको आईपीओ रिजल्ट

काठमाडौं । सिक्लेस हाइड्रोपावरको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटलको कार्यालयमा मंगलबार बिहान आईपीओ बाँडफाँट सम्पन्न भएको जनाएको छ । कम्पनीको आईपीओमा १५ लाख १३ हजार ७८८ जना आवेदकबाट १ करोड ६३ लाख ८७ हजार ६५० कित्ता सेयरका लागि आवेदन दिएका थिए । जसमध्ये १ हजार २५१ जनाको आवेदन विभिन्न कारणले रद्द भएको छ भने १५ लाख १२ हजार ५३७ जनाको आवेदन सदर भएको क्यापिटलले जनाएको छ । कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिबाट १० कित्ताका दरले बाँडफाँट गरिएको छ । गोलाप्रथा मार्फत् बाँडफाँट गर्दा कम्पनीको आईपीओ १ लाख ५ हजार ८ सय जनाले १० कित्ताको दरले सेयर प्राप्त गरेका छन् । बाँकी आवेदकको हात रित्तो भएको कम्पनीले जनाएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका ११ लाख ५० हजार कित्ता निष्काशन गरेको थियो । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई साउन ६ गतेदेखि भदौ ५ गतेसम्म आईपीओ निष्काशन गरेर बाँडफाँट गरिसकेको छ । कम्पनीको आईपीओ बाँडफाँट सम्पन्न भइसकेकाले विभिन्न तरिकाबाट नतिजा हेर्न सकिनेछ । कम्पनीको आईपीओको रिजल्ट हेर्न बिक्री प्रबन्धक बिओके क्यापिटलको वेवसाइट https://bokcapital.com.np/allotment/, सिडिएससिको मेरो सेयरको वेवसाइट https://meroshare.cdsc.com.np/#/login, सिडिएसले आईपीओ रिजल्ट हेर्न सञ्चालनमा ल्याएको वेवसाइट https://iporesult.cdsc.com.np/ र सिक्लेस हाइड्रोपावरको वेवसाइट https://www.sikleshydro.com.np/ बाट हेर्न सकिन्छ । आईपीओको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोला https://bokcapital.com.np/allotment/ https://meroshare.cdsc.com.np/#/login https://iporesult.cdsc.com.np/ Sikles Hydropower Ltd  

डलरको मूल्य इतिहास कै महँगो

काठमाडौं । अमेरिकी डलरको मूल्यले नयाँ उचाइ कायम गरेको छ । नेपाल राष्ट्र बैंकले आज मंगलबार लागि सार्वजनिक गरेको विनीमयदर अनुसार एक डलरको खरीददर १३० रुपैयाँ ३० पैसा तोकिएको छ । यस्तै, डलरको बिक्रीदर १३० रुपैयाँ ९० पैसा तोकिएको छ । यो हालसम्म कै उच्च हो ।

सिक्लेस हाइड्रोको आईपीओ बाँडफाँट सम्पन्न, १ लाख बढीले पाए १० कित्ता

काठमाडौं । सिक्लेस हाइड्रोपावरको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटलको कार्यालयमा मंगलबार बिहान आईपीओ बाँडफाँट सम्पन्न भएको हो । कम्पनीको आईपीओमा १५ लाख १३ हजार ७८८ जना आवेदकबाट १ करोड ६३ लाख ८७ हजार ६५० कित्ता सेयरका लागि आवेदन दिएका थिए । जसमध्ये १ हजार २५१ जनाको आवेदन विभिन्न कारणले रद्द भएको छ भने १५ लाख १२ हजार ५३७ जनाको आवेदन सदर भएको क्यापिटलले जनाएको छ । कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिबाट १० कित्ताका दरले बाँडफाँट गरिएको छ । गोलाप्रथा मार्फत् बाँडफाँट गर्दा कम्पनीको आईपीओ १ लाख ५ हजार ८ सय जनाले १० कित्ताको दरले सेयर प्राप्त गरेका छन् । बाँकी आवेदकको हात रित्तो भएको कम्पनीले जनाएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका ११ लाख ५० हजार कित्ता निष्काशन गरेको थियो । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई साउन ६ गतेदेखि भदौ ५ गतेसम्म आईपीओ निष्काशन गरेर बाँडफाँट गरिसकेको छ ।