
काठमाडौं । नेपालगञ्जबाट काठमाडौं आएको श्री एयरलाइन्सको जहाजमा चरा ठोक्किएको आशंकापछि नौ मिनेट बन्द भएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग खुलेको छ ।
आइतबार दिउँसो श्री एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा ‘सस्पेक्टेड बडी हिट’को संकेत भएपछि धावनमार्ग बन्द गरिएको थियो ।
धावन मार्ग परीक्षण गर्दा मरेको चरा भेटिएपछि धावनमार्ग खुलेको झाले बताए ।
झाले भने, ‘विमान अवतरणको क्रममा ‘सस्पेक्टेड बडी हिट’को संकेत भएपछि धावनमार्ग परीक्षण गरिएको हो । यसलाई हामी धावनमार्ग बन्द भन्दैनौं । यस्तो परीक्षण नियमितरुपमा भइरहन्छ । अहिले चरा ठोक्किएको संकेत भनेपछि तत्काल परीक्षण गर्नु परेको हो ।’
भिआइपी र भिभिआइपीहरुको उडान तथा अवतरणको बेला पनि विमानस्थल यसैगरी परीक्षण हुने गरेको र अन्य दिन पनि सेड्युलमा विमानस्थलको धावनमार्ग परीक्षण गर्नुपर्ने प्रावधान रहेको उनले बताए ।
‘एटीसीसँग कुरा गर्न मिल्ने प्रविधिसहितको गाडीले धावनमार्ग परीक्षण गर्छ । यसका लागि धेरै समय लाग्दैन । कुनै जहाजलाई होल्ड गर्न पनि पर्दैन । यो विमानस्थलको नियमित काम हो’, झाले भने ।
आइतबार चरा ठोक्किएको आशंकापछि गरिएको विमानस्थल परीक्षणमा भने मरेको चरा भेटिएको उनले बताए ।
नेपालगन्जबाट आएको श्री एयरलाइन्सको जहाज सकुसल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । अवतरणको क्रममा जहाजको सिस्टममा ‘सस्पेक्टेड बडी हिट’को संकेत आएपछि धावनमार्ग परीक्षण गरिएको थियो ।
अहिले पूर्वनिर्धारित तालिका अनुसारको उडान र अवतरण भइरहेको झाले बताए ।