विकासन्युज

सौराहामा १ अर्ब लगानीमा बन्दै ‘सिद्धार्थ भिलासा बन्बासा’ रिसोर्ट

काठमाडौं । सिद्धार्थ हस्पिटालिटीले चितवनको सौराहामा लग्जरी रिसोर्ट ‘सिद्धार्थ भिलासा बन्बास’ दशैँ अगाडि सञ्चालनमा ल्याउने भएको छ । ‘भिलासा’ सिद्धार्थ ग्रुपको लग्जरी ब्राण्ड हो । सिद्धार्थ बुटिक होटल बौद्धमा आयोजना गरिएको ‘फेस टु फेस’ कार्यक्रममा पर्यटन व्यवसायीहरूसँग बोल्दै सिद्धार्थ ग्रुपका अध्यक्ष लक्ष्मण न्यौपानेले उक्त जानकारी दिए । स्थानीय व्यवसायी बासु ढुङ्गानाले निर्माण गरेको रिसोर्टमा सिद्धार्थ ग्रुपले लगानीसहित व्यवस्थापनको जिम्मेवारी लिएको छ । रिसोर्टमा २२ भिल्लामा ३४ रुम रहेका छन् । ‘बर्ड वाचिङ’ थिमलाई प्राथमिकता दिइएको रिसोर्टका कोठाहरू चराको नामबाट नामाकरण गरिएका छन् । रिसोर्ट ४ बिघा क्षेत्रफलमा फैलिएको छ । पाहुनाले रिसोर्ट परिसरकै तलाउमा ‘फिसिङ’ गर्न सक्नेछन् । सौराहाको हात्तीसार नजिकै भएकाले रुमबाटै हात्ती देख्न सकिन्छ । चितवन राष्ट्रिय निकुञ्जको नजिकै रहेको रिसोर्टले जिप सफारी, हात्ती सफारी, बोट सफारी लगायतका गतिविधि पनि गराउने छ । रिसोर्टमा स्विमीङ पुल, मसाज सहितको स्पा पनि रहनेछ । रिसोर्ट निर्माणमा करिब एक अर्ब लगानीको अनुमान गरिएको न्यौपानेले जानकारी दिए । लक्ष्मण न्यौपानेले भारतको रोजगारीबाट फर्केर २५ वर्षअघि कैलालीको टिकापुरमा सानो व्यवसायबाट सुरू गरेको व्यवसाय अहिले विस्तार भएर देशैभर फैलिएको छ । यस अघि ग्रुपले आफ्नो २५औं वर्षगाँठ पारेर भैरहवामा साढे २ अर्ब रूपैयाँ लगानीमा ग्रुपको पहिलो पाँचतारे होटल सिद्धार्थ भिलासा सञ्चालनमा ल्याएको जनाएको छ। भैरहवाको अञ्चलपुरमा रहेको यो होटल करिब ५ बिघा क्षेत्रफलमा फैलिएको ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्ण न्यौपानेले बताए । सिद्धार्थ हस्पिटालिटीले जुम्ला र इलाममा ‘एग्रो टुरिजम’ थिममा लक्जरी रिसोर्ट निर्माणको तयारी समेत गरिरहेको छ । जसअनुसार जुम्लामा स्याउ बगानसहितको लक्जरी रिसोर्ट रर इलामको चिया बगानभित्र लक्जरी रिसोर्ट निर्माण तयारी गरेको न्यौपानेले जानकारी दिए । ग्रुपले नेपालगञ्ज र सुर्खेतमा चार तारे सिद्धार्थ होटल तथा चन्द्रौटामा लग्जरी रिसोर्ट ‘सिद्धार्थ लुम्बिनी ग्रीन रिसोर्ट’ सञ्चालन गरिरहेको छ । चिसापानीको सिद्धार्थ रिसोर्ट, पृथ्वी राजमार्गको चुम्लिङटारको सिद्धार्थ रिभरसाइड रिसोर्ट रहेका छन् । बौद्धको सिद्धार्थ बुटिक होटल, बिर्तामोडको चार तारे स्ट्यान्डर्डको सिद्धार्थ होटल ग्राण्ड सिटी, नुवाकोटको सिद्धार्थ होटल वाटर टावर, टिकापुरको होटल सिद्धार्थ, सुन्धाराको होटल सिद्धार्थ यसै ग्रुप अन्तर्गतका होटल हुन् । बुटवल, नेपालगञ्ज, तिनकुने, घोबिघाट र पुरानो बानेश्वरमा सिद्धार्थ कटेज सञ्चालनमा छन् । ग्रुपले महाराजगञ्जमा २ वटा तथा तिनकुने र नेपालगञ्जमा एक एक वटा गरि ४ वटा एस क्याफेको आउटलेट सञ्चालन ल्याएको छ । सिद्धार्थ हस्पिटालिटीमा २ हजार बढीले प्रत्यक्ष रोजगारी पाएका छन् ।

