बिहानैदेखि अवरुद्ध पृथ्वी राजमार्ग खुल्यो

फाइल तस्बिर ।

काठमाडौं । सुख्खा पहिरोका कारण सोमबार (आज) बिहानैबाट अवरुद्ध बनेको पृथ्वी राजमार्ग खुलेको छ । 

मलेखु–मुग्लिन सडकखण्डअन्तर्गत धादिङको घोप्टेभीरमा झरेको पहिरो हटाएपछि राजमार्ग पुनः सञ्चालनमा आएको हो ।

आज बिहान करिब ५ बजे घोप्टेभीरमा सुख्खा पहिरो खस्दा पृथ्वी राजमार्गको उक्त खण्ड अवरुद्ध भएको थियो । पहिरोका कारण दुवैतर्फ सवारीसाधनको आवागमन रोकिएको थियो ।

पहिरो हटाउन तीनवटा मेसिन तथा उपकरण परिचालन गरिएको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

राजमार्ग अवरुद्ध हुँदा काठमाडौं उपत्यकाबाट लामो दूरीका लागि छुटेका सवारीसाधन थानकोट क्षेत्रमा रोकिएका थिए भने काठमाडौं भित्रिने सवारीसाधन चितवनमै रोकिएका थिए । 

Share News