विकासन्युज

टोलवासीका प्राथमिकता अनुसार नै काम गर्न नगरपालिका प्रतिवद्ध छ : मेयर कार्की

काठमाडौं । शिव सुन्दर टोल सुधार समितिको १३ औं वार्षिक साधारण सभा शनिबार गोठाटार काठमाडौंमा सम्पन्न भएको छ । वार्षिक साधारण सभाको कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले उद्घाटन गरे । विक्रम सम्बत २०६७ सालमा स्थापना भएको यस टोल समितिभित्र २०१ घरहरू आवद्ध छन् । कागेश्वरी मनोहरा नगरपालिकाको यो समिति सवैभन्दा पुरानो समिति पनि हो । सो अवसरमा मेयर कार्कीले स्थानीय सरकारको जनतासंग प्रत्यक्ष जोडिने युनिट भनेकै टोल सुधार समितिहरू भएकाले उनीहरूको प्राथमिकता अनुसार काम गर्न स्थानीय सरकार प्रतिवद्ध रहेको बताए । मेयर कार्कीले पिउने पानी र शहरी सुरक्षाको व्यवस्थालाई आफूले उच्च प्राथमिकता राखेर काम गरिरहेको पनि सो अवसरमा बताए । सिव सुन्दर टोल सुधार समितिभित्रका टोलवासीहरूलाई आफूले विभिन्न चरणमा गरेर पिउने पानीको दिर्घकालिन व्यवस्थाका लागि काम गरिरहेको जानकारी दिए । एकै पटक एउटै कार्यक्रममा पिउने पानीको प्रवन्ध गर्न नसकिएपनि हाल रहेको पूर्वाधारलाई थप विस्तार गर्दै चरणबद्धरूपमा आफनै कार्यकालमा पानी वितरण गर्ने उहांले प्रतिवद्धता जनाए । शहरी सुरक्षा अहिले सवैभन्दा ठूलो चुनौतीको रूपमा रहेकाले नगरभित्र सीसीटीभी जडान कार्यलाई मुख्य प्राथमिकतामा राखेर काम भैरहेको बनाए । साथै उनले कागेश्वरी मनोहरा नगरलाई उज्यालो नगर बनाउने आफ्नो अभियानलाई साकार पार्ने प्रतिवद्धता पनि जनाए । नगरपालिकाले घर बहाल कर संकलनलाई विशेष जोड दिंने र बहाल करको दर घटाई त्यसको दायरा विस्तार गर्ने सोंच अनुसार काम भएको भन्दै सबैलाई बहाल कर तिर्न अनुरोध समेत गरे । उनले यसरी उठेको घर बहाल करको २५ प्रतिशत रकम सम्बन्धित क्षेत्रका बासिन्दाको चाहना अनुसारको विकास कार्यमा उपयोग गरिने पनि बताए । कागेश्वरी मनोहरा नगरपालिका वडा नम्वर ९ का वडाध्यक्ष अनिल थापाले आफूले वडावासीहरूसंग जोडिएर काम गर्ने प्रतिवद्धता जनाए । वडा अध्यक्ष थापाले घर भाडामा लगाउंदा हरेक घरधनीले भाडामा बस्नेसंग सम्झौता गरेर मात्र घर भाडामा लगाउने कार्यमा पनि समितिले सहयोग गर्नुपर्ने बताए । पछिल्लो पटक विभिन्न खालका घटनाहरू बढ्दै गएकाले त्यसको न्यूनिकरण र टोलवासीको सुरक्षाका लागि समेत घर वहालमा दिंदा एउटा सम्झौता गरेरमात्र दिंदा राम्रो हुने उनको सुझाव थियो । उनले सीसीक्यामरा टोलवासी र नगरपालिकाको वरावर लागतमा जडान गरिने योजना सुनाए । साथै, उनले टोल सुधार समितिसंग नियमित सम्पर्क छलफलमा रहेर विकास कार्यक्रम ल्याउने र त्यसमा समितिका पदाधिकारीहरूलाई पनि संगै लैजाने प्रतिवद्धता जनाए । साथै उनले टोलवासीसंग नियमित संवादको व्यवस्था आफूले गर्ने विश्वास पनि दिलाए । समाजका अध्यक्ष रण वहादुर कार्कीले टोल सुधार समितिहरूले जनतासंग प्रत्यक्ष जोडिएका विकास कार्यक्रम माग गर्ने हुंदा नगरपालिकाले अलि बढी ध्यान दिएर संवोधन गर्नुपर्ने सुझाव राखे । स्थानीय जनताको पहिलो प्राथमिकतानै पिउने पानी, सफा बाटो, उज्यालो र सुरक्षित टोल हुने हुंदा सोही अनुसार कार्यक्रम बन्नुपर्नेमा उनको जोड थियो । स्वागत मन्तव्यको क्रममा समितिका सहसचिव विदुरचन्द्र लामिछानेले नगरपालिका र वडाले टोलवासीसंग प्रत्यक्ष जोडिएर उनीहरूका गुनासाको सुनुवाई गर्नुपर्ने बताए । यसका लागि एउटा समय नै छुट्याएर नियमित संवाद छलफलको वातावरण बनाउनु पर्ने उनको सुझाव थियो । सो अवसरमा सिवसुन्दर टोल सुधार समाजका सदस्य ज्योति दाहालले संस्थाको आ.व. २०७९/८० लेखा परीक्षण प्रतिवेदन पेश गरेका थिए । वार्षिक साधारण सभामा एकिकृत कांडाघारी सामाजका अध्यक्ष डोलनाथ पोखरेल, शिव सुन्दर टोल सुधार समितिका उपाध्यक्ष राजन वस्नेत, गान्धी तुलसी क्याम्पस व्यवस्थापन समितिका सदस्य उदय बहादुर कार्की, समितिका सदस्य संजिव ढकालले समिति र नगरपालिका बीचको आपसी सहकार्यका विषयमा आआफना धारणा सहित वार्षिक साधारण सभाको सफलताको शुभ–कामना व्यक्त गरेका थिए ।

