विकासन्युज

क्रिकेट संघको सचिवमा पारस खड्का निर्वाचित

काठमाडौं । नेपाल क्रिकेट संघको सचिवमा पारस खड्का निर्वाचित भएका छन् । शनिबार काठमाडौंमा भएको मतदानमा निवर्तमान कार्यवाहक सचिव प्रशान्तबिक्रम मल्ललाई पराजित गर्दै पारस निर्वाचित भएका हुन् । कुल ८५ मतदाता रहेकामा ७५ मत गनिसक्दा पारसले जितका लागि आवश्यक ४३ मत पाएका छन् भने प्रशान्तले ३२ मत पाएका छन् । यद्यपि मतपरिणामको औपचारिक घोषणा हुन बाँकी छ । पारस क्यानको बागमती प्रदेश क्रिकेट संघको पनि अध्यक्ष हुन् । यस्तै, क्यानको अध्यक्ष पदमा चतुरबहादुर चन्द पुन निर्विरोध निर्वाचित भएका छन् । संघको उपाध्यक्षमा रोशन सिंह र कोषाध्यक्षमा कर्णाली प्रदेश क्रिकेट संघका अध्यक्ष पद्म खड्का निर्विरोध निर्वाचित भएका छन्। महिला सदस्यमा जयन्ती भट्र्ट निर्विरोध निर्वाचित भएकी छिन । सदस्य पदमा लुम्बिनी प्रदेशबाट प्रदीप मजगैँया र कर्णालीका श्रीधर केसी पनि सर्वसम्मत चयन भएका हुुन््।