महालक्ष्मी विकास बैंकको परिष्कृत अनलाइन सेवा सञ्चालनमा

काठमाडौं । ग्राहकहरुको डिजिटल बैंकिङ्गको आवश्यकता र चाहनालाई मध्यनजर गर्दै महालक्ष्मी विकास बैंकद्वारा सञ्चालित अनलाइन सेवाहरुलाई परिष्कृत गर्दै पुनः सञ्चालनमा ल्याएको छ । बैंकले अनलाइन सेवालाई परिष्कृत गरेसँगै ग्राहकहरुले अनलाइन मार्फत सहजै रुपमा खाता खोल्ने, केवाइसी अपडेट, नयाँ डेबिट कार्ड, मोवाइल बैंकिङ, इन्टरनेट बैंकिङ, नयाँ लकर र मर्चेन्ट (क्यूआर) अनुरोध तथा डिस्पुट क्लेम जस्ता सेवाहरु प्राप्त गर्न सक्नेछन् । साथै, बैंकको आधिकारिक वेवसाइट www.mahalaxmibank.com  र eservice.mahalaxmibank.com.np मार्फत ग्राहकहरुले उक्त सेवाहरु लिन सक्नेछन् । डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्दै विद्युत्तीय सेवाहरुलाई प्रभावकारी बनाउने उद्देश्यले बैंकले उक्त अनलाइन सेवालाई संशोधन गरेको हो । ‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रुपले सरल र सहजताका साथ वित्तीय सेवा प्रदान गर्दै आईरहेको बैंकले आगामी दिनहरुमा पनि डिजिटल बैंकिङ्गका कार्यहरुलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने जनाएको छ ।

शिवम् सिमेन्ट अर्गनाईजेशन सेल्स इक्स्लेन्ट अवार्ड–२०२३ बाट सम्मानित

काठमाडौं । शिवम् सिमेन्ट अर्गनाईजेशन सेल्स इक्स्लेन्ट अवार्ड–२०२३ बाट सम्मानित भएको छ । यहि भाद्र ८ गते काठमाडौंमा ग्रोथ सेलर द्वारा आयोजना गरेको सेल्स समिट कार्यक्रममा शिवम् सिमेन्टले अर्गनाईजेशन सेल्स इक्स्लेन्ट अवार्ड–२०२३ र शिवम  सिमेन्ट्सका भाईस प्रोशिडेन्ट निखिल अग्रवाल इनडिभ्युजल सेल्स एक्सीलेन्स अर्वाड २०२३ बाट सम्मानित हुनु भएका हुन् । यस भन्दा पहिला पनि शिवम् सिमेन्टले सिमेन्ट जगतमै पहिलो पटक एन.एस क्वालिटी अवार्ड–२०१९ प्रथमबाट सम्मानित भईसकेको छ भने त्यस्तैे बेस्ट म्यानेज्ड कम्पनी अफ द एयर २०२२ अवार्ड प्राप्त गरेको छ । ५३ ग्रेड तथा ४३ ग्रेडको ओ.पि.सि. सिमेन्ट उत्पादन तथा विक्रि वितरण गर्दै आईरहेको शिवम् ओ.पि.सि. सिमेन्ट देशका राष्ट्रिय गौरवका योजना तथा अन्य ठुला–ठुला परियोजनाहरुमा साथै अनेकौं संरचना निर्माणमा समेत शिवम् सिमेन्टले विगत लामो समय देखि महत्वपूर्ण भुमिका निर्वाह गर्दै आइरहेको छ । कम्पनीको एक सवल पक्ष यहाँको जनशक्ति, आन्तिरिक व्यवस्थापन, पारदर्शिता, ६० हजार भन्दा बढी शेयरहोल्डर एवंम कुशल व्यवस्थापक तथा व्यवस्थापनका कारण पटक पटक विभिन्न तवरबाट सम्मानित हुदै आईरहेको छ । नेपालको केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधी युक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । उच्च गुणस्तर, निःशुल्क प्राविधिक सेवा समेतका कारणले गर्दा नै शिवम् सिमेन्ट ग्राहकहरुद्वारा अत्याधिक रुचाइएको तथा विश्वास गरिएको असली ओ.पि.सि. सिमेन्ट बन्न सफल भएको हो