फेरि २००० अंक मुनी ओर्लियो नेप्से, कुथेली बुखरीको सर्किट लेभलमै कारोबार जारी

काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक २०.५४ अंक घटेर बन्द भएको छ । साताको अन्तिम कारोबार दिन पनि घटेर बन्द भएको नेप्सेलेले आज पनि घट्ने क्रमलाई निरन्तरता दिएको हो । आइतबारको कारोबारपछि नेप्से पुनः २००० विन्दुभन्दा तल अर्थात १९९३.३८ विन्दुमा झरेको छ । त्यसैगरी, सेन्सेटिभ इण्डेक्स ३.४४ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.४० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१९ अंक घटेको छ । आइतबारको सेयर बजारमा २८० स्टकको ३८ हजार ६६६ पटकको कारोबारमा १ अर्ब २६ करोड २७ लाख रुपैयाँ बराबरको ३८ लाख ९५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । नेप्से उच्च अंकले घट्दा पनि कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । विहीबार पनि उक्त हाइड्रोपावरको सेयर सकरात्क सर्किट लेभलमा कारोबार भएको थियो । आइतबार स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य ६ प्रतिशत बढेको छ भने कारोबारमा आएको मकर जीतुमाया सुरी हाइड्रोपावरको शेयरमूल्य यस दिन सर्वाधिक ९.६३ प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा आइतबार एशियन लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । एशिएन लाइफ इन्स्योरेन्सको ७ करोड ४६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, यस दिन आइएमई लाइफ इन्स्योरेन्सको करिब साढे ५ करोडको शेयर खरिदबिक्री भएको छ भने सोल्टी होटलको करिब ५ करोडको शेयर किनबेच भएको छ । १३ उप–समूहमध्ये यस दिन म्युचुअल फण्ड उप–समूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ ।

प्रतिनिधिसभा अन्तर्गतका १० समितिमा ११ जनाको उम्मेदवारी, कुन समितिमा काे ?