नेपालको पर्यटन प्रवर्द्धनमा अमेरिकी संसद भोजनी

काठमाडौं । अमेरिकाको टेक्सास राज्यका सांसद सलमान भोजनीले नेपालको पर्यटन प्रवद्र्धनमा चासो देखाएका छन्् । नेपाल र नेपालीप्रति आफ्नो अगाध माया र स्नेह रहेको भन्दै नेपालको पर्यटन प्रवर्द्धन र नेपाली समुदायको सहयोगका लागि आफू सदैब सक्रियताका साथ लाग्ने विश्वास व्यक्त गरे । पहिलो पटक नेपाल भ्रमण आएका उनले विश्वको सर्वोच्च शिखर सगरमाथाको आधारशिविर जानुअघि काठमाडौँमा भएको एक अन्तरक्रियामा अमेरिकामै बसेर नेपालको पर्यटन प्रबद्र्धनका लागि सक्रिय हुने बताएका हुन । ‘मेरो खुसीको सीमा छैन’, भोजनीले भने, ‘अमेरिकामा रहनुहुने नेपालीहरुको सहयोगले नै आज म यो स्थानमा आइपुगेको छु, त्यसैले मलाई नेपाल र नेपालीप्रति असाध्यै धेरै माया र सद्भाव जहिल्यै रहिरहन्छ ।’ पाकिस्तानी मुलका भोजनी अमेरिकी–टेक्सास राज्यमा पहिलो मुसलमान समुदायका सांसद हुन । उनी नेपाली समुदायबीच निकै लोकप्रिय समेत छन् । निर्वाचनका बेला ढाका टोपी र दौरा सुरुवालमा नेपालीहरुमाझ मत मागेको स्मरण गर्दै भोजनीले नेपाल र नेपालीको हितका लागि सदैब सक्रिय भइरहने उल्लेख गरे । उनले भने, ‘टेक्सासमा नेपाली समुदायको बाहुल्यता छ, निर्वाचनका बेला मैले नेपालीमा कुराकानी गरेर भोटमागे मलाई जिताउनुस् म तपाईंहरुको सेवामा समर्पित हुनेछु ।’ नेपालको प्रकृति र संस्कृति विश्वकै अनुपम भएको भन्दै उनले पर्यटनको माध्यमबाट नेपालले आर्थिक समृद्धि हासिल गर्नसक्ने बताए । ‘पर्यटन नेपालको अर्थतन्त्र उकास्ने महत्वपूर्ण माध्यम हो, विश्वको सर्वोच्च शिखर सगरमाथा, पशुपतिनाथ, लुम्बिनीजस्ता ऐतिहासिक सम्पदा नेपालको सान र गौरव हुन् यसैबाट नेपालले समृद्धितर्फको यात्रा तय गर्न सक्छ’, सांसद भोजनीले भने । सन् २००३ मा टेक्सासको एक ग्यास स्टेशनमा काम गर्ने भोजनीको जीवन संघर्ष र सफलता निकै प्रेरणादायी छ । काम गर्दै अध्ययनलाई पनि अघि बढाएका उनी आज अमेरिकाको प्रतिष्ठित पदमा पुुगेका छन्। आगामी दिनमा नेपालको पर्यटन प्रवद्र्धन, दिगो शान्ति विकास र नेपाललाई सहयोग गर्न परिवारसहित नेपाल आइरहने वाचा पनि गरे । भोजनी टेक्सास राज्यमा नेपाली समुदायबीच घुलमिल हुन्छन । नेपालीलाई आइपरेका समस्या समाधानमा सधै लागि समेत पर्छन् । वरिष्ठ अधिवक्तासमेत रहनुभएका भोजनीले नेपाल डे पारित गरेर नेपालप्रति अगाथ प्रेम दर्शाएका छन्। टेक्सासमा दशैँ, तिहार र तीज पर्वमा बिदाको मान्यता दिलाउन पनि उनले अहम् भूमिका खेल्दैआएका थिए । अमेरिकामा रहने नेपालीहरुका नागरिकतालगायत समस्या समाधानका लागि आफूले प्रयास गरिरहेको उनले सुनाए । सो अवसरमा भोजनीले स–साना कामदेखि अधिवक्ता हुँदै सफल व्यवसायिक आइकन र टेक्सास राज्यको प्रतिनिधि बन्नेसम्मको आफ्नो संघर्षका कथाहरू सुनाए । उनले नेपाली कला, संस्कृति, चार्डपर्वलाई जर्गेना गर्न महत्वपूर्ण भूमिका, केहि नेपाली समुदायका बेरोजगारीका लागि समस्याहरु समाधान, नेपाली समुदायका ज्येष्ठ नागरिकलाई भाषामा पर्न जाने समस्या समाधानका लागि भाषा अनुवादकहरुको व्यवस्था लगाएतका काम गरेका छन् । पर्यटन गीत सो अवसरमा मिशन इन्टरटेनमेन्टद्वारा निर्मित नयाँ नेपाली पर्यटनसम्बन्धी बाल गीतको एनिमेटेड भिडियो ‘नेपाल हेर्न जाऔँ’ सार्वजनिक गरिएको थियो । उक्त गीतमा नेपालको प्राकृतिक र सांस्कृतिक सम्पदाको आकर्षक प्रस्तुत गरिएको छ । गीतले युवा पुस्तालाई पर्यटन विकासमा सक्रिय हुन बाल शिक्षा र सन्देश दिएको छ । उक्त भिडियोमा डा भोला रिजालले शब्द रचना, बीपी वाग्लको संगीत र भद्र ओली, सरगमश्री भट्टराई र विदित अधिकारीले स्वर रहेको छ । पर्यटन गीत लोकार्पण एवं अन्तरक्रियामा सहभागी नेपाली सांगीतीक क्षेत्रका चर्चित सष्टाहरुले अमेरिकी सांसदले नेपालप्रति देखाएको मोहलाई नेपालीले लाभ लिनसक्नुपर्ने बताए । गीतले नेपालका विभिन्न ठाउँ घुम्न प्रेरित गर्छ । भिडियोमा एनिमेसनको अवधारणा विश्वव्यापी रूपमा स्वीकार गरिएको नवीनतम प्रविधिलाई स्वीकार गर्नु र बच्चाहरूलाई सिक्ने नयाँ तरिकाहरू अनुभव गर्न प्रोत्साहित गर्नु भएको संगीतका बिपी वाग्लेले बताए । साहित्यका एवं चिकित्सक डा भोला रिजालले नेपाली समुदायमा घुलमिल भएका मिलनसार सांसद भोजनीले नेपालको प्रवद्र्धनमा भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले नयाँ गीतले नेपालको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । बरिष्ठ संगीतकार तथा म्युजिक रोयल्टी कलेक्शन सोसाइटी नेपालका अध्यक्ष सुरेश अधिकारीले नेपाली संगीतलाई टेक्सास मात्रै नभई अमेरिका र विश्वका अन्य धेरै ठाउँमा पनि प्रवर्द्धन गर्न मिलेर काम गर्न भोजनीलाई आग्रह गरे । रासस

क्यान अध्यक्षमा चन्द निर्वाचित

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्ष पदमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा चन्द पुनःअध्यक्ष पदमा निर्वाचित भएका हुन्। संघको उपाध्यक्षमा रोशन सिंह र कोषाध्यक्षमा कर्णाली प्रदेश क्रिकेट संघका अध्यक्ष पद्म खड्का निर्विरोध निर्वाचित भएका छन्। महिला सदस्यमा जयन्ती भट्र्ट निर्विरोध निर्वाचित भएकी छिन । सदस्य पदमा लुम्बिनी प्रदेशबाट प्रदीप मजगैँया र कर्णालीका श्रीधर केसी पनि सर्वसम्मत चयन भएका हुुन्् । क्यानको सचिव पदका लागि नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का र कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लबीच प्रतिस्पर्धा भइरहेको छ । उनीहरुबीच अहिले मतदान भइरहेको छ । त्यस्तै पाँच प्रदेशबाट चयन हुने एक÷एक जना सदस्यका लागि कूल १० जनाको उम्मेदवारी परेको छ । खुलातर्फका पाँच जनाका लागि १३ जनाको उम्मेदवारी परेको छ । क्यानको निर्वाचनमा ८५ जनाले मतदान गर्नेछन् ।