धावन मार्गमा मरेको चरा भेटिएपछि खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं । नेपालगञ्जबाट काठमाडौं आएको श्री एयरलाइन्सको जहाजमा चरा ठोक्किएको आशंकापछि नौ मिनेट बन्द भएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग खुलेको छ । आइतबार दिउँसो श्री एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा ‘सस्पेक्टेड बडी हिट’को संकेत भएपछि धावनमार्ग बन्द गरिएको थियो । धावन मार्ग परीक्षण गर्दा मरेको चरा भेटिएपछि धावनमार्ग खुलेको झाले बताए । झाले भने, ‘विमान अवतरणको क्रममा ‘सस्पेक्टेड बडी हिट’को संकेत भएपछि धावनमार्ग परीक्षण गरिएको हो । यसलाई हामी धावनमार्ग बन्द भन्दैनौं । यस्तो परीक्षण नियमितरुपमा भइरहन्छ । अहिले चरा ठोक्किएको संकेत भनेपछि तत्काल परीक्षण गर्नु परेको हो ।’ भिआइपी र भिभिआइपीहरुको उडान तथा अवतरणको बेला पनि विमानस्थल यसैगरी परीक्षण हुने गरेको र अन्य दिन पनि सेड्युलमा विमानस्थलको धावनमार्ग परीक्षण गर्नुपर्ने प्रावधान रहेको उनले बताए । ‘एटीसीसँग कुरा गर्न मिल्ने प्रविधिसहितको गाडीले धावनमार्ग परीक्षण गर्छ । यसका लागि धेरै समय लाग्दैन । कुनै जहाजलाई होल्ड गर्न पनि पर्दैन । यो विमानस्थलको नियमित काम हो’, झाले भने । आइतबार चरा ठोक्किएको आशंकापछि गरिएको विमानस्थल परीक्षणमा भने मरेको चरा भेटिएको उनले बताए । नेपालगन्जबाट आएको श्री एयरलाइन्सको जहाज सकुसल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । अवतरणको क्रममा जहाजको सिस्टममा ‘सस्पेक्टेड बडी हिट’को संकेत आएपछि धावनमार्ग परीक्षण गरिएको थियो । अहिले पूर्वनिर्धारित तालिका अनुसारको उडान र अवतरण भइरहेको झाले बताए ।