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतका विभिन्न १० विषयगत समितिको सभापति पदको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता भएको छ । समितिको सभापतिका लागि नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र जनमत पार्टीका तर्फबाट आज उम्मेदवारी दर्ता भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । दशमध्ये नौ समितिको सभापतिमा एकल उम्मेदवारी परेको छ भने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा दुई जनाको उम्मेदवारी परेको छ । अर्थ समितिको सभापतिमा नेपाली कांग्रेसका सन्तोष चालिसे, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जनता समाजवादीका राजकिशोर यादव, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा जनमतका अब्दुल खान र रास्वपाका गणेश पराजुलीको उम्मेदवारी परेको छ । साथै कानुन, न्याय तथा मानवअधिकार समितिको सभापतिमा माओवादी केन्द्रका विमला सुवेदी, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा कांग्रेसका आरजु राणा देउवा, महिला तथा सामाजिक मामिला समितिको सभापतिमा किरणकुमार साह र राज्य व्यवस्था तथा सुशासन समितिमा रामहरि खतिवडाको उम्मेदवारी परेको छ । यस्तै पूर्वाधार विकास समितिको सभापतिमा राप्रपाका दीपकबहादुर सिंह, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा एकीकृत समाजवादीका भानुभक्त जोशी र सार्वजनिक लेखा समितिको सभापतिमा एमालेका ऋषिकेश पोखरेलको उम्मेदवारी दर्ता भएको सचिवालयले जनाएको छ । प्रतिनिधिसभाको निर्वाचन भएको नौ महिनापछि मात्र संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको हो । ‘मिनी पार्लियामेन्ट’का रूपमा लिइने संसदीय समितिको नेतृत्व चयन हुन नसक्दा समितिको काम प्रभावकारी हुन सकेको थिएन । समितिको कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भनी कुनै अर्का एक सदस्यको समर्थनसहित आज बिहान ११ देखि दिउँसो ४ बजेसम्म उम्मेदवारी मनोनयन प्रस्ताव दर्ता गराउन सक्ने गरी निर्वाचन कार्यक्रम प्रकाशित गरिएको सचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए। हाल ज्येष्ठ सदस्यको अध्यक्षतामा समिति बैठक बस्दै आएको छ । रासस

श्री एयरलाइन्सको जहाजमा चरा ठोक्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द

काठमाडौं । नेपालगञ्जबाट काठमाडौं आएको श्री एयरलाइन्सको जहाजमा चरा ठोक्किएको आशंका भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग बन्द गरिएको छ । आइतबार दिउँसो श्री एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा ‘सस्पेक्टेड हिट’को संकेत भएपछि केही बेरको लागि धावनमार्ग बन्द गरेको विमानस्थलमा प्रवक्ता सुवास झाले बताए । विमानस्थलको धावनमार्ग बन्द गरेर चराको खोजि भइरहेको त्रिभुवन झाले बताए । ‘जहाज सकुसल ल्याण्ड गरिसकेको छ । जहाजमा चरा ठोक्किएको भन्ने संकेत भएपछि धावन मार्गमा चरा तथा उसको प्वाख केही झरेको हुन सक्छ । त्यसको खोजी भइरहेको छ’, झाले भने । धावनमार्ग बन्द भएपछि आन्तरिक र बाह्य दुवै तर्फको उडान प्रभावित भएको छ ।

