मेक्सिकोमा रेमिट्यान्स प्रवाह ऐतिहासिक उचाईमा पुग्ने प्रक्षेपण
एजेन्सी । वित्तीय समूह बान्को बिलबाओ भिज्काया अर्जेन्टेरिया (बिबिभीए)द्वारा जारी प्रतिवेदनअनुसार मेक्सिकोमा रेमिट्यान्सको प्रवाह २०२३ र २०२४ मा ऐतिहासिक उचाईमा पुग्ने भएको छ । बिबिभीए मेक्सिकोद्वारा जारी गरिएको इयरबुक अफ माइग्रेसन एण्ड रेमिटेन्स २०२३ ले मेक्सिकोमा आउने स्रोतको प्रवाह सन् २०२३ मा ६३.७ बिलियन अमेरिकी डलर पुग्ने बताइएको हो । जुन २०२२ को अन्त्यको तुलनामा ८.९ प्रतिशतले बढेर ६७.९ प्रतिशत हुनेछ । सन् २०२४ मा ६.६ प्रतिशतले वृद्धि हुने बताइएको छ । प्रतिवेदनले मेक्सिको हाल विश्वमा सबैभन्दा धेरै रेमिट्यान्स गर्ने दोस्रो ठूलो देश हो । धेरै वर्षदेखि रेमिट्यान्स मेक्सिकोका लागि विदेशी मुद्राको प्रमुख स्रोत भएको छ । साथै रेमिट्यान्स आउने अन्य स्रोतमा कच्चा तेल, विदेशी लगानी र अन्तर्राष्ट्रिय पर्यटन रहेका छन् ।
राष्ट्रिय चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि ९ जनाले दिए आवेदन
काठमाडौं । राष्ट्रिय चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि ९ जनाले आवदेन दिएका छन् । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले आह्वान गरेअनुसार वर्तमान उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरी सहित ९ जनाले आवेदन दिएको आयोगले जनाएको छ । प्राडा श्रीकृष्ण गिरी, प्राडा संगिता सिंह भण्डारी, प्राडा पियुस दाहाल, प्राडा मनेनप्रसाद गोर्खाली, प्राडा सुमनकुमार श्रेष्ठ, डा, प्रविण मिश्र, डा विद्यानिधि पौडेल, डा प्रमोदकुमार यादव र डा अन्जनीकुमार झाले आवेदन गरेको समितिले जनाएको छ । समितिले साउन २६ गते उपाध्यक्ष पदका सूचना प्रकाशिन गर्दै भदौं ८ गतेसम्मको समय तोकेर दरखास्त आह्वान गरेको थियो । स्वीकृत भएका आवदेकहरुमध्येबाट एकजनालाई मन्त्रीपरिषदले ४ वर्षका लागि उपाध्यक्षमा नियुक्ति गर्नेछ । वर्तमान उपाध्यक्ष गिरीको कार्यकाल भदौ २६ गते सकिँदैछ ।
राष्ट्र बैंकले कडाइ गर्दा पनि सेयरधितो कर्जामा नबिल र एभरेष्ट आक्रामक, १७ बैंकको लगानी घट्यो
काठमाडौं । बैंकहरुले गत आर्थिक वर्ष २०७९/८० मा सेयरधितो कर्जा घटाएका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको असार मसान्तसम्म सेयरधितो कर्जा १० प्रतिशतले घटाएका हुन् । बैंकहरुले २०७९ असारसम्म ५८ अर्ब ६७ करोड ९० लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेका थिए । तर, एक वर्षको अवधिमा ९.४७ प्रतिशत घटाएर ६४ अर्ब ८१ करोड ८८ लाख रुपैयाँ बराबरको मात्रै सेयर कर्जा प्रवाह गरेको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ । गत असारसम्म तीन वटा बैंकहरुले मात्रै सेयर कर्जा बढाएका छन् भने अधिकांश बैंकको कर्जा घटेको छ । एक वर्षको अवधिमा नबिल बैंक, एभरेष्ट बैंक र सिद्धार्थ बैंकले अघिल्लो वर्षको तुलनामा गत वर्ष सेयर कर्जा बढाएका छन् । नबिलले २२.