
काठमाडौं । नेपालगञ्जबाट काठमाडौं आएको श्री एयरलाइन्सको जहाजमा चरा ठोक्किएको आशंका भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग बन्द गरिएको छ ।
आइतबार दिउँसो श्री एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा ‘सस्पेक्टेड हिट’को संकेत भएपछि केही बेरको लागि धावनमार्ग बन्द गरेको विमानस्थलमा प्रवक्ता सुवास झाले बताए ।
विमानस्थलको धावनमार्ग बन्द गरेर चराको खोजि भइरहेको त्रिभुवन झाले बताए ।
‘जहाज सकुसल ल्याण्ड गरिसकेको छ । जहाजमा चरा ठोक्किएको भन्ने संकेत भएपछि धावन मार्गमा चरा तथा उसको प्वाख केही झरेको हुन सक्छ । त्यसको खोजी भइरहेको छ’, झाले भने ।
धावनमार्ग बन्द भएपछि आन्तरिक र बाह्य दुवै तर्फको उडान प्रभावित भएको छ ।