महानगरले ढुसी परेको कोक बेच्नेलाई तिरायो डेढ लाख जरिवाना

काठमाडौं । कोकाकोला बिक्रेता कालिञ्चोक ट्रेडिङ नेपलालाई काठमाडौं महानगरपालिकाले १ लाख ५० हजार रुपैयाँ जरिवाना तिराएको छ । महानगरले केही दिनअघि भृकुटी मण्डपमा एउटा कोकाकोलामा ढुसी लागेको भेटिएपछि उत्पादन कम्पनीसँग छलफल गरेको थियो । महानगरका निरीक्षण अधिकृत डा. अवधेश झाले १ लाख ५० हजार रुपैयाँ जरिवाना गरिएको पत्र काटेका छन् । कोकाकोलामा चिनी, पानी र कार्बनडाइअक्साइड हुने भए पनि निरीक्षण गर्दा भेटिएको कोकमा कार्बनडाइअक्साइ उडिसकेकोले ढुसी लागेको उनले बताए । लिकेज हुँदा ढुसी लागेको उनको भनाइ छ । अखाद्य पदार्थ देखिएका उत्पादन तुरुन्तै फिर्ता लिन, सिलबन्दी राम्रो नभएको बोतल कम्पानीबाटै रिजेक्ट हुनुपर्ने, डिस्ट्युब्युटरबाट रिटेलरमा सामाग्री दिँदा पूर्णरुपमा चेक जाँच गरेर मात्र पठाउन महानगरले निर्देशन दिएको छ । उत्पादन गर्दा भन्दा पनि वितरकको लापरबाहीले गर्दा अखाद्य भएकोले डेढ लाख जरिवाना गरिएको उनले बताए ।

