आम नागरिकमा हुनुपर्ने राजनीतिक चेतना छ : अभिनेत्री खड्का
काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्काले अभिनय गरेको चलचित्र ‘ऐँचो पैँचो’ राजनीतिक पृष्ठभूमिमा तयार गरिएको छ । उनले यस चलचित्रमा राजनीतिज्ञको भूमिका निर्वाह गरेकी छिन् । राजनीतिलाई पेसा बनाउनेप्रति व्यङ्ग्य गर्ने प्रवृत्ति रहेको भन्दै खड्काले चलचित्रले उठाएको विषयवस्तु समाजसँग जोडिएको बताइन् । उनले भनिन्, ‘एउटा आम नागरिकले राजनीतिबारे राख्नुपर्ने ज्ञान मसँग छ । कलेज जीवनमा नै यसलाई नजिकबाट नियालेकाले यससम्बन्धी केही ज्ञान छ ।’ उनले आफू कुनै पार्टीको विचारसँग नभई केही व्यक्तिसँग प्रभावित रहेको बताइन् । सामाजिक विषयको चलचित्रमा देखिँदै आएकी अभिनेत्री खड्काले आफू अभिनित चलचित्र ‘ऐँचो पैँचो’ पूर्णरूपमा व्यावसायिक रहेको बताइन् । आफूले अभिनय गरिरहेका चलचित्र एकै विधाका भएकाले यसपटक दर्शकले फरकरूपमा पाउने उनको भनाइ थियो । अभिनेत्री खड्काले भनिन्, ‘मैले कलाकात्मक चलचित्रमा केही समय अभिनय गरेँ । यो पूर्णरूपमा व्यावसायिक हो । त्यसैले यो मेरा लागि महत्वपूर्ण छ ।’ निर्देशक कृषा चौलागाईँले आफ्नो लगावका कारण चलचित्र निर्देशन यात्रा सुरु गरेको बताइन् । उनले भनिन्, ‘म यो क्षेत्रमा सानै उमेरदेखि निर्मात्रीका रूपमा जोडिए । त्यसपछि केही छोटा चलचित्र र विज्ञापनमा काम गरेको अनुभवका आधारमा निर्देशन गरेकी हुँ । यो म एक्लोभन्दा पनि सम्पूर्ण समूहकै प्रयासले सफल भएको हो ।’ केपी फिल्मस्को ब्यानरमा निर्माण भएको उक्त चलचित्रमा कोसिस क्षेत्री, सुशील सिटौला, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रवीन्द्र झा, सरिता गिरी, विशाल पहारीलगायत कलाकारले अभिनय गरेका छन् । यसमा अभिमन्यू निरवीले कथा, पुरुषोत्तम प्रधानले छायाँङ्कन, कविराज गहतराजले नृत्य निर्देशन, सुजिल कर्माचार्यले पाश्र्व सङ्गीत, रेनिश फागोले रङ्ग संयोजन, विपिन मल्ल र भूपेन्द्र अधिकारीले सम्पादन गरेका छन् । रासस
आठ सवारी साधन एकै ठाउँमा ठोक्किँदा बीस जना घाइते, सात गम्भीर
चितवन । भरतपुर महानगरपालिका–९ स्थित टिकोली जङ्गलमा विभिन्न आठ सवारीसाधन एकै ठाउँमा दुर्घटना हुँदा बीसजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको ना १ क ६१३१ नं को अक्सफोड कलेज गैँडाकोटको बसले विपरीत दिशाबाट आउँदै गरेको ना २ च ८४४६ नं को शव बोकी देवघाटतर्फ जाँदै गरेको बोलेरोलाई ठक्कर दिएको हो । सोही दुर्घटनामा बा प्र ०६–००१ प ९९८१, बा प्र ०३–००५ प ९७, ना ६२ प ६०३२, बा प्र ०३–००१ प ४१४७ मोटरसाइकल र बा प्र ०६–००१ प २२९४ र बाप्र ०३–००२ प ४१९८ नं को स्कुटरसहित सम्पूर्ण सवारीसाधन एक आपसमा ठोक्किएको थियो । ठक्करबाट २० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए । घाइतेमध्ये १२ जनाको भरतपुर अस्पतालमा, सात जनाको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज)मा र एक जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये भरतपुर अस्पतालमा उपचाररत सात जनाको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था सामान्य रहेको उनले जानकारी दिए । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने सवारीसाधन घटनास्थलमानै छन् । रासस
नेशनल फण्ड म्यानेजमेन्टको लाभांश घोषणा
काठमाडौं । नेशनल फण्ड म्यानेजमेन्टले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट ४.२१ प्रतिशत लाभांश दिने भएको छ । संचालक समितिको मिति २०८० साल श्रावण ३० गते बेलुकी ५ बजे रजिष्टर्ड कार्यालय, कुपण्डोलमा बसेको १५ औं बैठकले आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि सो लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेशनल फण्ड मिति २०७९ साल मंसिर २० गते स्थापना भई मिति २०७९ चैत्र २१ गते नेपाल धितोपत्र बोर्डबाट प्राइभेट इक्वीटी, भेन्चर क्यापिटल तथा हेज फण्ड संचालन गर्न इजाजत प्राप्त संस्था हो ।
मिटरब्याजी, कर्मचारी र ठुला ऋणीलाई लगेको नगद फर्काउन देउरालीका अध्यक्षको अनुरोध
काठमाडौं । ललितपुर सातदोबाटोमा केन्द्रिय कार्यालय रहेको देउराली सहकारीका अध्यक्ष रविन्द्र चौलागाइले सहकारीलाई समस्यामा पार्ने विभिन्न व्यक्ति तथा संस्था, सहकारीकै कर्मचारी र ऋणिहरुलाई लगेको नगद फर्काउन देउरालीका अध्यक्षको अनुरोध गरेका छन् । साथै, उनीहरु विरुद्ध विशेष छानवीन तथा कार्बाहीको माग गर्दै जिल्ला प्रहरी परिसर जाउलाखेलमा निवेदन समेत दिएका छन् । बचतकर्ताहरुको बचत फिर्ता गर्न आफुले सबै हिसाबको प्रयास गरिरहेको उनले बताएका छन् । उनले एक प्रेश विज्ञप्ती जारी गर्दै मिटरब्याजी, ठुला ऋणिहरुलाई देउराली र अध्यक्षसँग लगेको रकम फर्काउन आवहन गरेका छन् । साउन १२ गते नेपाल सरकारले गठन गरेको अनुचित लेनदेन (मिटरब्याज) मा १५ जना मिटरब्याजी विरुद्ध चौलगाइले मुद्धा दर्ता गरेका थिए । उक्त १५ जनामध्ये जिल्ला प्रशासन कार्यालय ललितपुरले कार्वाही अघि बढाएपछि ३ जना आरोपीले मिलापत्र गरेको चौलागाँइद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । मिलापत्र गर्नेमा पुल्चोकस्थीत पुच्चः सहकारी र स्र्माट मार्केटिङका सञ्चालक रोविन मर्हजन, ललितपुर भैंसीपाटीस्थीत राजु मर्हजन र काठमाण्डौ कालीमाटीका शुरेस जोशी रहेका छन् । उनीहरुसँग मिलापत्र गरी जिप्रकाले मिटरब्याज आयोग जनकपुर र गृहमन्त्रालय पठाएको बताइएको छ । चौलागाइँले मुद्धा हालेका बाँकी १२ जना मिटरब्याजीहरुमा ललितपुर सुनाकोठीका कर्म कन्ट्रक्सनका सञ्चालक रवि मर्हजन (जसले ४० करोड नगद र फर्चुनर गाडी फिर्ता नगरेको आरोप छ), सिताराम राउत (जसले ४० करोड नगद लिएको आरोप ), सुमन मर्हजनले ३० करोड, लायन्स क्लबका मोहन घिमिरेले ६ करोड रुपैयाँ र टोयटाको हाइ लग्जरी गाडी फिर्ता नगरेको, विवेक केसी, आषिस प्रधान, कमला खत्री, रञ्जीता केसी, हितेश केसी लगायतको समुहले ४० करोड नगद र २ वटा टोयटा भिएक्स गाडी र एक मिक्सुविसि गाडी लिइ फिर्ता नगरी उल्टै चौलागाइ विरुद्ध बैकिङ कसुर मुद्धा हालेको, रुविन मर्हजनले मिटरब्याजमा १५ करोड खाइ अदालतबाट स्टे अर्डर लिइ बसेको चौलागाइको आरोप छ । त्यसैगरी देवेन्द्र आचार्य, शैलेन्द्र शर्मा, विक्रम बानियाँ, न्युरोड स्थीत देविवास सहकारीका बासु श्रेष्ठ, टिपटप मिठाइ पसल किर्तपुर पाँगाबसपार्क स्थीत ज्वालादेवि सहकारीका सञ्चालकले ४० करोड नगद रुपैयाँ र ५ रोपनी जग्गा खाएको चौलागाइले बताएका छन् । मोहन घिमिरे, विशाल नारायण भारी, सञ्जय अधिकारी, भावना भारी र लायन्स क्लवका मेम्बर रमेण्ड सुटका सञ्चालक, न्युरोडको मख्खनमा चाइनिज सामानको ब्यापारी मिलि ३० करोड नगद र टोयटाको हाइलक्स गाडी र ४.५ जग्गा खाएको उनले बताएका छन् । उक्त मिटरब्याजीहरु अहिले विभिन्न निकाय र राजनीतिक संरक्षणमा गइ हार गुहार गरिरहेको चौलागाइले बताए । आफना सहकारीका सञ्चालक र ऋणिहरु पटकपटक र नोटिस गर्दा नआएपछि जिप्रका ललितपुर र केन्द्रिय अनुसन्धान ब्युरोमार्फत उपस्थीति गराउने चौलागाइले बताए । देउरालीले अटेर गर्ने कर्मचारी र ऋणीहरुलाई आफै उपस्थीत भएर अनुसन्धानमा सघाउन अध्यक्ष चौलगाइले विज्ञप्ती मार्फत अनुरोध गरेका छन् ।
देशको अथाह अवसर युवाले उपयोग गर्नुपर्छ : अर्थमन्त्री डा. महत
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल विकासक्रममै रहेकाले देशमा धेरै कुरा गर्न बाँकी रहेको बताएका छन् । राष्ट्र निर्माण मञ्च नेपालले आयोजना गरेको उद्दमशील युवा सृजनशील युवा बिषयक अन्तर्क्रियामा बोल्दै अर्थमन्त्री डा. महतले भने, ‘यहाँ धेरै अवसर छन्, यो अवसर हेर्ने सुष्म आँखा चाहियो ।’ विदेश जाने बित्तिकै सबै कुरा प्राप्त हुन्छ भन्ने मानसिकताबाट नेपाली युवाहरु मुक्त हुनुपर्ने उनले बताए । ‘युवाले यहाँ नै अवसर खोज्न थाले भने विदेशभन्दा यहाँ नै राम्रो भविष्य हुन्छ । विदेशमा जति नै सुविधा भए पनि त्यहाँ खुशी छैन’ मन्त्री डा. महतले भने, ‘त्यसैले नेपालमा प्राप्त अवसरलाई ग्रहण गर्न अनुरोध गर्छु ।’ ‘हामीकहाँ अवसर खोज्दा हट मेन्टालिटी छ । एउटाले अवसर देख्यो, फाइदा उठायो, म पनि त्यही गर्नुपर्ने, अर्कोले पनि त्यही गर्ने अर्थात् सबै त्यसैमा लाग्छन’ मन्त्री डा. महतले भने, ‘त्यसो गर्नु हुँदैन, अर्को अवसर खोज्नुपर्छ ।’ सूचना प्रविधिले देशमै प्रशस्त अवसर सिर्जना गरेको र त्यसको उपयोग गर्न सक्नुपर्ने उनले बताए । ‘हरेक उत्पादन कसरी विदेशमा लैजाने, समुन्द्र पार कसरी पु¥याउने लगायतका समस्या छन्’ मन्त्री डा. महतले भने, ‘प्रविधिले गर्दा मार्केटिङ सजिलो भएको छ । डिजिटल प्लेटफर्म उपयोग गरेर एउटा कुरामा बसेर आफ्नो उत्पादन संसारको जुनसुकै ठाउँमा बेच्न सकिन्छ । शुन्य लागतमा बेच्ने ठाउँमा पनि तपाईं जोडिन सक्नुहुन्छ । यो हाम्रा लागि अवसर हो ।’ मन्त्री डा. महतले भने, ‘देशबाहिर सुनको श्रीलंका छैन, विदेश जाने तयारीमा रहनु भएका युवाहरु जसले पूर्ण छात्रवृत्ति पाउनु भएको छैन, उहाँहरु अप्ठ्यारोमा पर्नुभएको छ । पढाइ पूरा नहुने परिस्थिति, आर्थिक स्रोत जुटाउन नसकिने परिस्थिति र लिगल स्टाटस मेन्टेनको परिस्थितिमा उनीहरु गुज्रिएका छन् । त्यहाँबाट न निस्कन सकिन्छ, न छोड्न सकिन्छ । यो प्रतिशत धेरै ठूलो छ । त्यसैले यहाँ भएका धेरै अवसरहरुको सदुपयोग गरौं ।’
युनाइटेड अजोड इन्स्योरेन्सको नाफा ४४ प्रतिशतले बढ्यो, बीमा कोषको आकार ४२ करोड नाघ्यो
काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले गत आर्थिक वर्षमा २० करोड २० लाख रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ४४.६९ प्रतिशतले बढेको हो । इन्स्योरेन्सले आर्थिक वर्ष २०७८/७९ को असार मसान्तमा १३ करोड ९६ लाख रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेको छ । साविकको युनाइटेड र अजोड इन्स्योरेन्स मर्जभएसँगै युनाइटेड अजोड इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब ९० करोड रुपैयाँ पुगेको छ । इन्स्योरेन्सको जगेडा कोषको आकार बढेर ६० करोड ९७ लाख रुपैयाँ पुगेको छ । जुन अघिल्लो आवको सोही अवधिमा १९ करोड ३८ लाख रुपैयाँ थियो । त्यस्तै, इन्स्योरेन्सको बीमा कोष पनि ४२ करोड २ लाखबाट बढेर ७४ करोड ७२ लाख रुपैयाँ पुगेको छ । महाविपत्ति जगेडामा ३ करोड १९ लाख रुपैयाँ सञ्चित छ । इन्स्योरेन्सको व्यवस्थापन खर्च भने बढेर ३ करोड २७ लाख पुगेको छ । जुन गत आवको असार मसान्तसम्ममा २ करोड ८३ लाख रुपैयाँ थियो । कम्पनी मर्जरमा गएसँगै व्यवस्थापन खर्च ह्वात्तै बढेको हो । हालसम्म इन्स्योरेन्सले १ अर्ब ६३ लाख रुपैयाँ बराबरको कूल बीमाशुल्क संकलन गरेको छ । जुन गत वर्षको तुलनामा ४.४९ प्रतिशतले बढेको हो । २०७९ असारसम्ममा कम्पनीले एक अर्ब ५६ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको थियो । त्यस्तै, जारी बीमालेखको संख्या घटेर एक लाख २६ हजार २७४ मा झरेको छ । इन्स्योरेन्सले अघिल्लो आवको असारसम्ममा १ लाख ३७ हजार २०७ वटा बीमालेख जारी गरेको थियो । समीक्षा अवधिमा २२ हजार ५२८ वटा बीमालेख नविकरण गरिएको थियो । इन्स्योरेन्सले दावी भुक्तानी पनि बढाएको छ । अघिल्लो वर्ष ६९ करोड ४२ लाख रुपैयाँ बराबरको दावी भुक्तानी गरेको कम्पनीले गत आवमा ८० करोड ३५ लाख रुपैयाँ बराबरको दावी बीमितलाई भुक्तानी गरेको छ । इन्स्योरेन्सले १४ हजार २३३ जना बीमितलाई १ अर्ब ७५ करोड रुपैयाँ बराबरको दावी भुक्तानी गर्न बाँकी छ । मर्जरले बढायो बीमितहरुको विश्वास दुई इन्स्योरेन्स एक आपसमा गाभिएर एकीकृत कारोबार शुरु गरे पश्चात कम्पनी प्रति बीमितहरुको विश्वास थप बढेको इन्स्योरेन्सको विश्लेषण छ । कम्पनीको पुँजी वृद्धि र शाखा सञ्जाल वृद्धि भएअनुसार भविष्यमा कम्पनीले विविधिकरण गरी नयाँ सेवा सुविधा शुरु गरी कम्पनीलाई थप वित्तीय रुपमा सबल बनाउने योजना बनाएको छ । समस्या र चुनौती नेपालमा बीमा कम्पनीहरू बीचको प्रतिस्पर्धा, सीमित बजारमा नियमनकारी निकायबाट थप नयाँ लघुबीमा कम्पनीहरूको स्वीकृति, रूस युक्रेन बीचको युद्ध कारण विश्व अर्थतन्त्रमा मन्दिको खतरा, सरकारी विकास खर्चमा कमी, दक्ष जनशक्तिको कमी, पूनर्बीमकहरूबाट प्रदान गरिने कमिसन र अन्य सुविधामा कटौतीले गर्दा आगामी दिनहरू बीमा व्यवसायको लागि चुनौतीपूर्ण रहेको कम्पनीको विश्लेषण छ । त्यसैले कम्पनीले दुई कम्पनी एक आपसमा गाभिए पश्चात भएका कर्मचारीहरू तथा शाखा कार्यालयहरूको उचित व्यवस्थापन गरि कम्पनीलाई सिनर्जी प्रदान गर्ने प्रयाप्त तालिमको व्यवस्था गरी जनशक्तिलाई दुरूस्त पार्ने, नयाँ क्षेत्रमा लगानी एवं अवसरहरूको निरन्तर खोजी गर्दै जाने कम्पनीको योजना छ ।
विनोद चौधरीलाई एशियन अवार्ड ‘फिल्यान्थ्रोपिस्ट अफ दि इयर २०२३’ बाट सम्मान गरिने
काठमाडौं । चौधरी ग्रुपका अध्यक्ष्य एवं सांसद विनोद चौधरीलाई एशियन अवार्डले ‘फिल्यान्थ्रोपिस्ट अफ दिइ यर २०२३’ बाट सम्मान गर्ने भएको छ । दुबइ स्थित म्यूजियम अफदि फ्युचरभवनमा अक्टोबर ७ तारिखमा यस अवार्डकापूर्व विजेता, सेलिब्रेटी र प्रतिष्ठित अतिथीकाबीच हुने एक समारोहमा यस अवार्डबाट चौधरीलाई सम्मान गर्ने कार्यक्रम छ । एशियन अवार्डले व्यवसाय,कला, प्रविधि, राजनीति, खेलकुद र समाजसेवामा उत्कृष्ट योगदान पुर्याउने प्रतिभालाई सम्मान गर्दै आएको छ । यस अवार्डबाट यसअघि आर्ट अफलिभिङका सस्थापक रविशंकर, सर वेन किङ्स्ले, ब्रुसली, सचिन तेन्दुलकर, ज्याकमा, मदर टेरेसा, फ्रेडी मर्करी, अभिनेता ज्याकीच्यान लगायत सम्मानित भएका छन् । नेपालका एक मात्र फोब्र्समा सुचिकृत अर्बपति उद्योगीएवं समाजसेवी चौधरीले फाउन्डेसन मार्फत नेपालमा प्रभावकारी रुपमा सामाजिक कार्यहरु गर्दै आएका छन् । नेपालमा सन् २०१५ मा गएको महाभुकम्पका समयमा भूकम्प पीडितका लागि करिब तीनहजार घर बनाएर भूकम्पबाट अत्यन्तै प्रभावित १० जिल्लाका पीडितहरुलाई हस्तान्तरण गरेका थिए । त्यस्तै, चौधरी फाउन्डेसनले सिन्धुपाल्चोकको गिरान्चौरमा ६१ ओटापक्की घर निर्माण गरेको थियो । भुकम्पका बेलामा गरेको योगदान माथि फोब्र्स एसियाले विनोद चौधरीको कभर स्टोरी छापेको थियो । विनोद चौधरीको नेतृत्वमा रहेको चौधरी फाउन्डेसनले सन् २०१९ मा सुरु भएको कोभिड महामारीपश्चात कोभिड प्रभावित सर्वसाधारण