दुई वटा समितिमा एमालेको उम्मेदवारी दर्ता

<p>काठमाडौं । नेकपा एमालेले दुई वटा संसदीय समितिका सभापतिमा उम्मेदवारी दर्ता गरेको छ । आइतबार सिंहदरबारमा एमालेका तर्फबाट सार्वजनिक लेखा समितिको सभापतिमा ऋषिकेश पोखरेल र महिला तथा सामाजिक मामिला समिति सभापतिमा किरणकुमार साहले उम्मेदवारी दर्ता गराएका हुन् । पोखरेलको प्रस्तावकमा सत्तारुढ दल नेपाली काँग्रेसका सांसद राजेन्द्र केसी र समर्थकमा एमाले सांसद दामोदर भण्डारी रहेका छन् [&hellip;]</p>

काठमाडौं । नेकपा एमालेले दुई वटा संसदीय समितिका सभापतिमा उम्मेदवारी दर्ता गरेको छ ।

आइतबार सिंहदरबारमा एमालेका तर्फबाट सार्वजनिक लेखा समितिको सभापतिमा ऋषिकेश पोखरेल र महिला तथा सामाजिक मामिला समिति सभापतिमा किरणकुमार साहले उम्मेदवारी दर्ता गराएका हुन् ।

पोखरेलको प्रस्तावकमा सत्तारुढ दल नेपाली काँग्रेसका सांसद राजेन्द्र केसी र समर्थकमा एमाले सांसद दामोदर भण्डारी रहेका छन् ।

त्यस्तै, महिला तथा सामाजिक समिति सभापतिका लागि एमाले सांसद किरणकुमार शाहले उम्मेदवारी दर्ता गराएका छन् ।

उनको प्रस्तावकमा कांग्रेस सांसद शान्ति बिक रहेका छन् भने एमाले सांसद अस्माकुमारी चौधरी समर्थक बनेका छन् । संसदीय समिति सभापति चयनका लागि सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच गठबन्धन देखिएको छ ।

उम्मेदवारी दर्ता गरेपछि पोखरेलले सार्वजनिक लेखा समितिले सरकारले गरेका खर्चलाई कानूनसम्मत बनाउन सहयोग गर्ने, सुझाव दिने र आर्थिक अनुशासनलाई कायम गराउने बताएका छन् ।

Share News