एक अर्ब जनसंख्याका लागि नेपाल पानीको स्राेत हो : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालले कूल क्षेत्रफलको ४५ प्रतिशत वन संरक्षण गरी समग्र मानव समुदायको लागि स्वच्छ अक्सिजन प्रवाह गरेको बताएका छन् । विश्व वातावरण कोषको ७ औं एसेम्बली बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले दक्षिण एसियाका एक अर्ब भन्दा बढी जनसंख्याको लागि पानीको श्रोत नेपाल रहेको बिषय विश्व समुदायमा ध्यानाकर्षण गराएका हुन् । उनले नेपालले जैविक विविधता तथा वातावरण संरक्षणमा ईमान्दार प्रयास गरिरहेको बताउदै दुर्लभ तथा संकटापन्न जंगली जनावर तथा प्रजातीहरुको संरक्षण गरेको र सोको नतिजा स्वरुप बाघ तथा गैँडाको संख्यामा उल्लेख्य रूपमा बृद्धि भएको बताए । साथै उनले यस्ता वन तथा वन्यजन्य सम्पदा नेपालको लागि मात्र नभै विश्व मानव समुदायकै साझा सम्पदाको रुपमा रहेको उल्लेख गरे । यी प्रयासका बाबजुत नेपाल जलवायू परिवर्तनका दृष्टिकोणले नेपाल विश्वको १० औं उच्च जोखिमयुक्त मुलुकमा परेको र पछिल्ला दिनहरुमा बाढी पहिरो अतिबृष्ठि सुख्खा साथै हिमताल बिस्फोटको जोखिम समेत बढेको उनले बताए । जलवायू परिवर्तन जोखिम उच्च भएका देशहरुको समेत प्रतिनिधित्व गर्दै मन्त्री महतले लगानी आयोजनाहरुको गुणस्तर बढाउन स्थानीय जनताको जीवनस्तरमामा सकारात्मक परिवर्तन ल्याउनेगरी कार्यान्वयन गर्नु पर्नेमा जोड दिए । उनले मानव विकासको क्षेत्रमा महत्वपूर्ण लगानी नगर्दासम्म वातावरणीय दिगोपना हाँसिल हुन समेत नसक्ने बताए । सो अवसरमा मन्त्री डा. महतले वातावरणीय कोषका कार्यक्रमहरू राष्ट्रिय प्रणाली मार्फत कार्यान्वयन गर्नु पर्नेमा जोड दिँदै आयोजनामा ठोस तथा पहिचानयुक्त कृयाकलाप समावेश गर्न र आयोजनाका मुख्य क्रियाकलापमा लगानी केन्द्रित गर्न जोड दिए । यसैगरी उनले जलवायू परिवर्तनको बहुआयामिक असरलाई सम्बोधन गर्न उच्चस्तरको सहकार्य र सबैको योगदान आवश्यक रहेको धारणा राखे । मन्त्री महत विश्व वातावरण सुविधाको ७ औं एस्म्वलीको प्लेनरी सेसनबाट उपाध्यक्षमा निर्वाचित भएका थिए । एस्म्वलीको बैठकमा गणतन्त्र पानामाको प्रस्ताव तथा नेदरल्याडको समर्थनमा उनी उपाध्यक्षमा निर्वाचित भएका हुन् । मन्त्री महतले उपाध्यक्षको हैसियतमा प्लेनरी सेसनको अध्यक्षता समेत गरेका थिए । यसैक्रममा मन्त्री महतले विभिन्न अन्तर्राष्ट्रिय संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरूसँग द्धिपक्षीय बिषयमा छलफल गरे । सो अवसरमा विश्व वातावरण सुविधाका प्रमुख कार्यकारी अधिकृत कार्लोस इमान्युल रोड्रिगेजसँग भएको द्धिपक्षीय बैठकको क्रममा कार्यकारी प्रमुख रोड्रिगेजले जैविक विविधता, वातावरण तथा वन्यजन्तु संरक्षणको क्षेत्रमा नेपाल सरकारले गरेको प्रयास तथा सो क्षेत्रमा कूल लगानीको ७९ प्रतिशत आन्तरिक स्रोतबाट गरेकोमा सह्रहना गरेका थिए । सो अवसरमा कार्यकारी प्रमुखले प्लाष्टिक विस्थापन तथा फोहोर व्यवस्थापन लगायत हरित पूर्वाधारको क्षेत्रमा नविन प्रविधि हस्तान्तरण गर्न विश्व वातावरण सुविधाले सहयोग गर्ने प्रतिबद्धता जनाए । मन्त्री महतले जलवायू परिवर्तन अनुकूलन तथा न्यूनीकरण एवम् जैविक विविधता संरक्षणको क्षेत्रमा अनुदान सहायता बढाउन आग्रह गरे । यसै क्रममा नेपालको प्राकृतिक पूँजीको परिचालन गरी ‘डेब्ट टु नेचर स्वाप’ को अवधारणा अन्तर्गत थप पूँजी परिचालन गर्न नविन उपकरणहरू मार्फत लगानी जुटाउन आवश्यक प्राविधिक सहायता