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच शनिबार भेटवार्ता भएको छ । जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका प्रचण्ड र सीबीच शनिबार औपचारिक भेटवार्ता भएको हो । झेजियाङको राजधानी सहर हाङ्झाउमा १९औं एसियाली खेलकुदको उद्घाटन समारोहअघि प्रधानमन्त्री प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधि मण्डल र चिनियाँ राष्ट्रपति सी नेतृत्वको टोलीबीच औपचारिक भेटवार्ता भएको हो । द्विपक्षीय वार्तामा प्रधानमन्त्रीसहित नेपालका तर्फबाट परराष्ट्रमन्त्री नारायणप्रकाश साउद लगायत नेपाली प्रतिनिधिमण्डका सदस्यहरू सहभागी छन्। एसियाली खेलकुदको उद्घाटनका लागि चीन पुगेका प्रधानमन्त्री प्रचण्ड सेप्टेम्बर ३० मा नेपाल फर्कने कार्यक्रम छ।

प्रधानमन्त्रीको चीन भ्रमणमा पोखरा विमानस्थलका बारेमा उच्चस्तरीय छलफल हुन्छ : मन्त्री किराती

पोखरा । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नियमित गर्नेबारेमा मित्रराष्ट्र चीनसँग उच्चस्तरीय छलफल हुने बताएका छन् । पोखरामा शनिबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आजदेखि सुरु भएको चीन भ्रमणका क्रममा चिनियाँ पक्षसँग पोखरा विमानस्थलमा चीनका विभिन्न सहरबाट नियमित उडान गर्ने विषयमा छलफल हुने बताएका हुन् । मन्त्री किरातीले चीन र भूटानबाट पोखरा विमानस्थलमा भएको चार्टर उडानले व्यावसायिक सञ्चालनको सन्देश विश्वभर गएको बताउँदै पोखरामा नियमित उडान गर्न भारतसँग पनि छलफल भइरहेको जानकारी दिए । ‘पोखरामा दुई वटा चार्टर विमान उडाएका छौँ, यसबाट पोखरा विमानस्थलमा व्यावसायिक उडान सञ्चालनको सन्देश गएको छ’, उनले भने, ‘प्रधानमन्त्रीको चीन भ्रमणमा यसका बारेमा गम्भीरतापूर्वक छलफल हुन्छ । चीनका विभिन्न सहरबाट काठमाडौँ आउने जहाजलाई पोखरा डाइभर्ट गर्ने विषयमा छलफल भइरहेको छ ।’ मन्त्री किरातीले पोखरा र भैरहवा विमानस्थललाई सार्वजनिक निजी साझेदारीमा सञ्चालन गर्ने योजना रहेको जानकारी दिए । उनले आफ्नो सात महिनाको कार्यकालमा मध्यमस्तरको परिणाम दिन सफल भएको उल्लेख गरे । वायुसेवा निगमका क्षेत्रमा जहाज खरिद गर्ने, पशुपतिमा निःशुल्क शवदाहको व्यवस्था र नागरिक उड्डयनका क्षेत्रमा नेपालको आकासलाई कालोसूचीबाट हटाउने अन्तिम कोशिस लगायतका मध्यमस्तरको परिणाम दिने काम भएको मन्त्री किरातीले बताए । मन्त्रालयले नयाँ पर्यटन ऐनका लागि मस्यौदा समिति बनाएको र जनताबाट सुझाव माग गरिएको उनले बताए । संस्कृति ऐन निर्माणका लागि समिति गठन गरिएको र सो समितिको दिशानिर्देशअनुसार पहिलो पटक कानुन निर्माण गरिने मन्त्री किरातीको भनाइ थियो । मन्त्री किरातीले दुर्गम क्षेत्रमा सेवा दिने गरी स्टल रुटको साना आकारका तीनबाट जहाज गरिद गर्न लागिएको जानकारी दिए । ‘अहिले पनि २२ विमानस्थल खाली छन् । तीनको व्यावसायिक सञ्चालनका लागि साना जहाज चाहिन्छ, तीन वटा जहाज किनेपछि हामीसँग छ जहाज हुन्छन’, उनले भने, ‘यसबाट खाली रहेका विमानस्थल सञ्चालन गर्न सकिन्छ । विमानस्थल सञ्चालन भएका नागरिकले सेवा पाउँछन् ।’ सरकारले अन्तर्राष्ट्रियस्तरमा उडान भर्ने गरी ‘न्यारो बडी’ जहाज खरिदको योजना गरिरहेको पनि मन्त्री किरातीले जानकारी दिए ।