२२ प्रतिशत बढाएर ९ अर्ब ३० करोड ९९ लाख रुपैयाँ, एभरेष्ट बैंकले ४४.५८ प्रतिशत बढाएर १ अर्ब ६ करोड ५४ लाख रुपैयाँ र सिद्धार्थ बैंकले ०.४३ प्रतिशत बढाएर ४ अर्ब ७ करोड ३३ लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेका हुन् । गत वर्ष अधिकांश बैंकले सेयर कर्जा घटाएका छन् । जसमध्ये सबैभन्दा धेरै धेरै माछापुच्छ्रे बैंकको ४७.४० प्रतिशत सेयर कर्जा घटाएर ५५ करोड १८ लाख रुपैयाँ मात्रै प्रवाह गरेको छ । यस्तै, एनआईसी एशिया बैंकको ४६.४४ प्रतिशत घटेर १ अर्ब २ करोड ७८ लाख रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३३.४० प्रतिशत घटेर ३ अर्ब ४८ करोड रुपैयाँ, नेपाल एसबिआई बैंकको २६.६५ प्रतिशत घटेर २ करोड ४० लाख रुपैयाँ र सानिमा बैंकको २५.१८ प्रतिशत घटेर १ अर्ब ३१ करोड ४९ लाख रुपैयाँ सेयर कर्जा बजारमा गएको छ । यस्तै, हिमालयन बैंकले २०.७३ प्रतिशत घटाएर २ अर्ब ८७ करोड ४० लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकले १४.६९ प्रतिशत घटाएर ३ अर्ब ७२ करोड २९ लाख रुपैयाँ, नेपाल बैंकले १४.३१ प्रतिशत घटाएर ३ अर्ब ९४ करोड ६२ लाख रुपैयाँ, सिटिजन्स बैंकले १३.५४ प्रतिशत घटाएर ३ अर्ब ५२ करोड २५ लाख रुपैयाँ र प्रभु बैंकले ११.७५ प्रतिशत घटाएर ३ अर्ब ९८ करोड रुपैयाँ सेयर कर्जा प्रवाह गरेका छन् । यस्तै, ग्लोबल आइएमई बैंकले १०.०३ प्रतिशत घटाएर ६ अर्ब २७ करोड ४९ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले ९.३८ प्रतिशत घटाएर ४ अर्ब १८ करोड रुपैयाँ, प्राइम बैंकले ७.२१ प्रतिशत घटाएर ३ अर्ब २१ करोड रुपैयाँ, कुमारी बैंकले ५.६५ प्रतिशत घटाएर ३ अर्ब ९६ करोड रुपैयाँ, कृषि विकास बैंकले ३ प्रतिशत घटाएर १ अर्ब १३ करोड रुपैयाँ र एनएमबि बैंकले १.२० प्रतिशत घटाएर १ अर्ब ४३ करोड रुपैयाँ सेयर कर्जा प्रवाह गरेका छन् ।
दुई वटा समितिमा एमालेको उम्मेदवारी दर्ता
काठमाडौं । नेकपा एमालेले दुई वटा संसदीय समितिका सभापतिमा उम्मेदवारी दर्ता गरेको छ । आइतबार सिंहदरबारमा एमालेका तर्फबाट सार्वजनिक लेखा समितिको सभापतिमा ऋषिकेश पोखरेल र महिला तथा सामाजिक मामिला समिति सभापतिमा किरणकुमार साहले उम्मेदवारी दर्ता गराएका हुन् । पोखरेलको प्रस्तावकमा सत्तारुढ दल नेपाली काँग्रेसका सांसद राजेन्द्र केसी र समर्थकमा एमाले सांसद दामोदर भण्डारी रहेका छन् । त्यस्तै, महिला तथा सामाजिक समिति सभापतिका लागि एमाले सांसद किरणकुमार शाहले उम्मेदवारी दर्ता गराएका छन् । उनको प्रस्तावकमा कांग्रेस सांसद शान्ति बिक रहेका छन् भने एमाले सांसद अस्माकुमारी चौधरी समर्थक बनेका छन् । संसदीय समिति सभापति चयनका लागि सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच गठबन्धन देखिएको छ । उम्मेदवारी दर्ता गरेपछि पोखरेलले सार्वजनिक लेखा समितिले सरकारले गरेका खर्चलाई कानूनसम्मत बनाउन सहयोग गर्ने, सुझाव दिने र आर्थिक अनुशासनलाई कायम गराउने बताएका छन् ।