उपलब्ध गराए । यसैगरी नेपालले जैविक विविधता तथा वातावरण संरक्षणको क्षेत्रमा गरेको प्रयासलाई प्रोत्साहित गर्ने गरी ठोस कार्यक्रम मार्फत हरित पूर्वाधार निर्माण तथा स्थानीय जनताको आयआर्जन र जीवनस्तर सुधारमा वातावरणीय कोषका कार्यक्रमहरू केन्द्रित गर्नुपर्ने बताए । उक्त भेटघाट कार्यक्रममा विश्व वातावरण सुविधाका प्रमुख कार्यकारी अधिकृत रोड्रिगेजले जैविक विविधता र वातावरण क्षेत्रमा क्षेत्रगत कार्यक्रमहरूबीच नीतिगत सामन्जस्यता कायम गर्दै एकीकृत कार्यक्रमगत अवधारणा अनुरूप कार्यान्वयन गर्न अर्थ मन्त्रालयको भूमिका नेतृत्वदायी हुने बताएका थिए । सोही क्रममा मन्त्री महतले विश्व वन्यजन्तु कोषका प्रमुख संरक्षण अधिकृत निक शेखरन, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम प्रशासक अकिम स्टिनर तथा अन्तराष्ट्रिय प्रकृति संरक्षण संघकी निर्देशक डा. ग्रेथल अग्वीलर संग जलवायू परिवर्तनले पारेको विश्वव्यापी प्रभाव तथा नेपालले सामाना गर्नुपरेका चुनौतिहरू एवं सोको न्यूनीकरण गर्ने उपायहरूको बारेमा छलफल गरेका थिए । द्धिपक्षीय बैठकको क्रममा मन्त्री डा. महतले वातावरण संरक्षणको क्षेत्रमा नेपालले गरेका प्रयास तथा उपलब्धीको बारेमा प्रकाश पारेका थिए । यसैगरी मन्त्री महतले नेपालले सामुदायिक वनको अवधारणाबाट वनले ओगटेको क्षेत्रफल झण्डै ४५ प्रतिशत पुर्‍याएको, पछिल्लो दशकमा बाघको संख्यामा तेब्बर वृद्धि तथा गैंडाको संख्यामा झण्डै दोब्बर वृद्धि भएको जानकारी दिएका थिए। यो उपलब्धीका साथै नेपालमा मानव र जंगली जनावारबीच द्धन्द्धको सिर्जना भएको यसबाट धनजनको क्षति तथा यसका लागि नेपालले ठूलो स्रोत साधन खर्च गर्नु परेको जानकारी समेत दिएका थिए । यसैगरी मन्त्री महतले वन तथा वन्यजन्तु संरक्षणको लागि सडक लगायतका पूर्वाधार निर्माणमा वन्यजन्तु आवतजावतमैत्री पूर्वाधार निर्माणको साथै मानव वन्यजन्तु द्वन्द्वका कारण प्रभावित समुदायहरूको लागि जोखिम बीमा तथा स्वरोजगार एवं आय आर्जनका लागि अन्तर्राष्ट्रिय संघ संस्थाको सहयोगका लागि आग्रह समेत गरे । यसैगरी नेपाललाई सीप तथा क्षमता विकास एवं हरित पूर्वाधार निर्माणमा थप बित्तीय स्रोतको आवश्यकता रहेको बताए । वातावरणीय कोष तथा सुविधाका कार्यक्रमहरु ठोस नतिजा प्राप्तहुनेगरी राष्ट्रिय प्रणालीबाट परिचालन गर्नु पर्नेमा जोड दिँदै यस्ता कार्यक्रमहरुले स्थानीय जनताको जीवनस्तर र आर्थिक अवस्थामा सकरात्मक परिवर्तन ल्याउनु पर्ने बताएका थिए । सम्मेलनमा ८३ देशका मन्त्रीहरू तथा १८५ देशका प्रतिनिधिको सहभागिता रहेको थियो । सम्मेलनको समापन समारोहमा क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रेडाउले विशेष सम्बोधन गरेका थिए । पक्रम सन् २०३० सम्ममा ०.५ देखि २ डिग्रि सेल्सियसले बढ्ने अनुमान रहेको र यसबाट हुने असर र प्रभावसँग सामना गर्न सन् २०५० सम्ममा करिब ५० अर्व अमेरिकी डलर भन्दा बढी लगानी आवश्यक रहेको तर्फ सहभागीहरुको ध्यानाकर्षण गराए । अर्थमन्त्री डा. महतले जलवायू वित्तबाट सञ्चालित कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयनमा जोड दिँदै यसै एसेम्वलीबाट अनुमोदित विश्व जैविक विविधता खाका कोष लगायतका उपलब्ध सबै श्रोत अति प्रभावित मुलुकहरुमा केन्द्रित गर्न अनुरोध गरे । उनले जबसम्म एकीकृत र समुच्च रुपमा कार्यक्रम कार्यान्वयन गरिँदैन, तबसम्म कोषको आकार मात्र बढाएर खासै प्रभावकारी नहुने धारणा राखेका थिए ।  

पूजा सामग्री लिएर सरकारी टोली किन गयो बडीमालिका ?

बाजुरा । जिल्लाको धार्मिक तथा पर्यटीय क्षेत्रका रूपमा रहेको बडीमालिकाको पूजाका लागि सरकारी टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । हरेक वर्ष साउन शुक्ल चतुदर्शीका दिन लाग्ने बडीमालिकाको मेलाका लागि चार दिनअघि नै तीर्थयात्री त्यसतर्फ लागेका हुन् । बडीमालिकामा रहेको २२ पाटन र खेतीबेतीलगायत रमणीय ठाउँको अवलोकनसँगै मनोकाङ्क्षासमेत पूरा हुने अपेक्षामा यात्रुहरू बडीमालिका जाने गर्दछन् । खप्तडमा लाग्ने गङ्गादशहरा मेलाका समयमा स्थानीय निकायका उच्चपदस्थ व्यक्तिले यहाँ दर्शन तथा पूजाआरधाना गर्दै आएका छन् । बडीमालिकाको दर्शनले धन लाभ हुने, निःसन्तानलाई सन्तान प्राप्त हुने धार्मिक विश्वास रही आएको बडीमालिकाका पुजारी भानुभक्त पाध्यायले बताए । उनका अनुसार बडीमालिका बरदायी शक्तिस्वरुपा माता भएकाले देश तथा विदेशबाट पनि एकपटकका लागि मात्र भएपनि यहाँ आउने गरेका छन् । बडीमालिकामा बाजुरा, डोटी, जुम्ला र कालीकोटबाट सरकारी पूजा लैजाने गरिन्छ । सरकारी पूजाका लागि बाजुराका प्रमुख जिल्ला अधिकारी पुष्कर खड्का नेतृत्वको टोली आइतबार बडीमालिकामा प्रस्थान गरेको हो । टोलीमा सुरक्षा निकायका प्रमुख, बडीमालिका नगरपालिकाका नगरप्रमुख अमरबहादुर खड्का र अन्य जनप्रतिनिधिसमेत सहभागी छन् । हरेक वर्ष जिल्लाका चार शक्तिपीठमा पूजा आरधाना गर्ने प्रचलन छ । जिल्लाका बडीमालिका, बूढीनन्दा, बडालेख, दुनलेख, सुनन्दालगायत शक्तिपीठमा एकैदिन पूजा लाग्ने गरेको जिल्ला समन्वय समितिका प्रमुख तुलसीराम रोकायाले बताए । उनका अनुसार धार्मिक तथा पर्यटीय क्षेत्रको प्रवद्र्धन र आन्तरिक पर्यटक बढाउनका लागि आवश्यक पहल गर्न जरुरी रहेको छ । बडीमालिका र बूढीनन्दालाई राज्यले पर्यटकीय क्षेत्रका रुपमा घोषणा गरेर उक्त क्षेत्रमा आन्तरिक र बाह्य पर्यटक भित्र्याउने योजना अघि सार्नुपर्छ । बडीमालिका र बूढीनन्दाको तीर्थयात्रा सुरु बडीमालिकाको तीर्थयात्रा आजदेखि सुरु भएको छ । शक्तिपीठका रुपमा रहेको बडीमालिकामा बाजुरासहित विभिन्न जिल्लाका तीर्थयात्री यात्रामा यात्रामा सहभागी छन् । पूर्णिमाको अघिल्लो दिन अर्थात् चतुदर्शीका दिन बडीमालिकासहित अन्य शक्ति पीठमा एकैसाथ पूजा लाग्ने गर्छ । बडीमालिकाको दर्शन गरे मनोकाङ्क्षा पूरा हुने र भएकाले अधिकांश श्रद्धालु भक्तजन बडीमालिकाको दर्शन गर्न आउने गरेको त्यहाँका पुजारी नेत्रप्रसाद पाध्यायले बताए । निःसन्तानलाई सन्तान दिने र मागेको बार पूरा हुने भएकाले श्रद्धालु भक्तजनको बडीमालिकामा घुइँचो लाग्ने गरेको उहाँको भनाइ थियोे । बडीमालिकाको पूजाका लागि डोटीबाट डोल र जुम्लाको चन्दनाथबाट पनि सरकारी पूजा बाजुरामा आइपुगेको छ । बाजुरा, डोटी, जुम्ला र कालीकोटबाट ल्याइएको सरकारी पूजा सकेपछि अन्यभक्तजनले दर्शन गर्ने प्रचलन रहिआएको छ । बूढीनन्दामा पनि यात्रा सुरु जिल्लाको पूर्वी उत्तरी भेगमा रहेको बूढीनन्दामा आउने भक्तजनको तीर्थ यात्रा पनि सुरु भएको छ । बडीमालिकासँगै बूढीनन्दाको पनि एकैसाथ यात्रा सुरु हुने गरेको छ । धार्मिक र पर्यटकीय क्षेत्रका रुपमा रहेको बूढीनन्दामा विभिन्न ताल, झरना र रमणीय फाँटहरु छन् । बडीमालिका र बूढीनन्दा बहिनी भएकाले उनीहरु दुबैको चतुर्दशीकै दिन पूजा हुने गरेको हो । यस वर्ष पहिलो पटक बूढीनन्दामा पनि सरकारी पूजा हुने भएको छ । चार शक्ति पिठमा एकैसाथ पूजा जिल्लाका धार्मिक तथा पर्यटीकय क्षेत्र रहेका बडीमालिका, बूढीनन्दा, सुनन्दा, बडालेख, जाल्पादेवीलगायत चार शक्ति पीठमा जनैपूर्णिमाको अघिल्लो दिन एकैसाथ पूजा लाग्ने गरेको छ । धार्मिक तथा पर्यटीय क्षेत्रका रुपमा रहेका ती चार शक्तिपिठमा आआफ्नै ठाउँमा पूजा आराधना गरेर मेला भर्ने गरिन्छ । बडीमालिका, बूढीनन्दा, सुनन्दा र जाल्पादेवी चार बहिनी भएकाले उनीहरुको एकैसाथ पूजा हुने गरेको हो । बूढीनन्दा जाने भक्तजनले बडीमालिकालगायत अन्य तीर्थयात्रा गर्न नपाइने धार्मिक मान्यता रहिआएको छ । बडीमालिका जाने तीर्थयात्रीले बूढीनन्दा गएमा घरमा घटना हुने वा अन्य कुनै क्षति हुने जनविश्वास रहिआएकाले आआफ्नै ठाउँमा पूजा मेला गर्ने गरिएको बताइन्छ । रासस