सडक निर्माण भएको ३० वर्षपछि नागढुङ्गा–मुग्लिन सडक स्तरोन्नति हुँदै

मलेखु । सङ्घीय राजधानी जोड्ने लाइफलाइनको रुपमा रहेको पृथ्वीराजमार्ग र त्रिभुवन राजपथको नागढुङ्गादेखि मुग्लिनसम्मको सडक वर्षामा पनि धमाधम स्तरोन्नति भइरहेको छ । सडक निर्माण भएको करिब ३० वर्षपछि उक्त सडक पहिलो पटक स्तरोन्नति हुन लागेको हो । नागढङ्गादेखि मुग्लिनसम्म ९५ किलोमिटर सडकअन्तर्गत तीन चरणमा स्तरोन्नतिकाे काम भइरहेको छ । यसअघिका प्रत्येक वर्षमा सामान्य मर्मत भइरहे पनि जगैदेखि विस्तारको काम भने पहिलो पटक भइरहेको नागढुङ्गा–मुग्लिन सडक आयोजनाका पूर्वी खण्डकाे योजना प्रमुख ईश्वर रिजालले बताए । उनका अनुसार पहिलो चरणअन्तर्गत हालसम्म ३५ प्रतिशत, दोस्रोमा १० प्रतिशत र तेस्रोमा करिब तीन प्रतिशत काम  भएको छ । एक तर्फी गाडी सञ्चालन गराउँदै टेवा पर्खाल, नाली निर्माण, मोड सुधार, बेस्ट वाल निर्माणलगायत काम भइरहेको रिजालले जानकारी दिए । नेपाल सरकार र विश्व बैंकको ऋण सहयोगमा  १२ अर्बको लगानीमा पृथ्वीराजमार्गको नागढङ्गा–मुग्लिन सडकखण्ड स्तरोन्नतिको काम थालिएको उनले बताए । ‘नौविसे नागढुङ्गामा निर्माणको काम लगभग अन्तिममा पुगिसकेको छ । पिचको काम बाँकी छ’, उनले भने । सडक विभागको तथ्याङ्क अनुसार पृथ्वीराजमार्ग र त्रिभुवन राजपथहुँदै दैनिक साना ठूला गरी करिब १५ हजार सवारी काठमाडौँ ओहोरदोहोर हुँदै आएका छन् । उकालो र घुम्तीले गर्दा सवारी जाम हुने स्थानमा दुई लेनको अतिरिक्त एक लेन थप्ने गरी काम भइरहेको योजना प्रमुख रिजालले बताए । साना गाडीको पनि चाप हुने भएकाले बजार क्षेत्रमा चारदेखि छ लेनसम्म सडक चौडा गरिने योजना रहेको उनले जानकारी दिए । आयोजनाका आयोजना पश्चिम खण्डका योजना प्रमुख किरण कार्कीका अनुसार भौगोलिक हिसाबले सहज भएका स्थानमा दुई लेनलाई नै व्यवस्थित गर्ने गरी काम भइरहेको छ । समग्रमा कम्तीमा नौ मिटरदेखि बढीमा ३० मिटरको चौडाइमा स्तरोन्नति हुने उनले जानकारी दिए। ‘नौविसे र खत्रीपौवामा पुल बन्दैछ । नौविसेदेखि मलेखुसम्ममा १६ पुल बन्नेछ’, उनले भने । सडकमाथि मेसिन चढाएर पहरा काट्नुपर्ने स्थानमा काम गर्दा माथिबाट ढुङ्गामाटो खसेर सवारीमा लाग्न सक्ने जोखिम भएकाले त्यस्ता स्थानमा सवारी आवागमन केहीबेर रोकेर काम गर्ने गरिएको कार्कीले बताए । बर्खाको समयमा धमाधम काम भइरहे पनि राजमार्गमा सवारी रोकेर काम गर्दा यात्रुले सास्ती बेहोर्नु परिरहेको छ । रासस

अब सबै विश्वविद्यालयकाे एउटै शैक्षिक क्यालेण्डर : स्नातक तहमा कात्तिकमा भर्ना, मंसिरबाट पढाइ