रोगअनुसार फिजियोथेरापी नगरे थप जटिलता निम्तिन्छ : डा. अमरेन्द्र झा

मानिसको जीवनशैलीसँगै फिजियोथेरापीको महत्व दिनप्रतिदिन बढ्दै गएको छ । रोगको पहिचान नै नगरी फिजियोथेरापी गर्दा त्यसले थप जटिलता निम्त्याउने चिकित्सकहरु बताउँछन् । बिना साइड इफेक्ट मानव शरीरका विभिन्न अंग तथा प्रणालीहरु (नशा, मांसपेसी, हाडजोर्नी, स्नायु, श्वासप्रश्वास, रक्तसञ्चार आदि) मा आउने समस्या वा क्षतिलाई विभिन्न आधुनिक विद्युतीय तथा अन्य उपकरण, शारीरिक व्यायाम, जीवनशैली सुधार आदिको प्रयोग गरी पहिलेजस्तो स्वतन्त्र जीवनशैली वा कार्यशैलीमा फर्काउन फिजियोथेरापीको भुमिका महत्वपूर्ण मानिन्छ । यसै सन्दर्भमा ललितपुरस्थित अल्का अस्पतालमा कार्यरत अर्थोपेडिक फिजियोथेरापिस्ट डा. अमरेन्द्र झासँग गरिएको कुराकानीको सम्पादित अंश : फिजियोथेरापी के हो ? फिजियोथेरापी भनेको एउटा उपचार पद्धति हो । यसमा फरकफरक समूहहरु हुन्छन् । समग्रमा फिजियोथेरापी शब्द भयो । यसमा हाईड्रोथेरापी, इलेक्ट्रोमोडालिटी मेसिन जस्ता विविध मेसिनबाट उपचार गरिन्छ । यस्तै निश्चित एक्सरसाईजको पनि मद्दत हुन्छ । एक्सरसाईजहरुमा पनि फरकफरक स्टेजको कुरा हुन्छ, काइरोप्याट्रिक मोबिलाईजेसन, मेनुअल मोबिलाइजेसन भन्छौँ । स्ट्रेचिङको कुराहरु हुन्छ । यस्ता विविध कुराहरुको सम्मिश्रणबाट उपचार गरिने पद्धति फिजियोथेरापी हो । फिजियोथेरापी विशेष गरेर हामीले पाँच वटा विषयमा गर्छौं । मुख्यरुपमा हाडजोर्नी, नशा सम्बन्धी, मुटुको पुनःस्थापनाका लागि, रेस्पेरट्रि सम्बन्धी हुन्छ । यस्तै, बालबच्चामा वंशाणुगत रोगहरु, जन्मजात रोगहरु वा विविध बच्चाहरुमा जोर्नीहरु बिग्रिएर वा पोलाईको कारणले जोर्नीहरु बिग्रिएर, जन्मजात अंगभंग भएका, पार्सियल डिस्एबल भएकाहरुलाई फेरि त्यसलाई पुनःस्थापित गर्ने एउटा ब्रान्च छ । यस्तै, खेलाडीहरुका लागि पनि फिजियोथेरापि आवश्यक हुन्छ । कतिपय खेलाडीहरुले बाहिरी देशमा पर्सनल फिजियोथेरापिस्ट राखेका हुन्छन् । नेपालमा त त्यो ट्रेण्ड छैन । खेलाडिको लागि छुट्टै हुन्छ । तर, समग्रमा हामीले हाडजोर्नी, नशा सम्बन्धी, मुटुको पुनःस्थापना, बच्चाको श्वासप्रश्वास र खेलाडीहरुका लागि मेडिसिनको आंसिक मात्रै प्रयोग गरेर अधिकतम फिजिकल मोडालिटिजबाट वा एक्सरसाईजको विधिबाट वा सहयोगी सामग्रीको मद्दतले पुनःस्थापित गरेर पहिले जस्तो जीवन ९लाईफ० मा फर्काउने एउटा विधि हो । विभिन्न रोगहरुको उपचारका लागि चिकित्सकहरुले फिजियोथेरापी गर्न सल्लाह दिनुहुन्छ किन ? मानौ कसैको हाडजोर्नीकै अप्रेसन भयो । अप्रेसन सफल भयो । तर,उसको हात वा खुट्टा जहाँ भाँचिएको छ जहाँ अप्रेसन गरेको हो त्यसको मुभमेण्ट हुँदैन । मांशपेसी कमजोर हुन्छ, जोर्निको पहिलेको अवस्थामा मुभमेण्ट हुँदैन । त्यसैले त्यो चिजको अप्रेसन भयो भनेपनि त्यो चिजलाई रिगेन भएन भने अपाङ्ग जस्तै हुन्छ । र, मसलको स्टेजलाई बढाउने काम गर्छौं । त्यो चिजलाई अप्रेसन भएपनि फुल मुभमेण्ट गराउन वा त्यो चिजलाई पुनःस्थापना गराउनका