हिमालयन बैंकले ल्यायो फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा अफर
काठमाडौं । हिमालयन बैंकले फन्ड ट्रान्फरमा मोबाइल फोन हातमा अफर ल्याएको छ । हिमालयन बैंकले कनेक्ट आईपीएससंगको सहकार्यमा आफ्ना मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुका लागि फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा अफरसार्वजनिक गरेको छ । यस अफर अन्तर्गत दुई जना भाग्यशाली मोबाइल बैकिङ्गको प्रयोगकर्ताले हिमालयन बैंकको मोबाइल बैकिङ्ग–एचआईएमबी एपबाट अन्तर बैंक फण्ड ट्रान्सफर गर्दा १ थान स्मार्टफोन जित्न सक्नेछन् । सो अफर भाद्र १ गते देखि भाद्र ३१ गतेसम्म लागु हुने बैंकले जनाएको छ । मोबाइल बैकिङ्ग एपबाट फण्ड ट्रान्सफर गर्ने दुई जना प्रयोकर्ताहरुलाई अफरको अन्त्यमा लकी ड्र मार्फत् बिजेता छनोट गरिनेछ । उक्त बिजेताको घोषणा हिमालयन बैंकको आधिकारीक सामाजिक सञ्जालमा प्रकाशन गरिने छ । फण्ड ट्रान्सफर तथा विभिन्न भुक्तानीका निम्ति मोबाइल बैकिङ्गको बढ्दो प्रयोग र लोकप्रियतालाई यस अफरले बैंकका ग्राहकहरुलाई फण्ड ट्रान्सफरमा आधारित सेवाहरु लिन थप प्रोत्साहन गर्ने विश्वास गरिएको छ । एचआईएमबीको फण्ड ट्रान्सफर रिटेल पेमेन्ट स्विचको च्यानल प्ल्याट्फर्म मार्फत हुने गरेको छ र उक्त माध्यमबाट फण्ड ट्रान्सफर गर्न कनेक्टआईपीएसमा छुट्टै रजिष्टर गर्न आवश्यक छैन । आर्थिक वर्ष २०७९/८० मा यस च्यानलमार्फ १ करोड ४७ लाख भन्दा बढी भुक्तानी भइसकेको बैंकले जनाएको छ । मोबाइल बैंकिङ्ग मार्फत प्रयोगकर्ताहरुले प्रति कारोबार प्रति दिन दुई लाखको मात्र गर्न सक्नेछन् । हिमालयन बैंकको एचएमबी एपमा हाल १७०,००० भन्दा बढी मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरु रहको बैंकले जनाएको छ ।
इन्जिनियरिङमा शुल्क वृद्धि फिर्ताको माग गर्दै अनशनमा विद्यार्थी
पाटन । इञ्जिनीयरिङ अध्ययन संस्थानले गरेको अस्वभाविक शुल्क वृद्धिको विरोधमा पुल्चोकमा पाँच दिनदेखि आमरण अनशन जारी छ । नेपाल विद्यार्थी सङघ (नेविसङ्घ) पुल्चोक एकाइ सभापति सुलभ चौलागाई पाँच दिनदेखि आमरण अनशनमा बसेका छन् । आमरण अनसनको पाँचौँं दिन नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पुल्चोक पुगेर अनशनरत चौलागाईको अवस्था र मागका बारेमा जानकारी लिएका छन् । अनशनरत चौलागाईको अवस्थाको जानकारी लिएपश्चात कांग्रेस नेता केसीले नेपाल विद्यार्थी सङ्घ केन्द्रीय समितिले पनि यस विषयमा गम्भीरताका साथ चासो दिनुपर्ने बताए । ‘विद्यार्थीको मागका विषयमा सम्बन्धित पक्षले ध्यान दिनुआवश्यक छ, विद्यार्थीलाई अनशनमा राखेर इञ्जिनीयरिङ अध्ययन संस्थानका जिम्मेवार