नेपाली नागरिकको उपचारलाई सहज बनाउन वीर अस्पतालमा १८ बेडको आईसीयू निर्माण गरि सञ्चालनमा ल्याएको थियो । कोभिड महामारीको समयमा आईसियू बेडको अभावमा उपचार गर्न नपाएका सर्वसाधारण नागरिकका लागि उक्त बार्ड निर्माणले ठूलो राहतपुगेको थियो । फाउण्डेसनले कान्तिबाल अस्पतालकोआकस्मिक वार्ड (इमर्जेन्सी वार्ड)निर्माण गरि हस्तान्तरण गरेको थियो । त्यस्तै, चौधरी फाउन्डेसनले सरकारलाई पिसिआर रिएजेन्ट र भेन्टिलेटरहरूपनि सहयोग गरेको थियो ।अहिले चौधरी फाउण्डेसन नेपालकादुर्गम क्षेत्रमा स्वास्थ्य सेवाप्रभावकारी बनाउन स्थानीय अस्पतालहरुको गुणस्तर अभिवृद्धि गरि स्थानीय नागरिकले घर नजिकै गुणस्तरीय सेवापाउने वातावरण बनाउन लागिरहेको छ । चौधरी फाउन्डेसनले शिक्षा, स्वास्थ्य, विपत् व्यवस्थापन, उद्यमशिलता विकास, सीप र जीविकोपार्जन, महिला सशक्तिकरण,आध्यात्मिकएवं सम्पदा संरक्षण क्षेत्रमा काम गर्दै आएको छ । चौधरी एक सफल नेपाली उद्योगी, लेखक, राजनीतिज्ञ तथा समाजसेवी हुन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका चौधरी नवलपरासी पश्चिमबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद रहेका छन् ।अन्तर्राष्ट्रिय रुपमा ख्याती प्राप्त चौधरीको आत्म कथा विश्वका विभिन्न सात भाषामा प्रकाशित छ ।
बुधबारबाटै लागू हुने गरी बढ्यो सार्वजनिक गाडीको भाडा, कहाँ कति ?
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै अन्तर प्रदेश सार्वजनिक सवारी साधनको भाडा समेत वृद्धि भएको छ । यातायात व्यवस्था विभागले स्वचालित मूल्य प्रणालीका आधारमा बुधबारदेखि लागू हुने गरी सार्वजनिक सवारीको भाडा वृद्धि गरेको हो । विभागका अनुसार यात्रुवाहक सवारी साधनको साबिकको भाडामा ४.७० प्रतिशतले वृद्धि गरिएको छ । त्यस्तै, तराईको बाटोमो सञ्चालन हुने मालवाहक सवारीको भाडा सबैभन्दा बढीले अर्थात ६.८३ प्रतिशतले बढेको छ भने पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको भाडा ६.१५ प्रतिशतले बढेको विभागले जानकारी गराएको छ । विभागले इन्धनको बजार मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले बढेमा वा घटेमा अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा बढ्ने वा घट्ने व्यवस्था गरेको छ । विभागले अभ्यास गर्दै आएको वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालित रूपमा अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा बढ्ने वा घट्ने गर्दछ । सोही व्यवस्था अनुसार भाडा समायोजन गरिएको विभागले जनाएको छ । नेपाल आयल निगमले मंगलबार अर्थात साउन ३० गते रातिदेखि लागू हुने गरी डिजेलको मूल्य बढाएको छ । निगमले डिजेलको मूल्य प्रतिलिटर १४ रुपैयाँले वृद्धि गर्दै १६५.८३ रुपैयाँ पुर्याएको हो । कहाँ कति बढ्यो भाडा ? [pdf id=430623]