लागि, प्लाष्टरपछि नै हेर्छौं हामीले कुनै जोर्नीहरु बिग्रिएको छ, फेरि त्यो चिजलाई पहिलेको अवस्थामा फर्काउनको लागि त्यसमा मोभिलिटी रिगेन भन्छ । त्यसैले पहिले जस्तै गर्न सकोस् भनेर भन्छौँ । जसरी अप्रेसन भएपछि निमोनिया भयो भन्ने सुन्छौँ । अस्पतालमा बस्दाबस्दै निमोनिया भयो भन्ने भयो । त्यसैले बेडमा जब बिरामी सुतिरहेको अवस्था हुन्छ, त्यो बेलामा बेड रिगेन सम्बन्धी कम्प्लीकेसनहरु हुन्छ । त्यसमध्येमा एउटा हो । त्यो हुन नदिनका लागि प्रेष्क्राईब गर्छौं की त्यो रोग नहोस् । पहिले नै होस पु¥याउनु । वा भइसकेपछि यो चिज अब नहोस् । त्यसैले पनि उहाँहरुले फिजियोथेरापीमा कन्सल्ट गर्न भन्नुहुन्छ । फिजियोथेरापी र व्यायाममा के फरक छ ? अहिले मानिसहरुले थेरापी बुझ्छ । यो कमन जस्तै भयो । थेरापी शब्दको अर्थ हुन्छ उपचार । अब के बाट उपचार रु जसरी क्यामोथेरापी, क्यान्सर भएको बिरामीलाई रेडियसन दिन्छ । अब त्यो रेडियसनबाट गर्ने उपचार विधि क्यामोथेरापी हो । न्याचुरो थेरापी भन्छौँ, प्राकृतिक चिकित्सा भन्छ । थेरापी थेरापी त भनिन्छ, क्यान्सरको थेरापी होकी, मेसिनबाट गरिने थेरापी होकी, फिजियोथेरापी होकी वा अरु केही नेचुरो थेरापी हो की । सो एउटा कम्प्लिट शब्दको कतिपयलाई जानकारी हुँदैन । फिजियो भनेको नै भौतिक रुपमा भन्ने हुन्छ । भौतिक रुपमा गर्ने शब्द जुन व्यायाम । व्यायाम भनेको स्वस्थ व्यक्तिले गर्ने व्यायाम फरक छ, एउटा रोग भएको व्यक्तिले गर्ने व्यायाम फरक छ । कुन भागमा समस्या भयो त्यो भागलाई पुनःस्थापना गर्ने फरक छ । अप्रेसन भइसकेको मान्छेलाई फेरि पहिलेको जस्तै पुनःस्थापना गर्ने फरक छ । तर, समग्रमा हामीले एउटा शब्द प्रयोग गरेका छौँ, फिजियोथेरापी । त्यसैले अलमलिने एउटै कारण छ, अल्प कुरा बुझेर । जस्तोः लेजर थेरापी भनेर बजारमा विज्ञापन गर्नुहुन्छ । लेजरमा पनि तीन प्रकारको लेजर हुन्छ । एउटा सर्जिकल लेजर हुन्छ, जस्तैः किड्नीको ढुँगा फुटाउने, त्यो सर्जिकल प्रोस्युडियर हो । त्यो पनि लेजरबाट छ । जस्तोः एपेण्डीक्सको भयो वा गल्पव्लाडरको भयो । त्यस्तोमा पनि लेजरबाट सर्जरी गर्ने विधि छ । अर्को भयो छालाको उपचार गर्ने विधि । लेजरथेरापी भन्ने हुन्छ । तेस्रो हुन्छ, थेराप्युटिक लेजर । लेजर भनेको फिजियोथेरापीको मेसिन हो । फिजियोथेरापीमा पनि व्यायाम छ तर, सबै व्यायाम फिजियोथेरापीमा हुँदैन । रोग अनुसार मात्रै फिजियोथेरापी हुने हो । कतिपयलाई व्यायाम वा थेरापी गर्दा शारीरिक रुपमा असर पर्छ नि ? म एउटा रोगको उदाहरण दिन्छु, कम्मरको हड्डी सरेर गयो अगाडी होस् वा पछाडी । कम्मरले खुट्टातिर पनि दुखाउँछ । कम्मरकै एक्सरसाईज छ । सामान्य रुपमा नशा च्यापिएर पनि खुट्टामा नै दुख्छ, कम्मरमै दुख्छ । हड्डी खिइएर पनि कम्मरमै दुख्छ । र, मसलको विकनेसको कारण पनि कम्मरमै दुख्छ । तर, कम्मरकै दुखाई सबै किसिमको छ । तर, समस्या चाहीँ एउटै ठाउँमा छ । तर, उपचार फरकफरक हुन्छ । कम्मर सामान्य दुखेकोलाई गर्ने व्यायाम र हड्डी त्यहाँबाट सरेर गएकोलाई