व्यक्ति आनन्दसँग निदाउन मिल्दैन, यो विषयको समाधानका लागि नेविसङ्घ केन्द्रीय समितिले पनि गम्भीरताका साथ चासो लिनु आवश्यक छ’, उनले भने । इञ्जिनीयरिङ अध्यायन संस्थानले शुल्क वृद्धि गरेको जानकारी गत साउन ११ गते विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा प्रकाशति भएपछि मात्रै जानकारी पाएको नेविसङ्घ लगायतका विद्यार्थी सङ्गठनको भनाइ छ । शुल्क वृद्धिको विरोधमा स्वतन्त्र विद्याथी युनियन, नेविसङ्घ, अनेरास्ववियु र अखिल (क्रान्तिकारी)ले यही भदौ ६ गते सार्वजनिक विज्ञप्तिसमेत जारी गरेका थिए । संस्थानले आर्थिक वर्ष २०८०/८१ देखि लागू हुनेगरी गरी तीन लाख १८ हजारबाट रु सात लाख ७५ हजार चार सय २० पु¥याएको हो । आमरण अनशनस्थलमा भेटिएका पुल्चोक क्याम्पस नेविसङ्का निवर्तमान एकाइ सभापति रमेश केसीले भने, ‘यो अवैज्ञानिक र अस्वभाविक शुल्क वृद्धिले एउटा ठूलो वर्गको इञ्जिनीयरिङ अध्ययन गर्ने सपना नै तोडिदिएको छ ।’ आमरण अनशन सुरु भएदेखि आजसम्म एक सयभन्दा बढी नेविसङ्घका केन्द्रीय सदस्यले उपस्थित भएर साथ दिएको अनशनस्थलमा भेटिएका पश्चिमाञ्चल इञ्जिनीयरिङ क्याम्पसका नेविसङ्घ सभापति प्रदीप पनेरुले जानकारी दिए ।
सासु कोषको पफर्मेन्सप्रति सन्तुुष्ट छैन, ब्याज खाने संस्था बन्नु हुँदैन- श्रम सचिव भण्डारी
निकै तामझाम र एउटा युगको सुरुवात भनेर सुरु गरिएको सामाजिक सुरक्षा कोषको काम कारवाही र यसले प्रदान गर्ने सेवा सुविधाप्रति पछिल्लो समय प्रश्न उठ्न थालेको छ । सरकारी तथा निजी क्षेत्रमा कार्यरत कर्मचारीलाई समेट्ने भन्दै २०७५ साल मंसिर ११ गते सुरु भएको यो कोषलाई सुरुमा एउटा माइलस्टोन अवधारणाका रुपमा लिइएपनि यसको कार्यान्वयनको सुस्तता र सेवा सुविधाको ढिलासुस्तीप्रति योगदानकर्ताले आवाज उठाउन थालेका छन् । घोषणा भएको ५ वर्ष बितिसक्दा पनि यसले प्रभावकारी रुपमा काम गर्न नसेकेको भन्दै आलोचना पनि हुन थालेको छ । कोष सेवामुखी भन्दा पनि नाफामुखी भएको आरोप पनि योगदानकर्ताको छ । पछिल्लो समय कोषले दिँदै आएको सेवा सुविधा, यसको काम कारवाही र योजनाहरुको विषयमा कोषका अध्यक्ष तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केबल प्रसाद भण्डारीसँग विकासन्युजका लागि सन्तोष रोकाया र समुन्द्रा घिमिरेले कुराकानी गरेका छन् ।
एनएमबि लघुवित्तमा रोजगारीको सुनौलो अवसर
काठमाडौं । जागिर खोज्नेहरुका लागि खुसिको खबर छ । एनएमबि बैंकको सहायक कम्पनी एनएमबि लघुवित्तले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले सुपरभाइजरका लागि केही, कनिष्ठ सहायकका लागि केही र सहायक पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । उक्त पदहरुमा आवेदन दिनका लागि न्युनतम २ वर्षको अनुभव हुनुपर्ने कम्पनीले जनाएको छ । इच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।