टारो ब्रान्डका मोटरसाइकल तथा स्कुटरमा आयो फेस्टिभल अफर

काठमाडौं ।  इटालियन डिजाइन र कन्सेप्टमा निर्मित टारो ब्रान्डका मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक ओम मोटोकर्पले आइतबारबाट लागू हुने गरी प्रि–दशैं तिहार तथा छठ अफर सार्वजनिक गरेको छ । टारो ब्रान्डका हाल नेपाली बजारमा तीन भेरिएन्टका मोटरसाइकल र दुई भेरिएन्टका स्कुटर रहेका छन् । आकर्षक लुक्स र फिचरमा उपलब्ध यी ब्रान्डका बाइक तथा स्कुटर प्रतिस्पर्धी मूल्यमै उपलब्ध रहेका कम्पनीको भनाइ छ । गत साल कोभिडको दौरान नेपाल भित्रिएको सो ब्रान्डले कोभिड र त्यसपछिको आर्थिक मन्दीको सामना गर्दै यो सेगमेन्ट अन्तर्गतका आफ्ना ग्राहकहरुलाई निरन्तर सेवा दिँदै आएको छ । यसै सोच अनुरुप कम्पनीले यस पालिको महान चाडको अवसरमा आफ्ना वाइक तथा स्कुटरमा ‘रेभ अप याेर सेभिगं विथ टाराे’ नामक अफर सञ्चालनमा ल्याएको बताएको छ । यस अन्तर्गत ग्राहकहरुले २० हजार देखि ६० हजार सम्म मोडल हेरी सिधै छुट पाउन सक्नेछन् । साथै फाइनान्स तथा एक्सचेन्ज गरी नयाँ वाइक तथा स्कुटर खरिद गर्न चाहने उपत्यका भित्रका ग्राहकहरुको निमित्त ५ प्रतिशत ब्याजदरमै १८ महिने किस्ताको सुविधाको साथ आफूलाई मन परेको टारो ब्रान्डको बाइक तथा स्कुटर खरिद गर्न सक्नेछन् । सो फाइनान्सिङ अफरलाई सरल तथा सहज बनाउन कम्पनीले उपत्यका भित्रका लागि ‘तपाईंको बजार’ सँग सम्झौता गरेको बताएको छ ।