गर्ने व्यायाम । अरुमा घोप्टो पर्न भन्छौं तर हड्डी सरेकोमा घोप्टो ग¥यो भने झन् जटिल अवस्था निम्त्याउँछ । रोगको हिसावले व्यायाम फरक फरक हुन्छ । हरेक व्यायाम हरेक रोगमा सेट हुँदैन । हाम्रो गाउँघरमा पनि चलन थियो, जहाँपनि दुख्यो सुन्नियो भने तातोले सेक्ने चलन थियो । तेल लगाएर मालिस गरिदिने चलन थियो । तर केही रोगमा त्यो ठिक छ, कतिपय रोगमा बेठिक हुन्छ । तेल लगाएर, मलम लगाएर जोडले चलाए झन् सुन्निएर आउँछ । झन् हिँड्न नसक्ने हुन्छ । चोटपटक लागेको बेला मक्र्यो, सक्र्यो भने तातोले सेक्यो भने झन् सुन्निएर आउँछ । कुनमा के चिज ठिक हो कुनमा के चिज बेठिक हो भनेर हामीले बुझ्नुप¥यो । जस्तै उदाहरणका लागि खानेकुरा सबै ठिक छ, सुगर भएको मानिसले के खाँदा ठिक हुन्छ रु प्रेसर भएको व्यक्तिले के खाँदा ठिक हुन्छ रु ख्याल गर्नुपर्छ । र, हामी सुगर, प्रेसर नभएर, थाईराईड नभएका, क्लोस्ट्रोल नभएकाले केही खाँदापनि बिग्रिएन । एकै किसिमको खाना खुवायो भने कोही ठिक हुन्छ कोही बेठिक हुन्छ, त्यही भएर रोगको प्रकृति अनुसार वर्गिकृत हुन जरुरी छ । रोग अनुसार एक्सरसाईज गर्नुपर्छ । नत्र बिग्रिन जान्छ । उपचारमा फिजियोथेरापीको महत्व के ? कतिपय मानिसले फिटनेसको हिसावले फिजियोथेरापी गर्छन् भने कतिपयले मलाई यो रोग नलागोस् भनेर फिजियोथेरापी गर्छन् । कतिपयले म खेलाडी हो मलाई प्रोटेक्टिभ मेकानिजम चाहियो, छिट्टै घाईते भइरहेको हुन्छु, म अलि अलि दौडँदापनि तुरुन्तै इन्जुअर्ड हुन्छु । यो चिज नहोस् यसको लागि मैले के के गर्दा ठिक हुन्छ भन्ने यो प्रोटेक्टिभ मेकानिजम हो । यस्तो चिज नहोस् भनेर जोगिनको लागि प्रोटेक्टिभ मेकानिजम आवश्यक पर्छ । दोस्रो पक्ष के छ भने रोग लागि सकेपछि उपचार गर्ने विधिमा पनि फिजियोथेरापी चाहिन्छ । तीन वटा बेसिक विधि छ । सामान्य समस्या भएकाहरुलाई सामान्य कुराहरु बताईदिन्छौं । त्यो भनेको सावधानीहरु, जस्तैः घुँडा दुखेको छ भने भुईंमा टुक्रुक्क नबस्नु, पलेटि नकस्नु, धेरैबेरसम्म उभिने काम नगर्नु । त्यसैले यो प्रोटेक्सन गर्नुप¥यो एउटा । दोस्रो हामिले दुई चार वटा तरिका बताइदिन्छौं । घरमा नियमित रुपमा व्यायाम गर्नुहोस् । अर्को छ, पीडा धेरै नै हुन्छ, एक्सरसाईज गर्नै नसक्ने, हिँड्डुल गर्न नै नसक्ने, त्यस्तो विधिमा हामीसँग दुखाईलाई कम गराउने केही विधिहरु छ, केही मोडालिटिजहरु छ । मेसिनहरु छ, त्यो प्रयोग गर्छौं । र, त्यो मेसिनहरुको प्रयोगले बिस्तारै दुखाई कम गर्छौं । अर्कोतिर यो चिज नगर्नु सावधानी अपनाउनु भनेर भन्छौं । निक्याब छ, निब्रेस छ, त्यो चिजहरु लगाईदिन्छौं । यो चिजले तपाईको मोविलिटिलाई कम गरोस् । फरदर अब ड्यामेज नहोस् । यो चिज गरेर दुखाई कम गर्नका लागि मेसनिको प्रयोग गर्छौं । हड्डी खिइसकेको छ वा बाँगिसकेको छ अब थप नहोस् भनेर हामीले केही कसरतहरु सिकाइदिन्छौं । पछि उहाँले घरमा गर्नुहुन्छ । तेस्रो पक्ष रिकरेक्सन विधि भन्छौं । कसैको ढाड बाँगियो, कसैको गर्धन बाँगियो । कसैको काम गर्ने शैली कम्प्युटर, मोबाईलमा