मेक्सिकोमा रेमिट्यान्स प्रवाह ऐतिहासिक उचाईमा पुग्ने प्रक्षेपण

<p>एजेन्सी । वित्तीय समूह बान्को बिलबाओ भिज्काया अर्जेन्टेरिया (बिबिभीए)द्वारा जारी प्रतिवेदनअनुसार मेक्सिकोमा रेमिट्यान्सको प्रवाह २०२३ र २०२४ मा ऐतिहासिक उचाईमा पुग्ने भएको छ । बिबिभीए मेक्सिकोद्वारा जारी गरिएको इयरबुक अफ माइग्रेसन एण्ड रेमिटेन्स २०२३ ले मेक्सिकोमा आउने स्रोतको प्रवाह सन् २०२३ मा ६३.७ बिलियन अमेरिकी डलर पुग्ने बताइएको हो । जुन २०२२ को अन्त्यको तुलनामा [&hellip;]</p>

एजेन्सी । वित्तीय समूह बान्को बिलबाओ भिज्काया अर्जेन्टेरिया (बिबिभीए)द्वारा जारी प्रतिवेदनअनुसार मेक्सिकोमा रेमिट्यान्सको प्रवाह २०२३ र २०२४ मा ऐतिहासिक उचाईमा पुग्ने भएको छ ।

बिबिभीए मेक्सिकोद्वारा जारी गरिएको इयरबुक अफ माइग्रेसन एण्ड रेमिटेन्स २०२३ ले मेक्सिकोमा आउने स्रोतको प्रवाह सन् २०२३ मा ६३.७ बिलियन अमेरिकी डलर पुग्ने बताइएको हो । जुन २०२२ को अन्त्यको तुलनामा ८.९ प्रतिशतले बढेर ६७.९ प्रतिशत हुनेछ ।

सन् २०२४ मा ६.६ प्रतिशतले वृद्धि हुने बताइएको छ । प्रतिवेदनले मेक्सिको हाल विश्वमा सबैभन्दा धेरै रेमिट्यान्स गर्ने दोस्रो ठूलो देश हो ।

धेरै वर्षदेखि रेमिट्यान्स मेक्सिकोका लागि विदेशी मुद्राको प्रमुख स्रोत भएको छ । साथै रेमिट्यान्स आउने अन्य स्रोतमा कच्चा तेल, विदेशी लगानी र अन्तर्राष्ट्रिय पर्यटन रहेका छन् ।

Share News