काठमाडौं । नेपालका सबै विश्वविद्यालयले एउटै शैक्षिक क्यालेन्डर लागु गराउने गरी विश्वविद्यालय अनुदान आयोगले शैक्षिक क्यालेन्डर तयार गरेको छ । उक्त क्यालेन्डर लागु गराउन आयोगले अन्तिम गृहकार्य गरिरहेको बताएको छ । नेपालका विश्वविद्यालयमा समयमा परीक्षा नहुने र नतिजा पनि नआउने हुँदा विद्यार्थी हैरान छन् । विश्वविद्यालयहरुको शैक्षिक क्यालेन्डर अस्तव्यस्त हुँदा दिक्दार बनेका विद्यार्थी नेपालमा नपढी विदेशिन थालेको भन्दै अनुदान आयोगको अग्रसरतामा शैक्षिक क्यालेन्डर तयार गरिएको हो । विश्वविद्यालय अनुदान आयोगका उपनिर्देशक देवेन्द्र खनालकाअनुसार आयोगले क्यालेन्डर निर्माण गरेर स्वीकृतिका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पेस गरेको छ । मन्त्रालयले स्वीकृत गरेपछि सार्वजनिक गरेर क्यालेन्डर कार्यान्वयनमा ल्याउने उनले बताए । आयोगले तयार गरेको शैक्षिक क्यालेन्डरमा विश्वविद्यालयहरुले विद्यार्थी भर्नादेखि परीक्षाफल कहिले प्रकाशन गर्नुपर्ने भन्नेसम्मका विषयहरु समावेश गरिएका छन् । क्यालेन्डरअनुसार विश्वविद्यालयहरुले स्नातक तहमा भदौ महिनाभित्र भर्ना आवेदन गर्नुपर्ने, प्रवेश परीक्षा असोज महिना भित्र, भर्ना कात्तिक दोस्रो हप्ताभित्र र पठनपाठन मंसिर पहिलो हप्ता भित्रमा सुरू गर्नु पर्ने हुन्छ । त्यस्तै, क्यालेन्डरअनुसार स्नातकोत्तर तहमा भर्ना आह्वान मंसिर अन्तिमभित्र र भर्ना सुरू पुस तेस्रो हप्ताभित्र गर्नु पर्ने हुन्छ । क्यालेन्डरमा विश्वविद्यालयहरुले गर्नुपर्ने आन्तरिक पठनपाठन र आन्तरिक मूल्यांकनको लागि पनि समयसीमा तोकिएको छ । सरकारले घोषणा गर्न सक्ने सार्वजनिक विदालाई क्यालेन्डरमा समायोजन गर्दै जाने आयोगले तयार गरेको क्यालेन्डरमा उल्लेख छ । आयोगका उपनिर्देशक रावलका अनुसार क्यालेन्डर सबै विश्वविद्यालयका पदाधिकारीहरुसँग बसेर तयार गरिएको हुँदा पूर्ण रुपमा लागू हुने अनुदान आयोगले अपेक्षा गरेकाे छ। आयोगले तयार गरेको क्यालेन्डर लागू हुन सकेमा नेपालको उच्च शिक्षामा लामो समयदेखि देखिएको समय तालिकाको वेथिति अन्त्य हुने र नयाँ शैक्षिक वातावरण तयार हुने अपेक्षा गरिएको छ । यस्तो छ विश्वविद्यालयले तयार गरेको शैक्षिक क्यालेन्डर

नबिल बैंक ‘सेल्स एक्सिलेन्स अवार्ड २०२३’ बाट सम्मानित

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको विधामा ‘सेल्स एक्सिलेन्स अवार्ड २०२३’ बाट नबिल बैंक सम्मानित भएको छ । ग्रोथ लिडरशीप एकाडेमीले शुक्रबार आयोजना गरेकाे ‘सेल्स समिट’ कार्यक्रममा बैंकलाई उक्त अवार्डबाट सम्मान गरिएकाे हो । कार्यक्रममा नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष सुनिल केसीले नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीलाई अवार्ड हस्तान्तरण गरेका थिए । मर्जर एक्वीजीसन पश्चातका वर्षहमा बैंकहरुमा हुने समायोजनका कारण व्यवसाय वृद्धिमा असर पर्ने सामान्य अवस्था भन्दा भिन्न हिसाबले नबिल बैंकले आर्थिक वर्ष २०७९–८० मा बैंकिङ क्षेत्रकै सबैभन्दा बढी व्यवसाय वृद्धि गर्न सफल गरेकाले यो अवार्डमा छनौट भएको आयोजकको भनाई छ । उक्त कार्यक्रममा नबिल लगायत ११ संस्था र १० व्यक्तिलाई सेल्स र मार्केटिङ्गको विभिन्न विधामा अवार्डबाट सम्मानित गरेको थियो । नबिल बैंक नेपालको एक अग्रणी बैंक हो । नबिलले १८ लाख भन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २ सय ६५ शाखा र २ सय ९८ एटिएम मेसिनहरूबाट सेवा प्रदान गर्दै आएको छ । नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुङ्गाको रूपमा काम गर्दै आएको छ ।