न्युरिने९झुक्ने० बानी छ । सो पोस्चरलाई करेक्सन गर्नका लागि फिजियोथेरापीस्टको निगरानी आवश्यक पर्छ । सो प्यासिभ मेथड भयो । त्यसमा काइरो मोविलाईजेसनहरु गर्छौं । यसमा जुन उहाँको सिट बिग्रिएको छ, शरीरको एट्टीच्युट बिग्रिएको छ । त्यो चिजलाई हामीले रि करेक्ट गरेर रि पोजिसनिङ गरेर फिट गर्ने विधि भयो । अहिलेको मोर्डन लाईफमा कसैको हड्डी कमजोर हुने, कसैको कसैको फिजिकल एक्टिभिटीको कारणले कसैको ओझन बढी हुन्छ । फिजिकल एक्टिभिटी कम हुन्छ । खानपान नियन्त्रित छैन । खानपान सन्तुलित छैन, यस्तो कारणले विशेष गरेर हाडजोर्नी र नशाको तिब्र गतिमा बढीरहेको छ । आजको समयमा फिजियोथेरापीको सान्दर्भीकता झन् बढेर गएको छ । फिजियोथेरापी गर्दा कस्ता कस्ता कुरामा सावधानी अपनाउनुपर्छ ? फिजियोथेरापी गर्दा रोग अनुसार केही चिज गर्न मिल्ने केही चिज गर्न नमिल्ने हुन्छ । मानौं कसैलाई मुटुमा पेसमेकर जडान गरिएको छ, चाल बिग्रिएको कारणले । मुटुको चाललाई फेरि गतिमा राख्न आर्टिफिसियल डिभाइस पेसमेकर जडान गरिएको छ । अब यो डिभाइस लगाएर एमआरआई गर्न मिल्दैन । त्यो लगाएर सिटि स्क्यान गर्न मिल्दैन । जहाँ वेबको काम हुन्छ त्यसमा प्रयोग गर्न मिल्दैन । त्यो ग¥यो की त्यसलाई कन्डक्ट गर्छ, अन्तिममा चाललाई स्लो गरिदिन्छ । र, अन्तिममा हृदयघात हुनसक्छ । त्यसैले त्यस्ता चिजहरुमा सावधानी अपनाउनुपर्छ । जस्तैः अप्रेसन गरेको छ मेटलको सामग्रीहरु शरीरभित्र हालेको छ भने त्यस्तो चिजमा गर्न मिल्दैन । रेडियोथेरापी, क्यामोथेरापी क्यान्सरको ट्रिटमेण्टबाट गराइरहेको व्यक्तिहरुलाई तत्कालै फिजियोथेरापी गर्न मिल्दैन । प्रग्नेन्ट वुमेनहरु छ, त्यो सराउण्डिङ एरियामा कुनैपनि विद्युतीय मेसिनहरु फिजियोथेरापी गर्न मिल्दैन । अल्सर, घाउहरु कसैलाई भइरहेको छ, यस्तो चिजमा सामान्य रुपमा गर्न मिल्दैन । हरेक चार पाँच जनामा एक जनामा सुगर छ । सुगरका बिरामीहरुलाई फिजियोथेरापी गर्नुपरेपनि सावधानी अपनाउनुपर्ने हुन्छ । कस्ता-कस्ता बिरामीहरुले फिजियोथेरापी गर्नुपर्ने हुन्छ ? फिजियोथेरापी गर्न मिल्ने भनेको एउटा त फिटनेसको हिसावले गर्न मिल्छ । फिट हुनका लागि हामीलाई यस्तो समस्या नहोस् भनेर प्रोटेक्सन गर्नका लागि फिजियोथेरापी गर्न मिल्छ । कुनैपनि रोग लागेको छ भने त्यो रोगबाट बच्नको लागि गर्न मिल्छ । जसरी हाड जोर्नीको कुनैपनि समस्या भएको, घुँडा दुखेको, ढाड दुखेको, कम्मर दुखेको, कुम जाम भएको, नारिको नशा जाम भएको, कम्मर, गर्धनको नशा च्यापिएको, जन्मजात जोर्नीहरु बिग्रिएको, कसैलाई प्लाष्टरपछि जोर्नीहरु बिग्रिएको छ, अप्रेसन पछि बिग्रिएको छ । कसैलाई पोलेर, जलेर पछि जोर्नीहरु खुम्चिएको छ । कसैको सर्जरी गरेपछि बिग्रिएको छ । कसैलाई लेप्रोसी भन्ने रोग छ, त्यसको कारणले बिग्रिएको छ । वा कसैलाई निमोनिया छ वा कसैलाई दम पटकपटक हुन्छ, यस्ता विविध रोगहरुमा फिजियोथेरापीको मद्दत लिन सकिन्छ । यस्ता रोगहरुको उपचार गरिन्छ । फिजियोथेरापीमा नयाँ नयाँ प्रविधि आइरहेको छ ।

नेपाल आँखा अस्पतालबाट एक वर्षमा डेढ लाख बिरामी लाभान्वित

काठमाडौं । त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालबाट एक वर्षमा एक लाख ५७ हजार सात सय ९१ जना बिरामीले बहिरङ्ग उपचार सेवा लिएका छन् । अस्पतालको १८औँ वार्षिक साधारणसभामा सञ्चालक समितिका सचिव मेघराज गजुरेलले उक्त अवधिमा नौ हजार एक सय ८९ बिरामीको आँखाको शल्यक्रिया गरिएको जानकारी दिए। अस्पतालले गत आर्थिक वर्ष २०७९/८० पूर्ण तथा आंशिकरुपमा आठ सय ४० जना गरिब बिरामीले उपचारमा छुट दिएको थियो । अस्पतालले उपत्यका बाहिर सञ्चालन गरेको १३ सर्जिकल आँखा शिविरमा पाँच हजार दुई सय १२ जनाको आँखा परीक्षण गरिनुका साथै नौ सय ५० जनाको शल्यक्रिया गरेको सो अवसरमा जानकारी दिइयो । अस्पतालले ३७ स्क्रिनिङ शिविरबाट नौ हजार चार सय ५२ को आँखा परीक्षण गरी ७५ जनाको शल्यक्रिया गरेको जनाएको छ । सरकारी तथा सामुदायिक विद्यालयका १४ हजार नौ सय ९४ जना विद्यार्थीको आँखा परीक्षण गरी एक हजार १० थान चश्मा वितरण गरेको तथा शिविरबाट अस्पतालमा उपचारका लागि सिफारिस भई आएका तीन सय ८४ जनाको शल्यक्रिया गरिएको जानकारी दिइयो । अस्पतालले स्वर्ण महोत्सवका अवसरमा ८० वर्ष नाघेका बिरामी तथा अपाङ्गता भएकालाई लाग्ने शल्यक्रिया शुल्कमा ५० प्रतिशत छुट दिने तथा गरिब बिरामीलाई निःशुल्क एवं सहुलियतमा उपचार सेवा प्रदान गर्दै आएको छ । अस्पतालले  सरकार, विभिन्न सङ्घसंस्थासँगको सहकार्य र समन्वयमा सेवा विस्तार गर्ने, आँखा स्वास्थ्य शिक्षाबारे सर्वसाधारणलाई अवगत गराउने, सेवाको गुणस्तर बढाउने तथा सेवालाई विशिष्टिकृत गर्ने,  नवीन उपकरण सेवा वृद्धि गर्ने कार्यलाई प्राथमिकतामा राखेको छ । पछिल्लो २५ वर्षयता पहिलो पटक यसवर्ष अस्पतालले खर्च कटाएर करिब पाँच करोड बचत गर्न सफल भएको छ । सञ्चालक समितिका कोषाध्यक्ष सविता भण्डारीले प्रस्तुत गरेको वार्षिक आर्थिक प्रतिवेदनमा आर्थिक वर्ष २०७९/८० मा चार करोड ९७ लाख ५९ हजार पाँच सय ६६ बचत गर्न अस्पताल सफल भएको उल्लेख छ । अस्पतालका संस्थापक वरिष्ठ आँखा चिकित्सक डा रामप्रसाद पोख्रेल र अध्यक्ष गोपालप्रसाद पोखरेलले अस्पतालबाट प्रवाह सेवा गुणस्तरीय र प्रगतिउन्मुख रहेको बताए । अस्पतालका आजीवन सदस्य मोति शान्ति शाक्यले अस्पतालको मोतिया बिन्दुको उपचार सेवामा सहयोग पुर्‍याउने हेतुले एक लाख नगदको चेक अध्यक्ष पोख्रेललाई हस्तान्तरण गरेका थिए । अस्पतालले आगामी विश्व दृष्टि दिवसका अवसर पारी आगामी दिनमा काम गर्ने ठाउँमा आँखा स्वास्थ्य अभियान सञ्चालन गर्ने सोच अघि सारेको छ । उपाध्यक्ष दमनबहादुर घले र कार्यकारी निर्देशक धर्मराज गोसाईले अस्पतालले आँखा उपचारका क्षेत्रमा पुर्‍याउँदै आएको योगदानको चर्चा गर्दै अस्पतालले विस्तार गर्ने सामुदायिक आँखा सेवा कार्यक्रमलाई सहयोग पुर्‍याउन आह्वान गरेका छन् ।

कला र संस्कृतिमा विकृति बढ्दै गयो : मदनकृष्ण श्रेष्ठ

काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले नेपालको कला र संस्कृतिमा विकृति बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् । शनिवार काठमाडौंमा आयोजित सम्मान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेपालको कला र संस्कृति, परम्परा र रितिरिवाजमा पछिल्लो समय विकृति भित्रिएको भन्दै सबैले आफ्नो कला र संस्कृतिलाई जगेर्ना गर्नुपर्ने बताए । उनले कला र संस्कृतिको जगेर्ना गरे मात्रै हाम्रो पहिचान कालान्तरसम्म रही रहने बताए । उनले श्रष्टाहरुले आफ्ना सिर्जनाहरु कालजयी हुने गरेर सिर्जना प्रस्तुत गर्नुपर्ने बताए । ‘पहिलाको परम्परा, गीत, संगीत धेरै राम्रा थिए । तर अहिले त्यसमा विकृति र विसंगति बढीरहेको छ । यसलाई हामीले रोकेर आफ्नो मौलिक संस्कृति र पहिचान झल्कने परम्पार र रितिरिवाजमा लाग्नुपर्छ । हाम्रो मौलिक संस्कृति र सभ्यता जोगाउन सकेमात्रै हाम्रो पहिचान रहन्छ’, उनले भने । लुःजः इन्टरटेन्मेण्टले आयोजना गरेको कार्यक्रममा वरिष्ठ कलाकार श्रेष्ठसहित एक दर्जन बढी कलाकार र श्रष्टाहरुलाई सम्मान गरिएको थियो ।